MENU
हिमपातले बनायो मनमोहक
 : [views]
  Feb 10, 2019

 

शव्द/तस्विरः शम्भु गौतम
दोलखा,२७ माघ: पछिल्लो समय आन्तरिक पर्यटकहरुको ध्यान दोलखातिर तानिन थालेको छ । यसअघि दोलखा आउने आन्तरिक पर्यटक दोलखा भीमेश्वरका लागि मात्रै आउने गरेकोमा पछिल्लो समय भीमेश्वरका साथै कालिन्चोक, शैलुङ, जिरी लगायतका क्षेत्रहरुमा पनि उनीहरुको आकर्षण बढ्न थालेको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकहरुको दोलखातिर ध्यान तानिनुको कारण हिउँ मुख्य रहेको छ । हिउँ परेपछि दोलखा सदरमुकाम चरिकोट, कालिन्चोक र शैलुङमा पर्यटकहरुको ओइरो नै लाग्ने गरेको छ । त्यसमा पनि सबैभन्दा बढी आकर्षणको केन्द्र कालिन्चोक बनेको छ ।

सदरमुकाम चरिकोट दोलखा जिल्लाकै पर्यटनको ‘हब’ हो । पर्यटकहरुको लागि बसाइको सुविधा र यहाँबाट देखिने सौन्दर्यका कारण चरिकोट आन्तरिक पर्यटकहरुको हबको रुपमा विकसित भएको हो ।

तीन दिनको मौसम बदली र हिमपातपछि मौसम सुध्रिएपछि चरिकोटबाट वरिपरिका दृश्यहरु अझ मनमोहक बनेका छन् । यही क्रममा दोलखा सदरमुकाम चरिकोटबाट वरपर नियाल्दा देखिएका मनोरम दृश्यहरुलाई यहाँ संकलन गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

NIC Asia