सोरठी नाच–९

धौलागिरी क्षेत्रमा प्रचलित पुर्खेउली नाचमा नाच्ने नचारूहरु मध्ये मारुनी एक हो । महिलाको पहिरनमा सजिएर नाच्ने पुरुष नचारूलाई मारुनी भनिन्छ । महारानीको भूमिका निर्वाह गर्ने भएकाले ती नचारूलाई मारुनी भनिएको हो ।
सोरठी नाच सृंखला अन्तर्गत यो चित्र ‘ड्राई पेस्टल कलर’ मा बनाइएको हो ।