ओलीशास्त्रको सूत्रवाक्य– “भक्तो रक्षति रक्षितः”
राजनीतिलाई नजिकबाट नियाल्दा हाम्रा ठूला नेतामाथि विश्वास गर्ने र तिनीहरूप्रति आस्था राख्नेभन्दा तिनीहरूप्रति भक्ति देखाउने बढी दृढ, प्रतिबद्ध र कडा पाएको छु। भक्तहरूको भक्ति कसैको शक्ति निर्माण गर्न, बढाउन वा जोगाउन प्रयोग हुँदा संसारमा ठूला-ठूला नरसंहार र विध्वंस भएका छन् । भक्तहरूको जमातलाई नै आफ्नो शक्तिको मापक ठानेर धेरै शासकले आफूलाई अधिनायक बनाएका छन् ।

जहाँ तर्कको अवसान हुन्छ, त्यही बिन्दुमा विश्वासको जन्म हुन्छ । विश्वासको लुप्त प्रष्फुटन आस्था हो र प्रकटीकरण भक्ति । शब्दसँग खेल्न नसक्ने र भावको गहिराईमा डुब्न नसक्ने मलाई यति बुझे पुग्छ- विश्वास गरिन्छ, आस्था राखिन्छ र भक्ति दर्शाइन्छ ।
कसैको केपी ओलीमाथि विश्वास छ, कसैको शेरबहादुर देउवामाथि छ, कसैको पुष्पकमल दहाल “प्रचण्ड”माथि छ, बाबुराम भट्टराईमाथि छ, कसैको महन्थ ठाकुरमाथि छ र कसैको उपेन्द्र यादवमाथि छ । कमल थापा, चित्रबहादुर केसी, नारायणमान बिजुक्छे र रवीन्द्र मिश्रमाथि विश्वास गर्ने मान्छे पनि छन् । तर ती नेतामाथि आस्था राख्ने अलि कम छन् र भक्ति देखाउने त झनै कम ।
म पनि कहिलेकाहिँ कसैमाथि धेरै नै विश्वास गर्छु, तीमध्ये थोरैमा मेरो आस्था छ तर म कसैको भक्त छैन । म किन कसैको भक्त बन्न सकिनँ भनेर मैले धेरै किताबमा उत्तर खोजेँ, कथित गुरुहरूका प्रवचन सुनेँ । आफ्नो’boutको जिज्ञासा बाहिर खोजेर के हुन्थ्यो?
ममा कहिलेकाहिँ विश्वासले आत्मबल बढाएको अनुभव छ। मेरो आत्मबलमा “बल” भन्ने शब्द देखिए पनि यो अपरीक्षित बल हो, र अभौतिक हो। बल त भौतिक हुनुपर्ने । कुनै अर्को चिजमाथि परीक्षण नगरिएको बलले कति काम गर्ने सामर्थ्य राख्छ, म भन्न सक्दिनँ तर त्यो आत्मबल नामको अभौतिक शक्तिले संसारमा धेरै निर्माणसँगै ध्वंस पनि गरेको भन्ने मैले देखेको, पढेको र सुनेको छु । त्यसैले सदगुरूको शब्द सापट लिन्छु- “संसारमा भएका जति पनि मूर्खतापूर्ण ध्वंसात्मक काम छन्, ती सबै आफ्नो सामर्थ्यमा अति विश्वस्त मान्छेले मात्रै गरेका छन्।” यहीँ नेर म आफूलाई एक आध्यात्मिक गुरुको निकट पाउँछु ।
अरूलाई गरौँ या आफैँलाई, विश्वास नितान्त भावनात्मक लुप्त वा अलुप्त प्रष्फुटन हो । आफूबाहेक अरूको उपस्थिति नभए पनि विश्वास उब्जन्छ, बाँच्छ र मौलाउँछ। जब त्यहाँ अर्को बस्तुको उपस्थिति हुन्छ र त्यसमा समेत केही सामर्थ्य छ भन्ने विश्वास पलाउँछ, त्यो बिन्दुमा आस्था जन्मिन्छ । त्यसैले आस्थाले “आफूबाहेक”को अस्तित्व स्वीकार्छ । तर भक्ति आफैँमा अनुपम संवेग हो । संवेग देखिन्छ । अर्थात् यसले अर्काको अस्तित्व स्वीकार मात्रै गर्दैन, ऊप्रति प्रतिक्रियासमेत जनाउँछ । विश्वासको पर्दा च्यातेर निस्कने यो संवेग के ठीक के बेठीक भन्ने तर्कभन्दा धेरै माथिको प्राकृतिक प्रतिक्रिया हो । विश्वास जस्तो यो ठीक यो बेठिक भन्ने विभेदकारी मानसिक उत्पादन भक्ति होइन । यो हृदय पग्लेर निस्केको हुन्छ । त्यसैले भक्तको दुनियाँ अलग हुन्छ । हृदय पग्लेर भक्ति पलाएपछि कसले मलाई के भन्छ भन्ने संकोचको कतै उपस्थिति रहन्न । त्यसैले भनिन्छ ज्ञानशक्ति भन्दा भक्तिको शक्ति कैयौँ गुणा बलशाली हुन्छ ।
भक्तिको मार्गमा बिचौलियाको उपस्थितिले भने भक्तिको नकारात्मक प्रयोग हुन सक्छ । धेरै भक्तहरू हठधर्मी भएका छन् र मानव जाति मात्रै होइन शृष्टिलाई नै ध्वंस गर्नेसम्मका काममा त्यस्ता भक्त लागेका छन्। त्यसैले “धर्म” शब्द सँगसँगै आए पनि हठधर्म आध्यात्ममा मात्र सीमित छैन । विश्वासको प्रकटीकरण, त्यसको अर्कोमाथिको प्रयोग वा अर्काको विश्वासको अस्तित्व अस्वीकार धर्मान्धता वा हठधर्मिता हो । त्यसैले म विश्वास, आस्था र भक्तिलाई प्याजको पत्र जस्तो ठान्छु; सबैभन्दा बाहिर जे देखिन्छ, भक्ति हो; त्योभन्दा भित्रको नरम भएर बसेको भाग आस्था हो र सबैभन्दा भित्रको पत्र विश्वास हो। त्यसैले स्वभावैले भक्त कडा हुन्छ, प्याजको बाहिरी तह जस्तो । ऊ आफू चोट खाएर पनि जसलाई जोगाउनु पर्ने हो, जोगाउन लाग्छ । भक्ति, यस अर्थमा डेमोन्स्ट्रेबल फेथ वा बिलिफ हो।
राजनीतिशास्त्रको विद्यार्थी भएकोले हरेक विषयवस्तुलाई राजनीतिमा लगेर जोड्ने एउटा रोग ममा छ । मैले ३५ वर्ष नेपाली राजनीतिलाई नजिकबाट नियाल्दा हाम्रा ठूला नेतामाथि विश्वास गर्ने र तिनीहरूप्रति आस्था राख्नेभन्दा तिनीहरूप्रति भक्ति देखाउने बढी दृढ, प्रतिबद्ध र कडा पाएको छु। भक्तहरूको भक्ति कसैको शक्ति निर्माण गर्न, बढाउन वा जोगाउन प्रयोग हुँदा संसारमा ठूला-ठूला नरसंहार र विध्वंस भएका छन् । भक्तहरूको जमातलाई नै आफ्नो शक्तिको मापक ठानेर धेरै शासकले आफूलाई अधिनायक बनाएका छन् । मेरो बुझाइ यस्तो छ ।
विश्वास र आस्था बस्ने ठाउँभन्दा भक्ति बस्ने ठाउँ नै फरक हुन्छ । विश्वासी,आस्थावान र भक्तबीचमा सोच, भावना र व्यवहार जस्तै अवधारणागत पक्ष र ती प्रकट हुने ठाउँ तथा तरिका हेर्दा मात्रै स्पष्ट भेद पाइन्छ, झट्ट हेर्दा उस्तै-उस्तै लाग्छन् । तर यी तीनको गुणमा भने सारभूत भिन्नता छ, तिनको प्रभावमा पनि आकाश-जमीनको फरक छ । आफूमा विश्वास गर्ने र आफूप्रति आस्था राख्ने सबै सफल नै हुन्छन् भन्ने छैन तर भक्तहरूको संख्या बढी भएका मान्छे सफल हुने सम्भावना पनि बढी रहन्छ । त्यसैले विश्वास र आस्थाको सम्बन्ध गुणमा हुन्छ, भक्तिको सफलतामा।
अहिले जो भक्त छ, चार दिन भजन गायो भने नियुक्ति पाउँछ, जनताको करमा तलव खाने गरी वहाँले नियुक्त गरेको भक्तको सामाजिक सञ्जाल हेऱ्यो भने घृणा, द्वेष मात्रै होइन, शाब्दिक हिंसा र क्षुद्रताबाहेक केही पाइँदैन । भ्रष्टाचारको आरोप लाग्छ छानबीन हुँदैन, गोजीबाट जसको नाम निस्के पनि कसैको सोध्ने आँट हुँदैन, यो डाँडो उसलाई, त्यो खोला उसलाई, त्यो एयरपोर्ट फलानाका नाममा, त्यो गुम्बाको नाम फलानो….. निर्णय गर्ने कुनै विधि हुँदैन। यस्ता उन्मुक्ति वा सुविधाहरू जसले दिन्छ, म नै भक्त भए पनि त्यहीँ झुम्मिन्थेँ ।
यस अर्थमा म प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई सफल शासक मान्छु। वहाँको सफलतालाई भक्तहरूको जमात निर्माण, विकास र दीगोपनमा म नाप्छु। तर मलाई फुर्सदको बेला वहाँप्रतिको भक्तिको स्रोत’bout घोत्लिन मन पर्छ ।
कुनै बेला नेपालमा धर्म निरपेक्षताको बहस उचाइमा रहेका बेला त्यससम्बन्धी किताव पढ्ने रुचि ममा जागेको थियो । मैले रुडोल्फ हेरेडियाको चेन्जिङ्ग गड्स (नेपालीमा भगवान परिवर्तन) भन्ने एउटा किताब त्यही बेला हो दोहोऱ्याएर पढेको । त्यसको बाहिरी गातामै भएको एउटा वाक्यले मेरो ध्यान तानेको थियो , “धर्म परिवर्तन एउटा जटील र भावुकता-प्रेरित विषय हो, अतिवादीहरूले यसको दोहन गर्छन्, उदारवादीहरूले जटील बनाउँछन् र कतिपयले यो उपद्रव खासमा के हो भन्ने बुझ्दैनन् र अरू चाहिँ यसमा टाउको दुखाउनुभन्दा टाढै रहन पन पराउँछन् ।” हाम्रा हिन्दू ग्रन्थहरूले भगवानले मान्छेको सिर्जना गरे, भगवान सुप्रीम हुन्, उनी शाश्वत हुन् भन्ने नै हामीलाई सिकायो । तर हिन्दुस्तानमा भएको व्यापक धर्म परिवर्तनलाई आधार बनाएर लेखिएको यो किताबमा लेखकले कसरी मान्छेले आफ्नो भगवान परिवर्तन गरे भन्ने बेलिबिस्तार लगाए । भगवान नै परिवर्तन गर्दिने सामर्थ्य राख्ने मान्छे ठूला भए कि भगवान? मेरो मथिङ्गलमा त्यो किताब पढ्दा उब्जेको प्रश्न थियो यो।
भक्तले नमान्दिए केको भगवान ? यही प्रश्न मैले नेकपा-एमालेको जारी किचलोको ’boutमा पनि गरेको छु। ओलीका भक्त जो छन्, ती अधिकांस आफ्नो “गड चेन्ज” गरेका मान्छे हुन् । कुनै बेला माधव नेपाल तिनका गड हुनुहुन्थ्यो र ती माधव नेपालका अनन्य भक्त । उनीहरूको भगवान परिवर्तन विस्तारै-विस्तारै भएको हुनाले कम्तिमा अहिले देखिएकोसम्मको सहिष्णुता कायम रहेको हो । भगवान परिवर्तन अचानक वा छिटो छिटो भएको थियो भने भौतिक रुपमै हिंसाको उपस्थिति हुन सक्थ्यो, सानो–ठूलो कुनै रुपमा । नयाँ जोगीले बढी खरानी घस्छ, यो त्यसै जन्मेको उखान होइन । जसले भगवान फेर्छ, उसले आफ्नो नयाँ भक्तिको प्रदर्शन अक्सर गरी पूर्व-भगवानमाथि नै गर्छ । ओलीभन्दा टोपबहादुर माओवादीप्रति बढी आक्रामक हुने एउटा आधारभूत मान्यता यही हो । माओवादीका भगौडाले सेनालाई माओवादी सेल्टरसम्म डोऱ्याएर आक्रमण गराएको र सेनाका भगौडाले ब्यारेकमाथि आक्रमणको योजना बनाइदिएको त हामीले आफ्नै आँखाले देखेका विषय हुन् ।
ओलीभक्तिको जग अचानक बसेको होइन। माधव नेपाल एमालेको शक्तिमा हुँदा पेलाइ खाएका, अप्ठेरो पर्दा माधव नेपालले संरक्षण नदिएका, माधव नेपालले अध्यक्षमा उठ्दिनँ भनेपछि ओलीको छाहारीमा ओत लाग्न पुगेका, पति-पत्नि वियोग हुँदा ओलीले ढाडस दिएका, छोराछोरीको पढाइका लागि कतै ओलीले फोन घुमाइदिएका …. यस्तै यस्तै त हुन ओलीको पहिलो पुस्ताका भक्त । दोस्रो पुस्ताका भक्त माले-एमाले फुट्दाताका ओलीले गरेका शब्द प्रहारबाट पुलकितहरू त हुन् । सङ्ख्या नै हेर्ने हो भने ती नगन्य छन् ।
तेस्रो पुस्ता मात्रै हुन्, ओलीलाई साँच्चिकै भक्ति दर्शाउने भनेका । जब माओवादीले वाइसीएलमार्फत आफ्ना कार्यकर्तामाथि बल प्रयोग गर्न थाल्यो, ओलीले त्यसको कडा शाब्दिक प्रतिकार गर्नुभयो । शाब्दिक मात्रै हैन, जाईलाग्न निर्देशनसमेत दिनु भयो, “हामी पनि हातमा दही जमाएर बस्दैनौँ” भन्ने सन्देशका साथ । अहिले सबैभन्दा ठूलो भक्तको जमात त्यही निर्देशनका पक्षपाती हुन्, अर्थात् तेस्रो पुस्ताका भक्त । माधव-बामदेव-झलनाथले माओवादीप्रति बढी नै आशक्ति देखाएर हाम्रो आत्मबल गिराए भन्ने सोच राख्ने कार्यकर्ता नै हुन्, ओलीलाई नेपालभन्दा ४४ मत भए पनि बढी ल्याएर अध्यक्ष बन्न मद्दत गर्ने, अरू अनगिन्ती आर्थिक र भूराजनीतिक तत्वहरूका साथ । ओलीको भक्त बन्ने अर्को जमात नाकाबन्दीताकाको उनको अडान, वाकपटुता र पहाडिया राष्ट्रवादको पुनरुत्थानको प्रसंशक हो। काठमाण्डूलगायत पहाडको अभिजातवर्गको रोजाइमा ओली पर्नुको कारण नै त्यही थियो।
केही सैद्धान्तिक धरातलसमेत दलहरूले आफैँ निर्माण गरेका छन्, यो १५-२० वर्षको लोकतान्त्रिक अभ्यासमा । सबै दल मिलेर २०६२-६३ पछि शासनमा “दलीय सर्वोच्चता” स्थापित गरे, जो मन लाग्यो उही सांसद-मन्त्री भयो, मान्छे अपहरण काण्डमा अहिले जेलमा भएको कुनै चटके नेतादेखि चोरी डकैतीलगायत लाग्ने जति सबै फौजदारी अभियोगमा जेल सजाय तोकिएकासमेत नेताहरूको रोजाइमा परे । संघीयतापछिको पहिलो चुनावपछि त्यो दलीय सर्वोच्चतालाई उनीहरूले नै “गुटीय सर्वोच्चता” मा परिणत गरे । वरिष्ठ र अनुभवी छोडेर बुहारी र धर्मपुत्रहरू राजनीतिको शिखर चढे। एक दुई सालमै “गूटीय सर्वोच्चता” हुर्केर गूटाधीशको “वैयक्तिक सर्वोच्चता”मा परिणत भयो । “कमरेडरी” भाव “साझेदारी” भावमा बदलियो, नयाँ-नयाँ साझेदारहरू शासनमा हावी भए । ओली त एक पात्र मात्रै हुनुहुन्छ ।
मैले ०५८ – ०५९ देखि धेरै माओवादी कार्यकर्ताको सङ्गत गर्दा त्यो वृत्तमा सबैभन्दा कम रुचाइएका दुई पात्रमा ओली र इश्वर पोखरेल पर्छन् । तर ओलीको अर्कालाई विश्वस्त पार्ने कला, धैरैले चतुऱ्याइँ वा धुर्त्याइँ पनि भन्छन्, र आशा जगाउने क्षमताका कारण तिनै माओवादी कार्यकर्ताले ओलीलाई नै नेता मानेर झण्डै तीन वर्षको यात्रा तय गरे । केही नाम चलेकैहरू वहाँकै भक्त बनेर एमालेमै समेत बसेका छन् । त्यसैले एकछिनलाई भक्त बनाउनु, भक्तहरूको सञ्जाल छिटो विस्तार गर्नु र विस्तारित सञ्जाललाई टिकाई राख्नु नितान्त फरक कुरा हुन् । ती मान्छे किन टिके भन्ने कुराको गहिराइमा पुगेर हेऱ्यो भने ओलीलाई “बा” भन्ने, “अफबाह” भन्ने र “तबाह” ठान्नेले आफूले खोजे-खोजेको गुण पाउँछन् ।
अहिले जो भक्त छ, चार दिन भजन गायो भने नियुक्ति पाउँछ, जनताको करमा तलव खाने गरी वहाँले नियुक्त गरेको भक्तको सामाजिक सञ्जाल हेऱ्यो भने घृणा, द्वेष मात्रै होइन, शाब्दिक हिंसा र क्षुद्रताबाहेक केही पाइँदैन । भ्रष्टाचारको आरोप लाग्छ छानबीन हुँदैन, गोजीबाट जसको नाम निस्के पनि कसैको सोध्ने आँट हुँदैन, यो डाँडो उसलाई, त्यो खोला उसलाई, त्यो एयरपोर्ट फलानाका नाममा, त्यो गुम्बाको नाम फलानो….. निर्णय गर्ने कुनै विधि हुँदैन। यस्ता उन्मुक्ति वा सुविधाहरू जसले दिन्छ, म नै भक्त भए पनि त्यहीँ झुम्मिन्थेँ ।
भक्तको मुख्य प्रेरक तत्व भनेको सुखको खोजी हो, शारीरिक मात्रै होइन मानसिकसमेत । त्यसैले धेरै टाँसिइरहने भक्तले वहाँको क्षमतालाई मज्जाले दुरुपयोग गर्न सक्छन्, गरिरहेका छन् । थर्मल गनको कालोबजारी गर्ने अनररी कन्सुल होस् कि कि कुनै रुखको बोक्रा पिसेर गेरुमाटोसँग मिलाएर कोरोनाको औषधि भन्दै बेच्ने एउटा आयुर्वेदिक औषधिवाला वा नक्कली खोल टाँसेर म्याद गुज्रेका चकलेट बेच्ने ब्यापारी, कसैले वहाँको शरण परेपछि मरण बेहोर्नु परेको छैन । न पुलिस लाग्ने, न अख्तियार लाग्ने, न राजश्व लाग्ने भएपछि तिनले खोजेको सुख त्यही हो।
यी केही नराम्रा उदाहरणका बाबजुद असङ्ख्य असल कार्यकर्ता पनि वहाँका भक्त छन् । हामी हुर्केको संस्कृतिमा विद्यमान “बा”, यस अर्थमा एउटा नाता-सम्बन्ध नभएर एउटा मनोविज्ञान हो । बाले जोगाउँछन्, बाले डोऱ्याउँछन् र सबैभन्दा ठूलो कुरो बाले जहाँ गएर जसरी पनि कमाएर ल्याउँछन् र हामीलाई पाल्छन् । बाले कसरी ल्याए? नैतिक बाटोबाट ल्याए कि अनैतिक बाटो बाट ल्याए? बाले छिमेकमा भएका भोकालाई पनि दिए कि हामीलाई मात्रै दिए? अथवा खोसेर पो ल्याए कि? हामी बासँग यस्ता प्रश्न गर्दैनौं ।
अहिले एमालेको ठूलो पङ्तिले विश्वास गर्ने भनेको ओलीको चामत्कारिक क्षमतामा हो ।ओलीभक्तिमा तिनको एउतै विश्वास छ -अहिले त वहाँकै कारण पार्टी कार्यकर्ता सारा देशको ढुकुटीको मालिक भएका छन् । दशकौँको प्रतिपक्षी र काङ्ग्रेसको सहयोगीको भूमिकापछि आफैँ अरू पार्टीलाई पछि लगाउन सफल भएका छौँ; ८०-८५ राजनीतिक नियुक्ति गर्दा चार जना पनि अरूका नपर्ने खालको हैसियत प्राप्त गरेका छौँ; जाऊँ भन्दा पूर्व प्रहरी प्रमुख हामीसँगै सांसद खोज्न साथ लाग्छन्; पहिले अधिवेशन गर्ने चन्दा माग्न जाँदा ढोकामा उभ्याउने विभिन्न रंगका व्यापार गर्ने व्यापारीहरू आफूलाई भेट गराइदिन आफ्नो ढोकामा ताँती लाग्छन्; खोला आफ्नै, डाँडा आफ्नै, मुस्ताङ्ग जान्छु भने पनि एभेरेस्ट बेसक्याम्प जान्छु भने पनि हेलिकप्टर तयार छ । मिटिङ्ग गर्छु भन्यो भने लकडाउनमा पनि पाँचतारे होटलले रूफ टप गार्डेन सफा गर्दिन्छ ।
नेपाल-खनालको नेतृत्वमा २०-३० वर्ष हुँदा यो अमरावति कहाँ थियो? हाम्रो कल्पनामा समेत यस्ता कुरा कतै थिए? ओली भक्तिलाई यति बलियो बनाउने व्यक्त वा अव्यक्त सबैभन्दा बलियो रसायन यही हो। त्यसैले पार्टी कार्यकर्ताको नजरमा यति धेरै काम गर्न सक्ने ‘बा’को विरोध गर्नु कृतघ्नता मात्र होइन, अपराधसमेत हो भनेर हाम्रो प्रजा राजनैतिक संस्कारका कार्यकर्ताले सोच्नु अन्यथा होइन।
यी त भए ओलीभक्तिका व्यावहारिक धरातल । तर त्यसका केही सैद्धान्तिक धरातलसमेत दलहरूले आफैँ निर्माण गरेका छन्, यो १५-२० वर्षको लोकतान्त्रिक अभ्यासमा । सबै दल मिलेर २०६२-६३ पछि शासनमा “दलीय सर्वोच्चता” स्थापित गरे, जो मन लाग्यो उही सांसद-मन्त्री भयो, मान्छे अपहरण काण्डमा अहिले जेलमा भएको कुनै चटके नेतादेखि चोरी डकैतीलगायत लाग्ने जति सबै फौजदारी अभियोगमा जेल सजाय तोकिएकासमेत नेताहरूको रोजाइमा परे । संघीयतापछिको पहिलो चुनावपछि त्यो दलीय सर्वोच्चतालाई उनीहरूले नै “गुटीय सर्वोच्चता” मा परिणत गरे । वरिष्ठ र अनुभवी छोडेर बुहारी र धर्मपुत्रहरू राजनीतिको शिखर चढे। एक दुई सालमै “गूटीय सर्वोच्चता” हुर्केर गूटाधीशको “वैयक्तिक सर्वोच्चता”मा परिणत भयो । “कमरेडरी” भाव “साझेदारी” भावमा बदलियो, नयाँ-नयाँ साझेदारहरू शासनमा हावी भए । ओली त एक पात्र मात्रै हुनुहुन्छ ।
‘सिस्टम’ ध्वस्त बनाएर बादशाह जन्माउन सबैले मलजल गरे, भक्तहरूको बल र पराक्रममा ओली बादशाह बन्नुभयो । अहिले उहाँकै प्रतापमा भक्तजनहरूलाई अमरावतिको ऐश्वर्य प्राप्त छ । उहाँले जसलाई रक्षा गर्नुभयो, अब तिनले नै उहाँको रक्षा गर्नेछन् । नयाँ साझेदारहरू चाहिँ अहिलेका सच्चा भक्त हुन् । अरू भक्तले छोडेर गए पनि तिनले न ओली छोड्न सक्छन न ओलीले तिनलाई । आखीर भक्त नै गुमेपछि भगवानको अस्तित्व कहाँ हुन्छ? तिनै भक्तको भरमा वहाँको भगवानी छवी कायम रहन्छ र त्यही भगवानी छवीमा ति भक्तको दैनिकी चल्छ । मनुस्मृतिमा “धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः” भने झैँ ओलीशास्त्रमा “भक्तो रक्षति रक्षितः” भएको छ ।