वाह ! अन्नपूर्ण !! -चक्र कार्की

 

अन्नपूर्ण पदयात्राका लागि धम्पुस, नयांपुल र घोरेपानी प्रबेशद्वार हुन् । यो विश्वप्रशिद्ध पदयात्रा मार्गको लागि १० दिनको समय छुट्टयाउनुस् । खल्तीमा ३० देखि ४० हजारसम्म खर्च बोक्नुस् । साथमा एक जना गाइड वा भरिया लैजानुस । फेरि फेरि गैरहिने ठाउ होइन यो । हिमाली पदयात्रा सही तरिकाले गर्दा राम्रो हुन्छ । चैत, बैशाख र जेठ तथा असोज, कात्तिक र मंसीर महिना अन्नपूर्ण आधार शिबिर पदयात्राका लागि उपयुक्त समय हो ।

 

वाह अन्नपूर्ण ! एक महिना अघि रिमरिम उज्यालोमा अन्नपूर्ण आधार शिबिरमा भेटिएका बेल्जियमका पिटरले खुशीहु“दै भने । उनी भन्दै थिए, जीवनमा मैले पहिलो पटक यसरी हिमालै हिमालको बिचमा उभिएको र सफा हिमाललाई देखेको ।
संसारकै उत्कृष्ट र आर्कषक गन्तब्य हो, अन्नपूर्ण पदमार्ग । बिश्वकै जेठो हिमालको फेदीमा जीवनमा एक पटक पुग्ने सपना धेरै साहसीहरुले बुनेका हुन्छन् । त्यो उनेको सपना पुरा गर्नलाई हिम्मतले साथ दिनुपर्छ । र, पुगिन्छ, अन्नपूर्ण आधारशिबिर ४ हजार १ सय ३० मिटर उचाई ।

 

संसारकै जेठो

 

 

संसारकै जेठो हिमाल (जेठो ’cause, यो संसारमै आठ हजार मिटर अग्लो सबैभन्दा पहिले चढिएको हिमाल हो) को काखमा पुग्नलाई काठमाडौदेखि दश दिनको समय चाहिन्छ । बिदेशी शैलीको पाइला चालेर पुग्दा गन्तब्यमा निश्चय पनि पुगिन्छ । सन् १९५० जुन १ का दिन फ्रान्सेली नागरिक मौरिस हर्जले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको शिखरमा पहिलो पाइला राखेका थिए । त्यसको तीन बर्षपछि मात्रै सन् १९५३ मे २९ तारिखमा सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी पुग्न सफल भएका थिए । संसारमै आठ हजारमाथिको अग्लो हिमाल सर्वप्रथम आरोहण गरिएको अन्नपूर्ण नै हो । त्यसैले आरोहणको दुनीयांमा अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

 

सात दशकदेखि अन्नपूर्ण पदमार्ग निरन्तर आर्कषक गन्तब्य रहिरहेकै छ । लोन्ली प्लानेट, रफ गाइड, बिबिसी र सिएनएन जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यमले मर्नु भन्दा पहिला एकपटक पुग्नै पर्ने ठाउ बताउ“दै आएका छन् । त्यसैले बिदेशी पर्यटकहरुको आर्कषक गन्तब्य बनिरहेको छ ।

 

अन्नपूर्ण पदमार्गमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको केन्द्र बन्दै गएको छ । शहरमा बस्ने हुन् वा बिदेशमा एक पटक अन्नपूर्ण हिमालको काखमा पुग्न लालायित भएकै हुन्छन् । तन्नेरी पुस्ताको आर्कषक केन्द्र बनेको छ , एबीसी ट्रेकस् ।

 

आफ्नै पारामा पदयात्रा

 

 

बुटवलबाट पोखरा घुम्न आएका थियौं, यतैबाट अन्नपूर्ण आधारशिबिर जाने योजना बन्यो, हाम्रो । गत सिजनमा छोमरोङमा भेटिएका बुटवलका बिनोद कार्कीले भने । पोखरामा बाइक थन्काएर अन्नपूर्ण हानिएका यी तन्नेरीहरुको हुल जस्तै अरु आन्तरिक पर्यटकहरुको हुल बाटोमा काफी भेटिन्छन् । सबै आङ्खनै पारामा घुम्न निस्केका ।

 

हिमालमा पदयात्रा गर्दा एक्लै र अनुभब नभए समूहमा जादा भन्दा कुनै पनि टे«किङ कम्पनीको अनुभबी गाइड लिएर जा“दा सुरक्षित रुपमा गन्तब्यमा पुगिन्छ । घरपरिवारलाई पनि ढुक्क हुन्छ ,समूहमा पदयात्रा गर्दा । एक्लै घुम्दा हिमालमा हराउने जोखिम बढी हुन्छ । माउन्टेनको मौषमको कुनै भर हु“दैन् । त्यसैले मौषम पूर्बानुमानले कमै काम गर्छ , उच्च हिमाली भेगमा ।

 

अर्गनाइजमै पदयात्रा गर्दा रमाइलो सुरक्षित भइन्छ । अन्नपूर्ण पदमार्ग छोमरोङसम्म होटलहरुको समस्या खासै छैन । पदयात्रामा निस्कनु अघि होटल बुक गरेर यात्रा गर्दा थप सुरक्षित होइन्छ । ब्याम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ«े आधार शिबिरमा सीमित लजहरु छन् । एक रात बिताउनलाई हिमालमा निकै सकस हुन्छ । त्यसैले अग्रिम बुक गर्नु उचित हुन्छ ।

 

सस्तो र सजीलो

 

 

अन्नपूर्ण पदमार्ग सस्तो र सजिलो पदमार्ग हो भन्दा फरक पर्दैन । पदयात्रामा हरेक किसिमका यात्रीहरु भ्ेटिन्छन् । झोले देखि मह“गा पदयात्रीहरुसम्म । दाल भातमा बार्गेनिंग गर्ने देखि पाउरोटीको भरमा रात कटाउने । बाटोमा फोहोर बनाउने पर्यटक आउनु भन्दा नआएकै उक्तम !

 

अस्वस्थ प्रतिस्पर्धा गर्न हामी निकै अगाडि छौं, तर पर्यटन ब्यबसायीले स्तरीय सेवा दिनुपर्छ भन्ने बिषयमा हामी चुकिरहेका छौं । त्यसको फाइदा बिदेशीहरु लिइरहेका छन् । हामी केबल रमिते भएका छौं । हरेक गन्तब्यलाई स्तरीय बनाउने सक्नु पर्छ । सरकारको ध्यान पनि जानु आबश्यकता छ ,स्तरीय पर्यटन गन्तब्य बनाउनका लागि ।

 

भारतको मुम्बईबाट आएकी अल्काले अन्नपूर्ण आधार शिबिरमा करीब २ घण्टा बिताइन् । उनले चारैतिर हिमालै हिमाल देखेर जीवनमा पहिलो पटक स्वर्गमा पुगेको अनुभब भएको बताइन् । उनको समूह आधार शिबिरमा २ घण्टा बिताएर हेलिकप्टरमा पोखरा फर्कियो, आ“खैभरी, मनैभरी अनि क्यामेराभरी हिमाल नै हिमाल बोकेर ।

 

स्वर्गको टुक्रा

 

 

हो, अन्नपूर्ण स्वर्गको एउटा टुक्रा नै हो । मोती झै टल्किएका हिमाललाई क्यामेरामा कैद गर्न तछामछाड नै हुन्छ, त्यो सानो भ्यू प्वाइन्टमा । अन्नपूर्ण पहिलो, दोश्रो, तेश्रो र अन्नपूर्ण चौथो, माछापुच्छ«े, हिमचुली, गंगापूर्ण र टेण्ट पिक आ“खैभरी देखिन्छन् । ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिबिरमा पुग्न भने सहज छैन ।

 

दोभानबाट अघि लागेपछि बिस्तारै शरीरमा थकान महसुस हुन्छ । अक्सिजनको कमी पनि भए जस्तो भान हुन्छ । त्यसैले प्रशस्त पानी पिउदै र लसुनको सुप पिउदै उकालो उक्लनुपर्छ । पाइलाहरु एक नासले चाल्नुपर्छ ।

 

न्यानो कपडा बोक्नुस् । उचित जुत्ता पनि लगाउनुस् अनि मात्र पुगिन्छ अन्नपूर्ण आधार शिबिर । शरीरलाई न्यानो पारी राख्नुपर्छ, हिमालमा । झोलामा एउटा स्लिपिङ ब्याग पनि राखेर यात्रा गर्नुपर्छ, अन्नपूर्ण आधारशिबिर पदयात्रामा । माछापुच्छ«े आधार शिबिरमा फिस्टेल गेस्ट हाउस चलाएर बसेका दिलिप गुरुङ भन्दै थिए, जाडो सिजनमा किचेन र डाइनिङमा स्वदेशी तथा बिदेशी पर्यटक सुत्छन् । यी ह“सिला गुरुङले बर्षमा हजारौं पर्यटकहरुलाई सेवा दिदै आएका छन् । अन्नपूर्ण पदमार्गमा बर्षेनी करीब १ लाख पर्यटकहरु यहा“ आइपुग्छन् , दिलिपले भने । ब्यापार भने ५० हजार पर्यटक बराबरको हुन्छ । सस्ता पर्यटकहरुले नै भरिन्छ, अन्नपूर्ण पदमार्ग ।

 

कसरी जाने अन्नपूर्ण आधारशिविर ?

 

 

काठमाडौंबाट पोखराको उडान गर्ने र धम्पुससम्मको यात्रा बस वा जीपमा गर्न सकिन्छ । अनि, त्यहा“बाट पदयात्रा शुरु हुन्छ । काडमाडौंबाट पर्यटकीय बसमा पोखरा पुगेर त्यही दिन धम्मपुसतर्फ वा लुम्लेहुदै नयां पुल क्युमीसम्म जीप वा बसमा गएर पदयात्रा शुरु गर्दा हुन्छ । समय भए घोरेपानी, पुनहिल हुदै टाडा पानीबाट छोमरुङमा मिसीदाको क्लासिक यात्रा कम रोमाञ्चकारी हुदैन ।

 

अन्नपूर्ण पदयात्राका लागि धम्पुस, नयांपुल र घोरेपानी प्रबेशद्वार हुन् । अन्नपूर्ण पदयात्राका लागि १० दिनको समय छुट्टयाउनुस् । खल्तीमा ३० देखि ४० हजारसम्म खर्च बोक्नुस् । साथमा एक जना गाइड वा भरिया लैजानुस । फेरि फेरि गैरहिने ठाउ होइन यो । हिमाली पदयात्रा सही तरिकाले गर्दा राम्रो हुन्छ । चैत, बैशाख र जेठ तथा असोज, कात्तिक र मंसीर महिना अन्नपूर्ण आधार शिबिर पदयात्राका लागि उपयुक्त समय हो ।

 

यो समयमा बिदेशी पर्यटकहरुको पनि उत्तिकै भीड हुन्छ । त्यसैले केही अघि वा सिजनको अन्तिम पारेर यात्रा गर्दा मज्जा लिन सकिन्छ । वाह ! अन्नपूर्ण भन्ने सार्थक पदयात्रालाई जीवनमा एक पटक गर्दा साहसिकताको रोमांचकारी अनुभब लिनुस् ।