बुडू मष्टो भाञ्जा र लामा मामा
–कमलबहादुर महत
यो पुस्तकमा बुडू मष्टो भाञ्जा र लामा मामा भएको प्रसङ्ग साथै उनीहरूको रोचक दैवी संवादहरू हुबहुउतार्ने मात्र होइन, त्यस’bout विश्लेषण र विवेचना गर्ने प्रयास चाखलाग्दो र ज्ञानवद्र्धक रुपमा लेखकले गरेका छन् ।
पुस्तकवारे डा. जगमान गुरूङ भन्छन्– सांस्कृतिक समन्वयवादले नेपाल राष्ट्रलाई वर्तमान धरमराउँदो अवस्थाबाट पार लगाउँछ । अनुसन्धानमूलक कृति विदेशी दाताको सहयोग नलिई स्वदेशी प्रयासमा प्रकाशमा आउनुको विशेष महत्व छ ।
सातसालको परिवर्तन पछि नेपालमा उपनिवेशवादी लेखनले बढी ठाउँ र चर्चा पाइरहेको सन्दर्भमा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रले दुईवटा अनुसन्धानमूलक कृति प्रकाशमा ल्याएको छ ।
पछिल्ला दशकहरुमा नेपाली स्रोत साधन प्रयोग गरी अनुसन्धानमूलक पुस्तक, प्राज्ञिक जर्नलका साथै प्राज्ञिक कार्य झन् थोरै हुने गरेको सन्दर्भमा आएको यो कृतिले आफ्नो छुट्टै स्थान बनाएको छ । लामो समय पछि अध्येता बासुदेव उपाध्यायद्धारा लिखित अनुसन्धानात्मक कृति ‘लामा — विष्णु ः सांस्कृतिक समन्वयका प्रतीक’ले अस्थिरतालाई मलजल गर्न सघाउ पु¥याउनेहरुलाई दिएको जवाफवारे चर्चा र विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
हालको ‘विभाजित’ नेपाली समाजमा हाम्रा पूर्खाहरुले कसरी बौद्ध मत र वैष्णव मतको समन्वय कायम राख्दै आए ? हामीलाई एकअर्कामा द्धेष, घृणा निमिट्यान्न पारी सद्भाव, मैत्री कायम गरी अगाडि बढी नेपाल राज्य राष्ट्रलाई एकीकृत, स्थीर र समृद्धतातिर अगाडि बढाउनुपर्दछ भन्ने बृहत् सन्देश गंभीर रुपले यो कृतिले दिन खोजेको छ ।
अनुसन्धाता बासुदेव उपाध्यायका पिता तुङ्गनाथ उपाध्याय उनै व्यक्ति हुन् जसमार्फत् वर्र्षोंदेखि स्वदेशी र विदेशी अध्येताहरुले त्यो क्षेत्रको इतिहास, संस्कृति, आदि’bout प्रशस्त लाभ लिएका छन् भलै धेरैजसोले त्यसलाई तोडमरोड गर्ने र निज र निज आबद्ध बस्ती, समुदायको ’boutमा अनुसन्धान नैतिकतालाई ख्यालै नगरी मनगढन्ते दुष्प्रचार गर्ने गरेका उनीहरुका लेख, पुस्तक, अन्तर्वार्ता, भाषणहरुमा देखिन्छ ।
अझ अनौठो त के भयो भने कृति सार्वजनिकीकरण समारोहमा एक जना संस्कृतिविद्ले लेखक र निज तुङ्गनाथ उपाध्याय लगायत सो क्षेत्रका केही व्यक्तिहरु सो समारोहमा उपस्थित रहेको भेउ नपाएर सो भेगका मानिसहरुको ’boutमा मनगढन्ते मिथ्या फैलाउने भाषण गरेको पाइयो । निज संस्कृतिविद्ले भने ः
हाम्रो टोली सिंजामा अनुसन्धानको लागि वर्षौं अघि जाँदा जुम्लीहरु के के ल्यायो ? भनी छाम्न आए ।
यो खाले मानसिकता अधिकांशत ः स्वदेशी, विदेशी लेखक, अनुसन्धाता, पत्रकार, प्रशासक, विकासे कार्यकर्ता, नेताहरु लगायतमा देखिन्छ । जुम्ला मात्रै होइन कि नेपाल लगायत विश्वको धेरै अनुसन्धान, लेखन, व्याख्याहरुमा ।
सोही व्यक्तित्व उपाध्यायका जेष्ठ पुत्रबाट यो अनुसन्धानमूलक कृति बजारमा आउनुले यसको मौलिकता, आधिकारिकता, महत्वलाई यसले उँचो पारेको छ ।
जुम्ला जिल्लास्थित कनकासुन्दरी गाउँपालिका लेकपर गाउँ र ओदी गाउँलगायतमा एउटै धामीलाई पतुर्दा (देउता चढ्दा) लामा र विष्णु अथवा सनातन बौद्ध मत र हिन्दू (वैष्णव मत) चढ्ने ’bout चर्चा गरिएको पाईन्छ पुस्तकमा । सो लामा–विष्णुको मूलथान लेकपर गाउँ, जुम्ला जिल्ला भए पनि त्यसका हाँगाहरु मुगु जिल्लाको पिनागाउँ, जुम्ला जिल्लाकै रारालिही, डाँडाकोट, मालापानी लगायत बस्तीहरूमा रहेका पाईन्छन् भनी उनले त्यसको विस्तृतमा अनुसन्धान तथ्यको आधारमा पुष्टि गरेको पाईन्छ ।
पाँच अध्यायमा समेटिएको यो पुस्तकको प्रथम अध्यायमा कर्णाली प्रदेशको भौगोलिक अवस्थिति, दोस्रो अध्यायमा कर्णाली प्रदेशको ऐतिहासिक पृष्ठभूमि, तेस्रो अध्यायमा कर्णाली प्रदेशको सांस्कृतिक जीवन, चौथो अध्यायमा मष्टो परम्परा—एक विवेचना र पाँचौ तथा अन्तिम अध्यायमा नेपालको राष्ट्रिय समन्वयमा लामा—विष्णुको भूमिका विषयमा चर्चा गरिएको पाईन्छ ।
पुस्तकको मूल विषयवस्तु लामा विष्णु भएतापनि यसले त्यहाँको भूगोल, हावापानी, संस्कृति, संस्कार लगायतलाई पनि त्यहीकै स्थानीय अनुसन्धातामार्फत् पस्कने प्रथम प्रयास गरेको देखिन्छ, जुन उदाहरणीय छ ।
बुडू मष्टो भाञ्जा र लामा मामा भएको प्रसङ्ग साथै उनीहरूको रोचक दैवी संवादहरू ’bout यस कृतिमा विश्लेषण र विवेचना गर्ने प्रयास अनुसन्धाता उपाध्यायबाट भएको देखिन्छ ।
त्यस्तै अध्येता डोरबहादुर विष्ट र प्रयागराज शर्माले उनीहरुको अध्ययन निष्कर्षमा कर्णालीका खसक्षेत्रीलाई मद खाने र नखाने त्यस्तै जनै लगाउने र नलगाउने दाबी गरे तापनि गरे त्यो तथ्य गलत रहेको त्यहाँ जनै लगाउने र मद नखाने खस क्षेत्री पनि रहेको तथ्य पेश गरेका छन् अनुसन्धाता उपाध्यायले ।
नेपालमा हाल सनातन हिन्दु धर्मको अपव्याख्या भै खासगरी इसाई धर्मप्रचार व्यापक र बेरोकटोक भइरहेको बेलामा त्यस भेगको सनातन आस्थालाई अनुसन्धान र वर्षोको साधना मार्फत् प्रकाशमा ल्याउने कार्य यो कृतिले गरेको छ ।
सो पुस्तकको प्राक्कथनमा राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक जगमान गुरूङले लेखेका छन् :
अहिले नेपाली संस्कृति बिथोलिएको छ, नेपाली राष्ट्रियता धमिलिएको छ र नेपाल राष्ट्र विखण्डनको दिशातिर धकेलिएको छ । अतः यस अवस्थामा विभिन्न जाति, लिङ्ग, समुदाय, वर्ग, धर्मावलम्वी तथा संस्कृतिका अनुयायीहरू बीचको समन्वय र सामञ्जस्यता कायम हुन नितान्त आवश्यकता छ ।
लामा–विष्णु सम्बन्धी अवधारणाले जाड संस्कृति र खस संस्कृतिको बीचमा समन्वय र सामञ्जस्यता कायम गराएको छ । अतः लामा–विष्णु मतले नेपालीहरूका बीच समन्वय र समभावको विचार तथा आदर्श सम्प्रेषण गर्दछ । त्यसकारण लामा–विष्णुको सम्बन्धमा अनुसन्धान गराएर लामा–विष्णु मतले दर्शाएको समन्वय र समभावको आदर्शलाई नेपाली जनमानससम्म पु¥याई नेपाल राष्ट्रको सुदृढीकरण र नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन एवम् विकासमा सहयोग पु¥याउने उद्देश्यले अनुसन्धान गरी यो पुस्तक प्रकाशित गरिएको हो ।
डा. जगमान गुरूङ जो सांस्कृतिक समन्वयवादले नेपाल राष्ट्रको वर्तमान धरमराउँदो अवस्थाबाट पार लगाउँछ भनेर लागिरहेका छन् उनको माथि उल्लिखित भनाई र उनको अगुवाईमा यस तवरको अनुसन्धानमूलक कृति विदेशी दाताको सहयोग नलिई स्वदेशी प्रयासमा प्रकाशमा आउनुले ठूलै महत्व राख्दछ ।
तथापि अर्को संस्करणमा नअै र बैनला (पृ १९१) जस्ता स्थानीय शब्दहरूको भावार्थ÷शब्दार्थ नेपालीमा उल्लेख गर्ने, अनुक्रमणिका समेट्ने जस्ता थप कार्यहरू गरेमा पाठकहरूलाई पठनमा अझै सरल हुने देखिन्छ ।
पुस्तक : लामा—विष्णु : सांस्कृतिक समन्वयका प्रतीक
लेखक : बासुदेव उपाध्याय
प्रकाशक : नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र, भक्तपुर श्रावण २०७४
पृष्ठ २४२, मूल्य रू.३५०।–