दुई हिरोइनले सार्वजनिक गरे निश्चलको ‘फर्गो’,सुविन भट्टराईले सम्झिए आफ्नो पुराना दिन

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिकभएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे ।

 

 

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ऋचाले लेख्ने मान्छेप्रतिआफ्नो मनमा श्रद्धा रहेको बताउँदै कम उमेरमै स्तरीय किताब निकालेकोमा लेखक मल्ललाई बधाइ दिएकी थिइन् ।‘उन्नाइस बीस वर्षकै उमेरमा यत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो । तर, उमेर कम भएपनि किताबमा मैले परिपक्वता देखें,’उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखक मल्लले मज्जाले प्रस्तुत गरेका छन् । यसको भाषा मलाई मन परेको अर्को पक्ष हो । पुस्तक पढिरहँदामलाई धेरै ठाउँ सेक्सपियरको साहित्य पढेको आभाष भयो । उहाँको भाषामागज्जबको लालित्य छ ।’ पुस्तक एकै बसाइमा पढेको जानकारी गराउँदै उनले मल्लले आगामीदिनउच्चकोटिको पुस्तक नेपाली साहित्यलाई दिन सक्ने जानकारी गराइन् ।

 

ऋचाको भनाइसँग सहमतहुँदै अर्की अभिनेत्री सुरक्षापन्तले पनि सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन् । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझयति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् । यो हिसाबमा निश्चलले मलाई प्रभावित गरेका छन् । पुस्तक आकर्षक लागेको छ । भ्यालेन्टाइन मुखमा छ । आफ्नो डेटलाई दिन यो उत्तम गिफ्ट हुनेछ ।’लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुराना दिन यादआएको भन्दै उनलाई अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममाआएको बताए ।

 

‘व्यस्तताका कारण पुस्तक पढ्न पाइँन, त्यसैले पुस्तकको गुण दोषको ’boutमा म बोल्दिन । पहिलो किताब हरेक लेखकको स्पेसल हुन्छ । निश्चलका लागि पनि यो किताब स्पेसल बनोस्, शुभकामना दिन चाहान्छु । पुस्तकले राम्रो नराम्रो जेसुकै प्रतिक्रिया प्राप्त गरोस् लेख्न नछोडने सल्लाह पनि दिन चाहान्छु ।’

लेखक निश्चल मल्लले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै उनले पुस्तकले नयाँ पुस्ताको प्रेमप्रतिको सोचलाई प्रस्तुतगर्ने बताए । उनले भने, ‘पुस्तकले यथार्थ भन्दा पर गएर कल्पनामाआफूले सोचे जस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेश गरेको छ । जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधामा पनि पुस्तकमा अटाएको छ । पुस्तक पढिरहँदा नयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ।’एक सय चार पेजको पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । लेखक निश्चलको यो पहिलो पुस्तक हो ।