कारण, तन्त्र र शकुन

 

 

कुण्डली निर्माणको समयमा जातकको जन्मकालको समय पूर्व क्षितिजको क्रान्तिवृतमा जुन भाग हुन्छ, त्यसैलाई नै लगनस्फुट भन्दछन । साथै त्यस राशिलाई लगन राशि भन्दछन । ततपश्चात जुन ग्रह आकाशीयपथमा जहाँ हुन्छन, कुण्डलीमा पनि उक्त ग्रहहरु सोहीअनुसार प्रत्येक भाव अर्थात कोठामा बस्दछन । यसै प्रकार आकशीय ग्रहको सही स्थिति जातकको कुण्डलीमा स्पष्ट गरिन्छ । यसैप्रकार ज्योतिशशास्त्रमा दृष्टावलोकन गरी पत्ता लाग्दछ जो प्राचिन कालमा हाम्रा ऋषिले आफ्नो दिब्य चक्षुले ग्रहपथको अवलोकन गरी मानव जातीलाई यसका प्रभाव स्पष्ट गर्दै उत्त्मकोटीको प्रतिभाको परिचय दिएका थिए । अर्वाचनीय ज्योतिषमा जुन शिथिल देखिएको छ, त्यसको कारण दिब्य ज्ञानवान ऋषिको कमिले हो । ठुलाठुला बेद अखडा एवं साथको अभावले ज्योतिषशास्त्र प्रतिको आस्था घटेको जस्तो देखिन्छ । यदी सुक्ष्म तरिकाले निरिक्षण गरी यस शास्त्रको कार्य गर्ने हो भने यो बिज्ञानको साथै मनुष्यले पनि यस पद्दतिद्वारा आफ्नो भविष्यलाई बुझी ग्रहको प्रभावअनुसार त्यसलाई सुधार गर्दै उन्नति पथमा अग्रसर हुन सकिन्छ । हाम्रो ज्योतिषको उदेश्य मानव जातीको आम कल्याणको साथै शुभाशुभको निर्णय गर्दै भविष्यको संकेत दिनु हो । लोक व्यवहारको लागी क्रियात्मक रुपले यसको दुई सिद्धान्त छ । पहिलो गणित र दोस्रो फलित ।

 

 

गणित ज्योतिषको तीन भेद मानिएको छ । कारण, तन्त्र र शकुन । सिद्धान्त तथा फलित ज्योतिषको जातक, ताजिक, मुहुर्त, प्रशन र शकुन सिद्धान्त यी पांच भेद मानिएको छ । यसैमा अरु पनि भेदोपभेद छन । तर उर्पयुक्त भेदलाई नै मुख्य मानिएको छ । फलित ज्योतिष र त्यसको अंगको विवेचना यस प्रकार छन । जीवनलाई पुर्ण्ता दिन, जीवनलाई व्यवस्थित तरिकाले परिचालित गर्न ज्योतिषको सामान्य ज्ञान आवश्यक मात्र नभइ अनिवार्य छ । फलित ज्योतिषको सिद्धान्त यस प्रकार रहेको छ ।

 

 

· जातकः हामी जुन कुण्डलीको ’boutमा विचार गर्दछौ वा फल कथन गर्छौ, त्यो कुण्डली जो ब्यक्तिको हुन्छ त्यस पुरुष, स्त्री वा बालक बालिकालाई जातक भनिन्छ ।

 

 

· तजिकः बर्ष कुण्डलीद्वारा फल कथन वा फल जान्नुलाई ताजिक रीति भनिन्छ ।

 

 

· ग्रहः ज्योतिषमा कुल नौ ग्रह मानिन्छ । तर, आजकल त्यसमाथि अरु दुई ग्रहलाई पनि सम्मिलित गरिएको छ । बरुण र बारुणी दुई ग्रह पनि ग्रहको तालिकामा पर्ने गर्दछन ।

 

 

· तिथिः चन्द्रमाको एक कलालाई तिथि भनिन्छ । यसलाई सुर्य र चन्द्रमाको अन्तरंशबाट मान निकालिन्छ । औशीको भोली पल्टदेखि पुर्णिमासम्मलाई शुक्ल पक्षको तिथी, पुर्णिमाको भोली पल्टदेखी औशीसम्मलाई कृष्ण पक्षको तिथि भनिन्छ । औशीको भोलीपल्टलाई कृष्ण प्रतिपदा भनिन्छ र पुर्णिमा भोलीपल्टलाई शुक्ल प्रतिप्रदा भनिन्छ । ज्योतिषमा तिथिको गणना शुक्ल पक्षको प्रतिपदादेखी प्रारम्भ गरिन्छ ।

 

 

तिथिको संज्ञा यस प्रकार मानिएको छ;

१, ६, ११ तिथिको नाम “नन्दा“

२, ७, १२ तिथिको नाम “भद्रा“

३, ८, १३ तिथिको नाम “ जया“

४, ९, १४ तिथिको नाम “रिक्ता“

५, १०,१५ तिथिको नाम पुर्ण हुन्छ ।

 

 

तिथिको स्वामीः

एकमको स्वामीः अग्नी

द्धितियाको स्वामीः ब्रहमा

तृतियाको स्वामीः गौरी

चतुर्थीको स्वामीः गणेश

पंचमीको स्वामीः शेष

षष्ठीको स्वामीः कार्तिकेय

सप्तमीको स्वामीः सुर्य

अष्टमीको स्वामीः शिव

नवमीको स्वामीः दुर्गा

दशमीको स्वामीः काल

एकादशीको स्वामीः विशवेदेवा

द्वाद्शीको स्वामीः बिष्णु

त्रयोदशीको स्वामीः काम

चतुर्दशीको स्वामीः शिव

पुर्णमासीको स्वामीः चन्द्रमा

अमावष्याको स्वामीः पितृदेव हुन्छ ।

तिथिको शुभाशुभमा विचार गर्दा त्यस समयमा तिथि स्वामीमा पनि ध्यान पुर्याउन आवश्यक हुन्छ ।

 

 

ग्रह तालिका

नेपाली÷अंग्रेजी नाम संस्कृत नाम

सुर्य (सन) आदित्य, अर्क, अर्यमा, इन,

उष्ण, रश्मय , गृहपति, दिवाकर, दिनकर , प्रभाकर, रवी , विभाकर, दिनेश, भानु, सुर, सविता , भास्कर, मार्तण्ड ।

 

चन्द्र (मुन) इन्दु, कलानीधि, चन्द्र, दिजराज, नक्षत्रेश, मृगांक, मयंक, राकेश, रजनिश, विधु, सोम, राशी, तारेश, शश्ंक, शशधर, सुधाकर, हिमांशु, तारापति ।

 

मंगल (मार्स) अंगारक, कुज, भौम, महीसुत,

 

मिरिखं, भु–सुत, लोहितांग, धराज, अवनिज, क्रुर–नेत्र, क्षितिनन्दन ।

 

बुद्ध (मर्करी) इन्दुसुत, चन्द्रपुत्र, चन्द्रात्मज्ञ, ज्ञ,

 

बोधन, वित, सौम्य, रोहिणेय, हेमन, तारासुनु ।

 

बृहस्पती (जुपिटर) अंगिरस, अंगिरा, आर्य, गुरु, जीव,

 

सुराचार्य, वाचस्पती, सुरगुरु, सुरी, देवगुरु ।

 

शुक्र (भेनस) उशना, कवि, भार्गव, भृगु, भृगुसुत,

 

दैत्यगुरु, सितसुनु, काण ।

 

शनि (स्यार्टन) असित, आर्की , छायातनय, मन्द ,

 

शनैस्चर, सुर्यपुत्र, राविज, पंगु, सौरी, भास्करी ।

 

राहु (हेड ड्रागन) अगु, तम, स्वभारनु, अभि, कृष्णांग, कपी–

 

लास–दिर्घ, असुर, गृह, सर्प, फणी, आगव ।

 

केतु (टेल ड्रागन) ध्वज , शिख , राहुपुच्छ ।

 

वरुण (युरानस)

 

वारुणी (नेप्च्युन)

 

मास शुन्य तिथि ज्योतिषशास्त्रअनुसार शुभ मानिदैन । ति तिथि यस प्रकार छन ;

मास शुन्य तिथि

 

मास                तिथि

चैत्र                   दुबै पक्षको अष्टमी र नवामी

बैशाख            दुबै पक्षको द्वाद्शी

ज्येष्ठ                कृष्ण पक्षको चतुर्दशी र शुक्ल पक्षको त्रयोदशी

असार             कृष्ण पक्षको षष्ठी र शुक्ल पक्षको सप्तमी

श्रावण              दुबै पक्षको दितिया र तृतिया

भाद्र                 दुबै पक्षको प्रतिपदा र दितिया

आश्विन              दुबै पक्षको दश्मी र एकादशी

कार्तिक            कृष्ण पक्षको पंचमी र शुक्ल पक्षको चर्तुदशी

मार्ग                  दुबै पक्षको सप्तमी र अष्टमी

पौष                  दुबै पक्षको चतुर्थी र पञ्चमी

माघ                   कृष्ण पक्षको पञ्चमी र शुक्ल पक्षको षष्ठी

फाल्गुन              कृष्ण पक्षको चतुर्थी र शुक्ल पक्षको तृतीया ।

सिद्धी तिथीलाई शुभ उत्तम मानिएको छ । यि तिथिमा गरेको कार्य अवश्य सिद्ध हुन्छ । यदी उक्त्त तिथि उक्त बारमा पर्दछन भने त्यसलाई अतिशुभ र सिद्ध तिथि मानिन्छ ।

 

सिद्धी तिथि जस्तै तल बर्णन भएअनुसारका तिथि भएमा त्यसलाई अत्यन्त अशुभ मानिन्छ । अर्थात दुग्ध, विष, हुताशन, संज्ञक हुन्छ । यी तिथिमा कार्य प्रारम्भ गर्ने हुँदैन यदि गरियो भने कार्य सही फलप्रद हुँदैन ।

 

[email protected]

977-9849428414