भारतवर्षमा ज्योतिष
भारतवर्षको मुल विचारधारा आध्यात्म नै थियो र त्यो निरन्तर कायम छ । अझ यसलाई स्पष्ट रुपले भन्ने हो भने ज्योतिषशास्त्र आफै आध्यात्म दर्शनको एक अङ्ग मानिन्छ ।
यसको फलस्वरुप ज्योतिष भारतवर्षको जनमानसमा पूर्ण रुपले मिश्रण भै सकेको र यो मानव जीवनसंग अलग हुनै नसक्ने एक अभिन्न अङ्गको रुपमा स्थापित भएको छ । भारतवर्षमा आध्यात्मको केवल एक मात्र लक्ष्य व्यक्तिको आत्माको विकास गरि त्यसलाई परमात्मामा पूर्ण रुपले विलय गराइदिने हो । फरक शब्दमा भन्ने हो भने व्यक्तिले आफ्नो आत्मालाई परमात्मासंग समतुल्य बनाउँनु हो । भारतवर्षको आध्यामिक चिन्तन यसै तथ्य र रहस्यलाई स्पष्ट गर्ने र वोधगम्य बनाउन लागेका छन जसको कारणले ज्योतिषको माध्यमले कुन प्रकारले आध्यात्मिक शक्तिको विकास गर्न सकिन्छ ।
यदी हामीले विगततर्फ फर्केर हेर्ने हो भने के पनि ज्ञात हुन्छ भने इतिहासमा जति पनि उच्च कोटीका ज्ञानी, दार्शनिक, महर्षी, र विज्ञानवेत्ता थिए, तीनीहरु सबै कुनै न कुनै प्रकारले ज्योतिष विज्ञानसंग पूर्ण रुपले जोडिएका थिए । ज्योतिष विज्ञानलाई ज्योतिःशास्त्र पनि भन्ने गरिन्छ ।
यसको अर्थ के हो भने ज्योतिष एउटा यस्तो विज्ञान हो जसले मानव जीवनलाई प्रकाश दिनुको साथै व्यक्तिको आत्मामा रहेको अन्धकारलाई पनि पूर्ण रुपमा समाप्त गर्ने उपाय सुझाउने सामर्थ र शक्ति राख्दछ ।
इमान्दारीताका साथ भन्नुपर्दा जुन विज्ञानद्वारा मानिसको जीवनका प्रघटनाहरु जस्तै जीवन–मरण, सुख–दुःख, अवनती–उन्नती, लाभ–हानी, सत्कर्म–दुष्कर्म, र आरोह–अवरोह जस्ता सबै पहलुका रहस्यलाई जान्न र बुझन सक्छौ । ज्योतिष विज्ञानले नै प्रकाशपुञ्ज स्वरुप मानव जीवनलाई सहज र सुखी बनाउने कार्यमा साहयता गर्दै एक जीवनकै सहायकको रुपमा भूमिका खेल्दछ । ज्योतिषको यहि सहायताले मानव जीवन अन्धकारबाट उज्यालोतर्फ उन्मूख बनाउँछ । निश्चय नै यसै कारणले गर्दा ज्योतिष विज्ञानलाई ज्योतिःशास्त्रभन्दा कुनै अतिसयोती नहोला ।
ज्योतिषशास्त्र र दर्शनशास्त्रअनुसार मानव जीवन सिधा र सरल ढङले अगाडि बढ्न सक्दैन । मानव जीवनको पग–पगमा बाधा, समस्या, र कठिनाइ आइ नै रहन्छन । फलस्वरुप घात–प्रतिघातले मानव जीवन सधै आन्दोलित नै रहन्छ ।
साथै मानव जीवन यस्तै बेला नै गतिशिल बन्न सक्दछ जव जव जीवनमा विभिन्न खालका आधात झेल्न परिरहेको हुन्छ । यदी मानव जीवनमा एक सरल र सिधा रेखामा नियमित भयो भने त्यो एक रसे हुन्छ । त्यस्तो जीवनमा कुनै प्रकारको आनन्द रहदैन । एउटा भनाई नै छ जो लड्दैन त्यसले उठन जान्दैन । जो लड्छ उसलाई कसरी उठनु पर्छ भन्ने ज्ञान हुन्छ ।
अतः के आवश्यक भने मनुष्यको जीवनमा आशंका र विशेषता, सुख र दुःख, लाभ र हानी, आरोहर अवरोह, उन्नती र अवनती बराबर रुपमा आइ नै रहन पर्छ । यस्तै अवस्था र स्थिति आई रहेमा मात्र मनुष्य प्रत्येक क्षण आफ्नो जीवनप्रति, आफ्नो कार्यप्रति, आफ्नो विचारप्रति सजग र सावधान भइ रहन्छ । जव मानव जीवनको आसपास फेरीफेरी एक आंशंकाले घेरिएको हुन्छ तव उसले निरन्तर सावधानी अपनाउँछ । ’cause मानवले निरन्तर रुपमा मैले गरेको निर्णयमा यदी थोरै असावधानी वा गल्ती भयो भने यसको परिणाम निकट भविश्यमा मैले नै भोग्नै पर्छ र त्यति वेला मेरो जीवन झनै समस्यै समस्याले भरिन्छ ।
यस तथ्यले के स्पष्ट पार्दछ भने मानव जीवन सुख–दुख , घात–प्रतिघात, लाभ–हानी आदी बिषयको केन्द्र बिन्दु नै हो । साथै यो पनि स्पष्ट छ कि मानव जीवनको प्रत्येक क्षण रहस्यले भरिएको छ । र, यी सबै रहस्य, आशंकालाई केवल ज्योतिषशास्त्रद्वारा नै स्पष्ट गर्न सकिन्छ । मनुष्यको जीवनमा कस्तो-कस्तो समस्या आइलाग्छ, र कून÷कून क्षणमा त्यस्ता समस्या आइ लाग्छ भन्ने पहिचान गरी तत समयमा गलत निर्णय हुनुबाट बँच्नुको साथै समस्या आउनु अगावै सचेत हुन सकिने ज्योतिषले नै गर्छ । अतः यदी हामीलाई त्यस गलत क्षणको ज्ञान अगावै हुन सक्यो भने हामी पुर्ण सावधानीका साथ जीवनमा आउने त्यो दुःखदायी क्षणप्रति सचेत र सावधानभै आफ्नो जीवनको सम्भावित संकटबाट जोगाउन सक्छौ । हो यिनै सबै कारणले गर्दा भारतवर्षमा ज्योतिषको मान्यता सर्वोपरी रहदै आएको छ ।
यो विज्ञानद्धारा यस्ता तमाम बिषयलाई पनि स्पष्ट गर्न सक्छ, जो भविष्यको गर्भमा हुन्छ । साथै मानवजातीलाई यस्तो स्पष्टता प्राप्त भएमा व्यक्तिले यस्ता आशन्न समस्या समाधानको लागि संम्वेदनशिल र प्रयत्नशिल बन्न सक्छन् ।
भारतबर्षले जुन ज्ञान र दर्शन प्रदान गरेको छ, त्यस ज्ञान र दर्शनअनुसार यस धर्तिका प्रत्येक व्यक्ति, देश, काल, र पात्रसंग अत्यन्तै बलियोसंग बाँधिएका हुन्छन् । यि तीनै पक्षको समन्यवले नै कुनै पनि व्यक्तिलाई र त्यस व्यक्तिको रहस्यलाई पूर्ण रुपले बुझ्न सकिन्छ ।
ज्योतिषशास्त्रमा काल गणनाको सवैभन्दा मुख्य भूमिका हुन्छ । ’cause कालको सानोभन्दा सानो एकाईको गणना पनि ज्योतिषशास्त्रको माध्यमले नै सम्भव भएको छ । र, यसै गणनाको माध्यमले ज्योतिष तथ्यको निरुपण गर्न सकिन्छ ।
त्यसपछि मात्रै ज्ञात हुन सक्छ कि कालको अमुक एकाई व्यक्तिका लागि अनुकुल वा प्रतिकुल रहेको छ । त्यसैको कारण काल पुरुषलाई ईश्वर कै समकक्षमा राखिएको छ । चिकित्साशास्त्रअनुसार मानव जीवन त्रिगुणात्मक प्रवृतिमा बाधिएको हुन्छ । सत्व, रज , तम यी तीनै प्रवृतिको ’round मानव जीवन घुमी रहन्छ । जो व्यक्तिमा तमो गुणको प्रधानता हुन्छ, त्यो व्यक्ति त्यै प्रवृति र स्वभावको हुन्छ । तमो गुण भएको व्यक्तिमा क्रोधको मात्रा अत्यधिक हुन्छ । अर्थात चाहिनेभन्दा बढी क्रोध गर्ने, सामान्यभन्दा सामान्य स्थितिमा पनि अस्वभाविक क्रोध गर्ने हुन्छ । अत्यधिक क्रोधको कारणले गर्दा क्रोधको प्रभाव त्यस मनुष्यको शरिर तथा स्वास्थ्यमा पर्दछ । जसको फलस्वरुप रक्त सञ्चारमा तिव्रता आउनाले त्यसको शरिर कमजोर बन्न थाल्छ ।
त्यसै प्रकारले जो व्यक्तिमा रजोगुणको प्रधानता हुन्छ, त्यो व्यक्ति राजषीठाँट स्वभावको हुन्छ । र, आनन्द र विलसिताको जीवन व्यतित गर्ने प्रवृतिको हुन्छ, यद्धपी आर्थिक दृष्टीले उ सम्पन्न नहोस वा कमजोरै किन नहोस । यस्ता व्यक्तिको स्वभाव एैयासी, भोग र विलासिता प्रचुर मात्रामा हुन्छ । यसको तात्पर्य के बुझ्नु पर्यो भने मानवमा जुन गुणमा आवद्ध हुन्छ, त्यसको शारिरिक संरचना पनि त्यसै प्रकारको हुन्छ ।
ज्योतिषाचार्य वराह मिहिरले यस विषयमा स्पष्ट मत राख्दै भन्नु भएको छ, “कि मानव जीवनको चारैतर्फ ग्रहहरु वरावर गतिशिल भैरहेका हुन्छन । र, जुन क्षण विशेषमा वा जुन स्थानमा मनुष्यको जन्म हुन्छ, त्यस समय र स्थानमा जुन प्रकारको ग्रहको दृष्टीको प्रभाव कम वा अधिक हुन्छ, त्यस वालकको स्वभाव त्यसै प्रकृतिको हुन्छ । उसको शारिरीक संरचना पनि त्यहिअनुसारको बन्छ ।”अर्थात कुनै पनि मनुष्यको जीवनमा तमो गुण वा रजो गुणको प्रधानता त्यस बेलाको ग्रहको प्रभावको फलस्वरुप नै सम्भव हुन सक्दछ । किनकि त्यस क्षण विषेशमा त्यस स्थानमा जव वालकको जन्म भएको हुन्छ, यदी त्यसवेला तमो गुण सम्पन्न ग्रहको प्रभाव विशेष रहेको भए, त्यस बालकको शरिरमा त्यही तमो गुणी ग्रहको प्रभाव अधिक हुन जान्छ र भविष्यमा त्यहि ग्रहको गुणको अधिक प्रधानता देखिन्छ । यो सवै तथ्यलाई स्पष्ट ब्याख्या र विश्लेषण गर्ने र यसको आधारमा व्यक्ति विशेषको गुण, स्वभाव, र भुत, वर्तमान र भविश्य बताउने ज्योतिष विज्ञानको स्थापित मान्यता, सिद्धान्त र पद्धती हो । क्रमसः
977-9849428414