हेल्लो, थोले देम्बा ! –चक्र कार्की

 

 

ओखलढुंगा जिल्लाको पश्चिम उत्तरमा रहेको थोले देम्बा जिल्लाकै आर्कषक र अग्लो पर्यटकीय गन्तब्य हो । जहॉबाट सफा मौसम भएको बेला र्बोच्च शिखर सगरमाथा, मकालु, नुम्बुर, अन्नपूर्ण हिमाल र नाकैको अगाडी गौरीशंकर हिमाल देखिन्छ । ऑखाले धीत मरुन्जेल चारैतीर हिमाल हेर्नलाई थोले देम्बा भर्जिन पदमार्ग रोन्जुस् ।

 

 

‘म सानो छदा घर मास्तिरको डॉडो, सगरमाथा जस्तै अग्लो लाग्थ्यो । अनि आफैंलाई आफू भने निकै सानो लाग्थ्यो ! त्यसैले केटाकेटीमा अग्लो पहाड कसरी पुग्ने होला भन्ने बाल कौतुहल्ता मनमा जागिरहन्थ्यो । बिहान र बेलुका मेले गुम्बाबाट सधै देखिने अग्लो डॉडो सगरमाथा नभएर थोले देम्बा हो भन्ने धेरै पछि मात्रै थाहा पाए‘ !’

 

छ पटक सर्बोच्च शिखर सगरमाथा आरोहण गरेका आरोही लाक्पा शेर्पाले थोले देम्बा ’bout यसरी नै मनको कुरा व्यक्त गरे । घरै मास्तिरको अग्लो पाखोबाट हिमालयको मनोरम दृष्य हेर्न चौरी धपाउ‘दै पुगेको अस्ति जस्तो लाग्छ , लाक्पा नोस्टाल्जिक भएर पोखिए ।

 

शेर्पासंगै हामीहरु रमाइला साहसिक गफ गर्दै थोले देम्बा उक्लदै छौं । मेले गुम्बाबाट थोले देम्बा बॉस जस्तै ठाडो र सुरीलो देखिन्छ । माथि हेर्दा टोपी तल खस्ने टाकुरो ! थोले देम्बा शिखरमा पुगेर चारैतिर ऑखा डुलाएर हेर्न थालेपछि मनै फुरु¨ हुन्छ ।

 

 

 

 

अग्लो टाकुरोबाट होचो भूगोल हेर्नुको मज्जा नै बेग्लै हुने रहेछ । सगरमाथाबाट नेपाल र तीब्बततिर हेरे जस्तो पो देखिन्छ, आरोही तथा ख्याती प्राप्त माउन्टेन गाइड लाक्पाले थोले देम्बालाई दुलही जसरी सिगार्दै भने ।

 

ओखलढुंगा जिल्लाको पश्चिम उत्तरमा रहेको थोले देम्बा जिल्लाकै आर्कषक र अग्लो पर्यटकीय गन्तब्य हो । जहॉबाट सफा मौषम भएको बेला र्बोच्च शिखर सगरमाथा, मकालु, नुम्बुर, अन्नपूर्ण हिमाल र नाकैको अगाडी गौरीशंकर हिमाल देखिन्छ । ऑखाले धीत मरुन्जेल चारैतीर हिमाल हेर्नलाई थोले देम्बा भर्जिन पदमार्ग रोन्जुस् ।

 

थोले देम्बा पदमार्गमा पर्यटकको भिड देखिदैन । बिदेशी भन्दा स्वदेशी बढी भेटिन्छन् । त्यसमा पनि स्थानीयहरु बढी भेटिन्छन् । पदयात्राको वास्तबिक मज्जा लिने भए यस्ता भर्जिन पदमार्गलाई छान्दा राम्रो ।

 

 

स्थानीयहरुको स्वागत योग्य संस्कार, ह‘सिलो मुहारले हामी सबैलाई मन्त्रमुग्ध पार्छ । भर्खरै गन्तब्यको बिकास गर्नलाई स्थानीयबासीहरु तातेका छन् । गत बर्ष स्थानीयहरुकै अग्रसरतामा प्रथम थोले देम्बा महोत्सब आयोजना गरिएको थियो ।

 

त्यसले देश भित्र र बाहिर हाम्रो अग्लो डॉडो थोले देम्बा चिनाउने प्रयास थालेको छ, स्थानीय तथा सगरमाथा आरोही ग्याल्जेन शेर्पाले भने ।

 

थोले देम्बा हिमाली दृष्य ऑखाले देखिने र क्यामेराले कैद गर्ने मात्र नभएर ल्याण्डस्केपले पनि मोहित पार्छ । कल कल गर्दै बग्ने लिखु नदी, फॉटहरुले झनै सिगारिएको छ । सांस्कृतिक बिबिधता, भौगोलिक बिबिधता र जैबिक बिबिधताले भरिएको थोले देम्बा पदमार्ग पर्यटनको नौलो गन्तब्य हो ।

 

 

बसन्त ऋतुमा ४०÷५० थरीका लाली गुरॉस फुल्छन् । थोले देम्बाको नागीभरी चौरीको लस्कर देख्दा कुनै चौंरी फार्ममा छु जस्तो लाग्छ । चौंरीको लर्को र लाली गुरॉस वनैभरी फुलेको देख्दा मन फुरुंग हुंदै बहलाउ‘छ । जोडीहरु मिलेर जाने हो भने थोले देम्बाले राजधानी छेउमै रहेको नगरकोटलाई माथ मार्छ ।

 

हिउ‘ परेको बेला स्कीको बलियो संभाबना छ । स्की खेल्न यूरोपतिर होइन, थोले देम्बातीर हान्निए हुन्छ । ३ हजार ४ सय मिटर अग्लो थोले देम्बामा फिल्म सुटिङको लागि पनि उत्कृष्ट स्थल हो ।

 

मनोरम हिमालले मनै लोभ्याउने छ भने सुनुवार, गुरुङ, तामाङ, शेर्पा, क्षेत्री, बाहुनको संस्कृतिले बिबिधता देखाउ‘छ । हाम्रा बाउ बाजेले चौंरी चराउन आउने थलो पर्यटकीय मार्ग भएको देख्दा निकै खुशी लाग्छ, लाक्पाले सुनाए ।

 

थोले देम्बाको नागीमा डॉफे नाचेको र मृग दौडेको हेर्दा लाग्छ, धर्तीका भाग्यमानी भनेकै हामी हौं । हो, यही थोले देम्बाले हामी सबैलाई घुम्न निम्ता दिएको छ, केबल हाम्रो समय, खर्च र इच्छा शक्तिको खॉचो छ ।

 

धूपी सुर्के गुम्बा, मेले गुम्बा, किंमुर्दिङ गुम्बा, चुप्लु भन्ज्याङ, घुम्नका लागि मनोरम ठाउ‘ हुन् । यहॉबाट पिके पिक पदयात्रा पनि जान सकिन्छ । लामाजुरा पास भएर सोलुखुम्बुको जुनबेशीहु‘दै सगरमाथा आधार शिबिर वा सल्लेरी भएर काठमाडौं फर्कन सकिन्छ ।

 

थोले देम्बा जानलाई राजधानीबाट मध्य पहाडी राजमार्ग हु‘दै खुर्कोटबाट रामेछाप मन्थली, श्रीरीसे भएर बसमा फलाटेबजारसम्म बस तथा बलेरो पाइन्छ । फलाटेबजारमा बास बसेर अर्का दिन थोले देम्बा उक्लन सकिन्छ ।

 

 

समय भए फलाटबजार र मेले गुम्बा यात्रा गरेर भोलिपल्ट जान सजिलो हुन्छ । थकाइ र स्थानीय संस्कृतिको मज्जा लिएर नाम्चे बराबरको उचाइ उक्लदा थप साहस र ऑट मिल्छ ।

 

श्रीरीसेबाट पोखली झर्ना हेरेर लेतीको बाटो भएर थोले पुगे पनि हुन्छ । जिरीको बाटो भएर रामेछापको भण्डारबाट सोलुको गोलीबाट रावादोलु भुसिंगाबाट थोले देम्बा पुग्न सकिन्छ ।

 

उता युग कबि सिद्धीचरण श्रेष्ठको कबिता मेरो प्यारो ओखलढुंगालाई छोएर जाने भए पनि बाटो छ है । ओखलढुंगाको ओखल हेरेर अनि रमाइलो डॉडामा एक रात बसेर ढाडेको चिसो खाएर झन्तर धापको तेर्सो हिडेर थोले देम्बा पुगिन्छ ।

 

साउन महिनामा थोलेमा याजाङ मेला लाग्छ, जहॉ स्थानीयले प्रकृतिको पूजा गर्छन् । बालीनाली सप्रियोस, बस्तुभाउलाई रोग नलागोस र सबै गाउ‘लेको भलो होस भनेर ।

 

पॉच÷छ दिनको समय छुट्टाउनुस्, कुमारी पदमार्ग थोले देम्बाको लागि ।

 

नयॉ पदमार्गलाई नेपाल पर्यटक बोर्डले प्रोमोशन र मार्केटिङका लागि ध्यान दिनुपर्छ नकि चल्तीका पदमार्गलाई मात्र बेचेर बस्नु । ट्रेकिङ एजेन्सीहरुले पनि यस्ता नयॉ गन्तब्यलाई प्रोमोशन गर्दा पर्यटकहरु बढी खुशी हुन्छन् ।

 

भर्खरै शुरु भएको पदमार्ग हो, थोले देम्बा । त्यसैले यहॉ स्तरीय होटलहरु भने छैनन् । बस्नलाई स्थानीयका घर तथा होम स्टे र सामान्य खालका होटलहरु भने छन् । स्थानीयको स्वागत र सत्कार भने भुल्न नसकिने खालको छ ।

 

घर दैलोमा आएका पाहुनलाई मनैदेखि स्वागत र सत्कार गरेको प्रष्ट थाहा हुन्छ । आउनुस, यही स्थानीयको ह्दयदेखिको स्वागत र सत्कारलाई थोले देम्बाको शिरसम्म लगेर राजधानी फर्के अरुलाई पनि जान हौसला बढाएर आन्तरिक पर्यटकको बिकास र पदयात्रामा साथ दिनुस् । जय आन्तरिक पर्यटन र स्थानीयको उन्नती ! खल्तीमा १०÷१५ हजार बोकेर थोले देम्बा घुमेर यात्राका रमाइला क्षणहरु परिवार र साथीभाइसंग हौसिएर बॉड्नुस् ।