मलई ‘आख्यान–पुरुष’ सनत रेग्मीले भनिदिएका हुन्

 

ध्रुवचन्द्र गौतम, आख्यानकार

 

 

मेरो लेखन कविताबाटै सुरु भएको हो । तर, कृति भने प्रकाशन भएको छैन । कविताको पाण्डुलिपि ०१९ सालमा नै जगदम्बा प्रकाशनमा बुझाएको थिएँ । उनीहरुले पाण्डुलिपि नै पुरस्कृत गरेर पनि प्रकाशन गर्थे । तर, मेरो चाहीँ हराइदिए । त्यसको दर्ता नम्बर अहिलेपनि भेटिन्छ । उहाँहरु ‘तपाईंले फिर्ता लैजानुभयो,’ भन्नुहुन्छ । फिर्ता लगेको रेकर्ड छैन । त्यो पाण्डुलिपिका दुई चार वटा कविता ‘बाढी’ भन्ने किताबमा छापिएको छ ।

 

अहिले कविता नलेखेको जुग भयो । कसैले रुचि लिएर खोजि गरिदिए भने एक संग्रहका लागि पुराना कविता भेटिन सक्छन् । तर, मलाई चाहीँ कविता खोज्ने जाँगर छैन ।

 

मलाई माया गर्ने धेरै छन् । एकपटक सनत रेग्मी नेतृत्वको संस्थाले मलाई सम्मान गर्ने भयो । मेरो साठीऔँ जन्मदिन पारेर ०६० साल पुस २ गते सम्मानका लागि उहाँले नेपालगञ्ज बोलाउनुभयो । त्यही कार्यक्रममा उहाँले मलाई आख्यान–पुरुष उपाधि दिनुभएको हो । यो मलाई सोधेर दिइएको होइन ।

 

मैले कथा ०२० सालदेखि लेख्न थालेँ, त्यसैमा भिजेँ । उपन्यास ०२४ सालदेखि लेख्न थालेँ, त्यसैमा भिजेँ । कविता विस्तारै छुट्दै गयो । मान्छेले मलाई अब त कवि भन्दै भन्दैनन् । कथा पनि नलेखेको धेरै भइसक्यो । मान्छेहरुले पहिला उपन्यासकार नै भन्छन् ।

 

कति लेखेँ गनेको छैन

कथा र उपन्यासलाई आख्यान भन्छ । कृतिकै संख्याको कुरा गर्दा आख्यानात्मक हुन्छ नि, जस्तो नाटक, गीति नाटक, ती सबै गरेर ५० वटा जति पुगे होला । तर, गनेको छैन । ठ्याक्कै भन्न सक्दिन । बरु ५१ पुगे होलान् । ५० भन्दा कम चाहीँ छैन जस्तो लाग्छ ।

 

मैले पहिलो प्रकाशित उपन्यास पनि बिर्सिसकेँ । संभवतः पहिलो प्रकाशित चाहीँ ‘बालुवामाथि’ हो कि । त्यो ०२८ सालमा प्रकाशन भएको हो । सात वर्षजति लगाएर लेखेको थिएँ ।

 

मैले सबैभन्दा कम समय लगाएर लेखेको उपन्यास डेढ महिनामा सकेको हुँ । त्यसको नाम चाहीँ बिर्सेँ । पाण्डुलिपि प्रतियोगिताको लागि लेखेको थिएँ । नेपाली मुद्रण संघले प्रतियोगिता गराएर उत्कृष्ठ पाण्डुलिपि प्रकाशित गरिदिन्थ्यो । मैले त्यो उपन्यास मुद्रण संघले सूचना प्रकाशन गरेपछि लेख्न थालेको थिएँ ।

 

उसले बुझाउने समय डेढ महिना दिएके थियो । त्यति छिटो पनि लेखिन्छ ? भन्नुहोला दिमागमा विषय थियो । अनि खरखर लेखेर बुझाएँ । नाम बिर्सेँ अहिले । यसमा तपाईंलाई भन्नैपर्ने कुरा चाहीँ कम समय लगाए पनि बढी लगाए पनि पहिला दिमागमा नआइ लेखिन्न ।

 

म आख्यान नायक होइन

मैले पहिलोपटक ०४१ सालमा सुत्रकथा लेखेँ । सुत्र उपन्यास लेखेको पनि ०५४ सालमा नै हो । आख्यान विधालाई के नयाँ गर्न सकिन्छ भनेर प्रयोग गरेको हुँ । उपन्यास विधामा नयाँ केही थपियो भने के फरक पर्छ त ? दुनियाँमा नयाँ कुरा त आयो नि । यसरी लेख्दै जाँदा चर्चित भएँ ।

 

मलाई माया गर्ने धेरै छन् । एकपटक सनत रेग्मी नेतृत्वको संस्थाले मलाई सम्मान गर्ने भयो । मेरो साठीऔँ जन्मदिन पारेर ०६० साल पुस २ गते सम्मानका लागि उहाँले नेपालगञ्ज बोलाउनुभयो । त्यही कार्यक्रममा उहाँले मलाई आख्यान–पुरुष उपाधि दिनुभएको हो । यो मलाई सोधेर दिइएको होइन ।

 

पुरुष भनेर उहाँहरुले नायक भन्न खोज्नुभएको हो । अरुले पनि लेखिरहनुभएको छ । त्यसैले मलाई कसैले ‘तँ नायक होस् त ?’ भन्छ भने होइन । म नायक होइन भन्छु म । अब दिएपछि के गरुँ ? विनम्रता त चाहियो । दिएपछि लिनै प¥यो । फेरि म आख्यान लेख्दै नलेख्ने पनि होइन । ‘मल्टी हिरो’ पनि हुन्छन् नी । अरु पनि आख्यानका नायक छन् ।

 

त्यसरी लेख्दा कहिलेकाहीँ अक्षर लतपत हुन्थ्यो अनि भोलिपल्ट जाँदा कम्पोजरहरुले ‘दाइ हिजो त अलि बुझिएन’ भन्थे । तर, आजसम्म पिएर ‘क्रिएटिभ राइटिङ’ गरेको छैन । मतलब साहित्य चाहीँ पिएर कहिल्यै लेखिन र लेख्दिन पनि । अब अहिले त रक्सी नै नपिउने बराबर भएको छ, सक्किगयो ।

 

रक्सी पिउथेँ तर, पिएर कहिल्यै लेखिन

अहिले रक्सी पिउन छाडेँ भन्दापनि हुन्छ । २० वर्षअघिसम्म खुब पिइन्थ्यो । त्योवेला पत्रिकामा स्तम्भ पनि लेख्थेँ । अहिलेजस्तो इमेल, फ्याक्स थिएन । काठमाडौँबाहिर गएको बेला बसस्टप आएर पार्सल गर्नुपर्ने । काठमाडौँमा भएकोवेला आफैँ पु¥याउन जानुपथ्र्यो । अखबारमा ठ्याक्क समयमा नै लेखेर पु¥याउनुपथ्र्यो । स्तम्भ चाहीँ कहिलेकाहीँ पिएर लेखेको हो । त्यो पनि सिरियस होइन कि हलुका विषयमा ।

 

त्यसरी लेख्दा कहिलेकाहीँ अक्षर लतपत हुन्थ्यो अनि भोलिपल्ट जाँदा कम्पोजरहरुले ‘दाइ हिजो त अलि बुझिएन’ भन्थे । तर, आजसम्म पिएर ‘क्रिएटिभ राइटिङ’ गरेको छैन । मतलब साहित्य चाहीँ पिएर कहिल्यै लेखिन र लेख्दिन पनि । अब अहिले त रक्सी नै नपिउने बराबर भएको छ, सक्किगयो ।

 

उबेला पनि जिब्रो लर्बरिने गरी वा शरीर ढुल्मुलिने गरी पिइँदैन थियो । ठिक्क पिइन्थ्यो । पिउँदा साहित्यमै लागेका साथीभाइ हुन्थे । अनि बहस पनि गरिन्थ्यो । नगेन्द्रराज शर्मा, ध्रुव सापकोटा, विनोद दीक्षित, शैलेन्द्र साकारलगायत साथीहरुसँग धेरै पिइयो । मभन्दा सिनियर मदन रेग्मी, द्वारिका श्रेष्ठहरुसँग पनि पिएँ ।

 

म राम्रो उपन्यास लेख्छु भनेर बेस्सरी मिहिनेत गरेर लेखिँदैन । यो कला हो । बरु कहिलेकाहीँ कम मिहिनेतमा राम्रो लेखिन्छ । धेरै पुस्तक लेखिसकेको छु । हुन त मैले नलेखेको भएपनि पुलिसले पक्रेर लगेर ‘किन लेखिनस् ?’ भन्दैनथियो । अब लेखिन भने पनि पक्रँदैन । मन लागे लेख्छु, नलागे लेख्दिन ।

 

मेरा केही पात्र पनि रक्सी खान्छन् । ’cause त्यो त चरित्र हो । कति पात्रको स्वभावअनुसार एउटा वेलामा रक्सी खाएको होला । तर, सँधै रक्सी नै खाएर हिँडेको पात्र भने छैन । जसरी मान्छेले श्वास फेर्छ, किताब पढ्छ, श्रीमती बेहोर्छ, प्रेमिकासँग प्रेम गर्छ, त्यसरी नै रक्सी पनि खान्छ । जीवन देखाउँदा जे जे आउँछ त्यो देखाउने ।

 

नलेख्दा मलाई पुलिसले पक्रँदैन

म कसैले दिएको विषयमा साहित्य लेख्दिन । यो कसैको करले लेख्ने कुरा हो्रइन । ‘क्रिएटिभ राइटिङ’ भनेको आफूभित्रको कुरा हो । कसैले दिएको विषयमा लेख, निबन्ध लेखिन्छ । अखबारी लेखन दिएकै विषयमा लेख्ने हो । कसैले विनोद खन्नामाथि लेख भन्यो भने मजाले लेखिदिन्छु ।

 

तर, आख्यानमा मेहनतले मात्र हुँदैन । म राम्रो उपन्यास लेख्छु भनेर बेस्सरी मिहिनेत गरेर लेखिँदैन । यो कला हो । बरु कहिलेकाहीँ कम मिहिनेतमा राम्रो लेखिन्छ । धेरै पुस्तक लेखिसकेको छु । हुन त मैले नलेखेको भएपनि पुलिसले पक्रेर लगेर ‘किन लेखिनस् ?’ भन्दैनथियो । अब लेखिन भने पनि पक्रँदैन । मन लागे लेख्छु, नलागे लेख्दिन । यो मेरो मर्जीको कुरा हो ।

 

अहिले भने मेमोयर लेख्दैछु । आरामले लेख्छु । छापेर पैसा पर्याप्त आउँछ भन्ने छैन । यो पनि नलेख्दा पुलिसले समाउँदैन । त्यसैले हतार नगरी लेख्छु । एउटै भागमा सकिएन, धेरै मोटो भए फेरि अर्को लेख्छु । ’cause मोटो भयो भने मान्छेले पढिदिँदैनन् ।

(कुराकानीमा आधारित)