वास्तु पद मण्डल

 

 

कुनै पनि चीजको जिणोद्वारको लागी ४९ कोष्ठ भएको वास्तुको पुजा गरिन्छ । यसमा ब्रहमाको ५ पद हुन्छ । सामान्यतया नयाँ भवनको निर्माण हेतु छ कोष्ठ भएको वास्तुमा ब्रहमाको ५ पद हुन्छ । तर, जिणोद्वार गर्दा ४९ कोष्ठमा ५ पद ब्रहमलाई मान्य गरिन्छ । साथै अन्य देवताको नाम यस प्रकार रहेको छः  इश, जयन्त, पर्जन्य, इन्द्र, सुर्य, सत्य, भृशं आकाश, अग्नी दिती, अदिती, आप, वत्स, आर्यमा, सावित्री, सविता, मुख्य्, नाग, रुद्र, रुद्र्गण, मैत्रगण, इन्द्र, जय भृंगराज, मृग, रोग, पाप, शोण, असुर, वरुण, पुस्पदंत, दौवारिक, सुग्रीव, र पितृ स्थान हुन्छन् । पितृ स्थान रिक्त हुन्छ, त्यसलाई वास्तु निर्माणको समय खाली नै छोडिन्छ ।

 

 

एकाशिती पदेः समस्त भवते अर्थात सवै भवनमा ८१ पदको वास्तु पुजनीय मानिएको छ । यसमा ब्रहमको ९ पद वर्णन छ । र, देवताहरु यस प्रकार छनः इश, पुर्जन्य, जयन्त, इन्द्र, सुर्य, सत्य भृशं, आकाश, अग्नी, दिती आपवत्स, सावित्री, पुषा, अदिती, आप, अर्यमा, सविता, वित्य, चरक, गृहक्षत, कुवेर, पृथ्वीधर, विवस्वान, यम, भल्लाट, गन्धर्व, मुख्य, पापयक्षमा, जय, भृगंराज, नात्र, रुद्र, मरुत, इन्द्र, मृग, रोग, पाप, शोण, असुर, वरुण, पुस्पदंत, दौवारिक सुग्रीव, र पितृ । सामान्यतया यसमा ८१ कोष्ठ भएको वास्तुको उपयोग नै गर्नु श्रेयष्कर हुन्छ ।

 

ब्रम्हाको १६ पद

 

वास्तु ग्रंथमा महलको लागी १०० कोष्ठको वास्तुलाई जोड  दिइएको छ । यस सन्दर्भमा प्रसिद्ध वास्तुग्रंथ राज वल्लभमा भनिएको छ । प्रसादे तु शतांशकैः तु सकले पुज्यः तथा मण्डपे अर्थात महलमा १०० पदको वास्तु प्रशस्त हुन्छ र मण्डपमा वास्तु मण्डलाकार वनाई पुजा गरिन्छ । यसमा ब्रहमको १६ पद हुन्छ ।

 

ब्रम्हाको  २४ पद

 

वास्तु ग्रंथमा उल्लेख भएअनुसार इनार, कुवा वा सरोवरको निर्माणमा गर्दा १४४ कोष्ठको वास्तु निर्माण प्रशस्त मानिन्छ । यस सन्दर्भमा प्रसिद्द ग्रंथ राजवल्लभमा कुषे षस्पव चन्द्र भागसहिते अर्थात कुवा, इनार, र सरोवरको निर्माणमा १४४ पद वास्तुको निर्माण उपयुक्त मानिएको छ । यसमा ब्रहमको २४ पद राखिन्छ ।

 

ब्रम्हाको  ३२ पद

 

अनेक प्राचिन ग्रंथमा तलाउ, बौध, र उधान आदीको निर्माणको लागी पनि वास्तु पद मण्डलको सम्बन्धमा उल्लेख गरेको पाइन्छ । राज बल्लभ ग्रंथमा भनिएको छः

 

वाप्यां तडागे बने अर्थात तलाउ, बौध र उधानको लागी १९६ कोष्ठ भएको वास्तुको उपयोग गर्न उल्लेख गरिएको छ । यसमा ३२ पद हुन्छ ।

 

ब्रम्हाको  १०० पद

 

किल्ला, हवेली, महलको प्रतिष्ठा अथवा धेरै ठुलो पुजा वा करोडौ हवन आदीको लागी १००० कोष्ठ भएको वास्तुको उपयोग गर्नुलाई श्रेष्ठ मानिएको छ । यस्तो वास्तुमा ब्रहमाको १०० पद मानिएको छ । अर्थात कुनै किल्लाको प्रतिष्ठा गर्नका लागी धेरै ठुलो पुजा हवन करोडौमा नगरमा सिद्द लिंगको स्थापना गर्न १००० कोष्ठ भएको वास्तु निर्माण गर्नुपर्छ भनी उल्लेख पाइन्छ ।

 

विभिन्न  पदको प्रतिनिधी देवता

 

भुमीको विभिन्न खण्डको प्रतिनिधी देवता शुभ वा अशुभ स्थितिको कारणले बन्ने गर्दछ । देवताको संक्षिप्त परिचय यस प्रकार छनः

 

इशः महादेव शिवको स्थान वास्तु पुरुषको निधार ( मस्तक ) हो । त्यसकारण शिबको स्थान भवनको इशान दिशामा हुनुपर्छ । याध इश आशाय शिव हो ।

 

भृगः वेदमा मृगलाई यज्ञको पशु मानिएको छ । अतएवं केवल स्वर्गको देवता मात्र नभई पशुपक्षी पनि यज्ञको पवित्र पात्र हुन्छन ।

 

वरुणः वरुण पापको देवता भएको यजुर्वेदमा यसको वर्णन छ ।

 

अदितीः अर्थववेद (८, ९, २१) मा मानिएको छ । अष्टयोनिरदितिरष्ट पुत्रा अर्थात अदिती आठ आदित्यको माता हो । यिनी विशव देवी हुन । यिनलाई सोमको जननी भनिन्छ । कयौ ग्रंथमा अदितीलाई प्रतिष्ठा दिने भनेर वर्णन गरिएको छ । पाप र कुकर्मलाई नाश गर्ने देवी अनन्यादी देवताको माता हो ।

 

सविताः सविता एक विशेष नाम हो । ऋगवेदमा उल्लेख भएअनुसार सुर्य उदयभन्दा केहि पहिलेको समयलाई सविता भनिन्छ । यो समय त्रिलोक मै विशेष र महत्वपुर्ण हुन्छ । “शतपथ“ ब्राहमणमा यसलाई राष्ट्राध्यक्षको संज्ञा दिइएको छ । गायत्री मन्त्रको सम्बोधन पनि सवितालाई नै गरिन्छ । त्यसकारण यस मन्त्रलाई सावित्रे मन्त्र पनि भनिन्छ ।

 

प्रजापतीः ऋगवेदमा प्रजापतीको आव्हान यस प्रकार गरिन्छ ।

 

आतः प्रजा जनमुक्त प्रजापतीः अर्थात प्रजापती लोकको अधिश्वर हो । असुरको सृष्टी प्रजापतीले नै गरेका हुन । यिनी यज्ञको जनक हुन । प्राचिन ग्रन्थ शतपथ ब्राहमणमा प्रजापतिसंग जोडेर यसो भनिएको छः  प्रजापतिर्वै विश्वकर्मा अर्थात विश्वकर्मा नै प्रजापति हुन ।

 

विश्वकर्माः ऋृगवेदमा प्रजापति, ब्रहमा र विश्वकर्मालाई यो तीन रेप एउटै शक्ति पुञ्ज मानिएको छ । विश्वकर्माको स्तुति गर्ने । सुक्त पनि ऋृगवेदमा पाइन्छ । यिनलाई सृष्टीकर्ताको रुपमा प्रतिष्ठित गरिएको छ । शतपथ ब्राहमण ग्रन्थअनुसार विश्वकर्मा नै ब्रहमा हो । संहारको समय यो सृष्टी उनैमा लिन हुन्छ ।
ब्रहमाः ब्रहमाको रुप ग्रंथहरुअनुसार हातमा वेद, कमण्डल , एव रुद्राक्षको माला ब्रहमालाई नै सृष्टीको रचयिता मानिएको छ ।

 

रुद्रः शास्त्रीय ग्रंन्थमा रुद्रको रुपको ब्याख्या बिभिन्न स्थानमा अलग अलग पाइन्छ । रुद्र मरुतहरुको पिता हुन।

 

मित्रः अथर्ववेदमा मित्रलाई प्रातः कालको पुजनीय देवताको रुपमा मान्यता प्राप्त छ । यीनलाई शान्तीको देवताको रुपमा पनि पुजा गरिन्छ ।

 

गन्धर्वः जैनिनी उपनिषदमा भनिएको छ

 

गंधा मे मादो मे प्रमोद मे तन्मेयलुड्षस्मासु अर्थात गन्धर्वमा गन्ध, आनन्द एव प्रमोदको गुण हुन्छ । ऋगवेदमा यिनलाई सोम रसको रक्षक मानिन्छ । गन्धर्वलाई प्रेम स्त्रीको अभिलाषी वताइएको छ ।

 

पितृः पितृ स्वर्गमा रहन्छन अवर, उपर, पर मध्यम पुर्व आदी यिनीहरुको श्रेणी हुन्छ । यिनको प्रमुख यम हुन्छन जस्तै मृतकलाई परलोक जाने मार्ग बताउँछन यो वर्णन ऋृगवेदको दसौ  मण्डलमा पाइन्छ ।

 

असुरः यजुर्वेदमा असुरलाई देव स्वरुप मान्यता दिइएको छ । तर ऋृगवेदमा यिनीहरुलाई देव विरोधी मानिएको छ ।

आवदेवः ऋगवेदमा आप शब्दको प्रयोगलाई जल प्रवाह    बादल  नदी आदीको लागी गरिन्छ । साथै अमृत सरह मानिएको छ । आप शब्दको अर्थ जल वा निर जसको प्रयोगले कष्ट निवारण गर्छ ।

 

सवित्राः ऋगदेवमा सवित्रा शब्दको प्रयोग चरित्रको लागी गरिन्छ । ऋगवेदको दसौ मण्डलमा यीनको विवाह सोमदेवसंग भएको बर्णन गरिएको छ ।