साइकलमा डाँडापाखा सररर…

 

 

बिदेशी पर्यटकका लागि माउन्टेन बाइक कुदाउने गतिलो बाटो नेपाल हो । त्यसैले उनीहरु बर्षौको योजनाको पोको हाम्रा हिमाल र डाँडापाखामा ल्याएर फुकाउँछन् । साइकल यात्रामा सरर गर्दै रमाउँछन् ।

 

केही समय अघि अन्नपूर्ण पदयात्रामा लुक्ला मुन्तिर सुर्केका साइक्लिष्ट आङ गेलु शेर्पालाई साइकल कुदाउदै गरेका भेटिए । निकै फिट देखिने शेर्पा अन्य बिदेशी साइक्लिष्टहरुलाई गाइड गर्दै साइकल कुदाएर उता हान्निएका रहेछन् ।

 

अर्का एक बिदेशी बाइकर्स आन्टोली बेशीसहरबाट माउन्टेन बाइकमा हुँइकिंदै गर्दा आन्टोलीले भने, हिमालमा बाइक कुदाउने धोको पाँच बर्ष पहिलादेखिको हो । त्यसैले हामी पाँच भाइले अन्नपूर्णपदमार्गलाई साइकलबाटै फेरो मार्ने धुनमा छौं ।’

 

बिदेशी पर्यटकका लागि माउन्टेन बाइक कुदाउने गतिलो बाटो नेपाल हो । त्यसैले उनीहरु बर्षौको योजनाको पोको हाम्रा हिमाल र डाँडापाखामा ल्याएर फुकाउँछन् । साइकल यात्रामा सरर गर्दै रमाउँछन् ।

 

आन्टोलीले यसअघि हिमालमा खासै साइकल कुदाएका थिएनन् रे । निकै खाइलाग्दा देखिने यी पूर्ब रसियनले भने, मस्र्याङदीको किनारमा कुदाउँदा निकै रोमाञ्चक अनुभब भयो ।

 

हामी तीनै साहसिक साइकल यात्रीसँगै लुकामारी खेल्दै अन्नपूर्णको फेरो मार्न तल्लीन थियौं । साइकल काँधमा बोकेर उकालो चढ्दा हाम्रो भेट हुन्थ्यो । तेर्सो र ओरालोमा उनीहरु फिलिल्ली हुन्थे ।
रमाइलोको लागि हिमालमा साइकल दौडाउन आएकाले रोमाञ्चित र साहसिक महसुस गरीरहेका उनीहरुले थोराङ फेदीमा साइकल बिसाउँदै भने ।

 

गएको शरद्मा सगरमाथा पद यात्रामा एक जना ब्रिटिशले साइकल काँधमा बोकेर नाम्चेको उकालो चढाउँदै गरेको भेटेको थिए । उकालोमा साइकलले हाम्रै काँधमाथि चढेर यात्रा गरेको क्षण पनि मज्जाकै थियो ।

 

सायद साइकलले बोल्ने भएको भए कति तिमीहरुलाई मात्रै बोक्नु भने मान्छेलाई खुँचिङ गथ्र्याे होला । छेउमै बसेकी सेल्लीले भनिन ।’

 

बिदेशी पर्यटक नेपालमा साइकलमा अघाउन्जेल हिमाली डाँडापाखा नाच्न मन पराउँछन् ।

 

सन् १९८५ मा एक अमेरिकी महिलाले माउन्टेन बाइकको नेपालमा थालनी गरेकी हुन् । फ्रान्सिस हिगिन्सले शुरुवाती गरेको माउन्टेन बाइक तीन दशकदेखि लोकप्रियताको शिखर चढ्दै छ ।

 

तीन दशक नाघ्नै लाग्दा माउन्टेन बाइक हिमाल तथा डाँडापाखामा दौडिरहेका छन् । ब्यबशायिक बाइकर्सको संख्या ५ सय पुगेको छ ।

 

 

नेपालमा माउन्टेन बाइकको इतिहास खासै लामो नभए पनि ब्यबस्थित भएको सन् १९९५ देखि हो ,नेपाल साइक्लिङ संघका अध्यक्ष छिमीउर्गे गुरुङले भने ।

 

शुरुमा सांस्कृतिक, धार्मिक र सहरमा मात्रै साइकल गुडाएर यात्रा गर्ने बिदेशी पर्यटक आउँथे । अहिले हिमाली फेद र गाउँका डाँडापाखामा नाच्ने र कुदाउने माग बढिरहेको छ ।

 

नेपालमा सन् १९८८ मा १५/१६ जना बाइकर्स थिए ।

 

पछिल्लो समयमा बाइकमा टुर गर्नेको संख्या बढेको छ । राजधानीको कोलाहल, प्रदूषित वाताबरणलाई केही दिन पर राख्ने हो भने, काठमाडौंका डाँडा–डाँडामा साइकलमा सरररर जान सकिन्छ ।

 

भ्याली रिम भनेर साइकलमा घुम्न सकिने ठाउँहरु ककनी चिसापानी, शिबपुरी, नगरकोट, धुलिखेल, नमोबुद्ध, लाकुरी भन्ज्याङ, दक्षिणकाली, चोभार, मातातीर्थ, तीनपिप्ले लगायतका छन् । राजधानीलाई डाँडा–डाँडाबाट हेर्दाको मज्जा बेग्लै हुन्छ, गुरुङले भने ।

 

दश दिनको भ्याली रिम साइकल टुरमा पछिल्लो समयमा बिदेशीको माग बढेको छ । क्याम्पिङ बस्दै साइकल कुदाउँदै गर्नुको मज्जाको के बयान गर्नु ? भ्याली रिम भनेर साइकल टुर प्याकेजको माग बढिरहेको छ, गुरुङले भने ।

 

 

पोखरा–काडमाडौं साइकलमा दौड्ने बढी माग छ । मुख्य सडकमा नआइकन गाउँका डाँडा पाखामै गाउँले स्वाद लिदै साकइलमा सररर गर्नुको आन्नद अनि गाउँलेको हस्पिटालिटी ।माउन्टेन बाइक सामान्य साइकल भन्दा फरक हुन्छ । ब्यबसायिक बाइकर्सले उकालोमा शानदारसंग कुदाउँछन् । यसको गेयर निकै उत्कृष्ठ हुन्छ ।

 

सडक भन्दा बाहिर कुदाउनुपर्ने भएकाले माउन्टेन बाइकलाई अफ रोड चाहिन्छ । बिदेशमा साइकललाई छुट्टै ट्रयाक बनाएका हुन्छन् । जहाँ अन्य सवारी साधनलाई निषेध गरिएको हुन्छ । तर हाम्रोमा नेचुरल नै बढी छ ।

 

साइकल टुर एक दिनदेखि शुरु भएर एक महिनासम्म चल्छ । प्रत्येक सिजनमा पन्ध्र सय सम्म बिदेशी पर्यटक साइक यात्राका लागि मात्रै नेपाल आउँछन् ।
सरकारले पदयात्रा गर्ने ठाउँमा मोटर बाटो बनाइ दिएपछि साइकयात्रा गर्ने पर्यटक बढेको साक्लिष्ट आङ गेलु शेर्पाले बताए । अन्नपूर्ण राउन्डमा मुस्ताङ ,मुक्तिनाथसम्म मोटर साइकल र गाडी जान थालेपछि पदयात्रामा कमी आउन थालेको अनुभब उनको छ । नयाँ गन्तब्यको खोजि गर्दै साइकलयात्रा गर्नेको माग बढी भएको उनी बताउँछन् ।

 

मुक्तिनाथ जोमसोम मार्ग भएर साइकल कुदाउने पनि उत्तिकै छन् ।

 

हिजोसम्म नेपालले बिश्व बजारमा पर्बतारोहण पर्यटन मात्रै बेच्दै आएको थियो । अब माउन्टेन बाइक गन्तब्य पनि गतिलोसँग बेच्न सक्ने भएको छ । बिदेशीलाई दिनको ७० अमेरीकी डलर चार्ज लाग्छ ।

 

 

ब्रिटिश नागरिक फिल इभानोभ्स्ले अन्नपूर्ण पदयात्रा गर्न आउँदा याकले लखेटेर पाएको सास्तीलाई साहसिकतामा ढालेका छन् । हेरक बर्ष मार्च महिनामा याक याटेक प्रतिस्पर्धा गराउँछन् ।

 

अन्नपूर्ण संरक्षण क्षेत्रले माउन्टेन बाइकमा जानेलाई बेशीसहरबाट प्रतिदिन एक जना बिदेशीसँग १० डलर लिने गरेको छ । यसलाई ब्यबसायीक तथा बाइकर्सले बिरोध गर्दै आएका छन् ।

 

वाताबरण प्रदूषण गर्छ भन्ने तर्क तेस्र्याएर अनाबश्यक चार्ज गरेका गुरुङले भने । यसले साइकलयात्रीलाई हतोत्साही पारेको उनको भनाई छ । शिबपुरी नेशनल पार्कमा जानलाई पनि दिनको एक हजार प्रबेश शुल्क तिर्नु पर्छ ।

 

बेलायती नागरिक फिलले करीब एक दशकदेखि अन्नपूर्णमा दश दिनको साइकल कुदाउने प्रतिस्पर्धाको शुरुवात गरेका छन् । उनले ‘याक याटेक’ नामक प्रतिस्पर्धा शुरु गर्दै आएका छन् । साइकल एउटा चुनौती र साहसिक खेल भएको स्वीकार्छन, याक याटेक साइकल प्रतिस्पर्धामा प्रथम भएका काजी शेर्पा ।

 

साइकल कुदाउनु भन्दा पहिला डाउन हिल (पहाडबाट तल झर्ने) अप (पहाडमाथि चढने) क्रस कन्ट्री जस्ता प्राबिधिक ज्ञानको जानकारी चाहिन्छ । माउन्टेन बाइक २७ गेयरसम्मका हुन्छन् ।

 

 

शुरुमा हिमालय माउन्टेन बाइक मात्रै एउटा बाइक कम्पनी बढेर अहिले १०/१५ मा पुगेको छ ।
यहाँ बाइर्कस ब्यबसायिक मात्रै आउँदैनन । रमाइलोका लागि पनि आउँछन् ।
माउन्टेन बाइकका लागि काठमाडौं ट्राजिन्ट व्वाइन्ट हो ।

 

ल्हासा–काठमाडौं माउन्टेन बाइक कुदाउनेको संख्यामा पनि उत्तिकै छ । तल कुदाउने भएकाले ल्हासा–काठमाडौं निकै आर्कषक गन्तब्य मान्निछ । एक हजार किलोमिटरको दूरीको यो मार्ग साहसिक छ ।

 

एक पाङ्ग्रे साइकल कुदाउँदै आएका म्यान्चेस्टरका स्टीभ कोलिन्स् ल्हासा—काठमाडौं एक पाङ्ग्रे साइकलमा यात्रा गरेका थिए, स्टीभले । हालैको एक बिहान उनले आफनो युनिसाइकलमा गुडाउँदै भने, मेरो साइकल यात्रामा सबै भन्दा लामो र कठिन टुर तय ल्हासा काठमाडौं थियो ।

 

 

५ हजार २ सय २५ मिटर ऊचाइँबाट एक पाङ्ग्रे साइकल कुदाएर काठमाडौं आएका स्टीभले भने साइकलका लागि नेपाल सरकारले एउटा छुट्टै ट्रयाक बनाउनुपर्छ । आफुलाई नेपालमा साइकल कुदाएर डाँडा–पाखा घुम्दा बेजोड आनन्द आउने अनि सुन्दर गाउँ र गाउँलेको सत्कारले भुतुक्कै परेको भएको अनुभब सुनाए ।

 

पछिल्लो पुस्ता साइकलमा जमेको देखेर मलाई निकै खुशी लागेको छ, साइकलका अभियन्ता देबेन्द्र बस्नेतले भने । ‘महँगो र साहसिक खेल हो ।’ सानो साइकलको र्‍याली र दौडको आयोजना गर्दा पनि एक हजार भन्दा बढी सहभागिहरु हुन्छन्, हाम्रा लागि गौरबको कुरा हो, साइकलमा यात्रा गर्नेहरुको संख्या बढेको छ ।

 

प्रत्येक शनिबार साइकल प्याडल मार्नेहरुको संख्या पछिल्लो समय निकै बढेको छ । बैंकर्स, अन्य ब्यापारीहरु पनि सातामा एक दिन साइकलमा दौड्न थालेका छन् । सफा र स्वच्छ वाताबरणका साथै सडक साइकल मैत्री भए अरु बढ्छ ।

 

 

युरोपमा प्रधानमन्त्री वा मन्त्रीहरुले नै बिदाका दिन साइकल चलाएर सकडमा आएका समाचार छापिन्छन् । हाम्रो साइकल लेन बन्नलाई बर्षौ लागेको छ । नेदरल्याण्डमा ३४ हजार किलोमिटर साइकल लेन छ ।
माउन्टेन बाइक ४० हजारदेखि ५ लाखसम्म मूल्य पर्ने नेपालमा भित्रीसकेका छन् । बिश्व बजार ८ लाख मूल्य पर्नेसम्म साइकल छन् ।

 

अमेरीका, बैकक, चाइना, ताइवानबाट नेपालमा बाइक भित्रिन्छन् ।

 

सफा वाताबरण, शारिरीक अभ्यास, गाउँले परिबेश र आफूलाई ताजा राख्नलाई हामी पनि शुरु गर्ने कि डाँडा–पाखामा साइकल सरररररररररररर ।