राशीफल/तपाइको ग्रहदशा

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल भाद्र १६–२२)

 

 

समय राम्रो नै छ, त्यति नराम्रो छैन । शुरुमा बौद्धिक लाभका साथै पढाइमा सफलता मिल्ने योग छ । व्यापारमा गरेका प्रयासमा प्रतिस्पर्धाले मात्र सफल होइनेछ । नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व वढाउन सकिनेछ । सामाजिक क्षेत्रमा गरेका निरन्तरका प्रयासहरु प्रशंसायोग्य हुनेछन् ।

 

पराक्रम बढ्नुको साथै अधुरा काम वन्ने तथा नयाँ काम पाउने योगछ । शत्रु वढ्ने भएकाले गोपनीयता साता भरिनै अपनाउनु होला । बृहस्पति र शुक्रबार भने चिन्ताको सामना गर्नुपर्ला ।

 

खर्चसंगै विबाद बढ्ने योगछ । कुरा काट्नेहरु प्रसस्तै हुनेछन् । झुटा आरोप पनि लाग्ने छन् । अरुको काम धेरै गर्नु पर्ला । जसपाउने सम्भावना भने कमै छ । काममा अवरोध र व्यापारमा समस्या आउने योग छ । स्वास्थ्यको ख्याल पनि गंभीर भएर गर्नु होला ।

 

 

साता मध्यम रहने छ । शुरुमा खर्चसंगै विबाद पनि बढ्ने छ । सानातिना काममा पनि प्रसस्तै उल्झन आउने छन् । तपाईको उच्च विचारलाई शत्रुले तोडमरोड गर्दै वंग्याएर आफ्नु हीत र जीतमा दूरुपयोग हुनसक्ने भएकोले अरुको विश्वासमा रहिरहनु फलदाइ हुने छैन ।

आफन्तहरुको सहयोग मिल्ने छैन । समस्यामा फस्नाले कसैको सहयोग कत्ती पनि उपयोग नहुने संभावना अत्यधीक रहेको छ । सम्पन्न भैसकेका काम पनि नबन्ने अनि धन नास हुने योग छ ।

 

आइत, सोम, बृहस्पति र शुक्रबार परिश्रमका बलले काम बन्ने र प्रसस्त दाम कमाउने अवसर मिल्नेवाला छ । यात्रामा पनि लाभ हुनेछ । भेटघाटले अरुको मन सहजै जित्ने छ । व्यापारमा सफलता सोचे जस्तै मिल्ने छ ।

 

भाग्य र कर्म बलियो नभए पनि बौध्दिकताले ऐतिहासिक काम गरेर उच्च सम्मान पाउनु होला । ठूला व्यक्ति सहयोगी हुने छन् । सामाजिक अन्तरक्रीयाले अगाडि बढ्ने अवसर प्रदान गर्न ेछ । आफ्नै प्रयासले नयाँ काम हात पार्न सफल भइने ठूलो संभावना छ । विदेशी मुद्रा आर्जन पनि हुने छ । प्रतिस्पर्धा गर्नु परे पनि तपाईको लक्ष पूरा हुनेछ ।

 

 

 

 

साताको शुरुमा ग्रह गोचर राम्रो छ । आर्थिक उन्नतिको शुभ अवसर मिल्ने छ । पराक्रमको गति तीब्र हुनुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । आफन्तहरुसितको अन्तरसम्बादले बोलिको प्रभाब र सकारात्मक सोचले गर्दा अरुबाट पनि सहयोग पाउदा नाम कमाउने अवसर मिल्ने छ ।

 

यात्रामा सफलता पाउनु होला । व्यापारमा गरेका लगानी फलदायी रहने छन् । मानसम्मान पनि पाउने योग छ । अरुको विश्वास सजिलै जित्न सकिने छ । भरोसा ठूला व्यक्तिले गर्ने छन् ।

 

आइत, सोम, बृहस्पति र शुक्रबार खर्च बढ्ने, विबाद बढ्ने स्वास्थमा संकट आउनाले मन उदाश रहने छ । काममा अवरोध आउनेछ । आफुले गरेको निर्णय आफना लागि नै प्रतिकूल रहने छ । परिबारको आलोचना सामना गर्नुपर्ला । संंयम भएर काम गर्नु उचित हुनेछ ।

 

 

 

 

साता राम्रो छ । शुरुमा मान सम्मान बढ्नुको साथै मित्रहरुको सहयोगले सभा सम्मेलनमा सम्लग्न हुँदा सोच्ने शक्ति बढ्ने र मनग्य धन लाभ हुने योग छ । गरेका काममा सुधार आउने भएकोले महत्वपूर्ण काममा अघि बढनका लागि यो समय उचित छ ।

 

जोश र जाँगर बढ्ने, पढाइमा सफलता पाउने क्रम यथाबत रहने छ । मनोबल बढ्ने छ । आफ्नु क्षमता प्रयोग गर्ने अवसर मिल्ने र बैदेशीक कार्यमा सफलता पाइने छ । नोकरी तथा राजनीतिमा उच्च सम्मान पाउने र अरुको मन जित्न सजिलै सकिने छ । नयाँ काम पाउने योग छ ।

 

मंगल र बुधबार रोगसंगै शत्रु बढने छन् । खर्च मात्र होइन विबाद पनि बढ्ने भएकोले काममा अबरोध आउनेछ । मनमा चिन्ता बढ्ने छ । संयम रहनु होला ।

 

 

 

समय राम्रो छ । शुरुमा धार्मिक कार्यमा संलग्न भै ठूला व्यक्तिसित अन्तरक्रिया गर्ने अबसर मिल्नुका साथै भाग्य वलियो भएकोले प्रयास गर्दा गरिरहेका कामहरुमा सोचे जस्तै सफलता मिल्ने छ ।

 

कुरा काट्नेहरु पनि सत्य कुरा बाहिर आएपछि पश्चाताप गर्न थाल्ने छन् । पराक्रम बढ्ने मज्जाले बढ्ने छ । अधुरा काम पनि पूर्ण हुने तथा नयाँ काम शुभारम्भ हुने योग छ ।

 

आफन्तहरुको सहयोग नमिले पनि आफ्नै प्रयासले नोकरी तथा राजनीतिमा सोचे जस्तै सफलता प्राप्त गर्न सकिने छ । गोपनीयता अपनाउदै अघि बढनु उचित हुनेछ । भाग्यको भरोसामा रहनु होला, साथ दिने छ ।

 

पढाइलागि बिदेश जाने तयारी गर्दा राम्रो छ । शिक्षा प्राप्तिको यात्रामा सफलता पाउने योग छ । बृहस्पति र शुक्रबार खर्च बढ्न,े विबाद बढने र रोग मात्र होइन शत्रु पनि बढ्ने भएकाले कुनै पनि कार्य गर्दा सचेत रहनु होला ।

 

 

 

साता शुरुमा राम्रो छैन । स्वास्थ प्रतिकूल हुनाले समस्याहरु प्रसस्तै देखापर्ने छन् । छिट्टै सामाधान हुने छैन । काममा अवरोध आउनेछ । यात्रामा झन्झट हुनेछ । खर्चको गति बढने छ ।

 

घरेलु समस्याले सताउने छन् । तर आइतबारदेखि काममा अघि बढे भाग्य वलियो भएकोले पढाइमा सफलता मिल्ने मात्र होइन, मनग्य धनार्जन हुने योग छ । अरुको सहयोगले गर्दा धेरै काम बन्ने छन् ।

 

पराक्रम बढ्ने, अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । सामाजिक कार्यमा आफ्नु बर्चस्व बढाउने अवसर भाग्यले जुराउने छ । धर्ममा मन जाने छ । शत्रु पक्ष बलबान भए जस्ता देखिए पनि कुरा काट्नेहरुलाई निस्तेज गरि अघि बढन सफल हुनुहोला । धन मनग्य कमाउने अवसर मिल्ने छ । गोपनीयता साताभरि नै अपनाउनु पर्ला ।

 

 

 

 

सात समष्टिमा राम्रो रहने छ । शुरुमा व्यापारले साथ दिने भएकोले वैदेशिक कार्य र वैदेशिक व्यापारवाट धन मनग्य कमाउने अवसर मिल्ने छ । मनमा बढ्ने प्रसन्नताले बुद्धिलाई प्रखर बनाउने छ । यात्रामा लाभ हुने तथा भेटघाटमा मन प्रसन्न हुने भएकोले भेटघाटमा खुशी अनि पहिलो भेटमा नै अरु प्रसन्न भै सहयोगको प्रस्ताब आउने छ । कूटनैतिक कार्यमा पनि सफलता पाउने योग छ ।

 

प्रेम गर्ने अवसर पनि मिल्ने छ । पराक्रम बढने छ । अधुरा कामहरु बन्ने योग छ । आइत र सोमवार स्वास्थ्यमा बाधा आउनाले खर्च बढ्ने छ । विबादले गर्दा काममा सफलता नमिल्ने र अरुबाट आलोचना हुने भएकोले सोचेर काम गर्नु उचित हुने छ ।

 

शत्रु बढने छन् । विश्वास गरेकाले धोका दिने भएकाले गोपनीयता अपनाउदा नै बेश हुने छ । लेनदेनमा विबाद बढ्ने र विनाकारण झन्झट आउने छ । परिवारका गुनासा बढ्ने छन् ।

 

साताको अधिकाँस समय प्रतिकूल रहने छ । शत्रु वढ्नुको साथै स्वास्थ्यमा अबरोध आउने छ । काममा बाधा मात्रै आउने र मनमा चिन्ता बढिरहने योग छ । फाइदा हुनसक्छ भनेर आर्थिक कारोवारमा अघि नबढ्नु उचित हुनेछ ।

 

सामाजिक कार्यमा पनि अघि नढ्नुनै उचित हुनेछ । विश्वास गरेकाले धोका दिने भएकोले सरकारी कामकाजमा ख्याल गर्नु उचित हुनेछ । आइत र सोमबार आमदानी बढ्ने योगछ । विश्वासमा ठूला व्यक्तिले साथ दिने छन ।

 

मन लगाएर गरेका काममा सजिलै सफलता पाउनु होला । यसपछि भने मान सम्मान पनि पाउने र सोचने शक्ति बढ्ने छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । अरुको मन जित्न सफल हुनुहोला । मनोबल बढ्ने छ । कुरा काटनेहरु प्रशंसागर्न थाल्ने छन् । व्यापारमा प्रगति हुनुको साथै विदेश जाने अवसर मिल्ने छ ।

 

 

साताको शुरुमा बौध्दिकता र परिश्रमले सबैकाम सरल र सहजै सफल हुने योग छ । व्यापार बढ्नुको साथै भेटघाटमा मन रमाउने छ । भाग्यले साथ दिने र धर्ममा रुचि बढ्ने छ । मान सम्मान, नोकरी तथा राजनीतिमा सफलता पाउने योग छ ।

 

अरुको विश्वास जितेर अगाडि बढ्न सकिने योग छ । प्रेममा सफलता मिल्दै छ । आफन्तहरुबाट राम्रो सहयोग पनि मिल्ने छ । पढाइमा सुधार आउने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् ।

 

बृहस्पति र शुक्रबार नैरास्यता र उदासिनता बढ्नुको साथै गलत विचार बढ्ने भएकोले मनोबल घट्ने छ । शत्रु बढ्ने स्वास्थ्यमा संकट आउने देखिन्छ, सचेत रहनु होला । सानु सानु काममा पनि समस्या सिर्जना हुन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन । झुठो आरोप पनि लाग्न सक्छ । गोपनीयता अपनाउनु होला । महत्वपूर्ण कामहरु यी वाहेक दिनमा गर्नु होला ।

 

समय शुरुमा राम्रो छ । परिवारिक सहयोग बौध्दिकता साथ गरिने परिश्रमले काममा सफलता मिल्नुको साथै बोलिको प्रभावले सामाजिक क्षेत्रमा उच्च सम्मान पाउने योग छ । पराक्रम बढ्ने, अधुराकाम सम्पन्न हुने र नयाँ काम पाउने योग छ ।

 

बौद्धिकताको प्रभावले सभासम्मेलनमा सहभागी हुने अवसर मिल्ने छ । आफन्तहरुको उचित सहयोग मिल्ने छ । पढाइमा रुचि बढ्ने छ । अरुको मन जित्न सकिने छ । भेटघाटमा मन रमाउने छ ।

 

पहिलो भेटमानै प्रसन्न भइ सहयोगी हातहरु आफै अघि बढ्ने छन् । व्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा उचित लाभ उठाउन सकिने छ । प्रेम गर्ने सुवर्ण अवसर पनि मिल्ने छ । वैबाहिक बन्धनमा बाँधिने वलियो सम्भावना भए पनि बुध र सूर्य ग्रहको प्रतिकूलताले रोग मात्र होइन गलत विचार पनि बढ्न सक्छ ।

 

खर्च बढ्ने, विबाद र शत्रु बढ्नुको साथै विश्वास गरेकाले धोका दिन सक्ने भएकाले समस्याले सताउने सक्ने हुँदा सफलताको लागि संयम भएर काम गर्नु बेश हुने छ ।

 

 

 

साताको शुरुमा परिश्रमले मनोबल बढाउने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आमदानीको दरिलो श्रोत हात पर्ने छ । भाग्यले साथ दिने छ । धार्मिक कार्यमा रुचि अझै बढ्ने छ । कुरा काट्नेहरु पनि प्रशंसा गर्न थाल्ने छन् ।

 

अरुलाई सजीलै विश्वास दिलाउन सकिने छ । व्यवशायिक लाभ र यात्राको अवसर मिल्ने छ । भेटघाटमा मन रमाउने छ । मान सम्मान पनि पाउनु होला । बोलिको झन् प्रभाब बढ्ने छ । पढाइमा पाउने सफलता कायमै रहने छ । बुद्धिको तारिफ गर्नेहरु प्रसस्तै हुने छन् ।

 

महत्वपूर्ण जिम्वेवारि पाउने योग कायमै रहने छ । पदक पाउने बलियो सम्भावना छ । मंगलको प्रतिकूलताले गलत विचार बढ्ने र त्यसबाट विबाद बढने छ । स्वास्थमा संकट आउने छ । आफन्तहरुसित मतभेद हुन सक्ने र लेनदेनमा विबाद बढने भएकोले मनमा चिन्ता चुलिने छ । संयम भएर अगाडि बढ्नु उचित होला ।

 

 

 

साताको पूर्बाद्र्ध अनुकूल भएकोले सोच्ने शक्ति बढ्ने र पराक्रम फैलने छ । हरेक काममा सफलता पाउने र व्यापार बढ्ने योग छ । यात्र पनि हुने छ । भेटघाटमा मन प्रसन्न हुनेछ । अरुलाइ विश्वास दिलाउन सकिने छ ।

 

मानसम्मान पनि पाउनु होला । ठूला व्यक्तिले परामर्श लिने शुरुवात गर्ने छन् । सामाजिक क्षेत्रमा उच्च सम्मान पनि पानउनु होला । हर कदममा आफन्तहरुको सहयोग पनि मिल्नेछ । नयाँ मित्रको आगमनले मनोबल बढ्ने योग छ ।

 

मंगबारदेखि भने घरेलु समस्याले गर्दा खर्च बढ्ने छ । विबाद बढ्ने र स्वास्थ्यमा संकट आउने देखिन्छ । काममा अवरोध आउने छ । यसले गर्दा मनमा चिन्ता बढ्न सक्छ । लेनदेनमा विबादको सामना गर्नु पर्ला । विश्वास गरेकाले धोका दिने छन् । समयमा निर्णय नहँुदा हात परेको काम समेत फुत्कन सक्छ । पढाइमा अवरोध आउन सक्छ ।