लयमा फर्कियो लाङटाङ

 

 

 

तीन बर्ष अघि वैशाख १२ गते र त्यसपछि लगातार आएको बिनाशकारी भूकम्पले लाङटाङ पदमार्गलाई थिलथिलो पारेको थियो । सयौं स्वदेशी तथा बिदेशी पर्यटकहरुले भूकम्पमा ज्यान गुमाए भने कैयौं व्यक्ति अझै पनि बेपत्ता रहेका छन् ।

 

घरबास नै उठिबास गराउने लाङटाङको भुइचालोबाट आतंकित बनेको जनजीवन बल्ल आएर पुरानो लयमा फर्किएको छ । बैशाख १२ गतेकै दिन बिनासकारी भूकम्पले लाङटाङ पदमार्गलाई नराम्ररी असर पारेको थियो ।

 

स्थानीयहरुको चिन्ता निकै गहिरो थियो, गन्तब्यले सजिलै गति लिने कुरामा । राजधानीबाट छोटो दूरीको गन्तब्य हो, लाङटाङ भ्याली । नजिकको पदमार्गले चा“डै पुरानै गतिमा फिर्ला भन्ने आशा कमैले गरेका थिए ।

 

रसुवा तथा लाङटाङका कर्मठ स्थानीयबासी घुम्न आउने पर्यटकहरुलको स्वागत सत्कार गर्न भूकम्पले ध्वस्त होटलहरु र पर्यटकीय संरचना पहिलाकै अबस्थामा बनाउन अहोरात खटिरहे । उनीहरुको त्यही लगन। परिश्रम र खटाई लाङटाङ क्षेत्रको पर्यटकीय स्थलको संरचना निर्माण गर्न सफल भएको स्थानीय युवा तथा पर्यटन ब्यबसायी दिनेश तामाङ ब्लोनले भने ।

 

बैशाख १२ गते आएको बिनाशकारी भूकम्पले लाङटाङ क्षेत्रका होटलहरु सबै सखाप पारेको थियो । हामी सबै स्थानीयबासीहरु भग्नावशेषलाई कसरी पन्छाउने होला भन्ने चिन्ताले पिरोलिरहन्थ्यो ।

 

 

उनले भने, भुकम्पले ध्वश्त पारेका घर तथा होटलहरुको थुप्रोलाई कसरी र कहा“बाट पन्छाउन शुरु गर्ने भन्ने अन्यौलले नै अत्याएको थियो । अब त निकै समय पनि भयो, हामीले चिन्तालाई दृढतामा बदलेर पर्यटन क्षेत्रलाई पुननिर्माण गर्ने सफलता पायौं । यसको जस कसैलाई जान्छ भने त्यो हाम्रो एकजुटतालाई नै हो, दिनेशले साहसिक बन्दै भने ।

 

भूकम्पपछि लाङटाङमा दुई वटा म्याराथुन दौडको आयोजना गरियो । जसले बिश्व बजारमा लाङटाङ उठ्दै छ भन्ने सन्देश मात्र दिएन । पर्यटकहरुलाई पर्केर आउनुस् भनेर विश्वव्यापी अपील नै ग¥यो ।

 

हाम्रो अपीलले पर्यटकहरुलाई लाङटाङ आउन अभिप्रेरित नै गर्न भ्यायो । नभन्दै पर्यटकहरु बिस्तारै आउन थाले । हामी पनि उत्साहित हुन थाल्यौं ।

 

बिभिन्न संघ संस्थाको सहयोगले लामा होटल, लाङटाङ, क्याङजिन, तामाङ हेरिटेज ट्रेल, गत्लाङ, धुन्चे, रसुवागढी हाकु, गोसाइकुण्ड पदमार्गका होटलहरु पुननिर्माण गर्न सकेको खबर फैलिएपछि पर्यटकहरु झन् आउने थाले ।

 

लास्ट सिजनबाट भने लाङटाङ भ्यालीमा पर्यटकहरुको आगमन पहिलाकै अबस्थामा पुगेको स्थानीयहरुको आंकलन छ । रसुवा–लाङटाङ पदमार्गमा गत सिजनमा आठ÷दश हजार पर्यटकले भ्रमण गरेका थिए । अब आगामी सिजनमा थप पर्यटकहरुको आगमन हुने अपेक्षा स्थानीयवासीहरुले गरेका छन् ।

 

लाङटाङमा बर्षेनी २०÷२५ हजार पर्यटकहरु अटन सक्ने संरचना भए पनि अहिले आधा मात्रैले भ्रमण गरेका छन् । लाङटाङ बिदेशी पर्यटकहरु भन्दा पनि आन्तरिक पर्यटकहरुले खचाखच हुने गर्छ ।

 

छोटो बिदामा पनि परिवार लिएर घुम्न जान सक्ने भएकाले आन्तरिक पर्यटकहरुले यो क्षेत्रको बढी भिजिट गर्छन् । धार्मिक पर्यटकहरु गोसाइ‘कुण्डतर्फ लम्किन्छन् भने साहसिक पदयात्रीहरु भने लाङटाङ भ्यालीतर्फ मोडिन्छन् ।

 

राजधानी काठमाण्डौंबाट स्याब्रुबेसींसम्म नीजि तथा सार्बजनिक सवारी चढेर पुग्न सकिन्छ । त्यसपछि पदयात्रा शुरु हुन्छ ।

 

लाङटाङ आउने पर्यटकहरु कम खर्चिला हुन्छन् । होटल फ्रि खोज्ने र खानामा पनि बार्गेनीङ गर्नेहरु बढी नै भेटिन्छन्, दिनशले आफ्नो अनुभब सुनाए ।

 

उनले भने, आन्तरिक पर्यटकहरुले दैनिक ३ हजार रुपैयासम्म खर्च गर्छन् । हामी पनि आन्तरिक पर्यटकहरुलाई नै बढी महत्व दिन्छौं । वास्तवमा खर्चिला र रमाइला हाम्रै आन्तरिक पर्यटक हुन् ।

 

 

हामीले स्थानीय युवाहरुको सकृयतामा लाङटाङ भ्यालीलाई पर्यटन मैत्री बनाउन शुरु गरेका छौं, दिनेशले भने । स्थानीय खाना, भाषा संस्कृति, परंपरालाई जोगाइ राख्न पनि पछिल्लो पुस्ताको पर्यटनमा आगमन जरुरत छ ।

 

पार्बती कुण्ड गाउपालिकाको हाकु गाउलाई जोशिला र जागरिला युवाहरु पर्यटन मैत्री बनाउन कंस्सिएका छन् । ४ सय ६५ घरधुरी भएको हाकु भुकम्पले ध्वस्तै भएको थियो । स्थानीयबासीहरुको सकृयतामा यतिबेला हाकु पुरानै लयमा फर्केको छ ।

 

लाङटाङ राष्ट्रिय निकुञ्जमा बिभिन्न प्रकारका बन्यजन्तु, बनस्पति, Ïलोरा फाउन्ना र स्थानीय तामाङ संस्कृति, भाषा, ल्याण्डस्केप र रेड पाण्डाको दृष्याबलोकन गर्न पाइन्छ ।

 

रेड पाण्डाका लागि लाङटाङ निकै प्रख्यात थलो हो । चरा दृष्याबलोकन गर्नका लागि पनि यो थलो आर्कषक मानिन्छ ।

 

भनिन्छ, रसुवामा १ सय ८ कुण्ड छन् । ती मध्ये गोसाइ‘कुण्ड, भैरबकुण्ड, पार्बतीकुण्ड, नागकुण्ड, सूर्यकुण्ड निकै प्रख्यात र पर्यटकहरुको रोजाइमा पर्छन् । गोसाइ‘कुण्डमा जनैपूर्णिमाका दिन हिन्दू धर्मालम्बीहरुको घुइचो नै लाग्छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाल र चीनले खोलेको अन्तर्राष्ट्रिय नाका केरुङ भएर आवतजावत गर्ने बिन्दु बनेको छ । केरुङसम्म यातायात पुगिसकेको छ ।

यही बाटो भएर तीब्बतको ८ हजार मिटर अग्लो सिसा पाङमा हिमाल आरोहण गर्न जानेहरुको लर्को नै लाग्छ । रसुवागढीको तातोपानी र स्याब्रुबेशींको थुम्नको तातोपानीले नुहाए शरीरमा भएका रोग हट्छन् भन्ने जनबिश्वास छ ।

 

स्याब्रुमा बिरे नुन र सिरेनुनको खानी छ । रसुवामा हाइड्रो पर्यटनको पनि उत्तिकै महत्व छ । चिलिमे जस्ता हाइड्रोको बनोट हेर्नलाई पर्यटकहरु लोभिन्छन् ।

 

याला पिक, नय‘ा काङ, गन्जला पास, पाल्दोर पिक, दोर्जे लाक्पा, लाङटाङ लिरुङ आरोहण गर्न आउने साहसिक पर्यटकहरुले पनि यसको गरिमा बढेको छ ।

 

गत्लाङको तामाङ हेरिटेज ट्रेल पर्यटकका लागि नौलो आयाम हो । चन्दनबारीको याक चीज उद्योग पनि पर्यटनक लोभ्याउने अर्को मौलिक आयाम हो । रसुवाको आलु निकै रसिलो र स्वादिलो छ ।

 

 

समय थोरै छ र मनमा एडभेन्चर गर्ने रहर र साहस छ भने लाङटाङ पदयात्रा योजना बनाउदा रमाइलो । खल्तीमा २०-२५ हजार र टीम मिले अनि मौसमले साथ दिए जतिबेला निस्के पनि भो ।

 

लामो र थप साहसिक यात्रा गर्ने भए लाङटाङ भ्यालीहु‘दै रुबी भ्याली र गणेश हिमाल कनेक्शन यात्रा तय गर्दा उत्तम । गाइड वा सहयोगीलाई साथमा लिएर जादा यात्रा सुरक्षित हुन्छ ।

 

काठमाण्डौंको बुढानिलकण्ठ हुंदै नुवाकोट, बेत्रावती, कालिकास्थान, धुन्चे, स्याब्रुबेसीं, दोमन, पहिरो, ब्याम्बु, रिम्चे, लामा होटल, घोडा तबेला, थ्याङस्याप, लाङटाङ भ्याली, क्याजिन भ्याली, क्याजिन रि, छेर्को रि र लाङटाङ रि हिम नदी पुगेर फेरी धुन्चे फर्केर राजधानी आउन सकिन्छ ।

 

गल्छीबाट पनि त्रिशुलीको किनारै किनार भएर मात्र होइन काठमाण्डौंको बालाजुबाट ककनीहुंदै त्रिशुली बजार पुगेर पनि लाङटाङ जान सकिन्छ । सुन्दरीजल भएर पनि गोशाइकुण्ड हुंदै धुन्चे वा स्याब्रुबेसी झरेर पनि लाङटाङ पुग्न सकिन्छ तर यसो गर्दा समय अलिदिन बढ्न सक्छ होइन भने एक साताको समय यसका लागि काफी हुन्छ ।

 

बिनाशकारी भुकम्प पछि लयमा फर्केको लाङटाङ पदयात्रा गर्ने होइन त ? सन् २०१८ को क्यालेण्डरमा यसका लागि समय छुट्टाउनुस । बर्षेनी नयां गन्तब्यको पदयात्रा गर्ने तालिका बनाएर स्वदेश घुमेर बिदेशमा गएर देशको सुन्दरता सुनाउनुस् ।

सबैलाई सुनाउनु होस्, लाङटाङ इज राइजिङ !