कुमुदका कविताहरु

कुमुद शर्मा

 

 

जो जससँग सम्बद्ध छ

#
सम्पत्तिको विवरण यस्तो रैछ हाल
दाइजो र पेवामात्रै रैुछ फालाफाल
मिहिनेतको कमाई ( पूरै अनिकाल
बुढाचाहिँ तन्नम तर बुढी मालामाल १

 

#
दाइजो पेवा भन्ने यौटा कन्टेनरछ जहाँ
नमिलेकोजति राखी मिल्छ छोप्न त्यहाँ
महा पुरुषहरूलाई ठूलो यसैको छ भर
थापिदिन्छ काँधै यस्ले अनि केको डर १

 

#
जसलाईछ भविष्यको अतिसारै चिन्ता
सुुनैसुन देखाइन्छन् विवरणमा यिनका
सुन पानी छर्किनलाई हुन्न सुन जस्को
पैत्रिक बाटोगरी टन्न आउँछ सुन उस्को ।

 

#
एकाथरि विवरण ( चुनाब लड्नलाई
तेसैलेत थोत्रो साइकल देखाउनलाई
भत्किएको चर्किएको यौटा थोत्रो घर
कठैबरा म दुःखीको अरू छ नै के र १

 

#
थोरैभए ट्याङ्का अनि धेरैभए ब्याङ्का
त्योभन्दानि बढी भए पुग्छ सिरि लङ्का
छैन, छँदै छैन १ भनी पीट्यो यता डङ्का
यसो गरेपछि अनि हुन्थ्यो के र शङ्का १

 

#
विवरणमा सबैभन्दा मुसा राख्न जाती
बेहोरा नै उडाइदिन्छ तेस्ले काटीकाटी
विकल्पमा धमिरैनि चल्छ यौटा अर्को
उडाउनमा यसको पनि रेकर्ड छ चर्को ।