सोरठी नाच – २

म्याग्दी र पर्वत जिल्लाबाट काठमाडौं आइ बसोबास गरिरहेका पुन समुदायमा यो पुख्यौंली नाच अति नै प्रख्यात छ ।

सोरठी नाच सृंखला अन्तर्गत यो चित्र ‘ड्राई पेस्टल कलर’ बाट ह्याण्ड मेड पेपरमा बनाइएको हो । यसको आकार २९.७x४२ सेमी रहेको छ ।

 

यो पेंटिंग पुन मगर समुदायमा प्रचलित पुर्खेउली नाचको एक अंश हो, जो लोपोन्मुख अवस्थामा छ | विशेष अध्धयन पश्चात्य तयार पारिएको यस चित्रले सम्बन्धित समुदायको मौलिक कला, संस्कृति, पहिरन आदि झल्काएको छ |