मुहुर्त ज्योतिष-एसडी उपाध्याय
एते ग्रह बलिन्दः स्प्रसुतिकाले नुणा स्वमुर्तीसम्म कुयुर्देहम नियतम् बहवशच् स्मगता मिश्रम् ।
ज्योतिषशास्त्रको माध्यमले भावी जीवनमा कुनै पनि व्यक्तिको स्वभाव र त्यो स्वभावको कारण त्यस व्यक्तिको समग्र जीवन कस्तो प्रकारको हुन्छ भनेर जान्ने सकिने तथ्य अगाडि नै जानकारी गराइ सकेको स्मरण फेरी पनि गराउँछु ।
ग्रह गुण
सुर्य तमोगुण , तेजस्वि
मंगल तमोगुण , क्रोधी
गुरु रजोगुण, शान्त सात्विक एवंम धर्मिक
चन्द्रमा सतोगुण
बुध सतोगुण
शुक्र रजोगुण
शनी तमोगुण, स्वकेन्दृत
कुनै पनि व्यक्तिको भविष्य कस्तो हुन्छ भन्ने कुराको निर्धारण ग्रहको स्थान र दिशामा आधारित रहन्छ भन्ने पनि पहिले नै पनि लेखी सकेको पाठकवृन्दलाई ज्ञात भएकै छ ।
भारत बर्षमा ज्योतिषशास्त्रले गर्ने मुर्हुतको परिगणना पनि त्यतिकै महत्व पूर्ण मानिन्छ । यदि हामी अमृत रश्मिमा अर्थात प्रधान नक्षत्रमा कुनै कार्य गर्छौ भने त्यसको परिणाम पनि अवश्य नै अमृतमय हुन्छ ।
यदि हामी विष रश्मि प्रधान नक्षत्रमा कुनै कार्य प्रारम्भ गर्छौ भने त्यसको प्रभाव पनि विष कै समान हुन जान्छ भन्ने भारत बर्षको ज्योतिशास्त्रको मान्यता रहेको छ । जसको परिणाम स्वरुप त्यस क्षणमा प्रारम्भ गरिएको कार्यमा निरन्तर बाधा व्यवधान आई नै रहन्छ । र, यसको परिणाम कहिल्यै पनि अनुकुल हुनै सक्दैन । भारतवर्षमा महर्षीहरुले मुहर््त आदिको विवेचना काल गणना कै आधारमा गर्ने गरेका छन । प्रत्येक ग्रह एक गुण विशेषबाट प्रभावित हुन्छ । त्यसमा रश्मिहरुको प्रभाव सवैभन्दा महत्वपूर्ण रहन्छ । यदी कुनै ग्रह विष प्रधान वा तमोगुण–प्रधान छ भने, त्यस अवस्थामा निश्चय पनि ग्रहमा आउने गुण पनि विष प्रधान वा तमो गूण प्रधान नै हुन्छ । कुनै बेला यस्तो अवस्था पनि सिर्जना हुन्छ, दुई ग्रहको प्रभाव मिलेर विष प्रधान अवस्थाको सृष्टी पनि गर्न सक्छन । यस्तो अवस्थामा ग्रहबाट आउने रश्मि पनि विष प्रधान हुन्छन । र, यदी त्यस काल विशेषमा हामी कुनै कार्य प्रारम्भ गर्छौ भने अवश्य पनि प्रारम्भ गरेको कार्य अनुकुल नभै प्रतिकुल भइदिन्छ । यिनै तथ्यलाई ध्यानदृष्ट्रीमा राखेर मुहुरत शास्त्रको निर्माण गरिएको हो । हाम्रो पुर्खा तथा तृकाल दर्शी महर्शीहरुद्वारा ती क्षण अवस्थालाई खोज गरि निकालेका छन् ।
ति कस्ता क्षण र अवस्था छन् जो मानव जीवनको उन्नति प्रगति सहायक नभै बाधक बन्दछन । गृहनिर्माण, गृहप्रवेश, मंगलिक कार्य, यात्रा प्रारम्भ वा भनौ जीवनको अन्नआदी जति पनि कार्य छन, ति सबै कार्यको प्रारम्भ कुन क्षण विशेषमा गर्दा पुर्णता अनुकुलता ल्याउन सकिन्छ र प्रारम्भ गरेको कुनै पनि कार्य पूर्ण रुपले सफल हुन सकोस भनेर भारत बर्षको ज्योतिषशास्त्रमा बिशेष महत्व दिइएको छ ।
यस विषयको ज्ञान समयको गणना र साथै पत्येक क्षणको प्रभावलाई बुझी सकेपछी मात्र सम्भव हुन सक्छ । यदी यस विद्याको आधारमा हामीले ध्यानपुर्वक जीवनलाई अघि बढायौ भने निश्चय पनि हामी विशेष सफलता प्राप्त गर्न सक्छौ ।
रत्न ज्योतिषशास्त्
ज्योतिषशास्त्रमा रत्न धारणलाई पनि विशेष प्राथमिकता प्रदान गरिएको छ । ज्योतिषशास्त्रको मुल उदेश्य व्यक्तिको जीवनलाई विघ्नबाधारहित, आनन्दमय, अनुकुल र सुखमय बनाउँनु हो । त्यस अर्थमा जीवनका सबै कार्य अथवा सबै उपायद्वारा मानव जीवन सुखी बन्न सकोस र यसको साथै व्यक्ति पूर्ण प्रगति गर्न सकोस भन्ने ज्योतिषशास्त्रको मुल उदेश्य नै रहेको हुन्छ । अर्थात सर्वे भवन्तु सुखीन सर्वेसन्तु निरामया नै ज्योतिषको उदेश्य हो ।
मानव जीवन ग्रह र त्यसबाट निस्कने रश्मिको एक पुञ्ज हो । जुन क्षण वालक÷वालिकाको जन्म हुन्छ त्यस क्षण त्यो स्थानमा ग्रहबाट निस्कने रश्मिमा जति र जस्तो प्रभाव हुन्छ, त्यस प्रभावलाई त्यो वालवालिकाको शरिरले आफुमा समाहित गर्दछ ।
उदाहरणको लागी मानौ दिवा १२ बजे जहाँ सुर्यको रश्मिमा प्रवाह भैराख्या हुन्छ । त्यति खैरै चन्द्र, मंगल, बुद्धको रश्मिमा पनि प्रवाह भैराख्या हुन्छ ।
स्पष्ट भन्नुपर्दा त्यसबखत सुर्यको रश्मिमा प्रभाव चन्द्र, मंगल, बुद्धको तुलनामा अत्याधिक र सर्वाधिक तिव्र हुन्छ । तर चन्द्र, मंगल, बुद्धको रश्मिको प्रभाव हुँदैन भन्न मिल्दैन । हामी त्यस बेला सुर्यको प्रभावलाई अनुभुित गर्छौ र बाँकी ग्रहको प्रभावलाई हामीले अनुभुति गर्न सक्तैनौ किन कि अरु ग्रहको प्रभावको तिव्रता सुर्यको तुलनामा कम रहेको हुन्छ । तथापी त्यस समयमा समस्त ग्रहले आफ्नो न्युन होस व अधिक रश्मिको प्रभावलाई प्रतिक्षण प्रत्येक स्थानमा प्रवाह गरि रहेकै हुन्छन । अर्थात मानौ कसैको जीवनमा गुरु ग्रहको प्रधानता चाहिएको छ । र त्यस व्यक्तिको जीवनमा गुरु ग्रहको रश्मिको कमी छ । भने त्यो व्यक्तिले आफ्नो जीवनमा गुरु ग्रहको रश्मि बढाउन पुष्पराज धारण गर्ने पर्छ । भनौ जुन ग्रह ( विशेष रश्मिको प्रभाव बढाउनु पर्छ, त्यस ग्रहसंग सम्वन्धित रत्न धारण गर्दा निश्चय पनि रश्मिको पुर्ती गर्नुको साथै जीवनमा अनुकुलता वृद्धि गर्छ ।
यस्ता रत्न धारण गर्ने पनि विशेष पद्दती रहेको छ । रत्नको वजन कति हुनुपर्छ, रत्न कति असल वा कमसल छ जस्ता बिषय विचार पुर याउनु पर्छ । । जो ब्यक्तिले रत्न धारण गर्ने हो, त्यो व्यक्तिलाई कति रश्मिको आवश्यकता छ, उक्त रत्न कति वजनको चाहिन्छ, र त्यो रत्नले एक दिनमा कति रश्मि प्रदान गर्न सक्छ, अथवा कति प्रवाह गर्न सक्छ आदी बिषयमा विचार पुर्याउन आवश्यक छ । जसको कारण रत्न धारण पश्चात व्यक्तिको शरिरमा सन्तुलन ल्याउन सकोस ।
यिनै तथ्यलाई ध्यानमा राखी रत्न र त्यसवाट प्रवाह हुने रश्मिको मात्रालाई निश्चित गरिन्छ । साथै रत्नसंग मेल खाने धातुमा जडान गरिन्छ । रत्न र धातु पुर्ण मेल खाने हुनु पर्दछ । रत्न र धातु दुवै विपरित गुणयुक्त नहोस भन्नाको खातिर महर्षीहरुले कुन रत्नलाई कुन धातु प्रयोग गर्ने भन्ने’bout धेरै पहिले नै स्पष्ट गरेका छन् ।
धातुको मात्राको भने कुनै निश्चित परिमाण आवश्यक छैन । जति धातु प्रयोग गर्दा रत्न आफुलाई सुहाउँदो बन्छ त्यति परिमाणको धातु प्रयोग गर्न सकिन्छ । आर्थात रत्नको यो बिवेचनाद्वारा हामीलाई के पनि ज्ञात हुन्छ भने रत्न र रत्न धारण गर्ने विधि आफै पुर्णतया वैज्ञानिक र तर्कसंगत हुनुको साथै ठोस वैज्ञानिक आधार पनि रहेको छ ।
कस्ता व्यक्तिले कस्तो रत्न कुन धातुमा लगाउँने विवरण यस्तो छ:
क्रमसंख्या ग्रह रत्न धातु
१ सुर्य माणिक्य सुन
२ चन्द्रमा मोती चाँदी
३ मंगल मुगा सुन
४ बुद्ध पन्ना सुन
५ गुरु पुष्पराज सुन
६ शुक्र हिरा चाँदी वा सुन
७ शनि निलम सुन, चाँदी वा फलाम
८ राहु गोमेद सुन, चाँदी वा फलाम
९ केतु लसुनिया चाँदी वा सुन
977-9849428414