नरदेवी स्वेतकाली माईको १२ बर्षे देवीनाच


नरदेवी स्वेतकाली माईको १२ बर्षे देवीनाचको हनुमानढोका स्थित नासलचोकमा यस बर्ष समापन भएको छ । इन्द््रचोक र नासलचोकमा नचाइएको यो नाचमा शिवःद्य, कुमारी, करुणामय, महाद्य, चण्डेश्वरी, कुमारी, भैरव, बाराही, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिङगिनी, व्यङ्गिनी, ध्वाँ, दैत्य र खिचा नृत्य भएको थियो ।
नरदेवी स्वेतकाली संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण डंगोलका अनुसार यो जात्रा यस अघि वि.सं २०३७ मा भएको थियो र वि.सं २०६६सालमा क्षमापूजा पश्चात शुरु भएको मेला यसपटक आठ वर्षमा शनिवार समापन भएको जानकारी गराए ।
धार्मिक ग्रन्थहरुका अनुसार मल्ल काल देखि सुरु भएको यो नाच सञ्चालन गर्नको लागि आर्थिक सहयोग राजा वा दरबारले गर्ने प्रचलन थियो तर आर्थिक र सुरक्षाका दृष्टिका कारण यो नाच धेरै बर्ष रोकिएको थियो ।
भाद्र्र २८ गते नरदेवी मुल द्यःछें घरबाट देवीको विधिवत प्रस्थान गरी इन्द्र्रचोक ल्याइ पुरयाइ भाद्र्र २९ नाच प्रर्दशन गरी भाद्र्र ३० मा हनुमानढोका स्थित नासल चोकमा प्रवेश गराएर भाद्र् ३१मा नाच प्रर्दशन तथा राष्ट्र्पति विद्यादेवी भण्डारीद्घारा देवीको दर्शन र प्रसाद ग्रहण गरी परम्परागत देविनाचको समापन भएको छ । विशेष अवसर पारेर आयोजना गरिने यो मेला बाह्र वर्षमा नरदेवी, हनुमानढोका , इन्द्रचोक, भक्तपुर, ललितपुर,बनेपा , धुलिखेल लगायत १२ स्थानमा लैजानुपर्ने नियम रहेको छ ।
शब्द र तस्विर : सुनिल शर्मा












