कोरोनाले छेकेन आमाप्रतिको श्रद्धा

नेपालीहरुले आफूलाई जन्म दिने आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै मनाउने दिन मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन सधैं मेला लाग्ने काठमाडौंको मातातीर्थ, मन्दिरहरुमा दिवंगत आमाको नाममा चढाउने सिदा,श्राद्धको चहलपहल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण लगभग शून्य नै थियो ।

सरकारले जारी गरेको लकडाउनका कारण प्राय मानिसहरु घरमै रहेका हुंदा र मन्दिरहरु पनि बन्द रहेका कारण मातातीर्थ औंसीमा मानिसहरूको चहलपहल कम भएको हो । मन्दिरहरुमा दिवंगत आमाको नाममा चढाउने सिदा दान पण्डितहरुको अभावमा मानिसहरुले चराहरुलाई आहार वा अन्य व्यक्तिलाई दान गरि श्रद्धा अर्पण गरे भने थोरै मानिस मात्रै श्राद्धको कार्यक्रममा सरिक भए । लकडाउनका कारण अलि टाढा तथा विभिन्न जिल्लाहरु र विदेशमा रहेका आफनो छोराछारीहरु वा आमाहरु एक आपसमा भिडियो च्याट गरि मातातीर्थ औंसी मनाए ।  

कोरोनाको कहरको बिचमा पनि आमाप्रतिको श्रद्धामा कमी भने आएको देखिएन ।