सुन्य रह्यो चैतदशैं…लकडाउनको नवौ दिन

देशको विशेष पर्वमध्ये रहेको चैतदशैं यस बर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी गरिएको लकडाउनको नवौं दिनका कारण शुन्य रह्यो ।

परिवारहरु आफन्तजनहरु संग रमाइलो गर्नुको साटो आफनै घरमा परिवारजन संग रमाए । आधुनिक प्राविधिक समाजको आभाष आज रमाईलो चाडमा देख्न पाइयो। धन्य ईन्टरनेट , आफन्तजन संग भेट हुन नपाएका कारण सामूहिक भिडियो च्याटमा रमाएर पर्वको आनन्द लिए ।

आज अर्को जात्रा पनि खल्लो भयो, बार्षिक रुपमा चैतदशैंको दिन सेतो मच्छिन्द््रनाथको रथयात्रा शुरु हुन्छ । तर यस पटक उक्त जात्रा पनि स्थगित गरिएको छ। त्यसैकारण हरेक बर्ष भीड रहने मच्छिन्द््रनाथबहाल,तीनधारा पाठशाला,रत्नपार्क तथा असन सुनसान देखिए ।

सुनसान रहेका सडकहरुमा कहिंकतै वडाद्वारा वितरण भएको राहत लिएर फर्किनेको तांती पनि देखिन्थ्यो । संस्कृति तथा परम्परालाई निरन्तरता दिदैं जीवित देवी कुमारी हनुमानढोका स्थित तलेजु भवानीको दर्शन गरेर फर्किन ।