सलाद बार @ नाम्चे
नाम्चेबजारमा देखिने धेरै रेष्टुरेण्ट मध्ये एउटा फरक शैली र स्वादको रेष्टुरेण्ट भर्खरै खुलेको छ– इट स्मार्ट । नाम्चेबजार उक्लदै गर्दा हरेकका आ“खा यही फरक शैली र स्वादको रेष्टुरेण्ट इट स्मार्टमा ठोकिन्छन् ।
साहसीहरुको हब हो–नाम्चेबजार ।
संसारको छानो सगरमाथा आरोहण गर्न जानेदेखि फेदीसम्म पुग्न मन लम्काउनेहरुले नाम्चेबजारमा पाइला राख्नै पर्छ ।
सगरमाथाको प्रबेशद्वार नाम्चेबजार साहसिकहरुको मात्र नभएर ‘फुड’ को पनि हब बन्दै छ । साहसीकहरुको थलो नाम्चे पछिल्लो समय खानाका पारखीहरुको लागि पनि उत्तिकै जमघटको थलो बन्दै गएको छ ।
३ हजार ४ सय ३४ मिटर उचाइमा रहेको नाम्चेबजार छिरेपछि झट्ट देख्दा यूरोपको कुनै शहरमा पुगे जस्तो लाग्छ । यो हिमाली बजारमा पाइने थरिथरिका सामान र सिजनमा देखिने बिदेशी पर्यटकहरुको भीडको पाइला चालिरहँदा आफू पनि कतै यूरोपको बजारमा भएको महसुस गराउँछ ।
यहा“ स्टारबक्स कफीदेखि आइरिस पब, जर्मन बेकरीमा पर्यटकहरुको जमघटले यूरोपको झल्को दिन्छ । ‘स्प्रिङ’ र ‘अटम’ सिजनमा पर्यटकहरुको ओइरो नै लाग्छ, नाम्चेबजारमा ।
नाम्चेबजारमा देखिने धेरै रेष्टुरेण्ट मध्ये एउटा फरक शैली र स्वादको रेष्टुरेण्ट भर्खरै खुलेको छ– इट स्मार्ट । नाम्चेबजार उक्लदै गर्दा हरेकका आँखा यही फरक शैली र स्वादको रेष्टुरेण्ट इट स्मार्टमा ठोकिन्छन् ।
नाम्चेको उकालो उक्लिंदा–उक्लिदा थकित भएको तन र मनले इट स्मार्टलाई बिसौनी बनाइहाल्छ । थकान र भोकलाई भुलाईदिने चौतारी बनेको छ, इट स्मार्ट !
उच्च हिमाली भेगको पदयात्रा गर्दा हरिया सागसब्जी र ताजा खानाले अघ्घोरै शक्ति दिन्छ । त्यही शक्तिले थप उचाइतर्फ लम्कने बल जो दिन्छ ।
पदयात्रा गर्नेहरु ‘फुड कन्सियस’ बढी नै हुन्छन् । र, हुनुपर्छ पनि । उच्च हिमाली भेगमा यात्रा गर्दा हरियो सागसब्जी खानु हुदैन भन्ने एक थरी हल्ला पनि छ ! जुन गलत बुझाइ हो, इट स्मार्टका संस्थापक छिरीङ ग्याल्जेन शेर्पाले भने ।
पदयात्रा गर्दा स्वस्थ, ताजा खाना जरुरी छ, जंक फुडको होइन्, उनले भने । हिमाली भेगमा बढी मात्रामा क्यान फुड पस्कने चलन नै छ । तर इट स्मार्टमा ग्राहकले आफैले छानेर हरियो सलाद र स्याण्डवीच खान्छन् र मदमस्त बन्छन्, पर्यटकहरु ।
यही सिजनबाट खुलेको इट स्मार्ट रेष्टुरेण्ट नाम्चेबजारमा बेग्लै स्वाद र नौलो अबधारणा लिएर खुलेको छ । एक पटक रेष्टुरेण्ट छिरेर खाएपछि पटक पटक दोहोरिने गर्छन् अनुहारहरु, छिरीङ ग्याल्जेन शेर्पाले सुनाए ।
रेष्टुरेण्टमा एक पटक खाएर सगरमाथा आधार शिबिर पदयात्राबाट फर्केर आउने पदयात्रीहरु (फेरीचेदेखि राती ९ बजे आउने) समेत हाम्रा सिधै ग्राहक हुन्छन्, छिरीङले भने । उनीहरु भन्छन्, क्यानफुडले वाक्क भएकोले अलिबढी नै हिडेर भए पनि सागसब्जी र ताजा खानाले तिर्सना मेट्न आएका हौं भन्दै ग्राहकहरु रेष्टुरेन्ट पस्छन् । आफ्नो छोटो बसाइमा पनि ग्राहकहरु सात पटकसम्म आएर हामीलाई उत्साही बनाएका छन् ।
सामान्यतः हाम्रो मानस पटलमा बार भन्ने बित्तिकै दारुको गहिरो छाप छ । त्यो छापलाई अब हामी सलाद बार, जुस बार, कफी बार आइसक्रिम पार्लर जस्ता अबधारणाको इरेजर लगाएर मेट्दैछौं ।
पछिल्लो समय त रिसोर्ट फार्मिङको कन्सेप्टले आकार ग्रहण गरिरहेको छ । त्यही अबधारण हो, इट स्मार्ट । बजारको माग अनुसार इट स्मार्टले चाहिने सामान स्थानीय स्तरमै उत्पादन गर्छ भने केही सामान भने राजधानीदेखि समेत हेलिकप्टरबाट ल्याएर ग्राहकहरुलाई सुस्वादु खाना पस्किएको छ ।
खुम्बु आउने पर्यटकहरु सगरमाथा हेर्न र शेर्पा कल्चर पढ्न आउँने गर्दथे । अब हामीले फुड टुरिजमको थलो पनि हो नाम्चे बजार भनेर स्वादका पारखीहरुलाई आकर्षित गर्न थालेका छौं ।
इट स्मार्ट रेष्टुरेण्टमा सलाद र स्याण्डवीच मात्र नभएर अन्य कन्टिनेण्टल खानाको स्वाद पनि लिन पाइन्छ । शेर्पाले भने, नेपालमै पहिलो पटक यस्तो रेष्टुरेण्टको अबधाराणा शुरु गर्दै नाम्चेमा रेष्टुरेण्ट खोलेका छौं ।
बिदेशी पर्यटकहरु स्वाद अनुसारको हरियो परियोका परिकार लिन पाउँदा निकै खुशी हुन्छन् । हाम्रो कन्सेप्ट नै इट स्मार्ट, फिल बेटर, ट्रेक बेटर हो, छिरीङले सुनाए । उच्च हिमाली भेगमा पदययात्रा गर्नेलाई क्वालिटी फुड, हाइजेनिक, अर्गानिक र हेल्दी फुडको आबश्यकता पर्छ ।
बिश्वका घुमन्तेहरु पहिलो कुरा, गतिलो होटल र सफा, स्वस्थ खानाको खोजी गर्छन् । छिमेकी देश चाइना होस् वा कोरिया, थाइल्याण्डमा समुन्द्री खाना प्रख्यात छन् । र, त्यहा पर्यटकहरुको
साउथ अमेरीकन फुड, युरोपियन फुड, इण्डियन फुडमा पनि झुम्मिनेहरुको ताँती उत्तिकै छ । हाम्रो राष्ट्रिय फुड दाल भात होस् वा मम वा आलुबोडी तामा बिदेशीको जिब्रोमा नझुण्डिएको त कहाँ छ र ? नेवारी चटामरी, बारा, छोयला, सेकुवाले पनि बजार पिटेको छ ।
खानाका सौखिनहरुलाई यस्ता रैथाने खानाका रैथाने रेष्टुरेण्टले थप आकर्षित गर्न सक्छन् । यसले पर्यटकहरुको आगमनलाई पनि ह्वात्तै बढाउन सक्छन् ।
पदयात्रामा एकैचोटी धेरै खाना भन्दा पनि सरसफाईको वातावरणमा ताजा, क्यालिटी र क्यालोरी मिलाएर खाइरहनु पर्छ । सन्तुलन घटाउनु हुदैन् ट्रेकिंग फुडको मेनुलाई पछ्याउनु पर्छ ।
ब्यस्त पदमार्गमा खोलिएका यस्ता रेष्टुरेण्टले नेपाललाई फुड टुरिजमको गन्तब्य पनि बनाउछ । यही बसन्त ऋतुबाट खुलेको इट स्मार्टले पदयात्री र सगरमाथा आरोहणमा जानेहरुलाई फरक स्वादले तानेको छ ।
छिरीङ ग्याल्जेन शेर्पाले भने, अर्को सिजनदेखि दिङबोचेमा यस्तै खाना पस्कने योजना छ । सगरमाथा साहसिकहरुको हब मात्र होइन, फुड हब बन्ने लयमा हिडेको छ ।
पिज्जा र बर्गर भन्दा पनि स्थानीय उत्पादन र स्वादले पर्यटकलाई लोभ्याउदैछ । बिदेशी पर्यटकहरु कुन गन्तब्यमा जादा के खाने कुरा पाऊँछ भनेर पहिलो नै जानकारी लिएर आउछन् । इट स्मार्टमा २ सयदेखि १३ सयसम्म मूल्य पर्ने खानाका परिकारहरु पाइन्छन् ।
सगरमाथामा स्थानीय आलुका परिकारहरु बढी रुचाइन्छ् । आलुको रोटी, ढिढों, लगायतका परिकारहरु यहाँ स्वाद स्वादमा पाइन्छ । यी स्वादहरु पर्यटकहरुबीच एकदमै प्रख्यात पनि छन् । यिनै कुराहरुलाई सुव्यवस्थित रुपमा इट स्मार्टले सगरमाथा पदमार्गमा नयाँ आयाम थपिरहेको सहजै देख्न सकिन्छ ।
भनाइ नै छ, कुनै पनि देशको खाना र जीवनशैली ब्राण्डले त्यो देशको चिनारीलाई विश्वव्यापी बनाउ“छ । अमेरीकन लाईफ, जापनीज वाइफ, चाइनिज डाइट, इटालियन शूज भन्ने कथन कस्लाई थाहा छैन र ? पर्यटकीय गन्तब्यमा खुलेका यस्ता बहुचर्चित रेष्टुरेन्टको लहरमा खुलेको नेपाली पहिचानको नया“ रेष्टुरेण्टले बिदेशीको ध्यान अवश्य तान्ने छ । फुड टुरिजमको बिकास हुने नै यसैगरी हो ।