सफल मान्छेको दैनिकी

 

सफल मान्छेको दैनिकी: पैसै नपर्ने प्रभावकारी सात औषधी 

 देवेन्द्रप्रताप शाह

 

एक सफल मान्छेको दिन चर्याको एउटा पक्ष तलको लिष्टमा समावेश गरिएको छ । मान्छेको व्यक्तित्व प्रभावशाली बनाउन समेत यो लिष्टले मद्धत गर्ने भएकोले प्रस्तुत गरिएको छ । तपाईलाई यो के कस्तो लाग्छ ? कृपया बताउनुस् है !

१) व्यायामः कोही मान्छे बाहिरबाट सफल देखिन्छन । धन कमाएको होला । पद प्राप्ति गरेका होला । तर सफलताको सुचकाङ्क यतिमै सीमित छैन । धन र पद मात्र सबै थोक त हैन नि ।

उसको दिन चर्यामा व्यायाम पर्छ कि पर्दैन ? ’cause यो निकै नै महत्वपूर्ण हुन्छ । व्यायामको फाइदाका ’boutमा धेरै भन्नु पनि नपर्ला । दैनिक कम्तीमा आधा घण्टाको व्यायामले शरीरमा ल्याउने फुर्ति बेग्लै हुन्छ ।

व्यायामबाट हुने स्वास्थ्य सम्बन्धी फाइदाहरुको त हिसाबै छैन । भनिन्छ, व्यायाम नै सबै भन्दा ठुलो र पैसा खर्च गर्न नपर्ने प्रभावकारी औषधी हो । सफल मान्छेहरु दैनिक व्यायाम गर्छन् ।

२) स्मरणः सफल मान्छेले हरेक दिन त्यस दिनको आफ्नो अनुभव र आफुबाट भएको सकारात्मक कामहरुको स्मरण गर्ने बानी बसालेका हुन्छन्, किनकि ती सबै चिज बिर्सिनको लागि त हुँदैनन् ।

आफ्नो सफलता वा असफलता र भुलबाट सिक्ने यो नै उत्तम तरिका हो । स्मरण गर्न सजिलो होस् भन्नका लागि हिडाइमा निस्किन सकिन्छ । ध्यानमा बस्न सकिन्छ वा सम्झिने अरु कुनै तरिका अपनाउन पनि सकिन्छ । यसले भविष्यमा जीवनमा सही निर्णय गर्न सहयोग पुग्ने बिश्वास गरिन्छ ।

३) नेटवर्क बनाउनुः मानिसको लागि मानिस नै सबै भन्दा ठुलो चिज हो । यसैको लागि नेटवर्किङ, (चिनजान, सम्पर्कमा रहनु) जरुरी छ । आजकलका सफल मान्छे हरेक दिन कसै न कसैलाई इमेल लेख्छन् । आफुले पढेको कुनै लेख साथीको रुचि अनुसार पठाइदिने बानी उनीहरुको हुन्छ । यस्ता नेटवर्किङबाट कालान्तरमा फाइदा हुने आफैलाई हो ।

इमेल पाउने मानिसहरु पनि प्रसन्न हुन्छन् । र, उनीहरुले पनि त्यसै गर्न सक्छन् । भनिन्छ, सफल मानिसहरुले एक आपसमा सम्पर्कका लगि शक्तिशाली नेटवर्क बनाएका हुन्छन् ।

३) बानी वा शीपको लागि समय दिनुः कसैको कुनै पनि बानी वा शीपलाई सामान्य मान्नु हुँदैन । त्यसैबाट उसले कुनै बेला ठुलो फाइदा लिन सक्छ, तर आफ्नो बानी वा शीपलाई एकातिर पन्छाएर बा बिर्सिएर अरु नै क्षेत्रमा काम गरिरहेको भएमा त्यस्तो फाइदाबाट ऊ सधैँको लागि बञ्चित हुन्छ ।

त्यसैले सफल मान्छेहरु आफ्नो त्यस्तो बानी वा शीपको लागि कममा पनि दिनको आधा घण्टा खर्च गर्छन् । यसबाट केही बर्षमै उनीहरुले ठुलै लाभांश हात पार्न बेर लाग्दैन । उदाहरणको लागि कसैको गाउने वा बजाउने, बगैचाको अभिरुचि लिने वा केही लेख्ने वा अन्य कुनै वानी हुन सक्छ । त्यस्तो शीप वा बानीको परित्याग गर्नु हुँदैन ।

त्यस बाहेक कुनै नयाँ क्षेत्र वा नयाँ शीपको लागि समय दिनु पनि नराम्रो होइन । हरेक दिन थोरै मात्र समय दिदा पनि केही महिना वा बर्षमै नयाँ शीपको ’boutमा धेरै थाहा हुन्छ । यसले मान्छेलाई सुखी बनाउन मद्धत गर्छ र व्यक्तिगत उन्नतिको लागि ढोका खुल्न सक्छ ।

४) पर्याप्त सुत्नुः कोही भन्छन, थोरै सुतेर मान्छेले आफ्नो उत्पादकत्व बढाउन सक्छ, तर वास्तवमा त्यस्तो हैन । मान्छेले आफुलाई चाहिने जति सुत्नु पर्छ जुन दिनको ७ देखि ८ घण्टा हुन सक्छ ।

भनिन्छ, पर्याप्त सुताइले हाम्रो दिमागलाई रिचार्ज गर्छ र दिन भरिमा पाइएको सुचना वा जानकारीलाई विश्लेषण वा प्रसोधन गर्ने काममा सहयोग पु¥याउँछ । यसबाट अन्ततोगत्वा मान्छेले आफ्नो जीवनलाई राम्ररी ब्यबस्थापन गर्न सक्छ । सफल मान्छेमा यस्तो लक्षण हुन्छ ।

५) आफुसँग भएका चिजप्रति कृतज्ञ हुनुः सफल मानिसहरु आफुसँग भएका चिजप्रति कृतज्ञ हुन्छन् । यो नै सफल मान्छेहरुको सुखको श्रोत भइदिन्छ ।

त्यति मात्र हैन, यसबाट जीवन बिताउनका लागि मान्छेलाई उर्जा र जाँगर मिल्छ । उर्जा र जाँगर मान्छेको जीवनमा नभइ नहुने तत्व हुन् । यस’boutमा त केही लेख्न पनि नपर्ला ।

अर्को कुरा, आफुसँग भएका चिजमा कृतज्ञ हुँदा जीवनमा खराब समयबाट गुज्रिनु पर्दा पनि मानिसलाई त्यसको ब्यबस्थापन गर्ने तागत प्राप्त हुन्छ ।

६) असुबिधामा जीउन सिक्नुः सफल मान्छेहरु जोखिम मोल्न तयार हुन्छन् र चुनौतिलाई स्वीकार्छन् । यस्ता मान्छेले हरेक दिन कुनै न कुनै समयमा सुविधाको जीवनबाट बाहिर आएर केही गर्ने प्रयास गर्नु पर्छ ।

सधै सुबिधै सुबिधामा बस्नु एकदमै खतरनाक हुन्छ । सुबिधाबाट कहिलेकाहीँ बाहिर आउँदाका धेरै फाइदा छन् । यसले जोखिममा पर्दा मान्छेलाई कम्फोर्टेवल हुन सिकाउँछ ।

मान्छेको मनमा आउने पीडाको भावलाई कम गराउँछ । कडा समय बिताउन पर्दा सहन सक्ने क्षमताको विकास गरिदिन्छ । हामीलाई थाहै छ, जीवनमा दिनहरु सधै राम्रा आउँदैनन् । हरेक अवस्थालाई सहेर जान सक्नु नै जीवनको आवश्यकता हो । सहने शक्ति असुबिधाहरुसँग जुधेर नै प्राप्त हुन्छ । यस्तो काम आजैबाट शुरु नगर्दा ढिला हुन्छ ।

७) अध्ययनः सफल मान्छेहरु सधै सिक्न लालायित हुन्छन् । यसको लागि हरेक दिन पढ्नमा केही समय बिताउनु आवश्यक हुन्छ ।

पढ्ने चिज किताबै मात्र हुदैन, रेडियो वा टिभिबाट नयाँ कुरा देख्ने र सुन्ने, स–सानो लेख पढ्ने काम पनि गर्न सकिन्छ । यसबाट मान्छेको दिमागी भीजन फराकिलो हुन्छ ।
गहिराइमा पुगेर सोच्ने वानी विकास हुन्छ । ज्ञान मात्र बढ्ने हैन,यसले मान्छेमा विश्लेषणात्मक क्षमताको पनि विकास गरिदिन्छ ।

(प्रस्तुतकर्ता शाह नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । शाहको फेसबुकबाट ।)