प्रेम

उ एक्कासी पियानो वजाउन छाडेर उठी र मलाई अवाक् स्थितीमा छाड्दै कोठा भित्र गइ । मलाई के गरुँ के नगरुँको स्थितिमा धेरै वेर रहन परेन । उ आइ, तर यस पटक उसको हातमा चुरोटको एउटा प्याकेट थियो, नखोलेको । म झनै चकित किन भएको थिए भने उसले नै मलाई केही दिन अघि आफूले धुमपान नगर्ने बताएकी थिइ ।

 

त्यस दिन उसले मलाई निम्त्याएकी थिइ आफ्नो घरमा । मैले नै उसको घरमा भएका दुई वटा पियानो हेर्ने आफ्नो चाहना बताएको थिए उसलाई । त्यही अनुरुप उसले घरमै निम्त्याएर पियानो देखाइन मात्र वरु वजाएर पनि सुनाइ । उसले आफ्नो घर पुगेर पियानो वजाउन सुरु नगर्दासम्म कसरी लगभग पाँच हजार पर्ने पियानो आफूले जम्मा चारसय पचासमा पाएको ’bout वताएकी थिइ । अनी एउटा खारिएको संगितकारझै निकै मनोयोगले पियानो वजाउन सुरु गरेकी थिइ । पियानो वजाउनभन्दा पनि पियानोमा डुवेकी थिइ उ ।

 

उ पियानोमा व्यस्त हुदासम्म मैले उसलाई फेरी नियाली रहेको थिए । मेरा आँखा उसका कपालमा गएपछि मैले लगभग एक साताअघिको त्यो दृश्य फेरी सम्झे ।
त्यस दिन म सपिङ मलमा जादा उसलाई अनौठो रुपमा देखेको थिए । त्यसअघिसम्म उसले टाउकोको ठिक विचबाट वायाँ तर्फ कपाल खौरेकी थिइ । अर्थात दायाँ तर्फको कपालको लम्बाई उसको कम्मरभन्दा केहीमाथिसम्म पुग्थ्यो भने वाँयाँ तर्फ सफाचट थियो । उसको फेसवुक तस्विरहरू खँगाल्दा मैले उसको पूर्ण कपाल भएको एउटा तस्विर फेला पारेको थिए । त्यो फोटोमा उ निकै राम्री देखिएकी थिइ । रातो रंगको पुरा वाउले टिसर्टमा लगभग कम्मरसम्म आइ पुगेका उसका सुनौला कपालले उसको सौन्दर्यलाई झनै वढाएको थियो । तर एकातर्फ कपाल खौरिदा भने पनि उ राम्री नै देखिन्थी हो, अन्य युवतीभन्दा फरक, निकै फरक !

 

तर त्यस दिन सपिङ मलमा उसलाई देखेर म चकित भएको थिए । कारण त्यसदिन उसले आफ्नो कपाललाई दायाँ तिर पनि खौरेकी थिइ अर्थात कपालको नाममा उसको तालुमा लगभग दुई इन्च चौडाइको लगभग पाँच अंगुल लामो ब्रुश कट कपाल वाँकी थिए । र आश्चार्य त्यो रुपमा पनि उ आकर्षक नै देखिएकी थिइ ।

 

टेक्ससमा लामो समयको वसाइमा तीन जनाबाट प्रेममा धोका पाएपछि र शिक्षण पेशामा पनि राजनीति देखेपछि उ त्यो ठाउँ र पेशा छाडेर यहाँ (लाइमा) आएको मलाई पहिले नै वताएकी थिइ । तर तिन जना पुरुषबाट चोट खाएकी उसको त्यसपछिको पुरुष तर्फ हेर्ने दृष्टिकोण अली फरक भएको वताउथी र वेला वेलामा कुराकानीका क्रममा मलाई समेत उलाहना दिन पछि पर्दिनथी ।

 

मैले सोध्नु पूर्व नै त्यस दिन उसले एउटा आँखा झिक्याउदै जिस्किने शैलीमा सोधेकी थिइ–कस्तो लाग्यो मेरो कपाल हँ ? त्यसोभन्दा उसको मुस्कान सामान्य जस्तो लागेको थिएन वरु उसको वोलीमा एक किसिमको आक्रोश झल्केको जस्तो अनुभव भएको थियो मलाई ।

 

टेक्ससमा पाएको अनुभवपछि प्रेमको मामिलामा आफू अली सजग भएको बताउदै आए पनि लगभग एक महिना अघि देखि कुनै अर्को केटासँग डेट गर्न थालेकी थिइ ।
‘हैन मानिसहरू के सम्झिन्छन् हँ आफूलाई ? अलीकती झुक्यो की निल्नै नै खोज्ने !’ उसका ति शब्द वाणहरू मप्रति नभई उसकै नयाँ व्यायफ्रेण्ड प्रति लक्ष्यित रहेको मलाई वुझ्न गहारो भएन ।
‘किन, के भयो र ?’ मेरो प्रश्नलाई वास्तै नगरीकिन उ भन्दै गइ–उसलाई हेरन मेरो कपाल एकातिर खौरेको मन परेन रे ! अनी मलाई झोँक चलेर पुरै सफाचट पारेको नी ! हैन, तिमिलाई यसो गरेको सुहाउदैन भनेको भए पनि तै हुन्थ्यो नी ‘उसलाई मन परेन रे ! म के उसले किनेको रोबोट हूँ ? उसको सम्पत्ति हूँ ? उसले जे मनलाग्यो त्यही गर्ने ?’

 

त्यति भन्दा नभन्दै एकदमै आवेशमा आइ सकेकी उ त्यही रफ्तारमा वोल्दै गइ–किशोरावस्थाबाट सुन्दै आएकी हूँ मैले अन्य साथी सरह कि हिप स्यानो भयो भने केटाहरूले मन पार्दैनन्, अनी हेर त्यस्तो ठूलो हिप त कसैलाई मन पर्दैन हो अचेल त्यस्तै स्तन ठूलो भयो त्यो नहुने स्यानो भयो सुकेको पात भनिने । यी यस्तै कुरा सुन्दै हुर्केकी मैले तीन जना पुरुषले चाहे जस्ते गरी वसे, उनीहरूले चाहे जस्तै लगाए, खाए, तर अन्त्यमा के भयो, सबैले मलाई छाडेर गए ।

 

अनी उ त्यो छ नी त्यसले मलाई पहिलो पटक भेट्दा मेरो कपाल एकातर्फ मात्र थियो । अहिले दुई तिन पटक डेट गइसकेपछि मेरो कपालको त्यो स्टाइल उसलाई मन परेन रे ! माइ फुट मन परेन ! उसले आवेगमा लगभग चिच्याउदै भनी ।

 

त्यो क्रम त्यसपछि पनि रोकिएको थिएन । जोन (उसको नयाँ ब्याय फ्रेन्ड)ले जे भन्यो त्यसको ठिक उल्टो गर्थी उ । एक पटक उसले रातै ओँठ पारेर आएको देख्दा मलाई अनौठो लागेको थियो कुराकानीका क्रममा थाहा भयो, जोनले आफूलाई लिपिस्टिक लगाउने महिला मन नपर्ने भनेको रहेछ ।

 

एक अर्को दिन पनि उसको कुराको विषय जोन नै थियो । यस पटक जोनले आफूहरूले एक अर्कालाई मन पर्ने र नपर्ने कुरा वताउने र दुबैले त्यही अनुरुप गर्ने वताएको रहेछ । त्यसमा उसले विरोध जनाएकी थिइ–मैले मलाई मन पर्ने कुरा गर्ने हो उसलाई मन परोस की नपरोस ! मेरो सोल मेटले मेरो वाहिरि आवरण र मेरो वानीसँग सरोकार किन राख्नु पर्ने ?

 

‘अनी उसले पनि त तिमिलाई जे मन नपरेको कुरा नगर्ने भनेको रहेछ नी त’ मेरो जिज्ञासाको जवाफ उसले ओँठे शैलीमा दिदै भनी–मलाई त्यस्ता कुरामा मतलब छैन । उसले जे गरोस मलाई मतलब छैन, अनी मेरो रुचीमा अवरोध लगाउन उसले पनि पाउदैन ।

 

मैले यतीका झगडा हुदासम्म किन सँगै छौ त भनेर प्रश्न गर्दा उसले भनेकी थिइ–म अहिले आफू छु, पहिला जस्तो अरुको छैन । त्यसैले मेरो आफ्नोपनमा कसैको हस्तक्षेप आउदा मलाई मन पर्दैन । त्यसो त हामीबीच रिलेसनसिपको सुरुवात मात्र भएको हो त्यसैले मलाई कुनै चिन्ता छैन । अब यदि हामीबीच कुनै किसिमको रिलेसनसिप हुन्छ भने त्यो कुनै शर्तमा हुने छैन ।

 

मलाई अवाक देखेर उ एक छिन् रुकी र फेरी भन्न सुरु गरी–साँच्चै पहिलो पटक मलाई कसैले छाड्ला भन्ने चिन्ता छैन । म उन्मुक्त छु । छाडे पनि केही फरक छैन । कसैलाई प्रेम गर्नुको अर्थ आफ्नो स्वतन्त्रता गुमाउनु कदापी होइन । यति सामान्य कुरा पनि उसले वुझ्दैन भने मलाई केही भन्नु छैन ।

 

अनी त्यस दिन पियानो वजाउदा वजाउदै उसले चुरोट निकालेको देखेर मैले अनुमान लगाएको थिए सम्भवतः जोनले धुमपान गर्ने मान्छे आफूलाई मन नपर्ने वताएको थियो होला ।‘हो, उसलाई चुरोट खोनसँग घृणा छ रे, ल मलाई गरोस न अब घृणा’ त्यसोभन्दै उसले एउटा खिल्ली चुरोट सल्काइ ।

 

‘तर जोनको कुरा सुनेर तिमिले चुरोट त मेरो अगाडि पो खादै छौ त ?’ मेरो कुरा सुनेर उसले ठाडो स्वरमा भनी–मैले तिम्रो अगाडि चुरोट खाएको होइन, वरु मैले चुरोट खाएको वेला संयोगवस तिमी अगाडि हुन पुगेका हौ । माफ गर मैले तिम्रो सामु आफ्नो सान वघार्न होइन आज मलाई खान मन लागेर खान लागेकी हूँ । पहिला पनि खान्थे, तर कसैलाई मन पर्दैन भनेर छाडेकी थिए, अव म आफ्नो मनको मालिक हूँ, स्वतन्त्र, पूर्ण स्वतन्त्र !