एकल अध्यक्षको सपना र प्रचण्डको अर्थपूर्ण मौनता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय चुपचाप जस्तै छन् । सार्वजनिक कार्यक्रमहरुमा कुनै नयाँ विषयमा बोलिरहने प्रचण्ड पछिल्लो समय बोल्नै छाडेभन्दा पनि फरक पर्दैन । उनी आफू मात्रै नबोल्ने होईन पार्टीका नेताहरुलाई समेत पार्टी नेतृत्वप्रति प्रश्न नउठाउन अन्तरपार्टी निर्देशन–२ जारी गरेका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मासँग भएको पार्टी एकताको सहमतिलाई लिएर राजनीति तताउने प्रचण्डले पछिल्लो समय किन यस्तो गरिरहेका छन् ? प्रचण्ड निकट सूत्रहरु भन्छन् अब केहि समयपछि पार्टीको एकल अध्यक्ष बन्न !

अध्यक्ष ओली उपचारको लागि सिंगारपुर जानु अघि बसेको सचिवालय बैठकले नेकपाभित्र विवादको विषय बनेको विभागका प्रमुखहरुको पनि टुंगो लाग्यो । जसमा प्रचण्डले चाहँदै नचाहेका रक्षामन्त्रीसमेत रहेका इश्वर पोखरेलले स्कूल विभागको नेतृत्व हात पारे । सार्वजनिक कार्यक्रममै प्रचण्डविरुद्ध बोल्ने पोखरेललाई स्कूल विभागको नेतृत्व दिन नहुने भन्दै प्रचण्ड र उनका समर्थक कम्मर कसेर लागेका थिए । प्रचण्डले पोखरेलविरुद्ध स्कूल विभागमा पार्टी प्रवक्ता तथा सचिवालय सदस्यसमेत रहेका नारायणकाजी श्रेष्ठलाई अघि सारेका थिए । तर लगातार ओलीसँग बसेको बैठकपछि प्रचण्ड पनि पोखरेललाई स्कूल विभागको नेतृत्व दिन तयार भए, अन्तत पोखरेलले स्कूल विभागको नेतृत्व लिइछाडे ।

त्यति मात्रै होईन पार्टी एकतापछि प्रचण्डकै पक्षमा बोल्दै आएका वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीसँग मिलेर तेस्रो वरियताबाट चौथो वरियतामा हुत्याए पनि । अहिले पार्टीको तेस्रो वरियतामा झलनाथ खनाललाई ल्याईएको छ । प्रचण्ड–ओलीले किन त्यस्तो गरे रु केहि समाचार त सार्वजनिक भए तर त्यहाँभित्रको मुख्य कुरा भने सार्वजनिक भएका छैनन् । नेकपाभित्र पनि नेता खनालभन्दा नेता नेपाल बलियो देखिन्छन् । प्रचण्डलाई खनालभन्दा नेता नेपाललाई नचिढ्याउँदा फाइदा पुग्ने राजनीतिक वृतमा चर्चा छ । तर किन ’twas भन्ने कुरा भने गौण छ ।

नेकपाभित्र पछिल्लो समय ओली समूहका नेताहरुलाई महत्वपूर्ण संगठनको नेतृत्वमा स्थापित गरिएको कुरा अब नौलो रहेन । ओलीका निकटस्थ नेतालाई आखिर यसरी एकलौटी जस्तै नेतृत्वमा ल्याउन प्रचण्ड कसरी तयार भए त ? यस’bout नेकपाभित्रै चर्चा चलिरहेको पाईन्छ । नेकपाका स्थायी कमिटीका सदस्यहरुको भनाईलाई आधार मान्ने हो भने अबको महिनादिनपछि ओलीले सरकारको मात्र नेतृत्व गर्ने र प्रचण्डले पार्टीको एकलौटी नेतृत्व गर्ने सहमति भएको छ । दशैं र तिहारको पर्व मनाईसकेपछि प्रचण्डले एकल अध्यक्षको जिम्मेवारी सम्हाल्दैछन् । एक स्थायी समिति सदस्य भन्छन्- ‘विगतका केहि तितो अनुभव त छँदै थियो तर त्यतिबेला हामी फरकफरक पार्टीमा थियौं । अहिले एकता गरिएका छौं । पार्टी पनि ठूलो भएको छ । एउटै व्यक्तिले सरकार र पार्टीको नेतृत्व गर्दा न पार्टीलाई राम्रोसँग समय दिन सकिन्छ न सरकारको कामलाई । जता पनि भताभुङ्ग हुन्छ । त्यसैले प्रचण्डले पार्टीको नेतृत्व र ओलीले सरकारको नेतृत्व गरेर पार्टी र विकासको काम तिब्र गतिमा अगाडी बढाइने छ । अहिले पार्टी एकता प्रक्रिया टुंगिन लामो समय लागेको अनि पार्टी र सरकारको नेतृत्व एकै व्यक्ति हावी भएकाले जनता र कार्यकर्तामाझ केहि वर्षदेखि राम्रोसँग जान सकेको छैन् । कार्यकर्तालाई सक्रिय बनाउन एउटा राष्ट्रिय अभियान लिएर पनि केहि समयपछि जाँदैछौं । पार्टी र सरकारले गरेका काम’bout जनतामाझ जाने तयारी गरेका छौं ।’

केहि वर्ष पहिला तत्कालिन माओवादीको समर्थनमा ओली प्रधानमन्त्री भएका थिए । ओली र प्रचण्डले नौ नौ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेअनुसार ओली पहिलो नौ महिना प्रधानमन्त्री बनेका थिए । तर पहिलो नौ महिनापछि सहमति अनुसार ओलीले प्रचण्डलाई प्रधानमन्त्री नछाडेपछि प्रचण्डले ओली सरकार ढालेर नेपाली कांग्रेससँग मिलेर सरकार गठन गरेका थिए । विगतकै जस्तै हुने होकि भनेर अहिले ओली–प्रचण्डले लिखित नै सहमति गरेको उनी निकट नेताहरु बताउँछन् । -साभार सरल पत्रिका