पुत्र वियोगको कविता

(मिति २०७२ साल बैशाख १२ गतेकाे विनाशकारि महाभुकम्पले धरहराकाे छेउमा गाडि पार्किङ्ग गरिरहेकाे अवस्थामा पूर्ण भाटले चलाइरहेको गाडिमाथि धरहरा ढलेर पछाडिकाे सिटमा बसेका   उनका जेष्ठ सुपुत्र प्रथम भाट दिवङ्गत भएका थिए।  प्रथमको तेस्रो पुण्य तिथिमा पूर्ण भाटले लेखेको पुत्र वियोगको कविता उक्त भूकम्पमा आफना प्रियजन गुमाएकाहरुप्रति समर्पण गर्दै  बैसाख १२ को भूकम्पको सम्झना गर्दछौ।  यो कविता भाटको फेसबुकबाट साभार गरिएको हो। -सम्पादक)

  तस्विर: पूर्ण भाट, फेसबूक बाट

 

याे सम्झने मन छ, म विर्सु कसरी
बर्षै पिच्छे कुरि रा छाै, अासै अास गरि ।

 

सधै तिम्राे याद अाउछ, कैले अाउछाै भनी
तीन बर्ष भयाे अाज, दिन गनि गनि ।

 

विनाशकारि भुकम्पले, चुडि लग्याे खुसि
तिम्ले हाम्राे साथ छाेड्याै, बनाई हामिलाई दुखि ।

 

हाम्रै खुसि चुड्नलाई, बन्याे धरहरा
एक्लै जता भएपनि, सुख शान्तिहाेस हराभरा ।

 

बैशाख १२ कालाे दिन, कैले नि नअाअाेस
सधै तिम्राे जिन्दगिमा, खुसिले नै छाअाेस ।

 

तिमी विना म पाउँदिन, जिवनभरि मिठास
तिमी विना पनि छैन, कुनै फुलमा सुवास ।

 

रात दिन सपनिमा, सधै याद अाउँछ ।
सक्छाै भने फर्केर अाउ, हाम्रै दिलमा ठाउँछ ।

 

दिवङ्गत प्रथम भाट, तस्विर: पूर्ण भाटको फेसबुक

दिवङ्गत प्रथम भाट, तस्विर: पूर्ण भाटको फेसबुक

दिवङ्गत प्रथम भाट, तस्विर: पूर्ण भाटको फेसबुक

दिवङ्गत प्रथम भाट, तस्विर: पूर्ण भाटको फेसबुक

दिवङ्गत प्रथम भाट, तस्विर: पूर्ण भाटको फेसबुक