प्रिय मान्छेप्रति
प्रिय मान्छे प्रेम गरौ , प्रेम गर्नु कानुनी रूपमा अपराध र धार्मिक रूपमा पाप होइन अनि प्रेम गर्ने समयको कुनै हदम्याद र परिधि हुँदैन । आदर्श प्रेम कहिल्यै मर्दैन प्रेम यसको अमरत्व र पवित्रतासगै सधैं जीवित रहन्छ ।
प्रिय मान्छे, अनुपम स्नेह !
जिन्दगीको गोरेटो लामो छ, घुमाउरो छ, कठिन छ, अनि असंगत पनि । केवल सहज, सरल र संगतिमय बनाउने हाम्रो प्रयत्न हो। अनि हाम्रो कल्पना, सपना र चाहनाभन्दा फरक पनि । जिन्दगी सोचे जस्तो छैन, सम्झेजस्तो छैन र हुदैन, जुन तिमीलाई थाहा छ । जिन्दगीका हर आयाम, मान्यता र सौन्दर्यता तिम्रा रुचि, अध्ययनका क्षेत्र हुन, जसको ’boutमा मैले भन्नू परेन। समाज विज्ञान र मानव मनोबैज्ञानिक पक्षको सुक्ष्म विश्लेषण तिम्रो आफ्नो विज्ञता हो । समाजशास्त्र र मानवशास्त्रको अध्यता हुनुको नाताले तिमी धेरै कुरा बुझ्छौ, हाम्रो समाजको आरोह अवरोह जटिलता र सहजता तिमीलाई थाहा नहुने कुरै भएन र !
समाज र मानव रुचि चाह र स्वार्थ तिमीले देखेकी छौ, बुझेकी छौ, प्रत्यक्ष अनुभव र अनुभुति गरेकी छौ । आज पनि हाम्रो समाजमा जातपातको भावना मन मस्तिष्क र व्यबहारमा ऎजरु जस्तै जेलिएको छ । एक मानव समुदायले अर्को मानव समुदायप्रति गरेको निर्मम र चर्को विभेद तिमी स्वयंले सहेकी छौ, खपेकी छौ । जुन पिडा मैले अनुभुत गर्छु तिमी अनुभव गर्दैछौ । मानवीय प्राकृतिक र स्वभावजन्य कमि कमजोरी, संस्कारगत रुढताले हाम्रो मन मस्तिष्कलाई कसरी गांजेको छ, यस ’bout तिमी भरपुर जानकार छौ ।
अनुभव, अनुभुतिको र बहमुखी प्रतिभाको बेजोड संगम छ, तिमीसंग । तिम्रो प्राज्ञिक र विवेकशील निर्णयप्रति मलाई शंका छैन, तर किताबमा पढिने सिद्धान्त र ब्यबहारिक आदर्श फरक-फरक छन् । जे छैन त्यो छ, देखिन्छ, जे हुनुपर्ने हो त्यो छैन, देखिदैन । हामी जे छौ त्यो नहुन सक्छौ, हामी जे होइन जस्तो छौ त्यस्तै हुन सक्छौं । हामी धेरै छोपिएर छलिएर देख्ने जति नदेखिएका छौं । सुन्ने जति नसुनिएका हुन सक्छौ या चाहिने भन्दा बढी सुनिएका पनि हुनसक्छौ ।
आवश्यकताभन्दा कम र आवश्यकता भन्दा बढी चिनिएका, जानिएका या चिन्न जान्न छुटेका पनि हुनसक्छौ । साथमा जति छ त्यो अपुग छ, तिमी र मसग जे जति छ त्यो पनि यो सामाजिक, बन्धन र तगारो तोडन प्रयाप्त छैन। तसर्थ सिद्धान्तलाई व्यबहारवाद्को कसीमा, अग्नि परिक्षामा परिक्षण गर्नु जरुरी छ । म तिमीबाट सो अपेक्षा गर्छु ।
हाम्रो समाजमा कानुनी राज केवल संविधान ऎन र कानुनको ठेलीमा मात्र छ, व्यबहारमा छैन । हुन्थ्यो भने कुकुर घर भित्र पस्न हुने मान्छे घर भित्र पस्न र बस्न नहुने अनि, नानी चल्ने तर पानी नचल्ने यति घीनलाग्दो कुप्रथा किन आज पर्यन्त उस्तै छ, जस्तो पहिले थियो रु हाम्रो प्रथम जोड यो परम्परा मा धावा बोल्ने हुनुपर्छ, विकृत मानशिकता स्वस्थ र जिवन्त बनाउने तर्फ केन्द्रित हुनुपर्छ । म आज पनि भन्छु यो छोइ छिटो गर्ने गलत परम्परा र अस्वस्थ दिमाग सफा गर्न तिमी हामी आआफ्नो ठाँउबाट दिलो ज्यानले लाग्नु आवश्यक छ । परम्परागत धार्मिक रुढीबादी र धार्मिक गुण, अवगुण को असल मान्यतासहितको द्वैध प्रचलन पनि छ । युगौदेखि चलन चल्तिमा रहेको रिति र संस्कार आजको भोलि नै बदल्छु भन्नू हाम्रो चाह हुनसक्छ, तर आजको सामाजिक धरातलमा यो मुर्खता पनि हो जस’bout हामी बिमति राख्न सक्दैनौं ।
आज पनि बिरालोले बाटो काटदा हच्केर अर्कै बाटो हिड्ने अनि कुनै अमुक जात जाति भेटदा साइत र कुसाइतको कुरा गर्ने समाजको पठित र उच्चपदस्त बर्ग छ । यस्तो समाजको चेतनाको स्तर बढाउन अझै कयौं वर्ष कुर्नु पर्ने हाम्रो तीतो सामाजिक यथार्थ हो । यस्तो समाजको सदस्य बन्नु पर्दा मलाई पनि कम्ता पिडाबोध हुदैन रु समयको लयसंगै यो बदल्न सकिन्छ, बदलिन्छ, बस हामीले प्रतिक्षा गर्नुपर्छ ।
दुई मुटु एक भएर ढुकढुक गर्न र जीवनको लय एकै बनाउन त्यति सजिलो र हाम्रो पहुँचभन्दा बाहिर नहोला भन्न सकिन्न । हाम्रो समाज र परम्पराका थुप्रै अग्ला अग्ला पहाड अप्ठ्यारा परिस्थिति, कांडा नै कांडा टेकेर हिड्नु पर्ने अक्करे भिरको बाटो अनि हामी प्रतिकुल रिति र थितिहरु छन, असंगत अभ्यास र अमानवीय व्यबहारहरु छन, जसलाई हामी सजिलै चुडाउन, तोडन र छिचोल्न सक्तैनौ ।
समाज विज्ञानमा परिवर्तनको एउटा नियम छ जुन हाम्रो आकांक्षाको तिव्रता र आवश्यकतासंग मेल खादैन। तसर्थ आज तिमीले जुन बेग र आवेगमा आएर भावनाको तिव्र बहकाइमा जस्तो निर्णय सुनायौ त्यो विल्कुल गलत छ ,जसबाट तिमी फर्कनु पर्छ । भावना एउटा कुरा, तर जिन्दगीको यथार्थ र वास्तविकता अर्को कुरा हो । हामी जिन्दगीको वास्तविकतासंग नजिक हुनुपर्छ भावनात्मक हुनु र काल्पनिक उडान भर्नुमा छुट्टै आनन्द छ, तर यो आजै र अहिल्यै गन्तव्य भेटने यात्रा होईन । बेचल्तिको बाटो हिंडदा आइपर्ने अनेकन झमेला, समस्या र दुरुहता तिमीले नजिकबाट नियालेकी छौ ।
प्रिय मान्छे,
किताबको कुनै च्याप्टर नराम्रो लाग्यो, खराब देखियो भने पुरै किताब काम लाग्दैन भनेर फ्याँक्नु हुँदैन, च्यात्नु पनि हुँदैन, बरु खराब च्याप्टर हटाएर बाँकी किताब मज्जाले पढनु पर्छ । मान्छे पनि त्यस्तै हो, कमि कमजोरीरहित मानव त ईश्वरले बनाउँदै बनाउँदैनन् । कमिकमजोरी छ र त हामी मान्छे हौं । हामीले ख्याल राख्नु पर्ने कुरा चाँही के हो भने त्रुटिपूर्ण रहेर सधैं बस्न हुँदैन । हामीले आफूलाई सकेसम्म करेक्सनु गर्नु पर्छ । गल्ति गर्न सकिन्छ र हुन्छ, तर यसलाई क्रमबद्द गर्न हुदैन । जसलाई हामी मनन गरौ ।
प्रिय मान्छे ,
सानो छँदा खुशी भएपछि जतिसुकै बेला हाँसी दिन पाइन्थ्यो, दुखको आभाष हुने बित्तिकै जहाँ जस्तो अवस्थामा पनि रुन मिल्थ्यो । तर, समयले आज यस्तो मोड र परिस्थिति ल्याइदियो कि हाँस्नलाई शिष्टता र रुनलाई एकान्त चाहिने भयो । खुलेर दुख देखाउन र सुख बाँडन कि एकान्त आवश्यक भयो कि तिमी जस्तै असल, सुसंस्कृत, बौद्धिक, शालीन र दुख सुखकी पर्याय प्रिय मान्छेको मित्रवत संगत आवश्यक पर्ने भयो । तिमी छौ, तिम्रो साथ छ र नै खुलेर रुने र हाँस्ने एकान्तिक स्वतन्त्रता मिलेको छ । खलिल जिब्रान भन्छन प्रेमले कसैमाथि अधिकार पनि देखाउँदैन, र कसैको अधिनस्थ पनि हुँदैन। ’cause प्रेम स्वयंमा परिपूर्ण छ ।
त्यसैले प्रिय मान्छे प्रेम गरौ , प्रेम गर्नु कानुनी रूपमा अपराध र धार्मिक रूपमा पाप होइन अनि प्रेम गर्ने समयको कुनै हदम्याद र परिधि हुँदैन । आदर्श प्रेम कहिल्यै मर्दैन प्रेम यसको अमरत्व र पवित्रतासगै सधैं जीवित रहन्छ ।