चित्रमा सोरठी नाच
–शब्द : प्रतीभा पुन/ चित्र : सुनिल रन्जित
म्याग्दी र पर्वत जिल्लाबाट काठमाडौं आइ बसोबास गरिरहेका पुन समुदायमा यो पुख्यौंली नाच अति नै प्रख्यात छ ।
विशेष पर्वोत्सव, संस्कारोत्सव, धार्मिक उत्सव आदि पर्वहरुमा खुशीयाली मनाउन यो नाच नाच्छन् । पुर्खाको सम्झनामा पूजाअर्चना गरी विधिविधानसहित नाच आरम्भ गर्दछन् ।
पहिलो चरणमा पितृपुर्खाको आव्हान गरी सम्झन्छन् । मुख्य गुरुले भट्याउँछन्, गीताङ्गे महिला समूहले हाइ छोप्छन् ।
महिलाको पहिरनमा सजिएका पुरुषको एक पंक्ति, पुरुषको पहिरनमा मादल सहितको पुरुषको जमात अर्को पंक्तिमा उभिन्छन् ।
गीत, मादलको तालसँगै गोलाकार पंक्तिमा अघिपछि हुँदै घडीको दिशातिर र घडीको विपरित दिशातिर निश्चित गतिमा पालैपालो घुमीघुमी नाच्छन् ।
दोस्रो चरणमा घरपरिवारका सदस्यहरुको हर्षबढाइको कामना गर्दछन् । र बीचबीचमा चुड्के गीत गाएर रमाइलो गर्दछन् ।
यसबेला मारुनीले मादले तथा मादलेले मारुनीहरुको पालैपालो परिक्रमा गर्दछन् । अन्तमा घरबेटीले दान दिएपछि शुभ आर्शिवाद दिएर विदा हुन्छन् ।
यस नाचमा आरम्भमा तान्त्रिक विधिविधानद्वारा शुभारम्भ गरिने हुँदा मादलको तालमा अति नै ध्यान पु¥याइन्छ । केही गडबढी भएमा व्यक्तिको ज्यान समेत जाने हुन्छ ।
यस नाचले धार्मिक, सांस्कृतिक महत्त्वलाई कायम गर्नुका साथै मनोरञ्जन समेत प्रदान गर्दछ ।
(पुनले त्रिभुवन विश्वविद्यालयबाट एम-फिल गरेकी छन् । उनले सोरठी नाचवारे सोधपत्र तयार परेकी छन् । सोरठी नाच सृंखला अन्तर्गत सुनिल रंजीतले तयार पारेको यो चित्र ‘ड्राई पेस्टल कलर’ बाट बनाइएको हो । यसको आकार २८÷३८ सेमी रहेको छ । सोरठी नाचको एउटा संयोजन प्रस्तुत चित्रमा गरिएको छ । –संपादक )