जीवनमा अंकको महत्व

 

 

जन्म दिनको अंकसंग त्यो दिन जन्मने व्यक्तिको ब्यक्तित्वमा सबै बिशेषता पाइन्छ, जो त्यो व्यक्ति जन्मेको अंकमा निहित हुन्छ ।

 

 

आज यस लेखमा पाठकहरुलाई मानव जीवनमा अंकको महत्व कस्तो हुन्छ, अंकले मनुष्यलाई कति प्रभावित गर्दछ भन्ने बिषयमा चर्चा गर्ने छु । प्रत्येक अंकको आफ्नै एक बिशिष्ट दर्शन तथा बिशिष्ट ब्यक्तित्व हुन्छ । त्यस अंकसंग सम्बन्धित ब्यक्तिको ब्यक्तित्वमा पनि ती सबै बिशेषता पाइन्छ । जो त्यो अंकमा निहित हुन्छ । अंकको तात्पर्य हो लघुतम अंक । उदाहणार्थ यदी कसैको जन्म २ अगस्तमा भएको छ भने त्यो ब्यक्तिमा २ अंकको ब्यक्तित्व हावी हुन्छ । यसै प्रकार यदी कसैको जन्म २३ अप्रिलमा भएको छ भने २ र ३ जोड्दा अंक ५ हुन्छ यस प्रकार त्यस्तो ब्यक्तिमा अंक ५ को प्रभुत्व हुन्छ । यसमा महिना र बर्षमा ध्यान दिइदैन । केवल अंक ५ मा मात्रै ध्यान दिइन्छ । अब म प्रत्येक अंक’bout स्पष्ट गर्ने छु ।

 

 

शुन्य

 

शुन्य अंक ब्रहमाण्डको सुचक हो । यो अंक स्वतन्त्र रुपले प्रयुक्त हुँदैन तर, यो जसको साथ रहन्छ, त्यसको क्षमता १० गुना बृद्धि गरिदिन्छ । यो अंक पुणर्ताको सुचक हो, जो ब्यक्तिको जीवनमा यस अंकको प्रयोग हुन्छ, त्यो ब्यक्ति दृढ निश्चयी तथा विवेकशिल हुन्छन । जुन ब्यक्तिको जीवनमा पुर्ण अंकको प्रयोग हुन्छ, त्यो ब्यक्तिको जीवनमा पुर्ण अंक हुन्छ । त्यस ब्यक्तिलाई पुर्ण रुपले भरोसा गर्न सकिन्छ । त्यस ब्यक्तिको जीवन प्रमाणिक हुन्छ । त्यो ब्यक्ति आफु गलत बाटोमा हिड्दैनन । र, सधै कसैलाई पनि गलत बाटोमा हिड्ने प्रेरणा दिदैनन ।

 

 

यस अंकको ब्यक्ति धेरै जसो आत्मकेन्द्रित हुन्छन । उदाहरणको लागि जुन ब्यक्तिको जन्म जुनसुकै महिनाको १०, २०, ३० तारिखमा हुन्छ । त्यस्ता ब्यक्तिको जीवनमा शुन्यको पनि प्रभाव हुन्छ । यस्तो ब्यक्ति प्रष्ट वक्ता सिधासिधा कुरा सामुन्नेमा नै गर्ने कुरामा विश्वास गर्दछन ।

 

 

१ एक

 

एक अंक सक्रीयताको सुचक हुन्छ । यस अंकले के पनि स्पष्ट गर्छ भने मनुष्य सधै अगाडि बढ्न जन्मेको हो । यस अंकको व्यक्तिमा सहनशक्ति उत्तम कोटिको हुन्छ । यद्धपी यीनीहरुले आफ्नो जीवनमा आवश्यकभन्दा बडी उथलपुथल, उतारचढाव र संघर्ष देख्नुपर्ने हुन्छ । तथापी यति हुँदा पनि यीनीहरु जीवनमा नत कहिले हतास हुन्छन, नत यीनको सकृयतामा कहिले कुनै कमी नै आउछ ।

 

 

यस्ता ब्यक्तिमा जति प्रखर जीवन शक्ति हुन्छ, त्यति अन्य ब्यक्तिमा सहजै देख्न पाइदैन । नेतृत्वको गुण यीनमा प्रशस्त हुन्छ । बिधार्थी जीवनदेखी नै अंक एकका ब्यक्ति नेतृत्वदायी खालका हुन्छन । परिवार होस समुह होस वा मित्रको समुहमा होस यीनले नेतृत्व गरेका हुन्छन । यिनीहरुले आफ्नो बलिदान दिएरै भए पनि आफ्नो मित्रलाई माथी उढाउन कुनै कसर बाँकी राख्दैनन ।

 

 

एक अंकको ब्यक्तिको परिचय बिस्तृत हुन्छ । अपरिचित ब्यक्तिलाई पनि सहजै आफ्नो मित्र बनाउन सक्छन, र यीनको मित्र पनि यीनको अन्धभक्त हुन्छन । यीनका एक संकेतमा पनि हाम फाल्ने तयार रहन्छन । यीनको शरिरिक संरचना पनि अनुकुल हुन्छ । यीनिहरु शरिरिक रुपले कार्य गर्न जति सक्षम हुन्छन ।

 

 

मानसिक स्तरमा पनि त्यति नै सक्षम हुन्छन । ब्यापार ब्यवसायमा पनि यिनीहरु अग्रणी स्थानमा हुन्छन । यीनको सफलताको मुख्य कारण यीनिहरु दुरदर्शी हुन्छन । यीनको सबैभन्दा ठुलो विशेषता यीनको लक्ष्य यीनको अगाडि स्पष्ट हुन्छ । कसैको दबाबमा यीनिहरु रहन सक्दैनन । स्वतन्त्र जीवन यीनिलाई प्रिय हुन्छ । समग्रमा भन्नु पर्दा अंक एकको ब्यक्ति आफ्नो जीवनमा पुर्ण सफल हुन्छन ।

 

 

अंक २

 

अंक दुई पूर्ण रुपले घोतक हुन्छ । यो अंकको स्वभाव जीवनमा जस्तो कार्य होस त्यो सुरुचिपुर्ण हुनुपर्दछ । तौरतरिका मिलेको र पूर्ण ब्यवस्थित रुप म होस । दुई अंकको ब्यक्ति यद्दपी शरिरिक रुपले धेरै प्रबल एव पुष्ट हुँदैनन, तर मानसिक रुप सवस्थ र सबल हुन्छन । श्रम गर्नुभन्दा यीनिहरु मानसिक कार्यमा रुची राख्छन । अर्थात यीनिहरुलाई आफ्नो बुद्धीले केहि यस्तो कार्य गर्छन जसद्वारा आउने पिँढी यीनको ऋणी नै बन्नुपर्ने हुन्छ, यस्तो ब्यक्ति अत्यन्त भावुक हुनुको साथै अरुका कार्य पनि प्रसन्नतापुर्वक गर्छन, साथै तिनको पूर्ण हितलाई ध्यान राखी गर्छन । हुदैन भन्ने यीनको स्वभावमा हुँदैन, दयालु हुनुको साथै अरुको लागी आफुलाई जुनरुपमा पनि त्याग गर्न तयार हुन्छन । सौन्दर्यप्रति यीनको रुची परिष्कृत हुन्छ । प्रेम र सौन्दर्यलाई जति सुक्ष्म तरिकाले यीनको बुझ्छन, त्यति अन्यले बुझ्दैनन यीनको आँखामा एक प्रकारको यस्तो आकर्षण हुन्छ कि सामुन्ने भएका ब्यक्ति अनायास यीनीहरुप्रति आकृष्ट भै हाल्छन सम्मोहनको कला यिनमा अद्भुत हुन्छ ।

 

 

अपरिचितभन्दा अपरिचित ब्यक्तिलाई पनि यीनले क्षणभर मै मित्र बनाउन सक्छन । यस अंकको ब्यक्तिको बिशेषता आफ्नो गल्तीलाई स्विकार गर्न क्षणभर पनि लगाउँदैनन, स्वतन्त्र निर्णय लिन यिनीहरु कम्जोर हुन्छन । कुनै पनि कार्य गर्नलाई धेरै समय असमंजसमा हुन्छन । क्षणक्षणमा यीनको विचार परिवर्तन भैरहन्छ । यीनका शुभचिन्तकले जस्तो सल्लाह दिन्छन । यीनले सोही अनुरुप कार्य गर्छन, आफ्नो निर्णय लिन्छन । यीनिहरु अधिक कल्पनाशिल हुनुका कारण ज्यादै भावुक हुन्छन । एक प्रकारको मानसिक संघर्ष यीनको जीवनमा सधै चलिरहन्छ । अधैर्य हुनुको कारण पटकपटक यीनले गलत निर्णय लिन्छन र कार्य मन अनुरुप नहुँदा मनैमन पछुताउँछन । झोक्राउनुको साथै आफुलाई अत्यन्त दुःखी र अपमानित अनुभव पनि गरी रहन्छन । यद्दपी यीनलाई मित्रको कमि हुँदैन तर, अधिक मित्र स्वार्थी हुन्छन ।

 

 

वास्तविक मित्र यीनको जीवनमा नाइको बाराबर हुन्छन । यीनिहरु एकान्त र एक्लो बस्न सक्दैनन । यीनका मित्रले यीनीसंग लाभ लिई रहन्छन । तर, यीनलाई मित्रबाट कुनै लाभ हुँदैन । अरुको मनको कुरा थाहा पाउँन सक्ने यीनिहरुमा सहज गुण हुन्छ । अगाडिको ब्यक्तिले के भन्न लागेको यीनले पहिले थाहा पाई सक्छन, ललितकलाको यीनलाई विशेष रुची हुन्छ । यीनको पत्नी सुन्दर शुशिल शिक्षित हुन्छन । तर, बैचारिक मतभेद भै रहन्छ । समग्रमा भन्नु पर्दा यस्तो ब्यक्ति भावुक, सहृदय, परोपकारी तथा मश्तिष्क प्रधान हुन्छन ।

क्रमशः

[email protected]

977-9849428414