MENU
ब्वाइफ्रेण्ड र पतिमा निकै फरक हुने रहेछ
 : [views]
  Feb 10, 2019

प्रियंका चोपडाले बिहेपछि जिन्दगी निकै फरक हुने बताएकी छन । प्रियंका र निकले केही महिना डेटिङ गरेपछि विवाह गर्ने फैसला लिएका थिए । इन्गेजमेन्टको तीन महिनामा नै उनीहरुले लगनगाँठो कसे । यो विवाह २०१८ को सबैभन्दा चर्चित वेडिङमा सामेल थियो । दुई विवाह र चार रिसेप्सनका कारण प्रियंका र निक निकै चर्चामा रहे ।

उनले हालैमा अमेरिकी शो ‘गुड मर्निङ अमेरिका’ मा विवाहपछि आफ्नो जिन्दगीमा आएको परिवर्तनको बारेमा कुरा गरेकी छन् । उनी यो शोमा आफ्नो फिल्म ‘इन्जेन्ट इट रोमान्टिक’ प्रमोट गर्न पुगेकी थिइन् ।

विवाहको अहिलेसम्मको अनुभवको कस्तो रह्यो ? उनलाई कार्यक्रम सञ्चालकले प्रश्न गरे । उनले जवाफमा भनिन्, ‘विवाहपछिको जिन्दगी निकै अलग हुन्छ । एक पति र ब्वाइफ्रेण्डमा निकै फरक हुन्छ । जब मेरो विवाह भएको थियो त्यसबेला यो महशुस भएको थिएन । तर, यो एक असल व्यक्तिसँग विवाह गरेपछि हरेक चिजहरु सजिलो हुन्छ ।’

Comments

NIC Asia