तालहरुकी रानी रारा

 

 

शब्दमा राराको जति बर्णन गरे पनि अधूरै हुन्छ । रारा पुग्नेहरुले यसको स्वर्गीय आनन्द लिएका छन् । सुनेको रारा भन्दा देखेको रारामा बेग्लै मज्जा रहेछ ।

 

 

 

स्वर्गको टुक्रा जस्तै छ, रारा ताल । सुनको बाकस जस्तै लाग्छ, रारा देख्दा । उत्कृष्ट सौन्दर्यले भरिभराउ रारा पुग्दा कसको मन त्यसैत्यसै पुलंकित हुंदैन ?

 

 

मोनालिसाको प्राकृतिक रुप हो–रारा । लियो नार्दा भिन्चीले मोनालिसाको चित्र कुदे भने प्रकृतीले रारा । मबिबि शाहले रारालाई स्वर्गकी अप्सरा भनेर कबिता नै लेखे ।

 

 

हो, त्यही रारा बनाएर प्रकृतीले नेपाललाई दिएको अनुपम छटालाई पनि हामीले पर्यटकबाट भरिभराउ बनाउन सकेका छैनौं ।

 

 

रारालाई कर्णालीको सुनखानी भन्दा फरक नपर्ला । रारा लकरमा राखिएको सुनैसुनको खात हो ! लकरको सुनलाई निकालेर बांडाले सौन्दर्यको रुप दिन मात्र बा“की छ ।

 

 

 

 

शब्दमा राराको जति बर्णन गरे पनि अधूरै हुन्छ । तर रारा पुग्नेहरुले यसको स्वर्गीय आनन्द लिएका छन् । सुनेको रारा भन्दा देखेको रारामा बेग्लै मज्जा छ ।

 

 

नेपाली भएर जन्मेपछि जीवनमा एकपटक पुग्नै पर्ने थलो हो रारा । मुगु जिल्लामा पर्ने रारा तालले कस्लाई लट्ठ नपार्ला ?

 

 

रारालाई शब्दले जति सिगारे पनि रारा घुम्न नपुगे त्यो खल्लो भैरहन्छ, भिजिट कर्णाली टुर्स एण्ड ट्राभलका राजु कार्कीले निम्ता गर्दै भने–सप्तर¨ी रारा स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई स्वागत गर्न लालायीत छ ।

 

 

वास्तबमा रारा धरतीमा भएको स्वर्गको टुक्रा नै हो । छिन छिनमा रुप बदलिइरहने राराले बिदेशीको भन्दा पनि आन्तरिक पर्यटकहरुको आर्कषणको केन्द्रबिन्दू नै हो ।

 

 

 

 

बिहान कालो, दिउसो निलो र बेलुका सप्तरंगी रुप राराले देखाइरहन्छिन् । तर उनको बहुरुप हेर्न समयको ब्यबस्थापन भने गर्नैपर्छ । अनि आबशयक पर्छ, रारा घुम्नलाई लाग्ने खर्चको जोहो ।

 

 

रारा ‘कुमारी’ पदमार्ग हो । बर्षमा मुश्किलले १० हजार आन्तरिक पर्यटक र ५ देखि ६ सय बिदेशी पर्यटकहरु मात्र घुम्नलाई यहां पुग्दा रहेछन् । तर राराको सौन्दर्य देख्दा लाखौं पर्यटकहरु बर्षेनी पुग्नु पर्ने हो । कर्णालीको आर्थिक कायापलट गर्न रारा प्याकेजको मार्केटिङ्ग अभाब छ भने राज्यले ठ्याम्मै ध्यान दिएको देखिदैन ।
रारा क्षेत्र तालले मात्रै प्रशिद्ध छैन । स्थानीयहरुको जीवनशैली, बन्यजन्तु, स्थानीय खाना र फरक खालको ल्याण्डस्केपले जो कोहीलाई पनि यसले मोहित पार्छ ।

 

 

वास्तवमा रारा प्रचुर पर्यटकीय संभाबना बोकेर गजधम्म परेर बसेको छ र खाचो मात्र बजारीकरणको हो । गरीबीलाई बेचेर खाना बाध्य बनाइएको पल्केकाहरुलाई कर्णाली पर्यटनको खानी हो भनेर बेच्न सक्ने हो भने कर्णालीको उन्नती हुन धेर समय लाग्दैन । पक्कै यो क्षेत्रले सबैको ध्यान तान्न सक्ने खुबी छ ।

 

 

सुनमाथि सुतेर अरुसंग हात फैलाउनु भन्दा प्राकृतिक सुन्दरताको बर्णन गरेर पर्यटकहरु भित्राउदा कर्णालीको मुहार फेरिन सक्छ ।

 

 

 

 

स्थानीयले पर्यटनको स्वाद चाख्न पाएका छैनन् । जब सर्बसाधारण स्थानीय कर्णालीबासीले यसको स्वादमा पाउने छन्, त्यसपछि रारामा पर्यटकहरुको ओइरो लाग्न थाल्छ ।

 

 

रारा राष्ट्रिय निकुन्जभित्र पाइने जैबिक बिबिधता र मुगुको अग्लो ठाउ छायॉनाथबाट देखिने मनै लोभ्याउने दृष्यलाई शब्दमा बर्णन गर्दा त्यो अपुरो नै हुन्छ ।

 

 

छायॉनाथमा उभिएर सैपाल हिमाल मात्र होइन, एकै थलोबाट ८ जिल्ला हेर्न पाइन्छ । तालको गतिलो फोटो खिच्ने हो भने मुर्माटपलाई रोज्नुपर्छ, राजु कार्कीले सुझाए ।

 

 

 

 

तीन हजार मिटर उचाइमा रहेको रारा तालको गहिराई १ सय ६७ मिटर छ भने लम्बाई ५ किलोमिटर छ । रारा तालको एक फन्को लगाउन चाहनु हुन्छ भने तीन घण्टा समय छुट्याउनु पर्छ ।

 

 

१६ वर्ग किलोमिटर ताल वारपारको लम्बाई छ । फन्को मार्दै राराका असला माछा हेर्दै हिड्नुको मज्जा नै बेग्लै हुन्छ । तीन हजार मिटरको उचाइमा पनि असला माछा हुनु राराको थप आर्कषण हो, रारा किनारमा रहेको भिलेज हेरिटेज एण्ड रिसोर्टका सञ्चालक राजु कार्कीले भने ।

 

 

रारातालको ’round साइक्लिङ्ग, हाइकिङ, घोडा चढ्न र तालमा डुंगामा सयर गर्न सकिन्छ । रारा साहसीहरुका लागि मात्र नभएर धार्मिक पर्यटकहरुका लागि पनि उत्तिकै रोमाञ्चकारी गन्तब्य हो । ताल वरीपरीका महादेबका मन्दिरले पनि धार्मिक पर्यटनको झल्को दिइरहन्छ ।

 

 

 

 

कसरी जाने रारा भन्ने ठूलो अलमल छ ।

 

 

आउनुस् रारा जाने योजना बुन्ने हो भने पुग्ने माध्यमतर्फ लागौं । रारा पदयात्रा हवाई र स्थल दुबै मार्गबाट जान सकिन्छ । समय थोरै भएर पनि जाने इच्छा छ भने हवाइ मार्ग छान्नु होस् ।

 

 

काठमाडौंबाट नेपालगन्ज हवाजहाज र नेपालगञ्जबाट मुगुको ताल्चा बिमानस्थलसम्म हवाइजहाजले जोडेको छ । एक साताको प्याकेजमा यो क्षेत्र फन्को मार्न सकिन्छ ।

 

 

सफा मौसम भयो भने रारा घुमेर एक सातामा फ्रेस भएर जहाजबाटै राजधानी फर्कन सकिन्छ । राजधानीबाट सुर्खेतसम्म बस र त्यसपछि कालीकोटको सदरमुकाम मान्मसम्म अर्को बस हुँदै मुगुको सदरमुकाम गमगढी पुग्न सकिन्छ ।

 

 

गाडीमा जांदा प्लेनमा भन्दा अलिधेरै समय खर्चिनु पर्छ । तर बाटोमै पर्ने तीन हजार बर्ष अघि नेपाली भाषाको उत्पत्तिको थातथलो जुम्लाको सिन्जा भ्याली घुम्ने बोनस पाइन्छ, जो प्लेनमा जादा संभव छैन । तर गाडीबाट यात्रा गरिरहनु भएको छ भने राराबाट फर्कदा सिंजा पस्ने कि जांदा नै भ्याउने हो पूर्ण रुपमा तपाईको हातमा हुनेछ ।

 

 

 

 

रारा अब बिगत जस्तो कठिन रहेन छैन, जहाज र बसको विकल्प छ । एक सातादेखि दश दिनमा यात्रा पूरा गरी फर्कने ? दुबै प्याकेज उपलब्ध छन् । सुर्खेतदेखि कालिकोटसम्म ३ सय ५० किलोमिटर कालोपत्रे सडक एक पटकको भत्किसकेर दोस्रो पल्ट निकट भबिष्यमै कालोपत्रे सम्पन्न हुंदैछ ।
जहाजबाट जाने भए ५० हजारको प्याकेज ट्राभल एजेन्सीहरुले बिक्री गरिरहेका छन् । बसबाट जाने भए ३० हजारदेखि ३५ हजारसम्मको प्याकेज उपलब्ध छ ।

 

 

राराको समस्या भनेकै सुबिधाजनक होटलहरु थोरै हुनु हो । जानु अघि नै होटल बुक गरेर यात्रा थाल्नु उत्तम हुन्छ । तर रारामा होटलहरु भने थपिदैछन् ।

 

 

राष्टिय निकुञ्जबाहिर बन्दै गरेका होटलहरुले रारा घुम्न आउने पर्यटकहरुका लागि सुबिधा थप्ने छन् । कर्पाेरेट, बिद्यार्थीहरु र परिवारका लागि रारामा प्याकेजको डिजाइन सहजै पाइन्छ ।

 

 

 

 

राजधानीको स्ट्रेसलाई हटाउने हो भने रारा पदयात्रा रोज्नुस् । रारामा मोबाइल डाटाबाट इन्टरनेट चल्छ । राराताल घुमेको फोटो डाटाबाटै अपलोड गरेर छिनभरमै साथीभाइलाई देखाउन सकिन्छ ।

 

 

माथिल्लो डोल्पा र हुम्लाबाट ठोकिन आउने पर्यटकहरु भन्दा रारालाई नै निशाना बनाएर पदयात्रा गर्नेहरुको संख्या बृद्धि हुनु जरुर छ । भारतीय पर्यटकहरुका लागि रारा उत्कृष्ट गन्तब्य बन्न सक्यो भने कर्णालीले काचुली फेर्छ ।

 

 

 

 

जुम्लाको मार्सी धानको चामल र सिमी पनि रारा पदयात्राका कोसेली बन्न सक्छन् । तीला नदीका असला माछाले कस्को मन नहर्ला ? स्याउ र स्याउका परिकार, मह, अफ सिजन भेजीटेबल, केसर, खास गरेर स्याउबाट बनेको बिशेष ब्राण्डी–मदिरा पिउनेहरुका लागि जुम्लाको विशेष आकर्षण हो ।

 

 

अनेक थरि च्याउ, जडिबुटी मात्र होइन, कर्णाली अंचलकै काया पलट मुगुको रारा, डोल्पाको फोक्सुण्डो र हुम्लाको प्राकृतिक स्की प्रबद्र्धन र बजारीकरण यहांको टडकारो आबश्यकता हो । यत्ती गर्ने हो भने कर्णालीको कायापलट काफी छ । जय पर्यटन ।