नव ग्रह उपाय तथा दमनक प्रयोग

ब्रह्माण्ड गतिशील छ। गुरुत्वाकर्षणको कारणले सबै आकाशीय पिण्ड एक अर्काको निकट आउने र जाने भइरहन्छ र पृथ्वीबासीलाई आफ्नो प्रभाब निरन्तर प्रदान गरिरहन्छ।

 

 

 

जीवनमा प्रत्येक व्यक्तिले नवग्रह दमनक प्रयोग गर्नु उचित मानिन्छ। किनकि ग्रह अनुकूल छ भने कठिन भन्दा कठिन परिस्थितिबाट पनि विना क्षत्ति निकास प्राप्त गर्न सकिन्छ। दुख कष्ट त जीवनमा आइरहन्छन । जीवन भनेकै सुख तथा दुखको नाम हो । तथापी जीवन भनेकै निरन्तर उच्चता र उन्नतिको बाटोमा अग्रसर हुनु हो।

ब्रह्माण्ड गतिशील छ। गुरुत्वाकर्षणको कारणले सबै आकाशीय पिण्ड एक अर्काको निकट आउने र जाने भइरहन्छ र पृथ्वीबासीलाई आफ्नो प्रभाब निरन्तर प्रदान गरिरहन्छ।त्यसै कारण हाम्रो ऋषिहरुले यथा पिण्डे यथा ब्रह्माण्डे सिद्वान्त उद्घोष गरेका छन। व्यक्तिको जब जन्म हुन्छ त्यस समय आकाश मण्डलमा ग्रहको स्थितिको विवरणलाई नै जन्म कुण्डली भनिन्छ। जन्म कुण्डलीको आधारमा १२ राशी २६ नक्षेत्र नौं ग्रह तथा नौं लग्न हुन्छ।त्यसैद्वारा गणना गर्दा भविष्य फल थाहा पाइन्छ।जन्म समयको ग्रहको अवस्थाले नै व्यक्तिलाई शुभ अशुभ प्रभाव पर्दछ।पृथ्वी सुर्यको चारै तिर घुम्छ।अर्थात् एक बर्षमा पुरै परिक्रमा गर्छ।यही परिक्रमा लाई भू-चक्र भनिन्छ।भू-चक्रलाई ज्योतिष विज्ञानले बाह्र भागमा बाडेका छन।जसलाई जन्मकुण्डली भाव भनिन्छ।

 

ग्रह फल तथा निदान

यो ग्रहले व्यक्तिलाई शुभ एवं अशुभ प्रभाव पारि रहेको हुन्छ।यस्तो प्रभावबाट अवातारि पुरुषपनि बच्न सक्दैन। केवल मन्त्र साधानाद्वारा यसको प्रभावलाई न्यून गर्न सकिन्छ।

 

साधना विधान
नवग्रह शान्तिले जीवनमा भाग्योदयको ढोका अवश्य खुल्छ। त्यसै कारणले गर्दा प्रत्येक पुजन,यज्ञपुर्व नवग्रह शान्ति पाठ सम्पन्न गरिन्छ। नवग्रह शान्ति द्वारा ग्रहको कुप्रभावबाट बच्न सकिन्छ।परिवारमा आउने कष्ट बाट मुक्ति मिल्छ। जीवनमा उन्नतिको आयाम प्रशस्त हुन्छ।यो साधनालाई कुनै पनि शुभ मुहुर्त (सिद्वी योग,सर्वाथ सिद्वी योग,द्विपुस्कर योग,त्रिपुस्कर योग,पुष्य,गुरु पुष्य तथा अमृत योग)मा सम्पन्न गर्दा पूर्ण अनुकूल मानिन्छ।यो साधान प्रातः कालमा सम्पन्न गर्नु पर्छ।साधना गर्नु अगावै पुजा स्थान सफा स्वच्छ गर्नु पर्छ।साधान स्थल स्थान सुगन्धित तथा आनन्द मय वातावरण हुनुपर्छ।

 

-सर्व प्रथम साधकले सेतो वस्त्र धारण गर्ने ।
-उत्तर मुखी भै बस्ने आफ्नो अगाडी गुरु चित्र स्थापित गरि पंचोपचार पुजन गर्ने पुजा गर्ने गुरु चित्र अगाडी सेतो फूलको आसनमा नवग्रह यन्त्र स्थापित गर्ने ।
-यस पश्चात नव ग्रह यन्त्र लाई विशिष्ट पुजन गर्ने ।
-यस पुजामा -सुर्य,चन्द्र,मंगल,बुध,गुरु,शुक्र,शनि,राहु,केतुको सौभाग्य मन्त्रले नवग्रहको पुजन गर्ने
-प्रत्यक मन्त्रलाई ३ पल्ट जप गर्दै कुमकुम,अक्षत,पुष्पले गर्ने।

मन्त्र यस प्रकार छन:-

सुर्य- ओम ह्रीं ह्रीं सुर्य नमः
चन्द्र – ओम ऐ क्लीं सोभाय नमः
मंगल-ओम हुं श्रीं मंगलाय नमः
बुध-ओम ऐ स्त्रीं श्रीं बुधायै नमः
गुरु-ओम ऐ क्लीं बृहश्पतयै नमः
शुक्र-ओम ह्रीं श्रीं शैनेश्चारायै नमः
राहु-ओम ऐ ह्रीं राहवे नमः
केतु-ओम केतवे ऐ सौ स्वाहा नमः

 

नवग्रह मन्त्र

ओम श्रीं क्लीं सुर्य चन्द्र भौम बुध गुरु शुक्र शनिश्चराय राहु केतु मुथां सहिताय क्लीं नमः
मन्त्र जप पश्चात नवग्रह यन्त्र एवं मालालाई सुरक्षित स्थानमा राखी शेष सामग्रीलाई जलमा विसर्जन गर्ने तथा साधक ले १० दिन सम्म नित्य नवग्रह मालाले उपरोक्त नवग्रह मन्त्रको एघार माला जप गर्ने।यस प्रकार साधना सम्पन्न हुन्छ।