पानीको सट्टा हर्रो

हाम्रो सामाजिक परिचालक साथीलाई कुरैकुराले खसरक्क बनाउँन सक्ने ती बाग्मती किनारका पसलेको गफ गर्ने कला र शैलीलाई मैले पनि माने ।
यो सन् २००० मे महिनातिरको कुरा हो, विश्वविद्यालयको छोटो बिदाको उपयोग गर्दै काभ्रे जिल्लामा सञ्चालित एक सडक निर्माणको सुपरिबेक्षणमा जाने निर्णय भयो । र, सहकर्मी साथीसहित लागियो हेटौडा र हुप्राचौरस्थित गीतकार, संगीतकार एबम गायक भिम विरागको घर जहाँ हाम्रो कार्यालयको पाहुना घर थियो । त्यस रात वहाँको हार्मोनियमको धुन तथा आलाप सुन्दै कतिबेला निदाइयो पत्तै भएन । बिहानफेरी वहाँको सुमधुर धुनले नै शुभबिहानी भन्यो । र, आफु त दिउसोभरको बसको यात्राको थकानले गर्दा आनन्दसँग निदाएँ । तर, विरागजी चाहीँ सुत्नु भयो कि भएन पत्तो पाइएन ।
बिहान हेटौडा बसपार्कबाट फापरबारीसम्मको लागि बस यात्री हुने भइयो । र, चालकको सिटमा आफन्तिलाई देख्दा पहिले त विश्वास नै लागेन । तर, जुँगाले चाँही पक्का मैले सोचेको व्यक्ति नै भन्ने ठाने । उतिबेला आर्मी पुलिसमा भएको भए भत्ता पाउने खालका जुँगा थिए वहाँका । वहाँले त पहिले नै चिनिसक्नु भएको रहेछ । तर, भन्नचाहीँ लजाउँनु भएको पछि बुझियो । परिचयपछि त पुरानो बस र आंगनै जिरिङ्ग हुने बाटोको पनि कुनै चिन्ता रहेन र गुरुजीसंगैको अप्ठ्यारो सिटमा बसेर भलाकुसरी गर्दै र मेजमानी खाँदै रमाइलोसंग सडकयात्राको समापन भयो ।
खोलाको छेउमा रहेको ठुलो चौर भएको रमणीय ठाउँ जसलाई फापरबारी भनिदो रहेछ र प्रत्येक शनिबार हाट लाग्ने रहेछ ।
आफन्त गुरुजीकै सिफारिसवाला होटेलमा रातको बसाई सहज भयो । होटेल मालिक युवा, तर बडा मेहनति र पाहुनाको सत्कारमा कुनै कमि नहोस भन्ने खालका रहेछन । भोलिको यात्रा हामी सबैका लागि नौलो गन्तब्य थियो । जब होटेल मालिकले यो कुराको जानकारी पाए अलि असहज महसुस गरे र किनकि त्यो बाटो त्यति सजिलो र प्राय प्रयोग भैरहने रहे नछ । लामो बगर पार गरेर पहाडी बाटो कुन ठाउँबाट शुरु हुन्छ भेउ पाउन निकै गाह्रो भयो ।
हामी एकआपसमा मुखामुख गर्न लाग्यौ । साहुजीले कुरा बुझे अनि ढाडस दिदै नआत्तिनुहोस म पहाडको बाटो सोझाएर आउँला भने ।
सबैले तुसारोको हिडाईमा आगो ताप्न पाएको महसुस गरियो । भोलिपल्ट बिहान ४ बजे झिसमिसेमै यात्रा शुरु गर्ने योजनासहित बिस्तारातिर अघि बढियो । सवेरै बिहान उठाउने जिम्मा पनि साहुजीलाई नै लगाइयो ।
जोशिला तन्नेरी साहुजीले बिहान ३.३० मा नै सबैलाई जागा बनाए र करिब ४ बजे वहाँको पछिपछि हाम्रो यात्रा शुरु भयो, काभ्रेको मिल्चे जानको लागि । करिब एक घण्टाको यात्रा समय खोलाको बगर पार गर्न लाग्यो होला । नदि भने एक ठाउँमा लगाएको पाइन्टको मोता पनि माथि नसारीकनै एकै फड्कोमा तरियो । उज्यालो पनि भयो, हामीले पहाड चड्ने बाटो पनि पत्तो पाइयो । अघि आएको बाटो हेर्दा त साहुजी नहुँदा हुन त हामी तल बगरमा नै चक्कर काटिरहेका हुने थियौ होला । बिहानै खाल्डा पुरेर र पहाडी बाटो सम्याइदिएकोमा साहुजीलाई मुरीमुरी धन्यवाद दिंदै फेरीफेरी पनि भेट्ने बाचा गर्दै हाम्रो टोली छुट्टियो । साहुजी अलि नमिठो मान्दै शुभयात्राको कामना गर्दै फिर्ता भए ।
सामान बोक्न सहयोग गर्ने एकजना, एकजना एनजीओका साथी, आफु अनि एक सबइन्जिनियरका साथ पहाडी यात्रा शुरु भयो । सबैका लागि बाटो बिशुद्ध नयाँ थियो । पुराना यात्रुहरुका पदचिन्ह पछ्याउँदै अगाडि बढियो । उकालोको एक तिहाई बाटो पनि कटेको छैन, सबैको हातमा रहेको पानीको बोतल खाली भैसकेको थियो । गर्मीको बेला, उकाली बाटो, सबै जना पसिनाले निथरुक्क र सबैजना प्यासले प्याकप्याक भैसकेका थियौं । तिर्खालाई भुल्न विभिन्न गफ गर्न खोज्यो, तर उ भने छायाँ जस्तै पछ्याई रहन्थ्यो ।
जंगलमा पानी अमला पाइन्छ कि एक जना साथीले उत्सुकता जनाए । सबैलाई मनासिब लाग्यो । पस्यौं जंगल भित्रभित्र शिकारीले शिकार खोजे जस्तै । बरु धपेडीले तिर्खा बढायो, कसैको हात परेन पानी अमला । अनि पानी अमला ! पानी अमला !! “के के जाति कमला, के के जाति सारा” भन्ने गित बनाउंदै पुनः सडकमा प्रवेश गर्यौं । एकछिन हास्य रसले भरिएका सुर न तालका गीतले पानीको प्यासलाई केहि धकेलेको थियो ।
लुगाको भारीले लादिएको गधा जस्तो लखतरान भएर हिडिरहेको बेलामा एक चौतारी भेटिनु पनि पानी नै भेटिए जस्तो लाग्यो । चौतारीको सितल, सररर हावा एकछिन त मनै चंगा भयो । करिब आधा घण्टा बित्यो कसैलाई पनि उठ्न मन लाग्या हैन । करिब आधी उकालो अझै बाँकी होला । कामको हतारो आफैँलाई भएकोले साथीहरुलाई अर्को चौतारीमा आराम गरौला भन्दै यात्रा अघि बढाउँन अनुरोध गरें । साथीहरु गरुँगो मन गरेर उठे ।
सबैलाई पिउँने पानीको चिन्ता, बाटोमा भेटिने हो कि हैन र उठ्ने बेलामा आफु बसेको ठाउँ र ’round हरिया र लाम्चा, तर आफुले कहिले नदेखेका केहि दाना देखिए र साथी अभिले त्यसलाई हर्रो हुनुपर्छ भने । एनजीओका साथी श्यामले थोरै चाखे र प्रमाणित गरिदिए, हर्रो नै हो भनेर । अघिदेखि हामीलाई शितलता प्रदान गर्दै गरेको रुख त गुणी फल हर्रोको पो रहेछ । एकपटक टुप्पोसम्मै हेरें, झुप्पाझुप्पा फल देखियो । भित्रैदेखि हर्राको रुखप्रति आदर र सम्मान प्रकट गर्न मन लाग्यो ।
ओहो त्रिफला (हर्रो, बर्रो र अमला) मध्येको एक प्रमुख फल, अभुतपुर्व वस्तु फेला पारे जस्तो लाग्यो । विभिन्न रोगको लागि अचुक औषधि, आर्युवेदिक औषधालयमा जाँदा ९० प्रतिशतभन्दा बढीको हातमा यसैको पुरिया देखिन्छ । सबैले हर्रोको स्वाद लियौं । खान तितो भए पनि मुख रसिलो बनायो । एक हदको प्यास नै मेटिएको अनुभव भयो । ’round भेटिएका सबै हर्रो बटुलेर सबैका गोजीमा राख्यौं । यदि बाटोमा पानीको मुहान नभेटेमा पानीको जÞुगाड़ भयो भनि युद्ध जिÞतेको सिपाही जस्ता खुशी भयौँ । अप्रत्यासित खुशीले एकछिनलाई यात्रा रोमाञ्चित बनायो । अब त सजिलो भयो, मुख सुक्यो कि हर्रो चपायो अगाडी बढ्यो । पानीको सट्टा हर्रो ।
बारम्बारको तीतोले होकी जीउ त लत्याकलुतुक छ । सबैको र आँखापनि धमिलो भयो भन्न थाले, केहि साथीहरु । तर, पनि उपाय केहि छैन, लतारिएकै छ टोली ।
करिब तीन घण्टाको हिडाईपछि बाग्मती नदि देखियो । मानिसको चहलपहल कम हुने भएकोले होला खासै बाटो यो हो भन्ने स्पष्ट पदचिन्ह भएको गोरेटो कहीँ पनि भेटिएन । नदी देखेपछि त्यसैलाई पछ्याउँंदै जसोतसो खोला किनार झरियो ।
खोलाको किनारमा कत्तर ’boutर तयार गरिएको एक हिउँदे पसलमा पुग्ने बितिक्कै पानी खाने लोटामा लाइन लाग्यो । पानीको मुहान र गुणस्तर’bout सोध्ने फुर्सत कसलाई हुनु । लोटा समातेपछि एकै सासमा रित्याएर मात्र अर्कोलाई दिने गर्थे, साथीहरु । त्यसपछि चिया र बिस्कुट, त्यो पनि थपिथपि खान पाउँदा ठुलै कुरो प्राप्ति भए झैं महशुस भयो । चिया पसलेसँगको कुराकानीबाट थाहा पाइयो कि हामी जंगलमा बाटो भुलिएर ३ घन्टाको बाटोलाई ७ घण्टा लगाएका रहेछौं ।
चिया बिस्कुट त खाइयो पैसा तिर्ने बेलामा हाम्रा साथी र पसलेवीच निकै समय छलफल भयो । साथी किन आउँन ढिला भयो भनि भित्र गएको, थाहा लग्यो कि पसले फेला परेछन हाम्रो सामाजिक परिचालक साथीको । यो मूल्य किन र कसरी ? पसले पनि कम्ताको कहाँ थिएर । सबै नालीबेली लगाउँन लागे । नदि किनारका पसल हिउँदे पसल हुन् र त्यो ठाउँमा करिब १०÷१२ यस्तै पसल थिए । केहि दिन अघिसम्म । तर, बाढी आउने सम्भावना देखिएकोले सबै उठाए । उनि र अर्को एक पसल जो आज बन्द थियो, मात्र बाँकी छन् । कति बेला बाढी आउने पत्तो हुँदैन । कुनै बर्ष त ज्यान जोगाउँन मात्र सफल हुन्छन । सामानलगायत श्रीसम्पति बाग्मतीलाई नै सुम्पनु पर्छ ।
यसमाथि पनि स्थानीय नेता, गुण्डा, पुलिस अनि अहिले त माओबादीसमेतलाई बिभिन्न सहयोग नगरे यहाँ पसल चलाउन हिम्मत नगरे हुन्छ । पसलेका कुरा सुनिसकेपछि साथीले थप जिज्ञाशा भने राखेनन् । हाम्रो सामाजिक परिचालकलाई खस्रक्क बनाउँन सक्ने पसलेलाइ भने माने मैले पनि ।
साथीले रु. एक हजारको नोट झिके । साहुजीले सोधे चानचुन छैन ? हाम्रा साथी भन्छन छ । साहुजी पुलुक्क मुखतिर हेर्छन र भन्छन, दिनुस न त । हाम्रा साथीले आफुसंग भएको ४÷५ ओटा सिक्का साहुको हातमा राखीदिए । साहुजीले अहिलेसम्म नदेखाएका दाँत देखाए, तपाई पनि मजाक गर्नुहुन्छ । जुरुक्क उठेर साथीको हातमा रहेको हजारको नोट थुतेर बाहिर निस्कन्छन्, उनि ।
हामीहरुले पारी मिल्चे गाउँ र जाने बाटो हेर्दै झन्डै आधा घण्टा बितायौं । साहुजी पसिना पसिना भएर दुवै हातमा नोट बोकेर आए र आफुले लिनुपर्ने रकम देब्रे र फिर्ता गर्ने रकम दायाँ हातमा मिलाएरै राखेका रहेछन । ढिला भएकोमा एकै सासमा माफी माग्दै रकम फिर्ता गर्छन । अरु ठाउँभन्दा चार गुणा बढी पैसा तिरेर पनि तपाइको ब्यापार फलोस फुलोस, कहिलै बाग्मतीमा नबगोस भन्ने आर्शिवचन दिएर बिदा भए साथी, रिसले हो कि खुशीले ।