अन्तर्मन र भौगोलिक यात्राको सम्मिलन- सुनिलराज ढकाल

पुस्तक समिक्षा

 

कलर लेस लाइफ अफ सुकुरु टाजाकी एण्ड हिज यियर्स पिलग्रीमेज, हारुकी मुराकामी, अनुवादः फिलिप ग्याब्रियल, पृष्ठ संख्याः २९८, भिन्टेज पब्लिकेशन, मुल्यः ने रु.८००

केहि हराइरहेको र केहीको खोजि भइरहेको जस्तो जीवनलाई हारुकी मुराकामीका प्रायः सबै उपन्यासहरुले चित्रित गर्दछ । कलरलेस लाइफ अफ सुकुरु टाजाकी एण्ड हिज लङ्ग यियर्स अफ पिल्ग्रिमेज भन्ने पुस्तक अन्तराष्ट्रिय बजारमा दश लाख पुस्तकहरु बिक्रि भइसकेको छ र यो राम्रो विक्रि भएको रेर्कड हो ।

 

 

यसका प्रमुख पात्र सुकुरु टाजाकी टोक्योमा एक्लै बसेको धेरै लामो समय भइसकेको थियो । जीवनमा धेरै साथी बनाउन नसके पनि पनि आफ्नो  जीवनमा बोल्न मिल्ने साथीहरु उसले पहिले नै गुमाइसकेको कारणले नयाँ साथी बनाउन पनि सकेको थिएन ।

 

सुकुरु टाजाकी जब स्कुले जीवनमा हुँदा उसका २ जना केटा र २ जना केटी मिल्ने साथी थिए । उनीहरुको नाम आका, आओ, सिरो र कुरो थियो । जसको नेपालीमा अर्थ क्रमशः रातो, निलो, सेतो र कालो रङ्ग हुन्छ । उनीहरु सबैको नाउँको अर्थ एउटा/एउटा रङ्ग थियो, सुकुरु टाजाकीको बाहेक । सुकुरुको नामको अर्थ केहि चिज बनाउने मान्छे भन्ने हुन जान्थ्यो । टाजाकीसहित उनीहरुको समुहमा दुइ युवती र दुई युवक गरी जम्मा ५ जना साथीहरु थिए ।

 

बाल्यकालको सुमधुर सम्बन्ध प्रगाढ बनाउँदै उनीहरु धेरै मिलेर रहेका थिए । जापानको नागोया भन्ने शहरमा उनीहरुको समुह देखेर मानिसहरु अचम्म पर्थे र उनीहरुको इष्र्यासमेत गर्दथे । तर पनि उनीहरु आफ्नै  तरिकाले जीवन अगाडि बढाउँदै लगेका थिए । रहँदा बस्दा स्कुले जीवन अन्त्य हुन्छ ।

 

र, सुकुरु टाजाकीबाहेक अरु सबै नागोयामै बस्दछन् । सुकुरु टाजाकी भने पढ्नका लागि टोकियो शहरतर्फ लाग्छन । उनमा बाल्य अवस्थादेखि नै रेलको ट्र्याक बनाउँने सपना हुन्छ, जसले गर्दा उनी इन्जिनियरिङ्ग पढ्नका लागि टोकियो शहरमा पुग्छन् । उसका मन मिल्ने साथीहरु नागोयामा भएका कारणले उनलाई जहिले पनि छुट्टीको व्यग्र प्रतिक्षा हुने गर्दथ्यो ।

 

 

एक दिन विदाको समयमा ऊ नागोया पुगेर साथीहरुलाई फोन गर्छन् । तर, साथीहरु घरमा नभएको कुरा उनीहरुका परिवारबाट थाहा पाउँछन् । निरास भएर उनी साथीहरुको फोनको प्रतिक्षामा रात पर्दासम्म रिसिभर नजिकै बसेर विताउँछन् । साथीहरुको जवाफी फोन नआएपछि उनी निदाउँन सक्दैनन् । उनको अनिन्द्राको कारण चाँही उनलाई आप्mनो साथीहरुसँग बोल्न नपाउँदा जीवन नै अपुर्ण भएको जस्तो लाग्छ ।

 

 

अघिल्लो दिनको फोन गर्ने प्रक्रिया उसले फेरि दोहो¥याउँछ तर प्रतिउत्तर पनि पहिलेकै जस्तो आउँछ । दोस्रो दिन रातको समयमा भने उसले फोनको प्रतिउत्तर पाउँछ । जसमा‘कुरो’ भन्ने साथीले अब आइन्दा हामी कसैलाई पनि फोन नगर्नु र अबका दिनमा हामी कोही पनि तिमीलाई भेट्न चाहँदैनौं भन्ने जवाफ पाउँछन् । यस्तो शब्द सुन्दा उनको मन डराउँछ, मनमा ठूलो चोट लागेको महसुस गर्दछन् भने कारण पत्ता लगाउन अग्रसर पनि हुँदैनन् ।

 

 

त्यस दिनदेखि सुकुरु टाजाकीको जिन्दगीले ‘यु टर्न’ लिन्छ । त्यस दिनदेखि प्रायः उनी एक्लै घोत्लिने, खाना खान मन नलाग्ने, थोरै खाने गर्न थाल्छन् जसले गर्दा उनले महसुस गरेको चोटबाट बाहिर आउन सक्दैनन् । जब मानिस आफ्नो गल्ति थाहा नपाइकन विभिन्न मानसिक तनाव र मानसिक अन्र्तद्वन्द्वमा पर्दछ तव एक्लो महशुस गर्दछ । मानसिक द्वन्द्व चरम चुलीमा पुगिसक्छ र आप्mनो जीवन समाप्त गर्नेसम्मको स्थिति पैदा हुन्छ ।

 

 

एक रात सपनामा ऐठन भएर आफु मर्न लागेको जस्तो अनुभव गर्छन् र भोलिपल्ट बिहान उठ्दा आप्mनो मुहार ऐनामा नियाल्दा बहुतै ख्याउटे महसुस गर्दछन् । तर, जीवन यसरी चल्दैन भन्ने निष्कर्ष निकाल्दै आफ्नो जीवन हिजोको राती नै अन्त्य भइसकेको मानेर नयाँ जीन्दगीको सुरुवात आजको विहानीबाट गर्नुपर्छ भनेर अगाडि कर्म गर्नतर्फ लाग्दछन् ।

 

 

उनको यो निर्णयको उपज आगामी समय जीवन बाँचेर केहि गर्छु भन्ने सोच्दै आप्mनो खानपानदेखि नियमित व्यायाममा समय खर्चन थाल्दछ । एवं रितले समय वित्दै जान्छ र ऊ नागोया नगएको पनि १६ वर्ष वितिसकेको हुन्छ । आफना  साथीहरुलाई बाहिरी रुपमा भुलिसकेको भए पनि कतै न कतै मन भित्र त्यो समयको अनुभूति कायमै हुन्छ ।

 

 

समय वित्दै जाने क्रममा उनको भेट एक ‘सारा’ नामक महिलासँग हुन्छ । उनीहरु दुइ जनाबीचमा आत्मीयता प्रगाढ हुँदै जाँदा उनीहरुको सम्बन्ध सहवाससम्म पुग्छ । सोही क्रममा साराले टाजाकीको भौतिक शरीरसँगै एउटै विस्तरामा भए पनि मन भने बाहिर कतै भड्किरहेको भान पाउँछिन् । र, उनले कुरा खोतल्दै जाँदा टाजाकीले आफ्नो सम्पूर्ण अतित उक्त महिलासमक्ष व्यक्त गर्दछ ।

 

 

त्यति सारो आत्मियता भएका मित्रहरुको सम्बन्ध कसरी टाढियो भनेर सारा पनि अचम्मित हुन्छिन् । र, उनलाई कौतुहलता जागृत हुन्छ । यस्ता साथी कसरी छुट्टिए, त्यसको कारण के थियो होला ? पत्ता लगाउन सारा उत्सुक हुन्छिन् ।

 

 

त्यसपछि साराको समय सुरु हुन्छ कि ती साथीहरुको अवस्था पत्ता लगाइदिने र एवं रितले उनले सोसल मिडिया फेसबुक तथा गुगलको माध्यमबाट ती सबै साथीहरुलाई खोजिदिन्छिन् । त्यतिबेलासम्म टाजाकीलाई प्रविधिको दुनियाले ठूलो फड्को मारिसकेकोसमेत पत्तो हुँदैन ।

 

 

आत्मीय साथीहरुसँग छुट्टिनु पर्दाका दिन सम्झँदै त्यतिबेला कारण पत्ता लगाउन मन नलागे पनि अब भने उसमा कौतुहलता जागृत हुन्छ र उसले साराको माध्यमबाट आफ्नो मानसपटलमा परेको असर र मनमा लागेको घाउलाई मेटाउन तयार हुन्छ । कुनै धार्मिक तिर्थाटनमा जान तयार भए जसरी । त्यही यात्राको वर्णन गरिएको छ, यो उपन्यासमा ।

 

 

टाजाकीसँगको विछोडमा अन्य ४ जना साथीहरु सुखी र खुसी जीवन बिताइरहेका छन् ? के उनीहरुको मनमा टाजाकीलाई छोड्नु पर्दाको कुनै ग्लानी छ ? के टाजाकी आफ्नो नाममा रंग नभए पनि साथीभाइसँग भेटेर आफ्नो मनमा लागेका चोटहरुलाई रंगले भर्न सफल होलान् ? के उसले यहि तिर्थाटनबाट आफ्नो  पुरानो टाटो धुन मद्दत गर्ला ? यस्ता धेरै प्रश्नहरुको उत्तर यस पुस्तकमा पाउँन सकिन्छ ।

 

 

लेखाइका लागि हारुकी मुराकामीको उचाइ कता–कता पाउलो कोहेल्होसंग तुलना गर्न सकिन्छ किनकी मुराकामी पनि पात्रको मनोविज्ञानलाई राम्रोसँग खेलाउन सफल लेखक हुन् । उनका हरेक लेखाइ एक अन्र्तमनको यात्रा र बाह्य भौगोलिक यात्रासँग सम्बन्धित हुन्छ ।

 

 

पुस्तकमा सरल भाषाको प्रयोग, शब्दको मिठास युक्त संयोजन, पात्रमाथि केन्द्रित कथावस्तु जस्ता कारणले उपन्यास पठनीय छ । यो उपन्यासलाई भिन्टेज पब्लिकेसनले बजारमा ल्याएको हो । यो पुस्तक पहिला जापानीज भाषामा प्रकाशित यो उपन्यषस पछि अंग्रेजी भाषामा अनुवाद भएको हो । यसको अनुवाद गरेका फिलिप ग्याब्रियलले हुन र अंग्रेजीकरण पनि बेजोड छ ।

 

 

ढकाल विश्वभाषा क्याम्पस, प्रदर्शनी मार्गमा स्पेनिस भाषा प्रशिक्षक हुन