वास्तुशास्त्रको सिद्धान्त र पञ्चतत्व – एसडि उपाध्याय

मानिसले जीवनमा उन्नति, स्ंमृद्धि, आरोग्य, शांन्ती र खुसी  प्राप्त गर्न चाहन्छन भने पञ्ंचमहाभुतलाई यथोचित सम्मानसहित सहर्ष स्विकार्नुको विकल्प छैन । यो पाँच तत्वलाई सही तथा अनुपातिक समावेश गरी आफ्नो जीवनको स्वर्णिम आनन्द उठाउन सकिन्छ ।

 

 

 

वास्तुशास्त्रले तपाईको भाग्य बदल्ने दावी गर्दैन । ’cause वास्तु अन्य कारक तत्वमा पनि निर्भर रहन्छ । तर, यसले तपाइको भाग्योदय हुने द्वारसम्म लैजान अवश्य पनि सहयोग गर्छ । यो तब सम्भव हुन्छ जब हामीले गृह निर्माणको समयमा वास्तुशास्त्रको नियम एवं सिद्धान्तको पालना गर्दर्छौ । यसो गर्दा दःुख, कष्ट, आपतको निवारण भै सुख, समृद्धि, ऐश्वर्य, सन्तान एवं भुमि, सम्पति आदी प्राप्त हुन्छ ।

 

 

 

मनुष्यको भाग्य पुर्वमा गरेका कर्मको परिणाम नै  हो । अर्थात आज मनुष्य जहाँ छ । त्यसको जिम्बेदार उ स्वयम हो । यो जीवनरुपी गाडी निरन्तर चलि रहन्छ । कुनै बेला समतल छ भने कुनै बेला उबडखाबड एवम दुर्गम । यस्तै अफठ्यारो बाटोमा वास्तुशास्त्रले नै सहजता  प्रदान गर्दछ । केहिले वास्तुशास्त्रसंग अनभिज्ञ भै यसको निरन्ंतर तिरस्कार गरी स्वयं नै असफलताको बाटो तय गर्छन । जबकी वास्तुशास्त्रद्वारा सजिलै सफलता हासिल गर्न सकिन्छ ।

 

 

 

मनुष्य एवं ब्रहमाण्डको रचना पञ्ंचमहाभुत पृथ्वी, आकाश, जल, अग्नी  र वायुद्रारा भएको छ । मनुष्य जीवनमा यसको निकै महत्व रहेको छ । यसैद्वारा हाम्रो शरिरले कर्बोहाइड्रट, प्रोटिन, र बोसो आदी शक्तिवर्धक तत्व प्राप्त गर्दछ । साथै गर्मी, प्रकाश , ध्वनी एवं वायुद्वारा बाहिरी शक्ति ग्रहण गर्दछ । प्रकृतिको नियमको विरुद्ध आचरण गर्दा यसको सन्तुलन गडबड हुन्छ । र, यस असन्तुलनद्वारा  हाम्रो उर्जाले विभिन्न दिशा अपनाउँछ जसले गर्दा हामीमा दबाब, तनाव, अस्वस्थ्यताले जन्म लिन्छ । र, त्यसले मस्तिष्कमा अशान्ती पैदा गर्छ । यसै प्रकारका असन्तुलन जुनबेला प्रकृतिमा उन्पन्न हुन्छ, त्यसबेला आधी तुफान, बाढी आगलागि र भुकंम्प आदी ताण्डव पैदा गर्छ । त्यसकारण यो आवश्यक छ कि पञ्चतत्वको सन्तुलन सधै अनुकुल हुनुपर्दछ । ताकी हामी सदैव सुखपुर्वक जीवन ब्यतित गर्न सकौ । भवन निर्माण पनि यै पञ्चतत्वको समिश्रणबाट तयार हुन्छ ।

 

 

 

यदी भवन निर्मणमा यो पञ्चतत्वको उचित सन्ंतुलन कायम गर्न सकिएन भने त्यस भवनमा निवास गर्ने ब्यक्तीको जीवनमा सुख शांती नहुनुको साथै , अशान्ंती, क्लेश आर्थिक क्षति, रोग तथा मानसिक द्वन्ंद आदी समस्याले घेरी रहन्छ ।

 

 

 

पृथ्वीः

 

पृथ्वी सौर मण्डलको नौ ग्रह मध्ये एक हो । लाखौ बर्ष पुर्व सुर्यको अंशको बिखण्डन हुँदा अन्य ग्रहको साथै पृथ्वीको पनि प्रादुभार्व भएको हो । ब्रहमाण्डको अन्य उपग्रहको उत्पति पनि यसै कृयाको अंश मानिन्छ । आफनो जन्मको साथसाथै सबै ग्रह उपग्रहले सुर्यको निरन्तर परिक्रमा विना कुनै ब्यबधान अनवरत आफ्नो विशेष पथमा गरी रहेका छन । निश्चित समय पशचात सबै ग्रह सुर्यसंग टाढिदै गए यसै प्रकृयाद्वारा पृथ्वी पनि सुर्यसंग टाढा भयो । पृथ्विमा लामो समयको र रायनिक कृयाको फलस्वरुप प्राकृतिक स्थल पर्वत नदी मैदान आदीको उत्पति भयो । पृथ्वीले पनि अन्य ग्रह सरह नै सुर्यको सौर मण्ड्लको परिक्रमा गर्छिन ।

 

 

 

जलः

 

जल नै जीवन हो भन्ने उक्ति शास्वत सत्य र अमिट छ । साच्चै जलविना जीवनको कल्पना पनि गर्न सकिदैन । जल पृथ्वीमा पाइने एक अत्यन्तै महत्वपूर्ण तत्व हो । जलको  महत्वको वर्णन जति गर्दा पनि कम हुन्छ । जीवित प्राणी मात्र नभै नीजिर्व प्राणीको पनि अश्तित्व पनि जलविना चाडै समाप्त हुन्छ । जल चक्र नै जीवनको कारक कारण दुबै हो । सागर नदी इनारको जल बाफ आकाशमा जान्छन पछि बादलको रुपमा पुनः जल बन्छ । यसैसंग जीवन कायम छ । बिज्ञानले पनि यस ब्याख्यालाई स्विकारेको छ । जलमा प्राणवायु (अक्सिजन ) हुन्छ । जलको विशेषता यो छ कि यो तरल ठोस एवं ग्यास तीनै रुपमा प्राप्त हुन्छ । अग्नी र जललाई आमब्यक्तीले दुबै एक अर्काका बिरोधी ठान्दछन । तर, जललाई आफ्नो शुद्धतम रुपमा आउन अग्नीको संयोग  आवश्यक पर्दछ ।    पाँचै माहाभुत अलग अलग भएमा यो कुनै कार्यको रहदैन,  तर यसको संयोग गरियो भने  जीवन जस्तो अनुपम कृतिको रचना हुन्छ । शुद्ध जलको सान्विक रुपलाई सबै प्रकारको शुद्धीकरण कार्यमा उपयोग गरिन्छ । अतः सृष्टीको अनवरत सञ्चालन एवं स्थायित्वको लागी जल अत्यंन्तै महत्वपुर्ण छ । वास्तुशास्त्रमा पनि जललाई प्रमुख तत्वको रुपमा प्रतिष्ठित गरिएको छ । अतः  भवन निर्माण होस वा कुनै निर्माण कार्यको आयाम होस जल सन्तुलनको ध्यान राख्न अनिवार्य छ ।

 

 

 

अग्नी 

 

अग्नी, अनल, आगो, तेज, यी सबै उर्जाका घोतक हुन । उर्जाको प्रमुख स्रोत सुर्य हो । सुर्यको तेजले नै जीवन प्रकाशमान छ । तेजलाई कुनै पनि ब्यक्तिको असाधारण गुणको रुपमा हेरिन्छ । सुर्यको उर्जा निर्माणको प्रकृयाको स्वरुप यस प्रकार छ । पर्यावरणमा ब्याप्त धुलो, कण, र बादल आफ्नो चुम्बकीय शक्तिको कारण एकअर्कालाई आकर्षित गर्दछन । यस दबाब भनौ वा बलले गर्दा उर्जाको उत्पत्ति हुन्छ । मनुष्यको दैनिक जीवनको प्रत्येक कार्यमा अग्नीको अधिक महत्व छ । जस्तै  भोजन बनाउने, प्रकाश, यज्ञ, हवन तथा अन्य पवित्र कार्य अग्नीको अनुपस्थितिमा हुन सक्दैन । सबै धर्मको इश प्रार्थनामा अग्नीको प्रयोग अवश्य गरिन्छ । अग्नीमा प्रचण्ड शक्ति हुन्छ । हेर्दा हेर्दै बडेबडे भवन महल अटालीकालाई क्षण भर मै भष्म गर्ने सामथ्र्य केवल अग्नीमा नै हुन्छ । भारतवर्षको संस्कृतिमा अग्नी अत्यधिक महत्वपुर्ण स्थान पाइन्छ । मनुष्य जीवनको सम्पुर्ण कर्मकाण्ड र संस्कार अग्नी न भई पुर्ण हुँदैन । विशिष्ठ ग्रन्थमा मानिएको छ, जीवनको अंन्तिम एवं चिरन्तन सत्य अग्नी हो । वास्तुशास्त्रमा पनि अग्नीलाई अत्यधिक महत्वका साथ स्थान प्रदान गरिएको छ । त्यसकारण निर्माणमा पनि अग्नीको सन्तुलन कायम गर्न परम आवश्यक छ ।

 

 

 

वायु

 

मानव जीवनको वायुसँग निरंतर एवं अटुट सम्वन्ंध रहन्छ । जव यो सम्बन्ध विचछेद हुन्छ मनुष्य जीवन पनि समाप्त हुन्छ । यस संम्बन्ंधको प्रमुख कारक शवसन कृया हो । मनुष्य मात्र नभइ रुख विरुवाको जीवन पनि शवसन कृया कै बलद्वारा अश्तित्वमा रहन्छन । यो सम्बन्ध परस्पर अन्योन्यास्रित छ जुन सन्तुलनमा कायम छ । भारतवर्षको योगशास्त्रमा आचर्य पतञ्ंजलीले प्राण वायुलाई प्राणायामको माध्यमद्वारा निकै महत्व दिएको छन । उनका कथनअनुसार प्राणायाम गर्दा मनुष्यहरु दिर्घकालसम्म स्वस्थ्य जीवन ब्यतित गर्न सक्छन । सृष्टीको रचना तथा स्थायित्वमा वायुको योगदान महत्वपूर्ण छ । पृथ्वीमा एक वायु मण्डल छ, यसैमा जीवन कायम छ । वायु मण्डलमा विभिन्न प्रकारका ग्यास, मिश्रण छन जो एक अनुपातमा संन्तुलित छन् । यस मिश्रण् मा सर्वा्धिक अंश कबिर ७८ प्रतिशत नाइट्रोजनको हिस्सा छ । नाइट्रोजन बनस्पतिका लागि अति आवश्यक छ । मनुष्य तथा अन्य प्राणीको श्वासन कृयाको लागी अत्यवश्यक तत्व अक्सिज वायुमण्डलमा  करिब २१ प्रतिशत हुन्छ । यो अक्सिजन र हाइड्रोजनको सम्मिश्रणद्वारा नै जल निर्माण हुन्छ । मनुश्य जीवनमा हुने प्रत्येक कृयामा पञ्चमाहभुतको सम्मिश्रण अवश्य पनि प्रत्यक्ष कारक छ । यो सम्मिश्रण अन्य ग्रहमा पाइदैन । त्यसकारण त्यँहा जीवन सम्भव छैन । वास्तुशास्त्रमा वायुलाई पनि अत्यन्ंतै महत्व दिइएको छ ।

 

 

 

आकाशः

 

आकाश असिम अनन्त र अथाह आकाश उर्जाको तिव्रता प्रकाश लौकिक किरण विधुतीय चुम्बकीय बल तथा गुरुत्वाकर्षण शक्तिको प्रतिक हो ।  आकाशको महत्व गुण हो, शब्द शब्दको कारण नै आकाशमा पर्यावरण र त्यसैको माध्यमले ध्वनीको उत्पत्ति हुने गर्छ । सौरमण्डलमा हुने प्रत्येक घट्नाको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पृथ्वीमा पर्दछ । ठुलो अधिक समयान्तरमा हुन्छ  भने पछि सानो घट्ना निरन्तर भै रहन्छ । यि सबै घट्नाले मनुष्यको जीवनलाई प्रभावित गरी रहन्छ ।

 

 

 

आकाशलाई संबोधित गर्ने एक अन्य शब्द पनि रहेको छ । आकाश गंगा यो आकाश गंगा असिम हुन्छ । हाम्रो सुर्य जस्तो त्यसमा हजारौ सुर्य हुन्छ्न । सबै ग्रह उपग्रह आफ्नो स्थितिअनुसार एवं समयअनुसार परिक्रमा गरी रहन्छन । यो परिक्रमा गणितीय समिकरणको लागी भई रहेको हुन्छ । यदी मनुष्यले उन्नति, संमृद्धि, आरोग्य शांन्ती  प्राप्त गर्न चाहन्छन भने मानवले उपरोक्त पञ्ंचमहाभुतलाई यथोचित सम्मानका साथ सहर्ष स्विकार्नुको विकल्प छैन । यो पाँच तत्वलाई सही तथा अनुपातिक समावेश गरी आफ्नो जीवनमा स्वर्णिम आनन्द प्राप्त गर्न सकिन्छ । यो पाँच तत्वको उचित सन्तुलन मनुष्यको उन्नतिको पोषक  बन्न सक्दछ । हामीले बुझनु पर्दछ कि वास्तुशास्त्रले यै पाँच तत्व सन्तुलन स्थापित गर्ने सिद्धान्तलाई नै अवलम्बन गरेको छ ।

 

 

 

पञ्चतत्व, गुण तथा मानव इन्द्रीयको सम्वन्ध यस्तो छ ।

 

क्रंसं         पञ्चतत्व                गुण               इन्द्रीय

 

 

 

१             अग्नी                       दृष्ट्री                 नेत्र

 

२            वायु                        स्पर्श                 त्वचा

 

३             आकाश                     ध्वनी                कान

 

४            पृथ्वी                       गन्ंध                 नाक

 

५            जल                        स्वाद                जिव्रो