लाल कितावअनुसार कुण्डली र उपाय

सबै उपायको संक्षिप्त सूची बनाई कमसेकम त्रिचालिस दिनसम्म निरन्तर त्यसको उपाय गर्दा ग्रहको अशुभता समाप्त पारेर जीवनमा उन्नति प्रगतिको मार्ग प्रशस्त हुन्छ र सफलता निश्चित रुपले प्राप्त हुन्छ ।

 

आज मैले लाल कितावअनुसार कुन ग्रह कुन भावमा अशुभ हुन्छ, र के कस्ता उपाय गर्दा अशुभलाई  शुभफल प्राप्ती गर्न सकिन्छ भन्ने विषयमा थोरै प्रकाश पार्ने छु । आफ्नो जन्म कुण्डली आफ्नैअगाडि राखेर बिचार गर्नुस कुन ग्रह कुन भावमा स्थित रहेको छ । द्वादश भाव अर्थात १२ वटै कोष्ठमा भएको ग्रहको स्थितिअनुसार उपाय लेखी त्यस मध्ये आफ्नो अनुकुल सरल उपाय चयन गरी ब्यबहारमा ल्याउ ।

 

उधाहरणकालागि कुण्डली 


 

यस कुण्डलीमा सुर्य र गुरु निचको छ । यस कुण्डलीको जातकले सुर्य र गुरुलाई उच्च बनाउनको लागी यस प्रकार यो उपाय अपनाउदा श्रेष्ठ फल  प्राप्ती हुनुको साथै उत्त निच ग्रहले पनि उच्चता प्रदान गर्छ ।

 

सुर्यलाई उच्च गर्न सुर्यको वस्तु शम्सानमा लगेर गाड्ने । गुरुलाई उच्च गर्न गुरुको बस्तु जस्तै चना दाल नदिमा बगाउने । जन्म कुण्डलीमा शुक्र प्रथम भावमा उपस्थित छ भने त्यसका लागी निम्न उपाय गर्ने ः
१. प्रेम काम वासना र अयाशीमा न लाग्ने

२.सुर्यास्त अगाडि संभोग नगर्ने

३. गौमुत्रको प्रयोग गर्ने

४. श्रीमतीले स्वर्ण क्लिप लगाउँने

५. ईश्वरमा पूर्ण विश्वास गर्ने

अरुको सल्लाह अवश्य लिने

सख्खर नखाने

कालो गाईको सेवा गर्ने

गौ ग्रास (खाना खानु अघि गाई, काग र कुकुरलाई तीन भाग छुट्याउने) दिने
जन्म कुण्डलीमा सुर्य मंगल बुद्ध दोस्रो भावमा छ यस भाव स्थीत ग्रहको उपाय यस प्रकार गर्ने ः
सुर्यको दोस्रोे भावको उपायः दान कहिले नलिनु कसैसंग कुनै वस्तु त्यसै सित्तैमा नलिनु, चामल चोरीको र दुध बिर्सेर नलिनु, नरिवल तेल बदाम मन्दिर वा कुनै धार्मिक स्थलमा दान दिनु, चरित्र खस्ने कार्य कहिले नगर्ने चरित्र हिनताबाट सधै बचने,  पैतृक भवनमा पनि धारा इनार हैण्ड्पम्पको व्यवस्था गर्ने ।

 

मंगलको दोश्रो भावको उपायः दिवा समयमा सख्खर गहु बच्चालाई बाँड्ने । अरुलाई वा दुःख पाएको आफन्तलाई पाल्दा उन्नति र प्रगति हुने छ । त्यसैले सके दीन दुःखीलाई अवश्य पाल्नु । दाजुले भाईलाई भाइले दाजुलाई सम्मान गर्ने, कहिले अपहेलित नगर्नु । यदी दाजु भाईले एक अर्कालाई दुत्कार्दा हेप्दा बुझ्नुस की आफ्नो अवनतिको द्वार खुल्यो ।  चौदी, चामल, दुध, पानी, सेतो वस्तु धोती वा गम्छा धार्मिक स्थलमा दान गर्ने । मृगछालामा सुत्ने, आमा हजुरआमाको सेवा गर्ने । ससुरालीमा इनार नहोस रातो रुमाल साथमा राख्ने ।
बुद्धको दोस्रो भावको उपायः सालीलाई साथ नराख्नु । नाक छेडी ९० दिनसम्म चाँदी लाउने वा ९६ घण्टा नाकमा प्वाल राखने । चन्द्रमा र गुरुको वस्तु जस्तै चनादाल पहेलो बस्त्र दुध केरा चाँदी चामल मन्दिरमा दान गर्ने । फिटकिरीले दात सफा गर्ने । यो भाव भएकाले भेडा बाख्रा मैना कहिले नपाल्नु ।

 

गुरु पाचौ भावको उपायः टुपी राख्ने, धर्मको आडमा धन संग्रह नगर्नु, लोभ लालच त्याग्ने, र सदैव श्री गणेशको उपासना र आराधना गर्ने । गणेश पुजन गर्ने ।

 

केतुको उपायः कुकुरलाई गुलियो रोटी खान दिने । माछा, मासु, अण्डा, रक्सी साथै परस्त्री गमनबाट बाँच्ने, कसैसंग सितैमा केहि पनि नलिने र जोगी साधुको सेवा गर्ने तथा मन्दिर सरसफाई गर्ने ।

 

शनी पंचम भावको उपायः पैतृक भवनको अंधेरो कोठामा सख्खर, तामा, सौफ, खाड, मह, मुंगा, हथियार, चामल, चाँदी, चादीको घोडा स्थापित गर्ने । आफ्नो भारको दशांश बदाम नदीमा बगाउने । सन्तानको जन्म दिनमा  खाने गुलियो बस्तुमा हल्का नुन मिसाएर खाएर मनाउने, घरमा कुकुर पाल्ने । मुंग दालको गेडा दान गर्ने । अड्तालिस बर्ष पुर्व आफ्नो निज निवासको निर्माण नगर्नु ।
केतु छठौ भावको उपाय :  कुकुर पाल्ने,  स्वर्ण औठी बायाँ हाथमा लगाउँने गुरु बृहस्पतीको उपाय गर्ने ।

 

चन्द्रमा दसौ भावको उपायः गुरु ग्रहको उपाय गर्ने । चरित्र ठिक राख्ने यदी डाक्टर बैध चिकित्सक भए औषधी निशुल्क कहिले नदिनु । राती दुध नपिउने । गंगा जल इनारको जल भुमी  भित्रको जल घरमा कमसेकम १०, १५ बर्ष राख्ने, दुध दिने पशु घरमा नपालनु सकेसम्म झोल औषधी नखाने, घर निर्माण नगर्नु , ससुरालीसंग धेरै गाढा समबन्ध नराख्नु ।
राहु बार्हौ भावमा भए उपायः घरको अन्तमा अंधेरो कोठा बनाउने राति सिरान मुनी चिनी वा सौफको थैलो रातो कपडामा बनाई वा मुंगा सिरान मुनी राखी सुत्ने । खाना जहाँ पकाइन्छ अर्थात भान्छा मै खाने कोठा वा अन्त लगेर खाने भुल नगर्नु । कम सोचने जिद्दी र हटी बानी त्याग्ने ।
उर्पयुक्त सबै उपायको संक्षिप्त सुची बनाई कमसेकम चालिस वा त्रिर्चािलस दिनसम्म निरन्तर गर्दा तपाईको सफलताको कारण अवश्य बन्न सक्छ । किनकी यस उपायद्वारा ग्रहको अशुभता समाप्त भई जीवनमा उन्नति प्रगतिको मार्ग प्रशस्त हुन्छ । जीवनमा सफलता निश्चित रुपले हात लाग्छ ।
[email protected]

977-9849428414