छैठौं धनबहादुर स्मृति राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता
चन्द्रागिरी नगरपालिका क्षेत्रमा कराँते कलाका सुत्रधार नेपाल सितोरियो कराँतेका संस्थापक सदस्य, समाजसेवी तथा प्रजातन्त्रबादी नेता स्वर्गीय धन बहादुर महर्जनको स्मृतिमा धन बहादुर खेलकुद प्रतिष्ठानको आयोजनामा चन्द्रागिरी न पा-१० बोसिगाँउमा छैठौं धनबहादुर स्मृति राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता-२०७७ चैत्र १३ र १४ गते सम्पन्न भएकोछ ।
माननीय राजेन्द्र के सी (पुर्व खेलकुद मन्त्री) को प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा आयोजक टिम सहित सात प्रदेश २०० जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए। पुरुष तर्फ आयोजक टिमका जेमिन महर्जन तथा महिला तर्फ लुम्बिनी प्रदेशका रक्षा शाही बेस्ट प्लयेर घोषित भएका छन भने काता तर्फ रिहान जाबेदले स्वर्ण पदक जितेका छन्।
नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन समारोहका कार्यक्रममा प्रमुक अतिथिले बिजेता खेलाडी, रेफ्री तथा अतिथिहरुलाइ मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयो। ३ स्वर्ण, ३ रजत, १ काश्य पदक जितेर बागमती प्रदेशको टिम तेस्रो हुन सफल भयो भने ३ स्वर्ण, ४ रजत, ३ काश्य पदक जितेर गण्डकी प्रदेश दोस्रो अनि १० स्वर्ण, ५ रजत, ४ काश्य पदक जितेर आयोजक टिम प्रथम हुन सफल भएको छ ।
सम्पुर्ण खेलाडीहरुलाइ बधाई तथा थप हौसला दिई विभिन्न सहयोगी ब्यक्ति संघ संस्थाहरुलाइ धन्यवाद दिदै आयोजक धनबहादुर खेलकुद प्रतिस्थानका अध्यक्ष तथा वरिष्ठ कराते प्रशिक्षक संघरत्न महर्जनले प्रतियोगिता समापनको घोषण गर्नु भयो ।





