पशुपतिमा भेटिएको त्यो अघोरी

अनुभुति

 

सुनिलराज ढकाल

 

 

समय सँधै एकैनास हुदैन । समयको भेलमा बग्दै गर्दा अनेकन अनुभुतिहरु सगाल्न पाइन्छ र सगालिदै गइन्छ । नयाँ-नयाँ अनुभव संगाल्ने क्रममा एक दिन पशुपतिमा एक अघोरीसँग साक्षात्कार भएको थियो, केही वर्ष अगाडि ।

 

 

लहैलहैमा साथीहरुसँग गाँजा खाने चाहाना चर्काे मात्रामा लागेको थियो । पशुपतिका घाटघाट चहार्दै कहाँकस्ता योगीहरु छन् हेर्दै, नयाँनयाँ अनुभव संगाल्ने र जीवनलाई बुझ्ने जमर्काे हामी सबैमा हुने गर्दथ्यो । त्यसै क्रममा आजभन्दा पाँच वर्षअगाडि भेट भएको थियो, अघोरीहरुसँग । उनिहरुको अनुभव मेरा लागि चाखलाग्दा विषय रहेका छन् ।

 

 

भगवानलाई खुशी पार्ने दुई माध्यम छन् । एक पुष्प, अविर, सुगन्ध आदिको प्रयोग गर्दै जप, तप र ध्यान गर्ने माध्यम । यो मार्ग प्रचलित मार्ग हो । यसैको विपरित अर्काे मार्ग बाम मार्ग हो । यस मार्गमा केहि पनि वर्जित छैन । सबै थोक सृष्टिकै उपज हो भन्ने कुरामा यो मार्गपन्थीको विश्वास छ ।

 

 

बाम मार्गलाई अंगिकृत गर्दै अगाडि बढेका यी अघोरीहरु सँधै मसान वरिपरि बसि मांसहार, मदिरा पान, मत्स्य भोजन, मैथुन, मल र मुत्र आदी सबैलाई पवित्र मान्दछन् । अघोर मार्गमा केहि पनि वर्जित छैन । संसारमा भएका सबै चिज ईश्वरकै सृष्टि हुन् र कुनै पनि चिज नराम्रा हुँदैनन् भन्ने कुरा अघोरीहरुको मुल मन्त्र हो ।

 

 

भौतिक संरचना र भौतिक विकासलाई तुच्छ मान्दै मानवको विकास आन्तरिक रुपमा आप्mनो साधनाको आधारमा हुँदै जान्छ भन्ने उनीहरुको विश्वास छ । र, त्यहाँ भेटिएका मध्ये एउटा अघोरी पनि त्यसबाट अछुतो भने छैनन् ।

 

 

समयको चक्र परिवर्तनशिल छ । मानव जीवन शिशु अवस्थाबाट शुरु हुन्छ । र, रहँदै जाँदा वयश्क र बूढो बन्छ अनि बूढो भएपछि आप्mनो चोला बदल्छ । त्यसरी नै उनि पनि शिशु अवस्थामा राम्रै पारिवारिक अवस्थामा हुर्केका थिए । बुबा पेशाले इन्जिनियर र आमा गृहिणी भएकोले उनलाई सानैदेखि भौतिक विलाशिताको जीन्दगी व्यतित गरेका थिए । तर सानैदेखि जिद्दि स्वभावका उनलाई उनका बुबा आमाले ‘कस्तो अघोरी रहेछ’ भनेर गाली गर्दथे रे । त्यही अघोरी शब्दको अर्थ पत्ता लगाउन उनि सानै उमेर देखिनै उक्त कौतुहलता खोतल्न थाले र उनि पनि त्यसको मर्म बुझ्दै जाने क्रममा अघोरी बने । कुरा उनि ११ वर्षको हुँदाको हो, एकदिन गाउँमा घुम्न आएका अघोरीलाई देखेपछि अघोर बुझ्नको लागि उनी सोही अघोरीकोपछि लागेर बाम मार्गमा लागेको उनले बताए ।

 

 

आफ्नो साधना र जीवनको रुपमा धेरै कुरा नगर्ने उनी ज्ञान र अध्यात्मका ’boutमा कुरा गर्दा भने टाठा आँखा बनाइ आधा हिन्दी र आधा नेपाली मिसाएर कुरा गर्न मन पराउँछन् । उनलाई पैसाको कहिल्यै दुःख भएन रे । उनी जब साधना गर्दथे, आफुलाई चाहिने सामान तथा पैसा कताकताबाट हो कुन्नी आफै जुट्थ्यो भन्ने कुरा उनी बताउँछन् । पैसाले सबै कुरा किन्न सकिन्छ, तर पैसाले भगवान किन्न सकिँदैन र उनकाअनुसार उनले भगवानलाई देख्ने श्रोतको रुपमा आफ्नो साधना र तपस्यालाई श्रेय ठान्छन् । आधा रातमा मसानमा आगो बालेर ध्यान गर्दाको निश्चलता र काम, क्रोध, लोभ, मोह र अहंकारको शिकार नभइ जीवन चलाउन सकिने कुरा ध्यान र साधनाबाट मात्रै सम्भव हुन्छ भन्ने अघोरीले विश्वास गर्दछन्, त्यसको ज्वलन्त उदाहरण हुन् उनि नै हुन् ।

 

 

उनीसँग कुरा गर्दै जाँदा उनले आप्mनो गुफामा आउने निम्तो दिए । गुफा साँघुरो र अँध्यारो थियो । भित्र पुगेपछि केहि समय त्यस अँध्यारोमा उनले बलिरहेको धुनिमा दाउरा थपे । जब आगोको राँको दन्कियो, त्यसपछि उजागर भयो त्यस गुफाको भव्यता । हुन त त्यस गुफामा त्यस्तो आरामदायी कुराहरु केहि पनि थिएनन् । तर, पनि झट्ट हेर्दा त्यहाँ कुनै कुराको अभाव पनि थिएन । गुफाको एउटा कुनामा सुत्नका लागि प्रयोग हुने राडी थियो र त्यहाँ नजिकै एउटा त्रिशुल र एउटा मानव खप्पर थियो । मानव खप्पर किन यहाँ राखेको भन्ने जिज्ञासामा उनले दिएको जवाफ चित्त बुझ्दो  थियो । उनले बताएअनुसार मानव खप्पर आकाश र धर्तीमा मानिसको अन्तिम अवशेष हो । मानव जन्मेपछि केहि समयमा फेरी त्यही माटोमै मिल्छ । र, खरानी हुनुभन्दा अगाडि बाँकी रहने भनेको त्यही खप्पर हो । मानिस जहिले पनि आफ्नो मृत्युबाट टाढा भागिरहेको हुन्छ र जब आप्mनो मृत्युको दिन नजिक हुन्छ उनीहरु आत्तिन्छन्, रुन्छन् र त्यही डर आफुबाट हटाउन साधनाले मद्दत गर्दछ ।

 

 

त्यसै गरी त्रिशुल पनि अघोर साधनामा ज्यादै महत्व राख्दछ । त्रिशुलका तीनवटा भागले ब्रम्हा, विश्णु र महेश्वरलाई जनाउँदछ । प्रत्येक धर्म दर्शनमा तीनलाई महत्वपूर्ण संकेतको रुपमा लिइन्छ । उनकाअनुसार त्रिशुल अघोरीको शक्ति संचय गर्ने एउटा ठाउँ हो । यसले कसैको विरामी हटाउन, आशीर्वाद दिन जस्ता कार्यहरुमा प्रयोग गरिन्छ ।

 

 

अघोरीसंगको त्यो साक्षात्कार आफैँमा पूर्ण भने थिएन । मनमा लागेका अन्य जिज्ञासाहरु नमेटिदै त्यस दिनका लागि हामी छुट्टियौँ र अर्काे भेट हुने अवसर पनि प्राप्त भएन ।