कुमुदका कविताहरु

 

 

शुभकामना !

कहाँ छ र घाउ पुरिएको अझै मीतले दिएको
कम्पको घाउमा दलेको नुनले चहर्याई जिएको
बालक र बृद्ध विरामी सबले आँसु जो पिएको
त्पसैकालागि विभिषणहरुलाई हातमा लिएको

 

 

पत्याइनसक्नु मीतले गर्ने चिप्ला ती कुरालाई
विर्सेला फेरी पछाडि पीठमा धसेको छुरालाई
पहिल्यैनि थियो नजर गिद्धे पानी औ जवानी
बस्नुहोस् थैली बाँधेर फेरि विताइदेलान् नि ।

 

 

हामीले गर्यौं विगतमा धेरै सङ्कटको सामना
तेस्तै दिन फेरी फर्की नआवस् हाम्रो छ चाहना
यसकारण मैले गुमाई आएँ, नबनोस् बहाना
भ्रमण बनोस् नेपाली हितमा यहिनै छ कामना ।

 

 

श्वेतपत्र

ढुकुटिछ रित्तो भन्दै पहिलेकालाई गाली
तेही गालीमा रमाउँदै पीटे सबले ताली
रित्तिएकोमा दुख छैन गालीमा छ मजा
लोकतन्त्र यहि भो भैरे बजा ताली बजा

 

 

पहिलेको सरकारमा आफैं पनि सामेल
ढुकुटिलाई सोर्ने काम आफैंबाट तामेल
रित्तिएकोमा दुख छैन गालीमा छ मजा
लोकतन्त्र यहि भो भैरे बजा ताली बजा

 

 

आफैंले नि गरेकोछ दोहन कत्ति कत्ति
सप्रिएको छ र कहिल्यै शासकको मति
रित्तिएकोमा दुख छैन गालीमा छ मजा
लोकतन्त्र यहि भो भैरे बजा ताली बजा

 

पशुपति

ताक्ने ताक्न आउँथे
कोही थाक्न आउँथे
कोही भाक्न आउँथे
कुनै न कुनै बहानामा
मान्छेहरु माग्न आउँथे
अब बाबाको मन्दिरमा
माग्नलाई नपाउने अरे
माग्न आउनेहरुलाई
लखेटेर धपाउने अरे ।

 

 

सिण्डिकेट

सिण्डिकेटै नभएकोत कहाँ छ र ठाउँ
ठाउँ पिच्छे मात्र अलि फरक हो नाउँ
नाम जेले पुकारेनि गुटबन्दी हो काम
अरुलाई बाहेकगरी आफैंमात्र खाम ।

 

 

लोकतन्त्र

भोट दियौँ तपाईंलाई
ब्यथाजति आफैंलाई
राजनीति पेशा भो
महँगो भाउ बेसा भो
नेतापिच्छे गुटैगुट
चलेकोछ लुटैलुट
सबैतिर सिण्डिकेट
पतनलाई इण्डिकेट ।