यसरी हेर्ने जन्मकुण्डली

सबै ग्रहको सम्यक प्रभावलाई हेरीकन प्रत्येक ग्रह आफ्नो दशा वा भित्रको दशामा राम्रो-नराम्रो फल दिने हुन्छ, त्यसलाई सुक्ष्मरुपले अध्ययन गरेर मात्र फलादेश भन्नु उपयुक्त हुन्छ।
जन्मकुण्डली हेर्दा कुनै एक ग्रहलाई मात्र हेरेर राम्रो÷नराम्रो भनि हाल्नु हतारो हुन्छ । र, एकै ग्रहको अवस्थालाई आधार मानेर कुनै धारणा नबनाउँदा राम्रो हुन्छ । सबै ग्रहको सम्यक प्रभावलाई हेरीकन प्रत्येक ग्रह आफ्नो दशा वा भित्रको दशामा राम्रो÷नराम्रो फल दिने हुन्छ, त्यसलाई सुक्ष्मरुपले अध्ययन गरेर मात्र फलादेश भन्नु उपयुक्त हुन्छ । ग्रहलाई हेर्नुको साथै कुण्डलीको उच्च, नीच, स्वक्षेत्री र मित्र ग्रहको अवस्थालाई अध्ययन गरीकन त्यसअनुसार फल कथन गर्नु सार्थक हुन्छ ।
उच्च राशिगत ग्रह फलः
यदी कसैको कुण्डलीमा सुर्य उच्चको छ भने त्यो जातक व्यक्ति विद्धान वर्गवीचमा पुज्य, सहधर्मीयमा नायक भाग्यमानी, धनवान र सुखभोग गर्ने खालको हुन्छ ।
यदी चन्द्रमा उच्चको छ भने, त्यो जातक समाजमा सम्मान प्राप्त गर्छ ।
मंगल उच्चको भएमा जातक बलिष्ट हुनुको साथै सुरवीर हुन्छ । त्यसले कर्तब्य पालनमा शिथिलता देखाउँदैन । राज्यको जागिरमा विशाष सफलता प्राप्त गर्छ ।
यदी बुध कुण्डली उच्चको छ भने जातक कुशल सम्पादक प्रसिद्ध लेखक वा कवि हुन्छ । आफ्नो यश, वुद्दीले सन्तुष्ट रहन्छ । समाजमा निकै सम्मानीय हुन्छ र अति ज्ञानवान हुन्छ ।
गुरु बृहस्पति उच्चको भएमा जातक चतुर, सोचसमझले कार्य गर्ने शुशिल ऐश्र्वयवान तथा नीतिमा निपुर्ण हुन्छ ।
शुक्र ग्रह उच्च भएका जातकहरु संगितज्ञ, काम कलामा निपुर्ण धेरै स्त्रीको संसर्गमा रहने, सबैको प्रिय तथा उन्नत भाग्य भएका हुन्छन ।
शनि ग्रह उच्च भएका व्यक्तिहरुको शनिको दशामा जातकलाई विशेष द्रब्य प्राप्तिको प्रवल योग हुन्छ । अचानक धन प्राप्तिको सम्भावना सहा, जुवा, र लोटरीबाट धन प्राप्ति हुन्छ ।
उच्चको राहु भएकाले व्यक्तिलाई स्पट वक्ता बनाउँछ । धन पनि दिलाउँछ ।
केतु उच्च भएमा जातकले राज्यद्वारा सम्मान र पदोन्नति प्राप्त गर्छ । यदी केतु नीचको भएमा लम्पट र धोखेवाज व्यक्तिको संगतले उसको धन नष्ट हुन्छ ।
नीच राशिगत ग्रह फलः
यदि कसैको कुण्डलीमा सुर्य नीचको भएमा त्यस व्यक्ति पापी हुनुको साथै दुष्ट र पापीलाई सहयोग गर्ने हुन्छ । नीच कर्ममा सदा तत्पर रहन्छ ।
चन्द्रमा नीचको भए जातक रोगी, धन नष्ट गर्ने व्यर्थ कार्य गर्ने, तर विद्धानको साथ साथै रहने मन गर्ने हुन्छ । नदि समुन्द्रको दुर्घट्ना हुने योग बन्छ ।
नीच राशिगत मंगलले व्यक्तिको बुद्धीलाई कुण्ठित पार्नुको साथै कार्य अधुरै रहन जान्छ । अरुले सहयोग गर्दा पनि जस नदिने, क्रोध धेरै गर्ने जीवनमा अप्रिय घट्ना घट्ने जस्ता योग हुन्छ ।
बुध नीचको भएमा व्यक्ति जातीद्रोह गर्ने, आफन्तबाटै अपमानित हुने, असलभन्दा बढी बिकृत कार्य गर्नेमा वुद्धी तेज हुनु । व्यर्थको बहस गर्ने हुन्छ ।
गुरु नीच भएमा आफ्नो दशामा व्यक्तिलाई कलंकित गर्नुको साथै भाग्यसंग सधै खेलबाड गरी रहन्छ ।
शुक्र ग्रह नीचको भएमा व्यक्तिले जति परिश्रम गर्दा पनि धन प्राप्ति गर्न सक्दैन । हरेक क्षण हर समय पश्चातापको आगो मनमा सल्कि रहन्छ ।
शनि नीचको भएका व्यक्ति लडाई, कुस्ति र मुद्दा जित्ने खालको हुन्छ ।
केतु नीच भएमा व्यक्तिलाई मलिन मन, दुर्बुद्धी एव कष्ट सहिश्णु बनाई दिन्छ ।
स्वक्षत्री ग्रह फलः
सुर्य यदि आफ्नै राशीमा भए व्यक्ति ऐश्वर्यवान, धनवान, सुन्दर तथा कामी हुन्छ । स्त्रीले यिनलाई पछ्याई रहन्छन ।
चन्द्र स्वक्षेत्री भएमा व्यक्ति तेजस्वी, रुपवान र समय समय भाग्य खुली रहन्छ । अनायास धन प्राप्त भै रहन्छ ।
मंगल स्वग्रही भएमा व्यक्ति बलवान हिम्मतवाला यिनको ख्याति टाढा टाढासम्म फैलिन्छ । कृषि कार्यबाट धन प्राप्त हुन्छ ।
बुध ग्रह स्वक्षेत्री भएमा व्यक्ति विद्धान, कुशल सम्पादक अथवा विख्यात कवि हुन्छ । शास्त्र चर्चा गर्दा यिनले आनन्द महशुस गर्छन । बाणिज्य विधामा यिनिहरु पोख्त हुन्छ्न ।
गुरु स्वग्रह हुंदा व्यक्ति चिकित्साशास्त्रमा रुची राख्ने, धर्माधिकारी, अध्यात्ममा माननीय भै समाजमा पुजनीय हुन्छ । स्वगृह शुक्रले व्यक्तिलाई स्वच्छ हुन्छ । प्रकृतिको बनाउँछ । कला क्षेत्रमा विश्व प्रसिद्ध बनाउँन अत्यधिक धन आय हुन्छ ।
शनि आफ्नै घरमा हुंदा व्यक्तिलाई जति कष्ट भए पनि हाँसी रहने हुन्छ । जातकको पराक्रम प्रशंसनीय हुन्छ । क्रोध एव उग्र स्वभावको हुन्छ ।
यदी राहु आफ्नो धरमा छ भन्ने व्यक्ति सुन्दर यस अर्जित गर्ने हुन्छ साथै भागयमानी हुन्छ ।
मित्र क्षेत्रगत ग्रह फलः
यदी कसैको कुण्डलीमा सुर्य आफ्नो मित्र ग्रहको घरमा छ भने व्यक्ति दान पुण्यमा निपुर्ण एवं समान गर्नमा व्यवहार कुशल हुन्छ । सम्मानीय हुन्छ ।
चन्द्र मित्र क्षेत्री भएमा व्यक्ति गुणवान सुखी द्रब्य संचय गर्ने र कल्पनाशिल हुन्छ । मंगल मित्रक्षत्री भएमा जातक मित्रद्वारा प्रशंसा प्राप्त गर्ने, आफ्नो बाहुबलले धन संग्रह गर्ने । भोग विलास प्राप्त गर्ने हुन्छ ।
बुध मित्र क्षत्री ग्रह हुंदा व्यक्ति विनोदी स्वभावको हुन्छ । कैयौ प्रकारको हस्त कौशल जान्ने हुन्छ । गुणवान हुन्छ ब्यापार कौशल हुन्छ ।
यदी गुरु मित्र क्षत्री छ भने व्यक्तिको निश्चय पनि उन्नति हुन्छ । साथै आफ्नो बुद्धीको पराक्रमले उच्च ्पद प्राप्त गर्न सफल हुन्छ ।
यदी शुक्रको मित्र ग्रहको घरमा भए, धेरै पुत्रको पिता हुन्छ । जीवन सुखी हुन्छ । सोख सुविधा भोग गर्छ ।
शनि मित्र क्षत्री भएमा पराश्रयी र कुटिल स्वभावको हुन्छ । यस्तो व्यक्ति थिर स्वभावको हुन्छ अधिक स्त्रीसंग प्रेम गर्ने हुन्छ ।
राहु मित्र ग्रहमा हुंदा व्यक्ति भागयशाली तथा उच्च पद प्राप्त गर्छ राजनिती मा सफलता प्राप्त गर्छ ।
मित्र क्षेत्री केतुले ब्यक्तिलाई धनवान, पापी र नाश्तिक बनाउँछ ।
शत्रु क्षेत्रीगत ग्रहको फल :
सुर्य शत्रु ग्रहको धरमा हुँदा व्यक्ति दुःखी, समाजमा अपमानित कलंकित एवं अनिच्छाले जागिर खाने हुन्छ, जहिले भ्रममा रहन्छ निर्णय शक्ति कमजोर हुन्छ ।
यदी चंन्द्र शत्रु घरमा भयो भने आमालाई पिडा दिने हुन्छ । त्यसलाई पेट वायु तथा हृदय रोग साथै अन्य धेरै रोग लाग्ने हुन्छ ।
यदी मंगल शत्रु क्षेत्री भएमा जातक क्षणक्षण निर्बल बनाई दिन्छ । जीवनमा निश्चय गर्ने शक्ति हुँदैन । शंकालु हुन्छ । शत्रु दिन्छ । स्त्रीको पछी भट्किने हुन्छ । साधारण जीवन ब्यतित गर्ने हुन्छ ।
गुरु शत्रु क्षत्री हुंदा चलाख र चतुर हुन्छ । सबैलाई आफ्नो कार्यद्वारा अच्मित गर्ने हुन्छ । तथापी भाग्यहिन हुन्छ ।
शत्रु क्षेत्री शुक्रले मनुश्यलाई दश जीवन ब्यतित गर्न बाध्य बनाउँछ । यस्तो व्यक्ति स्थिर रहन सक्दैन । एकै पटक कैयौ कार्य गर्न खोज्छ ।
शत्रु क्षेत्री शनिले व्यक्तिलाई जति परिश्रम वा उद्धम गरे पनि जीवनभर दुःखी बनाउँछ ।
शत्रु क्षेत्री राहुले व्यक्तिलाई भाग्यमानी बनाउँछ आफुले सोचेको सबै कार्यपूर्ण गर्ने बनाउँछ ।
केतु शत्रु क्षेत्री हुँदा लोप धन वा गाड्धन अथवा लोटरी, सट्टावाजीले अल्प धन प्राप्त गराउँछ ।
त्रिकोण राशीको फलः
यदी सुर्य मुल त्रिकाणमा छ भने व्यक्ति धनवान र समाजमा आदर प्राप्त गर्ने हुन्छ ।
चन्द्र मुल त्रिकोणमा छ भने व्यक्ति सुखी, सुन्दर भाग्य मानी हुन्छ ।
मंगल त्रिकोणमा भए व्यक्ति निर्वल दुष्ट क्रोधी कामचोर हुन्छ ।
बुध मुलतृ त्रिकोणमा हुँदा व्यक्ति सिद्धान्तवादी राजमान्य, सैनिक चिकित्सक, विद्धान र प्रोफेसर हुन्छ ।
गुरु मुल त्रिकोणमा भएमा जातक भोगी तथा कृति स्थापित गर्ने हुन्छ । आफ्नो भाग्य स्वयम बनाउँन सक्षम हुन्छ।
शुक्र मुल त्रिकोण भएमा जातकले अनेक पुरस्कार प्राप्त गर्छ । विदेश भ्रमण साथै विभिन्न प्रशंसा प्राप्त गर्छ ।
शनि त्रिकोणमा हुँदा जातक सैनिक, सरकारी अधिकारी, वैज्ञानिक, अस्त्रशस्त्र चलाउँन निपुर्ण हुन्छ ।
राहु मुल त्रिकोणमा हुँदा व्यक्ति लम्पट धेरै वकवक गर्ने हुन्छ ।
केतु त्रिकोणमा छ भने व्यक्ति धनवान र कामिनी प्रिय हुन्छ ।