पाथी जस्तै पाथिभरा देबी

 

 

टाढाबाट झट्ट हेर्दा पाथी जस्तै देखिन्छ । तत्कालीन गोरखाका राजा राम शाहले चलन चल्तीमा ल्याएका कुरुवा, माना, पाथी अझै पनि हाम्रा गाउ‘ घरमा नाप तौलमा प्रयोग हु‘दै आएका छन् । पांचथर जिल्ला सदरमुकाम फिदिमबाट काबेली नपुग्दै सिंहपुरबाट वा अन्य कुनै ठाउ‘बाट हेर्दा पाथीभरा डांडो पाथी आकारकै लाग्छ ।

 

आउनुस, पाथी जस्तै देखिने पाथीभरादेबीको दर्शन यात्रा ’bout चर्चा गरौं । कसरी जाने पाथीभरा ? के गाडीमा जान सकिन्छ अथवा हवाई जहाज वा हेलिकोप्टर नै चढ्नुपर्छ ? खान बस्ने सुविधा छ ? अरु बन्दोबस्ती के गर्नुपर्छ ?

 

आकाश सफा देखियो भने पाथिभरा देबीलाई ताप्लेजुङ नपुग्दै देख्न थालिन्छ । पॉचथरको सिंहपुरबाट पाथिभरा छर्लङ्गै देखिन्छ । खुलेको मौसममा उच्च डॉडामा रहेकी देबी पाथिभरामा दर्शन गर्न आउने तीर्थ यात्रीहरुको मनको कामना पुरा गर्ने धोको ।

 

यस्तै मनको भाकल बोकेर सुनसरीबाट आएका एक हुल तन्नेरीहरुस‘ग जम्काभेट ताप्लेजुङको फुलिङ बजारमा भयो । अरबको दुबई शहरमा बस्ने सुनसरी चक्रघट्टीका बिक्रम कर्ण ३५ दिने बिदामा दुबईबाट घर आए । साथीभाइहरुस‘ग पाथिभरा देबीको दर्शन गर्न जाने योजना बुने ।

 

 

आठ जना साथीहरुसंगै बसेर बनाइएको बनेको पाथिभरा योजना भोलिपल्ट बिहान मोटर बाइक स्टार्ट भएपछि शुरु भयो । ताप्लेजुङतर्फ हु‘किए, यी उत्साही र यात्राप्रेमी तन्नेरीहरु । फुङलिङ बजारबाट बाइकमै अर्को दिन काफलेपाटी हान्निए ।

 

के जवान, के अधबैंसे वा के पाकाहरु धेरै जसोको मनमा जीन्दगीमा एक चोटी पाथिभरा देबीको दर्शन गर्ने धोको रहेको हुन्छ । सानो फेदीसम्म नीजि तथा रिजर्भ सवारी साधनहरु जान्छन् ।

 

सानो फेदीदेखि भने झण्डै ९० डिग्रीको ठाडो उकालो चढ्नु पर्छ, पाथिभरा देबीको दर्शन गर्नलाई । खुइय गर्नुपर्ने उकालोलाई मनोरम दृष्यले आनन्द दिइरहन्छ । बर्षौदेखिको मनोकामना र भाकल पूरा गर्न आउने स्वदेशी तथा विदेशी तीर्थालुहरुको घु‘इचो नै लाग्छ, पाथीभरामा ।

 

नेपाल टेलिकम बिराटनगरका कर्मचारी भरोसी साह भन्छन्, पाथीभरा जॉदा फेदीको उकालो र टुप्पोमा पुगेपछिको मज्जा भने जीवनमा कहिल्यै भुल्न सक्दिन । साह जस्तै साहसी तीर्थयात्रीहरु पाथीभरा देबीको दर्शन गर्न आउ‘छन् र आन्नद लिएर फर्कन्छन् ।

 

हिन्दू र बौद्ध धर्मालम्बीहरुको भाकल र मानोकामना सिद्ध होस भनेर बर्षेनी एक लाख भन्दा बढी तीर्थ यात्रीहरुको आगमन हुन्छ, पाथीभरामा । ३ हजार ८ सय मिटर उचाइमा रहेको पाथीभरा देबीको दर्शन गर्न आउनेहरु बर्षौदेखिको मनोकामना र भाकल पुरा होस भनेर कठिन यात्रालाई पार गर्दै आइपुग्छन् ।

 

 

यूरोप र अमेरीकामा भएको भए यो उचाइ नै उहीहरुको हिमाल हुन्छ, तर हामी यसलाई पहाड भन्छौं । हामीस‘ग आठ हजार मिटर अग्ला हिमालहरु ८ वटा भन्दा बढी छन् र अन्य थुप्रै सात हजार मिटर अग्ला हिमशृखलाहरु रहेकाले पनि चार हजार मिटर मुनीको भूभाग पहाड मै गनिन्छ, हिमाल होइन ।

 

सानोफेदीबाट सुस्तेरी ३ घण्टाको उकालो उक्लेपछि पाथीभरा देबीको धाम पुगिन्छ । अघिको कठिन उकालो र सिरेटोलाई पाथीभरा देबीको अंँगनमा पुगेपछि पाथीभरा धामले सबै भुलाइ दिन्छ ।

 

ऑखै अगाडिको कुम्भकर्ण हिमाल, बिश्वको तेश्रो अग्लो हिमाल कन्चनजंघा, मकालु हिमाल, तामोर नदीको सुसेली र हिमाली सिरेटोले सबै कठिन र कष्टलाई समेत बिर्साइदिन्छिन्, भाकल र मनोकामनाकी देबी पाथीभराले ।

 

पाथीभराको अर्कापट्टी मानाभरा छ । माना र पाथी आमुन्ने सामुन्ने रहका छन् । पाथीभराको आवाज मानाभरा हु‘दै झापाको दमकस्थित पाथीभरासम्म पुग्छ भन्ने किंबदंन्ती रहेको छ ।

 

 

परापूर्बक कालमा गोठालाले भेडा चराउन ल्याउ‘दा भेडा गायब भएका थिए रे । सधैं भेडा हराउन थालेपछि गोडालाले पाथीभरामा भोग दिएर आफना भेडा बचाएको किंबदन्ती छ ।

 

पाथीभरामा पशु बली दिने प्रथा छ । भाकल अनुसार पूजा गर्ने चलन छ । तीर्थालुहरु मनको इच्छा र काम फत्ते होस र कतिपय तीर्थयात्रीहरु सफलता मिलेको भन्दै आउ‘छन् , फुङलिङमा जरा होटल संचालक जंगबहादुर सुनुवारले सुनाए । पाथीभरा सामाजिक र धार्मिक आस्थाको केन्द्र हो । यहॉ दर्शन गर्न आउनेहरु नेपाल र छिमेकी राष्ट्र भारतका तीर्थयात्री हुन्छन् । यतिधेरै तीर्थयात्रीहरुको लर्को लाग्छ कि जो सुकै छक्कैपर्छ, पाथीभरादेवीको शक्ति अति नै शक्तिशाली मानिन्छ ।

 

यूरोप, अमेरीका, बेलायतमा बस्ने नेपालीहरु हेलिकोप्टर चार्टर गरेर पाथीभरा दर्शन गर्न आउ‘छन् । पाथीभराबाट देखिने मनोरम हिमशृखलाले अन्य देशका पदयात्रीहरुलाई पनि उत्तिकै मोहनी लगाउ‘छन् ।

 

उच्च हिमाली आधार शिबिरसम्म जान नसक्ने बिदेशी पर्यटकहरुका लागि पाथीभरा थप आकर्षक थलो हो । पाथीभरामा धार्मिक पर्यटकका अलावा सांस्कृतिक, साहसिक, जैबिक बिबिधता, स्थानीय कला र संस्कृतिको अध्ययन र अबलोकन गर्न उत्तिकै पदयात्री आउ‘छन् ।

 

पाथीभरामा पाथीभरा देबीको मन्दिरका साथै गणेश र कान्छीदेबीका मन्दिर पनि छन् । स्थानीय लिम्बुहरुले पाथीभरालाई मुक्कुमलुङ भन्छन् । यसको अर्थ अग्लो डॉडामा रहेकी देबी हुन्छ ।

 

पाथीभरा जानलाई ताप्लेजुङ सदरमुकामसम्म दैनिक बस चल्छन् । काठमाडौंबाट धरान, इटहरी, बिर्तामोडबाट पनि बस चल्छन् । हवाइ जहाज चढेर जाने भए काठमाडौंबाट हरेक सोमबार ताप्लेजुंगको विमानस्थल सुकेटारसम्म जहाज उड्छन् ।

 

 

तर कुरो नलुकाइ भन्ने हो भने यहाँ खासै भर पर्दो उडान भने रहेनछ । बिराटनगर वा भद्रपुर उडान गरेर बसबाट जान सजीलो लाग्यो । कहिले जहाज आउछ र सुकेटार उड्छ भन्न्ो ठेगान नै रहेनछ । अनि कसरी भर पर्ने ?

 

निजि सवारी साधन लिएर जान भने जुनसुकै बेलामा पनि संभब रहेछ । फुङलिङबजार र सुकेटारमा थोरै सुबिधासम्पन्न होटलहरु छन् । अरु सामान्य होटलहरु भने प्रशस्तै रहेछन् ।

 

फागुन, चैत र बैशाख महिनामा बढी तीर्थयात्रीहरुको भिड लाग्छ, पाथीभरामा । असोज, कार्तिक र मंसीर महिनामा पनि उत्तिकै भिड लाग्छ । अन्य बेला पनि तीर्थयात्रीहरु छुटदैनन्, पाथीभरामा ।

 

परिवारका सदस्य र साथीभाइहरुस‘ग पाथीभरा जादा बेग्लै रमाइलो हुन्छ । यात्रामा सकभर पहिला नै हिमचिम भएका साथीभाई टीम बनाएर जादा राम्रो हुनछ । समय, समूह र लक्ष्मीमाताले साथ दिएमा पाथीभरा देबीको दर्शनमा निस्कन ढिला नगरौ है !

 

 

मनले चिताएको मनोकामना तुरुन्तै पूरा हुन्छ भन्ने बिश्वास बोकेर कति तीर्थयात्रीहरु आउछन् होला ? पाथीभरा देबीको यात्रा, दर्शन र फर्कन लागेका यात्रुहरुको लर्को देखेपछि थाहा पाइन्छ । तीर्थ गरेर फर्कन लागका यात्रुहरुको प्रफुल्ल भएको मन अर्को रोचक पक्ष हो ।

 

हो, कुनै पनि धाम वा मनले चाहेको गन्तब्यमा पुगेर सफलतापूर्बक घर फर्कदाको आन्नद अनुभूति, शरीर र दिमागमा आउने फुर्तिले सफलता र हौसला थप्छ । घामको पहिलो झुल्को झुल्किने ताप्लेजुङ पूर्बको प्रचुर पर्यटन र पर्यटकीय थलो हो ।

 

कन्चजंघा आधार शिबिर र कन्चजंघा फेरो मार्नलाई आउने हजारौं पर्यटकहरु यहीबाट भएर आउछन् । ५ हजार ४ सय मिटर अग्लो लुम्बा सुम्बा पास गरेर मकालु आधार शिबिर हुंदै तुम्लिङटारबाट राजधानी फर्कन पनि सकिन्छ ।

 

भारत र चीन दुबै छिमेकी राष्ट्रसग सीमाना जोडिएको ताप्लेजुङ अलैची खेतीका लागि प्रख्यात थलो हो भने चौरीपालन व्यापक हुनांले यो चौरीको दुधबाट बनेको दुर्खाको खानी भने पनि हुन्छ ।
पाथीभरा देबीकी जय ††