नेपाल जाेर्डनसँग ३-० ले पराजित, तेस्रो चरण प्रवेश गर्ने सम्भावना कमजोर

काठमाडाैं, जेठ २४ : विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटमा नेपाली टिम जोडर्नसँग पराजित भएको थियो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग ३–०ले पराजित भएको हो।

नेपाल पहिलो लेगमा पनि जोर्डनसँग ३–०ले नै पराजित भएको थियो । यो हारसँगै उत्कृष्ट चौथो टिम हुँदै एसिया कप छनोटको तेस्रो चरण प्रवेश गर्ने नेपालको सम्भावना पनि कमजोर बनेको छ। यता, जोर्डनको भने समूहमा बीमा दोस्रो स्थानमा रहँदै एसिया कपमा छनोट हुने सम्भावना बलियो बनेको छ।

नेपालले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल खाएको थियो । २४औं मिनेटमा बाहा फाइजल सिफले गोल गर्दै जोर्डनलाई सुरुआती अग्रता लिएको थियो। रोहित चन्दले जोर्डनका खेलाडीलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा फाइजलले गोल गरेका थिए ।

पहिलो हफमा कुवेतले नेपाललाई अधिकांश समय दबाबमा राखेको थियो । कुवेत केही उत्कृष्ट प्रहार नेपाली टिमका कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए। पहिलो हाफमै डिफेन्डर विकाश खवास घाइते भएपछि नेपाली टिम दबाबमा आएको थियो।

खेलको ४९ औं मिनेटमा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । उनले डिबक्स बाहिरबाट फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३–० को जित दिलाए।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध ३ परिवर्तन गरेका थिए । उनले डिफेन्समा विकास खवास र दिनेश राजवंशीलाई सुरुआतमै मौका दिँदा स्ट्राइकिङमा पनि अभिषेक रिजाललाई मौका दिएका छन्। उनीहरुले ताइपेइविरुद्ध खेलका आषिश लामा, सुनिल र गौतम श्रेष्ठको स्थान लिएका थिए।

यस्तै, अलमुताइरीले जोर्डनविरुद्ध सुमन अर्याल र सुमन लामको पोजिसन पनि परिवर्तन गरेका छन्। अघिल्ला दुई खेलमा राइटब्याकका रुपमा खेलिरहेका सुमन अर्याललाई मिडफिल्ड र मिडफिल्डमा खेलिरहेका सुमन लामालाई विंगरका रुपमा जोर्डनविरुद्ध अलमुताइरीले मैदान उतारेका छन्।

अब नेपालले विश्वकप एसिया कप छनोटको अन्तिम खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्ने छ।