सिक्किम–सपना स्वीजरल्याण्डको

 

 

गन्दर्भ बिवाह गरेका लक्ष्मणले लाङटाङ पदयात्रामा जॉदा लभ परेको रोचक प्रेम कहानी रसिक पारामा सुनाए । अनि त काठमाडौंबाट डिग्री मात्रै होइन, अंगालो भरिकी श्रीमती पनि लिएर उनी सिक्किम फर्किएका रहेछन्

 

पेलिङबाट नेपालको ताप्लेजुङ जिल्लामा रहेको कन्चजंघा हिमालको पानोरामिक दृष्य हेर्न पर्यटकको भिड नै लाग्ने रहेछ । सिक्किम पर्यटन बिभाग अन्तर्गत काम गर्ने मनोज क्षेत्रीले होटलमा आएर भने, तपाईहरु भाग्यमानी हुनुहुन्छ भने भोलि बिहान आकाश खुल्छ र तपाईहरु कन्चजंघा हिमाल ऑखै अगाडि देख्नुहुन्छ ।

 

सिक्किम, साना तर पिच सडक ! चिटिक्क परेका घर । हरियाली बस्ती । जताततै फूलहरु फुलिरहेका । गाउ‘लेहरुको हॉसोको स्वागत । बस्ती पिच्छे बिजुली झलमल्ल बिजुली बत्ती ।

 

 

सिक्किममा बिकासले फड्को मारिरहेको छ । सिक्किम सरकार हरेक मानिसलाई ग्यॉस धरी दिन्छ । जनतालाई बढी सरकारमुखी बनाएको भन्नेहरु पनि छन् । वास्तवमा स्थानीयबासी सरकारसंग पूरै आश्रित देखिए । यसबाट जनतालाई थोरै भए पनि मुक्त गर्ने योजना रहेछ, ग्रामिण पर्यटन !
सिक्किम सरकार जनतालाई गाउ‘ पर्यटन सिकाउन लागेको छ । सिक्किमेलीको घरमा अब भिलेज टुरीज्म वा होमस्टे पर्यटन भित्राउने होडबाजी शुरु गराइएको रहेछ । सरकारले भिलेज टुरिज्मको घोषणा गरेर एकपछि अर्को गाउ‘ र गाउबासीलाई तताएको छ ।

 

 

योजना अनुसार अब सिक्किमका हरेक गाउ‘मा पर्यटक पुग्नेछन् । सिक्किममा गाउ‘ पर्यटनको थालनी गएका तीन बर्षदेखि मात्र शुरु भएको हो । नेपालमा भने यसको लामो इतिहास छ । दुई तिहायी नेपाली भाषी रहेको सिक्किममा यतिखेर ग्रामिण पर्यटनको लहर नै आएको देखिन्छ ।

 

 

हामी नाम्ची नजिकैको गाउ‘ मनिरामका स्थानीयले शुरु गरेको भिलेज टुरीजम’bout बुझ्न गयौं । झमक्क सॉझ परेको थियो, मनिराम पुग्दा ।

 

 

राजधानी गान्तोकबाट एक हुल तन्नेरी गाउ‘ पर्यटनको बिषयमा जान्न सिक्किमका गाउ‘घरतिर लागेका छन् । हामी नेपालीहरु भने उनीहरुलाई यसवारे आफ्नो टिप्पणी गरिरहेका थियौं । यात्रामा ती हरियाली सुन्दर गाउ‘ अनि सिक्किमेली हॉसो बाटभरी अभिव्यक्त भैरहेको देखिइरह्यो ।

 

 

भारतका अट्ठाइसं राज्यमध्ये असी प्रतिशत हरियाली भएको राज्य हो, सिक्किम सहयात्री लक्ष्मण भट्टराईले भने । हो, मैले पनि सरकारी तथ्यांकमा यही पढको थिए । हामी दश जनाको टोली बनाएर टाटा सुमोमा मनै बहलाउने प्राकृतिक सुन्दरतालाई धित मरुन्जेल हेर्दै हु‘इकिइरहेका छौं ।

 

 

दिउ‘सोको खाना नाम्चीबजारमा खाएर सिक्किम सरकारले एकै थलोमा निर्माण गरेको चार धाम, ताज महल, तिरुपति अनि शिबको मूर्ति हेर्न सोलोखोपतिर लाग्यौं ।

 

 

नाम्ची बजारबाट नजिकै पर्ने सोलोखोप पर्यटकीय हब बन्नेमा आशाबादी छन् सिक्किमेलीहरु । एकैछिन त्यो कृत्रिम सुन्दरता हेरेर हामी पुन नाम्ची भएर अर्का गन्तब्य पदमसम्भाको अग्लो मूर्तितर्फ लाग्यौं ।

 

 

घाम डुब्दै थियो अनि हामी उकालो लाग्दै थियौं ।

 

 

कालिङ्पोङतिरबाट आएको चिसो सिरेटोले हामीलाई मज्जैले हिर्काउर्दै थियो । आधा घण्टाजत्ति पदमसम्भालाई परिक्रमा गरेर मनिराम गाउ‘मा पुगियो ।

 

 

तामाङ बस्ती रहेको मनिराममा भिलेज टुरिजम शुरु भएको भर्खरै रहेछ । तीन बर्ष अघि छ जना सिक्किमेली नेपालको सिरुबारी गाउ‘ पर्यटनका बिषयमा बुझन गएका थियौं, मनिरामका हिमाल तामाङले भने ।

 

 

पोखराबाट बत्तिएको गाडी नौडॉडाबाट हॉसको हिडाइमा झरेको थियो, तीन बर्ष अघिको यात्रालाई हिमालले सम्झे । त्यो नागबेली बाटो, बसको हल्लाई, आलस्य शरीरलाई सिरुबारीको स्वागतले ठ्याम्मै भुलाइदिएको थियो, अर्का रुपनारायण राईले सुनाए ।

सिरुबारीको त्यो स्वागतलाई छ जना सिक्किमेलीले सिरुबारीबाट मनिरामसम्म ल्याइ पुर्‍याएका रहेछन् । भिलेज टुरिजमको रोलमोडल भनेको नेपालको सिरुबारी नै हो । सॉझको चियाले नयां पाहुनाको स्वागत गर्दै गाउलेले भने ।

 

 

हिमाल तामांगले सुनाए, मनिराम आउने प्रत्येक पर्यटकलाई हामीले तामाङ संस्कृतिले स्वागत गर्ने चलन चलाएका छौं । तामाङ संस्कृतिको स्वाद चाख्न हैदराबाददेखि बेलायतसम्मका पर्यटक आएको उनले सगर्भ सुनाए ।

 

 

एक रात सुतेको र खाएको सबै गरी एक हजार भारतीय रुपैंया तिर्ने पर्यटकलाई मनिराममा तात्तातो काफीले स्वागत गरिने रहेछ ।

 

 

यहां बाह्र घरले पर्यटकको सत्कार गर्दै आएको पाइयो । घडीको सुईले बेलुकीको साढे सात हानेको छ । हाम्रो बासको व्यवस्था भने डॉडाको सभेन हिले रिसोर्टमा रहेछ ।

 

 

दिनभरीको टाटा सुमोलाई बाई गरेर हामी पन्ध्र मिनेट उकालो चढ्यौं । जहॉ हाम्रो पहिलो स्वागत नास्पातीको वाइनले गरियो । सहयात्री लक्ष्मण भट्टराईले भनेका पनि थिए, सिक्किमेली सॉझ छ बजेपछि मात्रै बोल्न थाल्छ ।

 

 

सिक्किमेली पेयले हरेकको बोली खोल्छ, उनले जोक गरे । त्रिभुवन बिश्वबिद्यालयबाट जियोलजीमा डिग्री गरेका लक्ष्मणले काठमाडौंको असनमा ससुराली बनाउन पनि भ्याइसकेका रहेछन् ।

 

 

गन्दर्भ बिवाह गरेका लक्ष्मणले लाङटाङ पदयात्रामा जॉदा लभ परेको रोचक प्रेम कहानी रसिक पारामा सुनाए । अनि त काठमाडौंबाट डिग्री मात्रै होइन, अंगालो भरिकी श्रीमती पनि लिएर उनी सिक्किम फर्किएका रहेछन् ।

 

 

नास्पातीको वाइनले लक्ष्मणको बोलीलाई बिस्तारै खुलाउन थाल्यो । उनले आफनो प्रेमको क्षणलाई यात्राभरि नै टिप्स थप्दै रमाइलो बनाइरहे ।

 

 

अर्गानिक खालको रिसोर्ट वास्तवमै दिनभरिको थकाइलाई भुलाउने खालकै थियो । आकाश खुल्दा पहाडकी रानी दार्जेलिङ, शान्त र सुन्दर देखिने रहेछ । हामीले पनि ती दृष्यलाई मात्रै देखेनौं, नास्पातीको झोलसंगै नाम्चीबजार त नाकैमा देखिन थाल्यो ।

 

 

 

 

भोलिपल्छ हामी गन्तब्य सिक्किमकै पर्यटकीय हब पेलिङतर्फ बढ्दैछौं । रंगेत खोलाको तीरै—तीर हामी पेलिङ साइडतिर लाग्यौं । लक्ष्मण भने रंगेत नदीको किनार लागेपछि भाबुक बन्दै जान थाले ।

 

 

उनको कुरा सुन्दा मात्र होइन, अनुहार हेर्दा पनि लाग्थ्यो ,उनको रंगेत नदीस‘ग कुनै बेला ठूलै बियोग परेको थियो । कल्पनाले लक्ष्मणलाई रंगेत नदी तीरको यात्राभरी प्रेमीका यतै स्वागतमा बसेकी होलिन भनेर जिस्काइरहे । यात्रा रमाइलो भइरहेको छ ।

 

 

मलाई भने सगरमाथाको फेदी होस वा थोराङ ला तिरको पदयात्रा भन्दा फरक अनुभूति सिक्किम यात्रामा भैरहेको थियो । सिक्किम राज्य सरकारका पूर्ब पर्यटन मन्त्री भीम ढुंगेल बेला बेलामा उनका सहयोगीबाट हाम्रो यात्राको जानकारी लिइरहेका हुन्थे ।

 

 

यी तन्नेरी पूर्ब पर्यटन मन्त्री सिक्किमको पर्यटनलाई संसारस‘ग प्रतिस्पर्धा गर्न सक्ने बनाउन कम्मर कंसेर लाग्दै रहेछन् । सायद यही उद्धेश्यलाई प्रतिनिधित्व गर्नैका लागि युवाहरुलाई समावेश गरेर यो यात्राको आयोजना गरिएको थियो ।

 

 

पच्चीस बर्षीय ठिटो गणेश कु‘बरले चार बर्ष अघि शुरु गरेको भिलेज टुरिजमको कन्सेप्ट बुझ्न उनको ढुंगेअड्डास्थित होमस्टेमा पुग्यौं । उनले हामी आउने जानकारी फोनबाट पाएका रहेछन् ।

 

 

हाम्रो स्वागत गर्न उनी सानो सहयोगीका टोलीसाथ बाटोमा आए । घरभित्र हुलेर गाउ‘ले संस्कारमा सत्कार गर्दै आमालाई आफ्नो बिजनेस पार्टनर बनाएको बताए । उनी मार्तम गाउ‘मा पर्यटकलाई घरमा सत्कार गर्न सिकाउने नायक बनेका रहेछन् ।

 

 

दश घरले गाउ‘मा आउने पर्यटकलाई घरमै राखेर सत्कार सेवा दिने शुरुवात गरेका रहेछन् । सिरुबारीका गुरुङ समुदायले पर्यटकलाई गरेको स्वागत र सत्कारले यता रामै प्रेरणा दिएको प्रसन्न बनेर सुनाए । उनले भने, मैलें टेलिभिजनबाट उताको संस्कार सिकें ।

 

 

उनी होमस्टे प्याकेज एक हजारदेखि तीन हजार भारतीय रुपैंयासम्म बेच्दा रहेछन् । होमस्टे प्याकेज किन्न बढी बुढौली उमेर समूहका लालयित छन्, उनले भने । बेलायतमा राम्रो ब्यापार भएको उनले खुशी हु‘दै सुनाए ।

 

 

जॉतो, ढिकी, ठेकी, मदानी जस्ता सामान देखेर पर्यटक थप आकर्षित हुन्छन् । सत्ताइस देशका पर्यटकले उनको बुश नामको गाई मात्रै दोएको सुनाउदै भने, मैले त मेरा गाईको नाम बुश र बाराक सम्म राख्न भ्याइसकें ।

 

 

 

 

गणेशको मिठो स्वागतको भारी बोकेर हामी ताप्लेजुङ जिल्लासंग जोडिएको उत्तरपूर्व सिंङसोरे पुलमा पुग्यौं । सिक्किम सरकार यस पुलबाट बन्जीको संभाबनालाई खोजी गर्दै रहेछ ।

 

 

हाम्रो यात्रा कन्चजंघा झरना तर्फ बढ्यो । झर्ना छोटो भए पनि निकै सेक्सी छ । छहराको आवाजस‘गै यात्रा पेलिङतीर लाग्यो । झम्के सॉझमा हामी पेलिङ पुग्यौं ।

 

 

पेलिङबाट नेपालको ताप्लेजुङ जिल्लामा रहेको कन्चजंघा हिमालको पानोरामिक दृष्य हेर्न पर्यटकको भिड नै लाग्ने रहेछ । सिक्किम पर्यटन बिभाग अन्तर्गत काम गर्ने मनोज क्षेत्रीले होटलमा आएर भने, तपाईहरु भाग्यमानी हुनुहुन्छ भने भोलि बिहान आकाश खुल्छ र तपाईहरु कन्चजंघा हिमाल ऑखै अगाडि देख्नुहुन्छ ।

 

 

रिमरिम बिहान Σयालबाट चियाउ‘दा बादलुको घुम्टोले ढाकेको थियो । कन्चजंघालाई हेर्ने धोको अधूरै रहयो । सानो तर सुन्दर बजार पेलिङ सिक्किमको पर्यटकीय हब नै रहेछ ।

 

 

बिहान हामी पेमात्से गुम्बातिर लाग्यौं । मान्टपेण्डियम होटल र पेमात्से गुम्बा नजिकै छन् । क्युजिङबासीले शुरु गरेको ग्रामीण पर्यटन हेर्ने रहर बोकेर हामी त्यसतर्फ लाग्यौं । जो पर्यटकका लागि रमणीय थलो बनेका रहेछन् ।

 

 

राबडेत्से घुमेर हामी गेजिङको ओरोलो लाग्यौं । सिक्किमका पर्यटन ब्यबसायी नाम्गेल पी शेर्पाले भने, यहााको भिलेज टुरिजमको रोलमोडल भनेको नेपालको सिरुबारी नै हो । त्यसैले उताबाट पर्यटनको धेरै ज्ञान सिक्नै छ । गाउ‘ पर्यटनमा स्थानीयको कला संस्कृति भेष, भूषा, भाषा अनि समुदायको जन्मेदेखि मृत्यूसम्मको संस्कार पस्कन सक्यौं भने हामी सिरुवारीको वास्तविक विद्यार्थी बन्न सक्छौं ।

 

 

राज्य सरकारका पूर्ब पर्यटन मन्त्री भीम ढुंगेलले भने, भिलेज टुरीजमलाई हामीले सिक्किम भरि विस्तार गरेर फैलाउने नीति लिएका छौं । तर, हामी स्वीकार्छौं उनले थपे, हामी सिक्किममा भिलेज टुरीजमको शुरुवाती चरणमा छौं । गाउ‘लेलाई घरमा पर्यटक आउदा कसरी स्वागत गर्ने र बिदाई गर्ने संस्कारको बिकास गर्ने कुरा सिकाउन राज्य सरकार कम्मर कासेर लागेको छ । त्यसैले सिक्किमेली गाउ‘मा पर्यटकलाई होमस्टेको सत्कार गर्न लालयित बनाउने सरकारी योजना विस्तार हुंदैछ ।

 

 

भारतको हिमाली राज्य सिक्किम आगामी केही बर्षमै स्वीजरल्याण्ड जस्तै बन्छ, ढुक्क बनेर सुमोका चालकले भने । उनले भने, यो भारतको सानो राज्य हो तर चामलिङ सरकारले सिक्किमलाई भारतको स्वीजरल्याण्ड बनाउने घोषणा गरिसकेको छ ।

 

 

रम्फु चेकपोष्टमा बसेका प्रहरीले हाम्रो पासपोर्ट हेरिसकेपछि सोधे, ए काठमाडौंबाट आउनु भएको हो ?

 

 

ती प्रहरीलाई नेपालमा शान्ति सुरक्षाको चासो लाग्यो क्यारे, सिन्धूलीबाट गान्तोकमा आफन्त भेट्न जान लागेका नेपालीलाई रोक्दै भने यो नेपाल होइन, सिक्किम हो , सिक्किम । परिचय देखाएर मात्रै जानु होला ।

 

 

रंम्फुबजार छिरेपछि गुरुङ थरका ड्राइभरले भने सिक्किमेलीहरु ज्यादै नै स्वाङ पार्छन् । फुर्ति लगाउनुपर्छ, उनले केही असन्तुष्टिका स्वर मिसाउ‘दै भने ।

 

 

मुख्य मन्त्री पबन चामलिङको नेतृत्वको राज्य सरकारले सिक्किमलाई पर्यटकीय गन्तब्य बनाउन लागेर सिक्किमलाई आत्मनिर्भर बनाउने बाटो चुनेका छन् । होइन भने, सन् १९७५ मा इन्दिरा गान्धी सरकारले सिक्किमलाई भारतमा गाभेपछि सिक्किमेलीले देश बिलय भएको अनुभूति गर्न नै नपाउन हरेक सामान सित्तैंमा जस्तो उपलब्ध गराउने रणनीति अख्तियार गरिन् ।

 

 

जनतालाई सरकारले ग्यॉसधरी उपलब्ध गराउ‘दै आएको मात्र होइन, सिक्किम आयकरमुक्त भारतीय राज्य पनि हो । त्यसैले यहांको जीवनयापन एकदमै सजीलो छ । सधै केन्द्र सरकारको दानदातब्यबाट चलेर परावलम्बी भैरहनुभन्दा राज्य सरकारले आर्थिक रुपमा सम्पन्न बन्नका लागि पर्यटन र प्राकृतिक सम्पदाबाट सिक्किमलाई स्वीजरल्याण्डको हाराहारीमा पुर्‍याउने योजनालाई सपनाको रुपमा लिएको छ ।

 

 

हामी पश्चिम र दक्षिण सिक्किम घुमेर फेरि राजधानी गान्तोक आइपुगेका छौं । अर्को दिनको यात्रा भारतीय राष्ट्रिय राजमार्ग हु‘दै छाङगो तर्फ लाग्ने ब्यबस्था मिलायो, सिक्किम पर्यटन बिभागले ।

 

 

चीनस‘ग सीमाना जोडिएको नथुलासम्म जाने धोको थियो । बुधबार बिहानै गान्तोक शहरलाई छाडेर थ्री माइल चेकपोष्टमा पास देखाउदै हामी छाङगो तालतीर लाग्यौं । थर्टी वान ए जवाहरलाल नेहरु मार्गमा स्वदेशी तथा बिदेशी पर्यटकलाई बोकेर बसहरु मौरी झैं भुनभुनाइरहेका थिए ।

 

 

नथुला पाससम्म जानलाई भारतीयले पनि स्वीकृति लिनुपर्ने नियम छ । चार घण्टाको ड्राइभपछि हामी चिसो र रमणीय थलो छाङगो तालमा पुग्यौं । भारतीय भने सेनालाई परिचय पत्र देखाउ‘दै अन्तिम गन्तब्य नथुलातर्फ बढीरहेका देखिन्थे । हामी भने छाङछो तालमै चित्त बुझाउने सुर कसेर याक चढ्न लाग्यौं ।

 

 

३ हजार ८ सय मिटर उचाइमा अबस्थित तालमा पर्यटकहरु रमाउ‘दै क्यामेरा क्लिक क्लिक क्लिक गर्दै थिए । प्रहरीले एक बथान भारतीयलाई पनि नथुला जाने पास नभएकाले छाङगोबाटै फिर्ता गर्दै थियो ।

 

 

देशकै काइदा कानुन थाहा छैन भनेर ती अधिकारी उनीहरुलाई सम्झाउ‘दै थिए । उता बिदेशी पर्यटक भने अमेरीकाको स्टाइलिस काउ ब्वाय ह्याट लगायर तस्बिर खिच्न ब्यस्त देखिन्थे ।

 

 

 

 

छाङगोमा याक राइडिङ गर्न पर्यटकको भीड लाग्छ, सहयात्री धीरज प्रधानले भने । दश रुपैंया भारु तीरेर याकमाथि चढेर फोटो खिचाउनेको लर्को अनि दुई सय पचास तीरेर तालको फन्को मार्ने पनि थिए ।

 

 

याक ड्राइभर ल्हाक्पा शेर्पाले याकको नाम रितीक राखेका रहेछन् । रितीकले सिजनमा दैनिक चार सय कमाइ गर्छ । किरण तामाङले गंगा नामको याक दौडाउ‘छन् । याकका नाम पनि बलिउडका कलाकारस‘ग मिल्दोजुल्दो राखेका छन् ।

 

 

याक पनि पर्यटकका कलाकार नै हुन्, रसिक ल्हाक्पाले भने । ठिङग्रीको ह्याट लगाएर याकमाथि फोटो खिचेपछि हामी मिङमा शेर्पाको चिया पसलमा आयौं । पुर्खौली घर सगरमाथाको प्रबेशदार नाम्चेबजार भएका यी मिङमा यही चिसो तालमुनि पर्यटकलाई चिया र नास्ता बेच्दै आएका रहेछन् ।

 

 

हामी जाडोलाई चिर्न उनकै होटलमा सिक्किमको ब्राण्डी ‘हनी बी’ पिएर सॉझ गान्तोकतर्फ फक्र्यौं । अघि जॉदा मौरी जस्तै भुनभुनाउने बसहरु फेरि भेटिए । नथुलासम्मको यात्रा गर्न पाउने ती भाग्यमानीहरु भने रम्फु भएर फेरी गान्तोक पस्दै थिए । हामी भने सिक्किमको फन्को मारेर आफ्नो ज्ञान बांड्यौं र सिक्किमलाई बाई भन्दै पहाडकी रानी दार्जेलिङतिर हान्नियौं ।