नेपाली फोटोग्राफरहरूको जर्मनीमा प्रदर्शनी

 

सदृश्य सम्वाददाता:

वित्जेन्हौसेन्, जर्मनी
११ नोवेम्बर २०१७

नेपाली फोटोग्राफरहरूले जर्मनीको वित्जेन्हौसेन्मा ‘नेपाल – दैनिक जीवन, संस्कृति र ल्यान्डस्केप’ हिजो शनिबार १२ नोवेम्बर २०१७ देखी फोटो प्रदर्शनीको आयोजना गरेका छन्।   वरिष्ठ फोटोग्राफर चन्द्रशेखर कार्की, ऐशु माथेमा र दिपक तोलाङे द्वारा खिचिएका ३० फोटोहरु प्रदर्शनीमा रखिएका छन्।
प्रदर्शनीमा सरकारी प्रतिनिधि, प्रोफेसरहरु अन्तर्राष्ट्रीय विद्यार्थी सहित सर्वसाधारणको उल्लेख्य उपस्थित थियो।

कार्यक्रम सन्योजक दिपक तोलाङेले भने, प्रदर्शनीले विभिन्न स्तरमा काम गर्‍यो । सर्बप्रथम, प्रदर्शनीले नेपाली फोटोग्राफरहरूको लागि प्लेटफर्म प्रदान गर्‍यो। दोस्रो, एसले पर्यटकहरूलाई नेपालप्रती आकर्षित गर्‍यो।
फोटो र पोष्टकार्डहरूको बिक्रीबाट पचास प्रतिशत २०१८ को ‘प्रेरणा कार्यक्रम’ को लागी प्रयोग हुनेछ । मिती १८ मार्च २०१७ भक्तपुरको ईटा कारखानामा काम गर्ने काम गर्ने बालबालिकाहरुकालागि पहिलो ‘प्रेरणा कार्यक्रम’ सम्पन्न भएको थियो । जस अन्तर्गत ईटा कारखानामा काम गर्नेबालबालिकाहरुद्वारा लिइएको फोटोहरू पनि प्रदर्शन भएको थियो । ईटा कारखानामा काम गर्ने बालबालिकाहरुका विषयमा तयार गरिएको ‘डस्ट्’ फिल्म पनि प्रदर्शन गरिएको थियो ।  ‘प्रेरणा कार्यक्रम’ को उद्देश्य काम गर्ने बच्चाहरु लाई फेरी पढ्न प्रोत्साहन गर्नु हो ।

दुई हप्ताको ग्यालेरीमा प्रदर्शनी पछि, फोटोहरू तीन महिनासम्म यहाँको संग्रहालयमा प्रदर्शन गरिनेछ। दित्स्ल नामक एक संस्थाले यो प्रदर्शनीले लाई सहयो गरेको छ ।