तपाईको ग्रहदशा

ज्योतिषी–ओजराज उपाध्याय लोहनी
(२०७५ साल श्रावण १९-२६)
साता त्यति नराम्रो छैन । शुरुमा मान सम्मान मिल्नुको साथै गरेका परिश्रमले धनलाभ हुने छ । कार्यमा अघि बढ्दा हुने भेटघाटले आफूप्रति अरुको आकर्षण बढने छ । भाग्य र कर्म बलियो भएकोले मनोबल बढनेछ ।
निर्णयको प्रभाब कायमै रहने भएकोले काम सफलता पाउन गाह्रो पर्नेछैन । शत्रु कमजोर हुनेछन् । कुरा काटनेहरु आफै निस्तेज हुनेछन । विश्वास गरेकाले साथ दिनेछन् । यात्रामा भेटघाटको अवसर पाउने योग छ ।
पहिलो भेटमानै वातवरण अनुकूल बन्ने भएकोले व्यापारमा नयाँ मार्गफेला पर्ने र अन्य काममा सफलता मिल्नुको साथै अरुको सहयोग पाइने । आफ्नु प्रयासमा धेरैकाम बन्ने योग छन । सोम, मंगल र शुक्रबार गलत विचार बढने छ । विबाद बढने र धन नास हुने छ । अरुबाट आलोचना हुने भएकोले गोपनीयता अपनाउनु पर्ला । अरुको भर नगरी सफलहुने प्रयास आफैले गर्नु पर्ला ।
साताको शुरुमा परिबारिक चिन्ताले गलत विचार बढ्ने छ । खर्च बढ्ने, स्वास्थमा संकट आउने, काममा बाधा आउने र अरुको आलोचनाले मनमा उदासिनता बढ्ने योग छ ।
लेनदेनमा विबाद चुलिने छ । समयमा निर्णय नहुदा आफ्नु काममा अरुले अधिकार जमाउनेछ । विनाकारण आउने समस्याले मन अशान्त हुने योग भए पनि सोम, मंगल र तथा शुक्रबार मनोबल बढ्ने छ ।
पराक्रम बढने भएकोले प्रयत्न गर्दा परिश्रमले धेरै काममा सफलता मिलनुको साथै व्यापार बढने यात्राममा लाभ हुने भेटघाटमा मन प्रसन्न हुने योगछ ।
अरुको विश्वास जित्न सजिलै सकिनेछ । पहिलो भेटमानै प्रसन्न भइ सहयोग गर्न तत्परता धेरैले देखाउनेछन । मान सम्मान पनि बढ्ने छ । सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्ने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । बुद्धिको तारिफ धेरैले गर्नेछन । पदक प्राप्तिको पनि सम्भावना छ । आप्नै प्रयासले नयाँ काम हात पार्न सकिनेछ ।
साता समग्रमा राम्रो छ । शुरुमा पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । मनग्य धन कमाएर रमाइलो गर्ने अवसर मिल्नेछ । नयाँ भेटघाटमा मन रमाउनेछ । अरुबाट प्रसम्सा पनि पाउनुहोला ।
नयाँ काम गर्ने अवसर पनि मिल्ने छ । भाग्य बलियो छ । बुद्धिले समयको सदुपयोग गर्ने छ । यात्रा गर्ने अवसर पनि मिल्ने छ । आफन्तहरुको उचित सहयोग मिलनेछ ।
ज्ञानआर्जन मनग्य हुने छ । घर जग्गा जोढ्ने अवसर मिल्दै छ । सोम, मंगल र शुक्रबार खर्च बढ्नुको साथै विबाद बढ्ने छ । शत्रु माथि पर्ने र घरेलु समस्याले सताउने छ । गलत विचार बढने र स्वास्थमा संकट आउने काममा अवरोध आउने छ । मनमा चिन्ता बढ्ने योग छ । नैराश्यता र उदासिनता बढ्ने छ । कुरा काट्नेहरु बढ्ने योग भएकोले काम गर्दा साच विचार गर्नु पर्ला ।
प्रयास गर्दा समयले साथ दिने योग छ । शुरुमा कर्म बलियो हुनुको साथै भग्यले साथ दिने तथा धर्ममा रुचि बढ्ने छ । पढाइमा पनि सुधार आउनेवाला छ ।
यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेट घाटले काममा झन् रुचि बढाउने छ । पराक्रम बढ्ने र अधुराकाम पूरा हुने योग छ । व्यापारमा पनि सफलता पाउनुहोला । तपाइको लगनशीलता र इमान्दारिताको सम्मान गर्नेहरु प्रसस्तै हुने छन् ।
धन आर्जन पनि राम्रै हुने छ । सफलताको लागि धैर्य गर्नु जरुरी छ । बुध र बृहस्पतिवार खर्च र विबाद पनि बढ्ने छ । धन नास हुने योग छ । अरुले आलोचना गर्ने छन् । मनमा चिन्ता बढ्ने छ ।
अरुको विश्वासमा सफलता पाउन सकिदैन । स्वास्थ्यमा संकट आउने भएकोले खान र बोल्न सजगता अपनाउनु होला । घरेलु समस्याले सताउने क्रम यथावत भएकोले संयम हुनु होला ।
साता समग्रमा नराम्रो छैन । खर्च बढ्ने, विबाद बढ्ने छ । तर भाग्य वलियो भएकोले सत्यको जीत भएर आफूमा ठूलो हिम्मत आउने छ । सानु प्रयासले पनि काममा सफलता पाउन सकिनेछ । विश्वासमा धेरै काम हुने छ ।
कुरा काट्नेहरु बढे पनि प्रशंशकहरु धेरै हुने छन् । अरुको विस्वासले जितेर आमदानिका मार्गहरु सबै खुलाउन सकिनेछ । मित्रहरु प्रसस्तै सहयोगी हुने छन् । समयले पनि साथ दिनेछ ।
काममा तगारो लगाउनेहरुको कमी नभए पनि सजगताका साथ प्रयास गरे व्यापार तथा यात्रामा लाभ उठाउन सकिने छ । आत्मबल बढ्ने भएकोले धेरै काममा लाभ पाउन सकिने छ । शुक्रवार शत्रु सकृय हुने छन् । खर्च र विबाद बढ्नुको साथै झुटा आरोपमा फसाउने प्रयत्न हुने भएकोले अरुको विश्वास गरे अप्ठ्यारोमा परिएला ।
समय राम्रो भए पनि शुरुमा समय प्रतिकूल रहने छ । रोग बढ्ने, लेनदेनमा विबाद बढ्ने र साना काममा पनि अवरोध आउने छ । विना कारण अप्ठ्यारोमा फस्नु पर्ने र कुुरा काट्नेहरु बढ्ने भएकोले कडा गोपनीयता अपनाउनु उचित हुनेछ ।
आफन्तहरुको असहयोग र बौद्धिकताको कमीले नैराश्यता र उदासिनता बढे पनि सोमबारदेखि मानसम्मान मिल्ने छ । सभा सम्मेलनमा जाने अबसर मिल्ने छ । ठूला व्यक्तिकासाथ अन्तरक्रिया गर्दै अघि बढ्दा व्यापारमा लाभ उठाउने अवसर मिल्ने छ । अरुको सहयोग मिल्ने छ । पढाइमा पाउने सफलता कायमै रहने छ । शत्रु पराजय हुनेछन् ।
भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने छ । आमदानिको नयाँ श्रोत प्राप्त हुनेछ । प्रेममा सफलता सजिलै मिल्ने छ । भेट घाटमा मन रमाउनेछ । । बैदेशिक कार्यमा लाभ सोचे जस्तै पाउन अलि कसरथ गर्नु पर्ला ।
साताको शुरु र अन्त्यमा ग्रह गोचर राम्रो छ । भेटघाटले मनोबल बढ्ने भएकोले गरेका कामबाट मन प्रसन्न रहने छ । सोच्ने शक्ति बढ्ने छ । बोलिको प्रभाब बढ्ने छ । अरुले विश्वास पनि गर्ने छन् ।
पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आफन्तहरुको उचित सहयोग मिल्ने छ । व्यापारमा लाभ सोचे जस्तै पाउनु होला । शत्रु पराजीत हुने छन् । बुद्धिको तारिफ ठूला व्यक्तिले गर्ने छन् । सोमबारदेखि बुधबारसम्म स्वास्थ्यमा संकट आउनुको साथै लेनदेनमा विबाद बढ्ने भएकोले मनोबल कमजोर हुने छ ।
पहिलो भेटमा नै असन्तुष्ट भै आक्र। मण गर्न खोज्नेहरु प्रसस्तै हुने छन् । धन माल हराउने र भाग्यले साथ नदिने देखिन्छ । धर्ममा अरुचि बढ्ने छ । शत्रु बढने भएकाले खान र बोल्न विचार गर्नु उचित हुनेछ । महत्व पूर्ण काम शुरु र अन्त्यमा गर्नु होला अरुदिन संयम रहनु बेश ।
ग्रह गोचर पूर्बाध्र्दमा राम्रो छ । शत्रुसंग सजग भएर स्वास्थ्यको ख्याल गर्दै प्रयास गर्दा हरेक काममा सफलता पाउने र धन आर्जन हुने योग छ । व्यापारमा लाभ मिल्ने छ । सामाजिक कार्यबाट प्रशम्सा पाउनु होला ।
भाग्यले साथदिने भएकोले मन साताभर प्रसन्न रहनेछ । बौद्धिक कार्यमा गरेका प्रयासहरु सकारात्मक परिणाम लिएर आउदै छन । पढाइमा बिछट्टै मन जाने छ । अरुबाट प्रशंसा पाउनु होला । प्रयत्न गर्दा आमदानिको मार्ग अनुकूल बन्नेछ । सफलताको लागि संयम हुनु पर्ला ।
बुधबारदेखि स्वास्थ्यमा संकट आउने र मनमा चिन्ता बढने विबाद बढने भएकोले गोपनीयतामा जोड दिनु उचित हुनेछ । विश्वासले धोका हुन सक्ने र अरुको काम धेरैगर्नु पर्ने छ । जस पाउने सम्भावना कायमै रहने छ । कुरा काट्नेहरु बढन सक्ने छन् । घरेलु समस्या बढ्न सक्ने भएकोले संयम हुनु उचित हुनेछ ।
समय राम्रो भए पनि स्वास्थको ख्याल गरिरहनु पर्ला । नैराश्यता र उदासिनता बढ्ने छ । कुरा काटनेहरु सकृय हुने छन् । मनमा डर धेरै रहने छ । बौद्धिकतामा सम्लग्न भएर मात्र मनोबल बढ्ने छ ।
काममा सुधार आउने छ । आमदानी र मान प्रतिष्ठा बढ्ने छ । सोच्ने शक्ति बढ्ने भएकोले ठूला व्यक्तिसंग अन्तकृयाको प्रयास गर्दा सफलता पनि पाउनु होला । सभा सम्मेलन सम्मान पनि पाउनुहोला ।
व्यापारमा सफलता मिल्ने छ । पराक्रम बढ्नुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । पदक पाउने बलियो सम्भावना छ । सहयोग गर्न अघि बढनेहरु प्रसस्तै हुने छन् ।
कुरा काट्नेहरु प्रशंम्सा गर्न थाल्ने छन् । आमदानी मनग्य हुनेछ । प्रेममा सफलता मिल्नुको साथै बैबाहिक चर्चाले खुशी बढाउने छ । शुक्रबार आर्थिक समस्याले सताउने छ । स्वस्थ्य पनि कमजोर रहने छ ।
समय समग्रमा राम्रो रहने छ । मित्र तथा परिवारजनवाट सहयोग पाउने भएकोले आफैले गरेका प्रयासहरु सफल हुने छन् । भाग्य वलियो हुनुको साथै मनोबल बढ्ने र अधुरा काम सम्पन्न हुने छन् । नयाँ काम पाउने योग छ ।
व्यापार बढ्नुको साथै यात्रा गर्ने अवसर मिल्ने छ । मान सम्मान पाउने योग छ । गरेका काममा सफलता पाउनु होला । बोलिको प्रभाब बढ्ने छ । अरुले भरोसा पनि गर्ने छन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ । पढन परदेश जाने अवसर मिल्दैछ ।
आमदानिका श्रोतहरु प्रसस्तै फेला पर्ने छन् । सोम, मंगलवार खर्च बढ्ने छ । विबाद चुलिने छ । कुरा काट्नेहरु सलबलाउने भएकाले बोल्दा संयम र विचार गर्नु पर्ला । नैराश्यता र उदासिनता बढ्ने भएकोले काममा अवरोध आउने तथा मनमा चिन्ता बढ्ने योग छ । लेनदेनमा बाधा आउने छ । शत्रुले फसाउने प्रयत्न गर्ने भएकाले सधैं सजग रहनु राम्रो हुने छ ।
साता समग्रमा मध्यम खालको छ । शुरुमा आफन्तडहरुको सहयोग मिल्ने छ । कर्म बलियो रहेकोले गरेका काममा सफलता मिल्ने छ । जोश र जाँगर बढ्ने छ । सानै प्रयासले पनि ठूलो काममा सफलता पाउनु होला ।
बौद्धिक क्षमताले अगाडि बढ्न सजिलो हुने छ । पढाइमा सफलता मिल्नुको साथै सामाजिक कार्यले अरुलाई आफुतिर आकर्षित गराउने छ । व्यापारमा गरेका प्रयासहरु फलदाइ रहने छन ।
यात्रामा हुने भेटघाटको अवसर पनि मिल्दैछ । पहिलो भेटमा नै प्रभावित भै सहयोग गर्न धेरैले खोज्ने छन । सोमबारदेखि बृहस्पतिवारसम्म गलत विचारले गर्दा खर्च बढ्ने, विबाद बढने, स्वास्थ्य कमजोर हुने र गरेका काममा अबरोध आउनाले मनोबल घट्ने छ ।
लेनदेनमा विबाद बढ्ने छ । विना कारण विबादले सताउने भएकोले सजग रहनु पर्ला । काममा तगारो लगाउनेहरु केही समय सलबलाएर अत्याउन सक्ने छन् ।
साताको पूर्बाद्र्ध ज्यादै राम्रो छ । शुरुमा बोलिको प्रभाव बढ्नुको साथै परिश्रमले गरेका कामहरु प्रशंसनीय हुने छन् । अरुको मन पनि आफूप्रति सकारात्मक रहने छ । मान सम्मान पनि पाउनु होला । काम गरेर दाम कमाउने अवसर मिल्ने छ । पराक्रम बढनुको साथै अधुरा काम पूरा हुने र नयाँ काम पाउने योग छ ।
व्यापारमा सफलता सोचे जस्तै मिल्ने छ । यात्रा गर्ने अवसर पनि पाउनु होला । प्रेममा सफलता मिल्ने छ । पढाइमा राम्रो सफलता पाइने छ । बुद्धि बढ्ने योग भए पनि बुधबारदेखि घरेलु समस्याले सताउनुको साथै स्वस्थ्यमा संकट आउने छ ।
लेनदेनमा बिबाद बढ्ने छ । काममा अवरोध आउने तथा मनमा चिन्ता बढने योग छ । समयमा निर्णय नहुँदा हात परेको काम पनि फुत्कन सक्छ । विचार पु¥याएर अघि बढनु पर्ला । सबारी चलाउदा र अरुको सवारीमा सवार हुँदा विचार पु¥याउदै सजग रहनु पर्ला ।