लोरा बेल र जंगबहादुर राणा

 

 

लोरा बेल यो नाम नेपाली इतिहाससंग खासै नगाँसिएको नाम हो । तर पनि अप्रत्यक्ष रूपले जंगबहादुरसंग गाँसिएको छ । कसै कसैले यो सम्बन्धको कथा केवल बिरोधीले बनाएको कथा पनि भन्ने गर्दछन् । नेपालमा पहिलो पटक लोरा बेल र जंगबहादुरको प्रेम सम्बन्धको कथा पुरूषोत्तमशम्शेरले नै ल्याएका हुन् । मसंगको कुराकानीमा पनि वहाले यो स्विकार्नु भएको छ । जंगबहादुरले लोरा बेललाइ बि.सं. १९०७ असार ११ गते आइतवार आफु बसेको रिचमण्ड टेरेसमा भएको पार्टीमा बोलाएको कुरा श्री ३ को तथ्य बृतान्तमा पनि उल्लेख गरेका छन् । तर उनका छोरा पद्मजंगले लेखेको पुस्तक “लाइफ अफ जंगबहादुर”मा महिलासंग भेटघाट तथा कुराकानी भएको भन्ने मात्र लेखेका छन् ।

 

 

आखिर को हुन् लोरा बेल

लोरा बेलको पुरा नाम लोरा एलिजा जेन सिमोर बेल थियो । साधारण परिवारमा जन्मेका उनि सपना बोकेर बाल्यकालमै घर छोडेर बेलफास्ट पुगिन् । त्यहाबाट डब्लिन आइन । हेर्दा उनि पसलमा काम गर्ने भए पनि उनि सभ्रान्त बेश्या बनिन् । डब्लिनमा रहदा उनका नियमित ग्राहक मध्य एक प्रख्यात लेखक अस्कार वाइल्डका पिता विलियम वाइल्ड पनि थिए । त्यहा केही धन कमाए पछि उनि लण्डन आइन । लण्डन आएको केही समय पछि नै उनको भेट नेपालको प्रधानमन्त्री जंगबहादुरसंग भयो । लोरा बेल संग जब जंगबहादुरको भेट भयो, त्यसबेला उनी बग्गीमा धनी र सामन्तहरूलाई सफर गराउथिन् र त्यो बापत चर्को रकम लिने गर्थिन् । लण्डनमा उनको दैनिकी बग्गी चालक र स्ट्रिट गर्ल दुबै हुने गर्थ्यो ।

 

 

 

 

जंगबहादुरसंगको भेट

जंगबहादुरले पहिलो पटक जब Jay’s General Mourning House मा केही किन्न गएका थिए त्यसैबेला लोरा बेल लाई देखेका थिए। त्यसपछि जंगबहादुर उसको पछि लागी रहे । लोरा बेलपनि यस्तै ब्यक्तिको खोजीमा थिइन् । उनले यो स्वर्णिम मौका लाई गुमाउन चाहिनन् । उता महारानी भिक्टोरियाको दोश्रो छोरा ड्युक अफ कनाटको जन्म भएकोले बिदेशी पाहुनाहरूसंगको भेटघाट रोकिएको थियो । तसर्थ जंगबहादुर केही फुर्सदिला थिए । लण्डनको महत्वपूर्ण Belgravia को मुटुमा रहेको Wilton Crescent मा भव्य कोठा लिईदिएका थिए जंगबहादुरले लोरा बेलको लागी । उसको चाहना अनुरूपको कपडा, गहना, हिरा मोती जवाहरात सबै किनिदिएका थिए ।

 

 

शायद त्यसबेला लोरा बेलले चाहेको भए देशको सर्बोच्च पद पनि माग्न सक्थिन र जंगबहादुरले दिन्थे पनि होला । तर लोरा बेलको चाहना यो थिएन । उसलाई त मनग्गे धन र मोज मस्ती मात्र चाहिएको थियो, तसर्थ त्यसैमा सन्तुष्ट रहे । जंगबहादुरसंगको छोटो बसाइमा नै उनी बेलायतको धनी महिलामा गणना हुन थाल्यो । मात्र तीन महिनाको बसाईमा जंगबहादुरले लोरा बेलको लागी २,५०,००० पाउण्ड खर्च गरे । त्यति बेला यो रकमले नेपाल र बेलायत सम्बन्धको लागी निकै धेरै काम गर्न सकिन्थ्यो । तर जंगबहादुरले एउटी स्ट्रिट गर्लको लागी यति धेरै रकम खर्च गरे । यो रकमलाई आजको नेपालको रूपैयामा परिवर्तन गर्ने हो भने करिव १,९३,६७,५७,७०० हुन आउछ । यो रकम हालसम्ममा एउटी स्ट्रिट गर्लको लागी खर्च गरेको सबैभन्दा ठूलो रकम हो ।

 

 

 

अन्तमा फर्कदा फर्कदै जंगबहादुरले लोरा बेललाई एउटा औठी दिदै बचन दिएका थिए, जब पनि तिमीलाई कुनै किसिमको सहयोग या अन्य आबश्यकता पर्छ मलाई यो औठीको साथ सन्देश पठाउनु म कुनै पनि हालमा तिम्रो अनुरोधलाई पुरा गर्नेछु । लोरा बेलको लागी त्यस्तो अवसर त आएन तर देशको लागी जंगको सहयोगको आबश्यकता भयो ।

 

 

जब भारतमा अंग्रेज विरूद्धको आन्दोलनले उग्र रूप लिन थाल्यो । भारतमा लखनउका नवावबाट बिद्रोहको शुरूवात भयो । त्यतिबेला लोरा बेलले प्रिन्स अफ वेल्सलाई आफ्नो र जंगबहादुर बिचको सम्बन्ध र जंगबहादुरले दिएको वचन ’boutमा जानकारी गराइन् । प्रिन्स अफ वेल्सले जंगबहादुरलाई पत्र लेख्न सल्लाह दिए । लोरा बेलले ब्रिटिस रेसिडेन्ट जर्ज रामसेको हातबाट जंगबहादुरलाई त्यही औठीको साथमा पत्र पठाइन्, पत्रमा लेखिन्, “लण्डनको हाम्रो त्यो मिठो क्षणहरूको सम्झना तपाइलाई पक्कै होला । त्यो छोटो भए पनि मिठो सम्झना म पनि सधै याद गर्ने गर्दछु । मलाई याद छ तपाइले मलाई एउटा वचन दिनु भएको थियो । मैले आज देशकै लागी त्यो वचन पुरा गर्ने अनुरोध गर्दछु । भारतमा तपाईको सहयोगको आबश्यकता छ । आशा छ तपाइले पुरा गर्नुहुनेछ ।

 

 

केही दिन पछि पत्र र औठी जंगबहादुरले पाए । त्यसपछी अंग्रेज सरकारलाई पत्र पठाएर जंगबहादुरले आफु सहयोग गर्न तैयार रहेको जानकारी दिए । लोरा बेललाई दिएको वचन पुरा गर्न जंगबहादुर स्वयं तीन रेजिमेण्ट सेनाको नेतृत्व गर्दै भारतको स्वतन्त्रताको आन्दोलन दवाउन सन् १८५७ मा भारत पुगे ।

 

 

लखनउमा नवाव माथी बिजय प्राप्त गरे पछि जंगले निकै हिरा, मोती तथा असंख्य जवाहरातहरू हात पारे । यसपछीको ईतिहास त नेपालमा सबैलाई जानकारी छ । उपहारमा नयां मुलुकको प्राप्ती र जंगे पिलरको स्थापना । जंगे पिलर नहुदो हो त भारतले नेपाली भूभाग अझ धेरै मिचिसक्थ्यो ।

 

 

यसपछी राजा एडवार्ड VII ले पनि लोरा बेललाई देशको निमित्त गरेको योगदानको लागी धेरै धेरै धन्यवाद दिए । जंगबहादुर नेपाल फर्केको तीन वर्ष पछि उनले क्याप्टेन अगष्ट फ्रेडरिक थिसलथ्वेटसंग बिबाह गरे । थिसलथ्वेटको सन् १८८७ मा मृत्यु भए पछि पनि उनले फेरी बिबाह गरेनन् । अन्तत मृत्युपर्यन्त त्यसबेलाका बेलायती प्रधानमन्त्री र उनको परिवारसंग राम्रो सम्बन्ध रह्यो । आखिर सन् १८९४ मा लोरा बेलको मृत्यु भयो । जबकि जंगबहादुरको सन् १८७७ मा मृत्यु भइसकेको थियो ।

 

श्रोत : Laura Bell, Courtesan & Lay Preacher by Anthony S. Drennan तथा अन्य