जीवनमा लाग्ने ऋण र मुक्तिको उपाय

जीवनमा लाग्ने विभिन्न ऋण मुक्तिको लागि यस लेखमा उल्लेखित उपाय अवलम्बन गरी जीवनको अशुभबाट बँच्न र बचाँउन सकिन्छ ।
यस लेखमा हामी पैतृक ऋण र त्यसको प्रभावको साथै त्यसको उपायको विषयमा चर्चा गर्ने छौ । प्रायः हामी देख्छौ हाम्रो कुनै दोष हुँदैन तथापी हामीले कष्ट भोग्नु परिरहेको हुन्छ । आखिर यस्तो किन हुन्छ । आउनुस जानौ, हाम्रो पुर्खा मध्ये कसैले अशुभ वा पाप कर्म गरेका हुन्छन, जो पैतृक ऋण हुन जान्छ । र, त्यसलाई कुटुम्भको कुनै सदस्यले चुक्ता गर्नुपर्ने हुँदा उसले कष्ट उठाउनु पर्छ ।
कहिलेकही हामीलाई बडो बुजुर्गको पापको रहस्यमयी प्रभाव पर्न जान्छ । जो हामीलाई अविश्वनीय र अचम्भ पार्ने खालको हुन्छ । भनाईको तात्पर्य पाप गर्ने कोही र दण्ड पाउने कोही पैतृक ऋण भएमा निकट सम्बन्धीले नै दण्ड पाउँछ । पैतृक ऋण भएको विचार जन्म कुण्डलीबाट नै गरिन्छ । यदी ऋणको ज्ञान भएमा त्यसको उपाय पनि रगतको नाता भएकाले नै गर्नुपर्छ । पैतृक ऋण अरुले चुक्ता गर्न सक्दैन । त्यसको लागि रगतको नाता नै चाहिन्छ । यस अन्तर्गत छोरा-छोरी, दिदी-बहिनी तिनीबाट जन्मिएको बच्चा नाती-नातिनी आदी पर्दछन ।
कसरी थाहा पाउने पैतृक ऋण छ कि छैन भनेर । यदी तपाईलाई आफ्नो कुण्डलीमा पैतृक ऋण छ कि छैन जान्ने इच्छा भए म यहाँ नौ प्रकारको पैतृक ऋण’bout जानकारी गराउने कोशीस गर्दछु । तपाई सहज र सरल तरिकाले आफ्नो कुण्डलीमा पैतृक ऋण भएको नभएको थाह पाउन सक्नु हुनेछ ।
कुण्डलीको भाव यस प्रकार गणना हुन्छ ।
स्वऋणको पहिचान
जब कुण्डलीको पाँचौ भावमा शुक्र वा पापी ग्रह ( राहु-केतु ) स्थित भए स्व-ऋण हुन्छ । स्व-ऋण हुंदा जातक नास्तिक अधर्मी र प्राचिन परम्पराको विरोध गर्ने धिक्कार्ने हुंदा त्यसको अन्त निकै खराब हुन्छ ।
स्वऋणको संकेतः जातकको घरमा भुमिगत अग्निकुण्ड हुनु । घरको छत चर्केर बिभिन्न स्थानबाट प्रकाश दिनु । राजकाज मुद्दा , कर, र दण्ड आदीको भागी हुन्छ । स्वास्थ कमजोर, हृदय रोग, र जीवन कष्टकर संघर्षले भरिएको अनि निर्दोष भए पनि दण्ड भोग्नु पर्ने हुन्छ ।
मातृऋणको पहिचान
कसैको कुण्डलीमा केतु चतुर्थ भावमा भए मातृ ऋण हुन्छ ।
मातृ ऋणको संकेतः जातकले आफ्नो घरको फोहोर नदी इनारमा हाल्ने बानी हुनु । यस ऋणमा जातक आमाप्रति वास्ता नगर्ने आमाको कष्टपिडालाई ध्यान नदिने सन्तान जन्माएपछी आमालाई स्वयम बेघर गरिदिने खालको हुन्छ । धन ब्यर्थमा खर्च गर्ने, कसैसंग कुनै सहायता नपाउने र सबै प्रयासमा बिफल हुने, रोग लाग्ने र सधै ऋण लाग्ने हुन्छ ।
सम्वन्धी ऋणको पहिचान
कुण्डलीको पहिलो वा आठौ भावमा बुध वा केतु स्थित भएमा सम्वन्धी ऋण हुन्छ ।
सम्वन्धी ऋणको संकेतः सम्बन्धीसंग घृणा गर्नु, आफन्तलाई टाढा गर्ने, भेट्घाट गर्न मन नलाग्ने, सधै विरोध गर्ने, बच्चाको जन्मदिन उत्सव नमनाउँने, पारिवारिक जमधट मन नपराउँने । सबै सुख सुबिधा समृद्धि प्राप्त भएर पनि एक्कासी समाप्त हुनु । दुःख यति पाइन्छ कि कल्पना गर्दा पनि डर लाग्ने । मित्र जति सबै शत्रु बन्ने । कसैसंग कुनै साहयता नपाउने । २८ देखी ३६ बर्षको मध्य यो भोग भोग्ने पर्ने हुन्छ । २८ बर्ष आउँदा आउँदा सबै स्वाहा हुने ।
दिदी बहिनी छोरी सम्बन्धी ऋण पहिचान
यदी कुण्डलीको तेश्रो वा छैठौ भावमा चन्द्रमा स्थित छ भने दिदी बहिनी छोरी ऋण लाग्छ ।
दिदी बहिनी छोरी सम्बन्धी ऋण संकेतः अबोध बालकलाई स्वार्थ लोभमा परी बेचेमा वा बालकलाई अर्को बालकसंग बदलिंदा स्त्री जाती वा बैनीको हत्या गरेमा वा अत्याचार गरेमा । युवावस्थामा स्त्रीलाई धोखा दिएमा आर्थिक कंगाली जीवनको ४८ बर्षसम्मको दुःखले बाँच्ने इच्छा नै नरहने ससुराली र मावलीपट्टी कोइ नरहनु सहयोग गर्नेहरु गधाको सिरबाट सिंग बेपत्ता भए जस्तो भएमा यो ऋणको संकेत हो ।
पितृऋणको पहिचान
कुण्डलीको दोश्रो, पाँचौ, नौऔ र बार्हौ भावमा शुक्र, बुध, राहु स्थित छ भने पितृऋण लाग्छ ।
पितृऋणको संकेतः कुनै कारण वश कुटुम्भको कुल पुरोहित परिवर्तन भएमा, नजिकैको मन्दिर वा पिपलको बृक्ष नष्ट गरियो भने, साथै कपाल जबसम्म सेतो हुँदैन त्यस अवधीसम्म सम्पन्नता रहने त्यस उपरान्त कार्यबाधा, दुःख, निराशा, मानहानी, निसंन्तान, धन नाश भई जाने भएमा पितृऋणको लागेको हुन्छ ।
स्त्री ऋणको पहिचान
दोश्रो वा सातौ भावमा सुर्य, राहु र चन्द्रमा स्थित भएमा स्त्री सम्बन्धी ऋण बन्छ ।
स्त्रीऋणको संकेतः लालच स्वार्थवश गर्भवती स्त्रीको हत्या वा कुटुम्भमा झैझगडा, हात हालाहाल, घरमा मांगलिक कार्य भैरहदा नाता सम्वन्धीको लास उठ्नु, सुखको समयमा दुःख पर्नु, आँसु झर्नु तर कारण थाहा नहुनु आदी ।
निर्दयी ऋणको पहिचान
जब कुण्डलीको दशौ भावमा वा एघारौ भावमा चन्द्र र मंगलको स्थित भएमा
निर्दयी ऋणको संकेतः घर मुख्यद्वार दक्षिण हुनु ,निसन्तानसंग भुमी खरिद गर्नु त्यसमा भवन निर्माण गर्नु , जीव हत्या वा कसैलाई धोखा दिएर घर कब्जा गर्नु । कार्यस्थलमा आगो लाग्नु । पोलेकालाई र घाइतेलाई अस्पताल लग्ने साधन नहुनु । योग्य सन्तान अयोग्य हुनु । सम्बन्धीहरु घट्दै जानु कारण थाहा नपाउनु । चैनले निन्द्रा नलाग्नु ।
अजन्मी ऋणको पहिचान
कुण्डलीको बार्हौ भावमा सुर्य शुक्र मंगल स्थित भएमा ।
अजन्मी ऋणको संकेतः ससुरालीसंग धोखा गर्नु, निकट ब्यक्ति वा सम्बन्धीसंग यस्तो धोखा हुनु जसले त्यसको कुललाई बर्बाद गर्नु घरको फोहोर पानी मुख्यद्वारबाट बाहिर जानु, दक्षिण ढोका हुनु । अचानक आगो लाग्नु । धोखाले धन हानी हुनु । रगतको रोग लाग्नु मुद्दा मामिलामा हार हुनु ।
ईश्वरीय ऋणको पहिचान
कुण्डली छैठौ भावमा चंन्द्र वा मंगल भएमा
ईश्वरीय ऋणको संकेतः
अरुको सन्तान लुकाउनु, कुकुरलाई मार्न लाउनु अर्कोको कुल नष्ट गर्ने वा गराउने र यात्रामा धन हराउने ।
पैतृक ऋणको पहिचान पश्चात नौ प्रकारको पैतृक ऋण’bout पनि विस्तृत जानकारी भयो । आफ्नो जन्म कुण्डली हेरेर निर्णय गर्नुस तपाईको कुण्डलीमा कुन ऋण छ । त्यसको प्रभावशाली उपाय यस प्रकार रहेको छ, जसले जीवनमा शिघ्र फल प्रदान गर्छ ।
स्वऋणको उपाय
कुटुम्भमा जहाँसम्म रगतको सम्बन्ध छ ती सबैसंग यज्ञ गर्न धनको केहि मात्र संग्रह गरि यज्ञ गर्दा स्वऋणबाट मुक्ति पाइन्छ । स्वऋण हुंदासम्म सुर्य अशुभ हुन्छ ।
मातृऋणको उपाय
कुटुम्भको प्रत्येक सदस्यसंग चाँदी बराबर लिई नदिमा सबै एकै पल्ट बगाउँदा मातृऋणबाट मुक्ति पाइन्छ । मातृ ऋणले चंन्द्र अशुभ हुन्छ ।
सम्बन्धीऋणको उपाय
कुटुम्भको प्रत्येक सदस्यसंग धन लिई बैधलाई कार्य गर्न दान दिंदा यो ऋणबाट मुक्ति पाइन्छ । यो ऋणले मंगल अशुभ हुन्छ ।
दिदीबहिनी पुत्रीऋणको उपाय
सम्पुर्ण कुटुम्भको सदस्यसंग पहेलो रंगको कौडी एकत्र गरी आगोमा पोली खरानी नदिमा बगाउदा मुक्ति मिल्छ । यो ऋणले बुध अशुभ हुन्छ ।
पितृऋणको उपाय
कुटुम्भको प्रत्येक सदस्यसंग धन संग्रह गरी मन्दिरमा दान दिने । वा पैतृक धरबाट १६ कदम पर रहेको मन्दिर वा पिपल बृक्षको हेर विचार गर्ने गर्दा यो ऋणबाट मुक्ति मिल्छ । पितृऋणले गुरु अशुभ हुन्छ ।
स्त्रीऋणको उपाय
कुटुम्भको प्रत्येक सदस्यसंग धन एकत्र गरी सय गाईलाई भोजन गराउदा स्त्रीऋणबाट मुक्ति मिल्छ । यो ऋणले शुक्र अशुभ हुन्छ ।
निर्दयी ऋणको उपाय
कुटुम्भको प्रत्येक सदस्यसंग धन एकत्र गरी एकसय मजदुरलाई एकै पट्क भोजन गराउदा वा सय स्थानको माछालाई एकै ठाउमा राखी भोजन दान खान दिदा निर्दयी ऋणबाट मुक्ति मिल्छ । यो ऋणले शनि अशुभ हुन्छ।
अजन्मी ऋणको उपाय
कुटुम्भको प्रत्येक सदस्यसंग एक एक नारीवल संकलन गरी एकै पटक नदिमा बगाउँदा यो ऋणबाट मुक्ति मिल्छ । यो ऋणले राहु अशुभ हुन्छ ।
ईश्वरीय ऋणको उपाय
कुटुम्भको प्रत्येक सदस्यसंग धन एकत्र गरी एकै दिन सय कुकुरलाई भोजन गराउँदा वा गृह प्रवेश गर्दा दायातर्फको घरमा रहेको बिधवासंग अशिर्वाद लिदा ईश्वरीय ऋणबाट मुक्ति मिल्छ । यस ऋणले केतु अशुभ हुन्छ ।
यि सबै चर्चापछी यहाँहरुले आफ्नो र आफ्नो सम्बन्धी परिजन कुटुम्भको कुण्डलीमा पनि यस प्रकार पीतृ ऋण भएमा माथी उल्लेखित उपाय अवलम्बन गरी जीवनको अशुभबाट बँच्न र बचाँउन सकिन्छ । जीवनलाई समृद्ध उन्नत र सुखी बनाउँन सकिन्छ ।
977-9849428414