विज्ञान र वास्तु

 

 

 

वास्तुशास्त्रको नियम अत्यन्तै सुक्ष्म अध्ययन र विश्लेषणमा आधारित हुन्छ । यी सिद्धान्तलाई पर्यावरण एवं प्रकृतिपरक बनाउँन सुर्य उर्जा , वायु उर्जा, चन्द्र उर्जा तथा अन्य ग्रहसंग सम्बन्धित गरिएको छ ।

 

 

कुनै पनि प्रकारको व्यवस्थित ज्ञान कुनै न कुनै सिद्धान्तमा आधारित हुन्छ । र, यस्तो ज्ञान विज्ञानको सिद्धान्त अवलोकन र प्रयोगद्धारा प्रतिपादन गरिन्छ । अर्थात कुनै पनि प्रघटना कारण र परिणामको सम्बन्धले स्थापित हुन्छ । यसैलाई विज्ञान हो भन्ने बुझिन्छ ।

 

 

विज्ञान सार्वभौमिक हुन्छ्, यो आफ्नो नियम सिद्धान्त्त अध्ययन विधि र त्यसलाई प्रयोग गर्ने टेकनिकको सहायताले नयाँ नयाँ आयाम स्थापित गर्छ । यदी विज्ञानको यी गुणवत्तालाई वास्तुशास्त्रसंग तुलना गर्ने हो भने वास्तु शास्त्र सहि स्थापित हुन्छ । किनकी वास्तुशास्त्र पनि ज्ञानको ब्यवस्थित रं विधिवत अध्ययन हो । वास्तुशास्त्रको सिद्धान्त अवलोकन, अनुसंधानं र परिक्षणमा आधारित छ । सबै सिद्धान्त सत्य र तथ्यपरक हुन्छन् । वास्तुशास्त्रको सिद्धान्त पनि कारण र परिणामसंग सम्बन्ध राख्दछ । यस विश्लेषणबाट स्पष्ट सिद्ध हुन्छ, वास्तुशास्त्र आफैमा एक पूर्ण विज्ञान हो ।

 

 

वास्तुशास्त्र भनौं वा वास्तु कलाको समस्त सवै प्रकारको धार्मिक र भौगोलिक स्थितिलाई ध्यानमा राखेर बनाइएको छ । वास्तुशास्त्रको नियम अत्यन्तै सुक्ष्म अध्ययन र विश्लेषणमा आधारित हुन्छ । यी सिद्धान्तलाई पर्यावरण एवं प्रकृतिपरक बनाउँन सुर्य उर्जा , वायु उर्जा, चन्द्र उर्जा तथा अन्य ग्रहसंग सम्बन्धित गरिएको छ । हाम्रो प्राचिन वास्तु आचार्य जुन मंत्रस्रस्टा एवं तत्वज्ञानी पनि थिए आधुनिक भौतिक शास्तले यंत्रको विना सुर्य रश्मी सिद्धान्तको ठोस विवरण प्रस्तुत गरेका थिए । यो सिद्धान्तले सम्पुर्ण प्रमाणिक वास्तुशास्त्रलाई आफु भित्र समाहित गरेका छन ।

 

 

वास्तु निर्माणका लागी जुन वास्तु मण्डल वा वास्तु पुरुषको कल्पना गरिएको छ, र साथै वास्तु चक्रमा जुन देवतालाई ‘दिक–सम्मुख’ प्रतिष्ठित गरिएको छ । ती सबै सुर्य रश्मी जलको घोतक हो श्रुतीको कथन छ । सुर्य प्राणीको स्रोत हो । ऋृगवेदमा भनिएको छ, सुर्यको रश्मीमा रोगलाई नष्ट गर्न सक्ने क्षमता हुन्छ, यही कारण हो कि वास्तुशास्त्रमा पुर्व दिशालाई विशेष महत्व दिइएको छ । यसवाहेक पृथ्वीको सतहलाई सुर्योदय एवं सुर्यास्तसंग परिकल्पित गरिन्छ ।

 

 

यस कारण दिक ( सम्मुख को स्थान प्रमुख हुन्छ । ’cause प्रातः काल उदय हुने भगवान भास्करको रश्मी भवनको प्रत्येक एक भागमा प्रवेश हुन सकोस सुर्यको प्रकाशमा पनि समय अन्तर्गत परिवर्तन आइ रहन्छ । त्यसैकारण शरिरमा दिवा समयको सुर्यको प्रकाश कम पर्नुलाई राम्रो मानिन्छ । ’cause सुर्यको प्रकाशमा रेडियोधर्मिता हुन्छ । त्यस विषयलाई वास्तुशास्त्रमा विशेष रुपले ध्यान राखिएको छ । सुर्यको उर्जालाई अधिक समयसम्म भवनमा प्रभावीत बनाइ राख्न नै, दक्षिण र पश्चिम भागको अपेक्षा पुर्व र उत्तरको भवन निर्माण तथा त्यसको सतहलाई तल राख्ने प्रयास गरिन्छ ।

 

 

प्रातः कालिन सुर्यको रश्मीमा भिटामिन ‘डि’ तथा भिटामिन ‘एफ’ हुन्छ । वास्तुशास्त्रमा भवन पुर्वी एवं उत्तर क्षेत्र खुला राख्ने मुख्य कारण यहि नै हो, ताकी प्रातःकालिन सुर्य रश्मी सजिलै भवन भित्र प्रवेश गर्न सकोस र दक्षिण अनि पश्चिम दिशालाई अग्लो तथा भारी मोटो पर्खाल बनाउँनुको प्रमुख कारण पनि यहि हो । यो पुर्ण वैज्ञानिक तथ्य हो । ’cause जव पृथ्वीले सुर्यको परिक्रमा दक्षिण राशिमा गर्छ, त्यो समयमा पृथ्वीले विशेष कोणीय स्थिति लिएको हुन्छ । अतएव यस भागमा अधिक भार हुनाले सन्तुलन बनी रहन्छ । साथै सुर्यको अधिक लाभले पनि बाँच्न सकिन्छ । त्यसैकारण यस भागमा गर्मिमा ठण्डा र जाडोमा न्यानो भैरहन्छ ।

 

 

झ्याल र ढोका ’boutमा पनि वास्तुशास्त्रले वैज्ञानिक दृस्ट्रिकोण राख्दछ । त्यसै कारण भवन निर्माण गर्दा दक्षिण र पश्चिम भागमा उत्तर र पुर्वको अपेक्षा कम र सानो साइजको झ्याल ढोका राखिन्छ । यसको कारण गर्मीमा ठन्डा र जाडोमा न्यानो भैराखोस भन्ने उदेश्यले वास्तुशास्त्रअनुसार भान्छा, कोठा आग्नेयकोण अर्थात दक्षिण पुर्व मै राखिनु पर्छ । परिणाम प्रातःकालिन सुर्यको भिटामिन डि र दक्षिणबाट शुद्द हावाको प्रवेश सहज होस । ’cause पृथ्वीले सुर्यको परिक्रमा दक्षिणायनतर्फ गर्दछ । अतः यस कोणको स्थितिको कारण भवनको यस भागमा भिटमिन डि र एफ अधिक समयसम्म प्राप्त होस । वास्तुशास्त्रअनुसार पुजाघर वा आराधना स्थल उत्तर पुर्व अर्थात इशान कोणमा नै हुनुपर्छ । यो पनि वैज्ञानिक तथ्यअनुसार नै हो । पुजाको समयमा हाम्रो शरिरमा वस्त्र अरु समयभन्दा निकै कम हुन्छ, वा पातलो हुन्छ । प्रातः कालिन सुर्यको रश्मीको माध्यमले भिटामिन डि हाम्रो शरिरमा प्राकृतिक रुपले प्रविश्ट हुन सकोस ।

 

 

उत्तरी क्षेत्रबाट हामीलाई पृथ्वीको चुम्बकीय उर्जाको अनुकुल प्रभाव प्राप्त हुन्छ । साथै यस क्षेत्रलाई अधिक पवित्र मानिन्छ । किनकी यसद्वारा अंतरिक्षबाट अलौकिक शक्ती प्राप्त हुने गर्दछ । यै मुख्य कारण गर्दा मन्दिर एवं साधना स्थान को प्रवेशद्वार यहि दिशामा बनाइन्छ । हाम्रो वायुमण्डलमा २० प्रकारको मैगनेटिक फिल्ड पाइन्छ । वैज्ञानिक मतअनुसार यी मध्ये चार प्रकारको मैगनेटिक फिल्डले हाम्रो शरिर गतिविधीलाई उर्जा प्रदान गर्नको लागी अत्यन्तै सहायक हुन्छन् । वास्तुशास्त्रले पनि आफ्नो कृयाकलापमा यिनको ब्यापक सहायता लिएको बुझिन्छ । वास्तुशास्त्रमा धनको लागि चुम्बकीय क्षेत्रलाई उपयुक्त मानिन्छ । यो क्षेत्रले द्रब्य मुद्रालाई आकर्शित गर्दछ । त्यसै कारणले गर्दा कुनै प्रकारको वाणिज्य एवं ब्यापारिक गतिविधिमा सम्मिलित हुंदा ध्यान राख्नु तपाइ हाम्रो मुख उत्तरतर्फ हुनुपर्दछ ।

 

 

यस तथ्यको पछाडी वैज्ञानिक मत यस्तो छ, उत्तरी ध्रुवबाट प्रभाहित हुने चुम्बकीय धारा मानसिक कृयालाई सकृय गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले स्मरण शक्ती आशचर्यजनक रुपले बृद्धी हुन्छ । बैंकिंग कृयाकलापको सन्दर्भमा वास्तुशास्त्रले यसो भन्छ, उत्तर दिशालाई मुखगरी चेकबुक ड्राफ्ट वा पासवुक आदी भर्ने कार्य गर्नु उपयुक्त हुन्छ ।यी सबैलाई विज्ञानले पुर्ण प्रमाणित गर्दछ ।

[email protected]

977-9849428414