महादशा तथा अन्तर्दशामा भाव अनुसार फल

पाप ग्रहको महादशामा शुभ ग्रहको अन्तर्दशा छ भने जातले शुरुमा कष्ट पाएपनि अन्त्यमा उसलाई शुभ फल हुने योग हुन्छ । यदि शुभ ग्रहको महादशा छ र शुभ ग्रहकै अन्तर्दशा छ भने उक्त समय जातकलाई सबै शुख प्राप्त हुने योग रहन्छ । सम्मान पदोन्नति,अर्थ लाभ,शारीरिक शुख अनुकुल फल मिल्छ।

 

 

ज्योतिष शास्त्रअनुसार हामीले जीवनमा जे जस्ता पनि भोग गर्छौ त्यो सबै ग्रह अनुसार नै हुने गर्छ । कुण्डलीमा बार्हौ भाग हुन्छन जुन बखत जुन भागको दशा वा अन्तरदशा चल्छ मनुष्यलाई त्यसै भाव अनुसार शुभ वा अशुभ प्रभाव भोग गर्नुपर्दछ ।

 

त्यो यस प्रकार हुने गर्दछ :
प्रथम भावको स्वामी अर्थात् लग्नको दशामा द्रश्य प्राप्तिको साथै बिशेष शारीरिक शुख प्राप्त हुन्छ । एश आरामको बस्तुको एकत्रता बढ्छ तर जातक श्रीमतीद्वारा चिन्तित रहन्छ ।

 

त्यस्तै दोस्रो घर स्वामीको दशमा शारीरिक कष्ट भोग्नुपर्छ । किनकि दोस्रो कोठालाई भरण पनि भनिन्छ तर त्यो कोठा धनको पनि भएकोले अकस्मात धनपनि प्राप्त हुने योग बन्दछ ।

 

त्यसै गरि तेस्रो कोठाको दशमा सम्पूर्ण कार्य साधारण अवस्थाको रहन्छ । भाइ बन्धु बाट कष्ट हुन्छ साथै शरीरले पनि साथ दिदैन कष्टमय हुन्छ ।

 

चौथो भावको दशमा जातकलाई आमाबाट बिशेष स्नेह प्राप्त हुन्छ । गाडी अझ नया गाडी बाहन बाट शुख मिल्छ । शिक्षाको क्षेत्रमा पनि उपलब्धि बढेर जाने सम्भावना हुन्छ । नया घर निर्माण हुने यो पनि हुन्छ ।

 

पाँचौ भागको दशमा व्यक्तिले समाजमा सम्मान बढ्नु सम्मानित हुनु बिद्या बुद्दिको बर्चस्व बढेर जानु सन्तान प्राप्त हुनु तर यस दशमा आमाको स्वास्थ्य बाधा वा मृत्युको पिडा सहनुपर्ने हुन्छ ।

 

यसैगरी शष्ठ भाबको दशामा शत्रु पक्ष बढेर जानु,शत्रु पक्ष हाबी हुनु मुद्धा मामलामा हार हुनु रोग ब्याधीले सताउनु उपचारमा संचय गरेर राखेको धनको नास हुनु सन्तान बाट पिडा सहनुपर्ने हुन्छ ।

 

सप्तम भावको स्वामीको दशामा शारीरिक कष्ट झेल्नुपर्दछ ,मित्रद्वारा बिस्वाशधात हुन्छ ,मित्रले गर्दा हानि व्यहोर्नुपर्ने हुन्छ ,सातौ भागलाई पनि भारकेश भनिन्छ । जागिरमा पनि कष्ट हुन्छ ।सप्तमेश पाप ग्रह भएमा पत्नीलाई मृत्यु तुल्य कष्ट हुन्छ ।

 

आठौ भाव स्वामीको दशामा जातकले मरण तुल्य कष्ट सहन गर्नुपर्ने हुन्छ । पत्नी वियोग सहनुपर्ने हुन्छ । यस भावको दशामा जातकले स्त्री पुत्रादीको तर्फबाट निकै नै कष्ट सहनुपर्ने हुन्छ ।

 

नवम भाग अर्थात् भाग्यश भावको स्वामीको दशामा जातकको भाग्योदय हुन्छ । जातकले यस दशामा नया नया उधम ब्यापारको सुरुवात गर्दछ । र यस बाट राम्रो लाभ प्राप्त गर्दछ ।यस दशामा धर्म कर्ममा बिशेष रुचि रहन्छ र तीर्थयात्रामा पनि अवशर जुट्नेछ । विद्याको क्षेत्रमा पनि उल्लेख्य प्रगति हुन्छ ।कुनै महान कार्य उसै द्वारा सम्पन्न भै ख्याती प्राप्त हुने अवसर जुट्नेछ ।

 

दशमेश भावको स्वामीको दशामा जातकको जागिर ब्यापारमा उन्नति पदोन्नति हुन्छ । सम्मानमा वृद्धि हुन्छ । स्त्री पुत्रको तर्फबाट शुख शान्ति प्राप्त हुन्छ । अधुरो अड्किएको कार्य सम्पन्न हुने योग बन्छ ।

 

एघारौ भाव स्वामीको दशामा व्यक्तिको आयु वृद्धि हुन्छ । व्यक्तिको ख्याती फैलिन्छ । व्यापार वयासयामा उल्लेख्य प्रगति हुन्छ । यस दशामा अनन्य शुख प्राप्तिको साथै पिताको वियोग सहनु पर्ने पनि हुन सक्छ ।

 

बार्हौ भावको स्वामीको सार्है कष्टमय हुन्छ । रोग, मुद्धा ,जेल,खर्चको मात्रा अत्यधिक हुने योग हुन्छ । विदेश यात्रा,निन्द्राको समस्या झेल्नुपर्दछ ।यो दशा राम्रो हुँदैन ।

अन्तर्दशाफल
पाप ग्रहको महादाशामा यदि पाप ग्रहकै अन्तर्दशा छ भने जातकले धन गुमाउनुपर्छ,शत्रुले सार्है दुख दिन्छन,रोगले छोड्दैन ।

 

पाप ग्रहको महादशामा शुभ ग्रहको अन्तर्दशा छ भने जातले शुरुमा कष्ट पाएपनि अन्त्यमा उसलाई शुभ फल हुने योग हुन्छ । यदि शुभ ग्रहको महादशा छ र शुभ ग्रहकै अन्तर्दशा छ भने उक्त समय जातकलाई सबै शुख प्राप्त हुने योग रहन्छ । सम्मान पदोन्नति,अर्थ लाभ,शारीरिक शुख अनुकुल फल मिल्छ ।शुभ ग्रहको महादशामा पाप ग्रहको अन्तर्दशामा चल्दा शुरुमा उत्तम फल प्राप्त तर अन्त्यमा कुफल भोग्नुपर्दछ ।

 

पाप ग्रहको महादशामा शत्रु क्षेत्र ग्रहको अन्तर्दशा चल्दा जातकलाई बिभिन्न आरोपको साथै कलंकित हुनुपर्ने योग रहन्छ । बक्र ग्रहको दशामा व्यक्तिले धन शुख र इज्जत गुमाउनुपर्ने हुन्छ । नया नया रोगले पिडा दिन्छ । मार्गी ग्रहको दशामा सम्मान एश धन बिजयको योग बन्छ सबै कार्य सिद्ध हुन्छ ।

 

निच शत्रु क्षेत्री दशामा परदेश निवाश धन हानि व्यापारमा नोक्सान नित्यकर्म यदि राहुको तिन छ एघारौ स्थानमा छैन भने यी भावको दशामा दुख र अत्यधिक धन हानि व्यहोर्नु पर्ने हुन्छ ।