पाथिभरा:ऐतिहासिक-पौराणिक पृष्ठभूमि बोकेको धार्मिकस्थल
भावना पाठक
नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बाकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभराको पवित्र धाम ताप्लजेङ्ग जिल्लाको सदरमुकाम फुङलिङ्गबाट लगभग १६–१७ किमि पुर्वोत्तर ३७६४ मीको उचाइमा अवस्थित छ । भरेको पाथी झै सुन्दर मनमोहक आकृति वोकेको पाथिभरा पहाडको शिखरमा देवी भगवतीको धाम रहेकाले यी देवीको नाम ‘पाथिभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।
ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्तुवुङ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्तु”को अर्थ शक्ति वा बल, “वुङ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।
पाथिभरा देवीको उत्पत्ति सम्वन्धमा थुप्रै किवदन्दी तथा जनविश्वास रहेका छन् । भनिन्छ – परापूर्वकालमा पाथिभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ एक पटक पाथिभरामा राखेका थिए । एक दिन अचनाक वथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तव्ध भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भइ आफ्नो उत्पत्ति स्थल र आकृतिको वोध गराउँदै भेडावली सहित पूजा अर्चना गर्न निर्देशन दिनु भयो ।
आत्मावोध प्राप्त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सवैभन्दा स्वस्थ हृष्टपुष्ट भेडाको थुम्वा वली दिए । वली के दिइएको थियो– ती हराएका सयौ भेडाहरु जस्ताको त्यस्तै पहिलाकै ठाउँमा देखापरे । त्यो भन्दा अझ आश्चर्यको कुरा वली दिएको भेडाको रगत वली स्थलमा झर्ना साथ वालुवामा पानी हराएझै हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरुले देवीको जयजयकार गरे ।
यहाँ स्मरणीय कुरा के छ भने यद्यपि पाथीभरा देवीलाई दैनिक सयौको संख्यामा भेडा, वोका, पाठा, पाठी बलि चढाइन्छ तर वली स्थलमै रगत हराएर सिमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्छन् । देवीमा चढाइएको वली संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पथ्र्यो तर त्यसो हुँदैन यही कारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहिआएको छ ।
आज पाथीभरा देवीको महिमा देवी प्रतिको आस्था एवं विश्वासले गाउँ, जिल्ला र देशको सीमा नाग्दै विदेशमा समेत पुगेको छ । जसको परिणाम स्वरुप हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवी दर्शनको निम्ति आउने क्रम जारी नै छ । माथि नै उल्लेख गरिएको छ की पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन् । त्यसैले पाथीभरा धाममा पनि त्यही आस्था र विश्वासले जानुपर्ने हुन्छ । धाममा जानका लागि कुनै जातजाति धर्म वा लिंगको भेदभाव छैन, वन्देज पनि छैन । तर पाथीभरा धाममा गर्भवती, रजस्वला भएकी महिला, वरखी ’boutको मनमा लोभ पाप बोकेको मान्छे गएको खण्डमा उनीहरुको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ भन्ने जनविश्वास रहि आएको छ ।
यस मन्दिरमा वर्षको पुस र माघ वाहेक दश महिना मै जान सकिन्छ विशेष गरी दशैको नौरथामा बाक्लोभिड नै हुन्छ दर्शनार्थीको सदरमुकाम फुङ्लीङ्गबाट ४–५ घण्टाको पैदल पश्चात मन्दिरमा पुगिन्छ । पाथीभरा देवीका निम्ति पशुवली अनिवार्य नभएपनि वली चढाउनु उत्तम मानिन्छ ।
काटमार नगर्नेहरुले देवीलाई स्वादिष्ट फलफुल तथा मिठाइको भोग चढाउँछन् पाथीभरा देवीलाई अटल शौभाग्यको रुपमा पनि मानिन्छ । त्यसैले सवै किसिमका श्रद्धालु भक्तजनहरुले सौन्दर्य प्रसाधनका सामग्री सिन्दुर, टिका लगायतका सामग्री चढाउन सकिन्छ । विश्वास र आस्थाका सँगसँगै दैवीक शक्ति भएको यस मन्दिरमा छोरा नभएमा दौउरा सुरुवाल छोरी नभएमा सारीचोली, चुरा चढाउनाले छोराछोरी प्राप्त गर्ने विश्वास रहँदैआएको छ । र प्राप्त पनि भएको कुरा स्थानीय वृद्ध तथा पुजारी वताउँछन् ।
पाथीभरा दक्षिणबाट उत्तरतर्फ केही ओरालिएर गएको चउरी फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहाली लाग्दो भिरको शीरानमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । मन्दिरको छेउछाउमा विभिन्न समाजसेवी तथा श्रद्धालु भक्तजनहरुले वनाइदिएका पाटी पौवा देख्न सक्नुहुन्छ । मन्दिरको मुख्य भागमा सिंह माथि आसनगरी वसेकी रक्तकाली देवीको मुर्ति देख्न सकिन्छ ।
बाह्रै महिना पाथिभरा मन्दिर जान सकिने
ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभर मन्दिर पुग्ने मोटरबाटोको स्थर उन्नतीमा सरकारले चासो दिएको छ ।दैनिक हजारौँको संख्यामा तिर्थयात्री हिड्ने मोटरबाटो कच्ची भएको कारण स्थर उन्नतीका लागि अर्थमन्त्रालयले यस वर्ष दश करोड रकम छुट्याएको छ ।
धार्मिक तथा पर्यटनको दृष्टिकोणले महत्वपूर्ण स्थल भएकाले क्षेत्रीय तथा पर्यटकिय महत्वका सडकहरु निर्माण तथा स्थर उन्नती गर्ने सरकारको योजना अनुरुप बहुवर्षीय ठेक्काको प्रकृयाबाट काम गरीने अर्थमन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रम गरिदै आएको छ ।सडकको ट्र्याक खनि लामो समय सम्म जोखिमपुर्ण रुपमा साना गाडिमात्र चल्दै आएको यस सडक खण्डको स्थर उन्नती गर्न सरकाले पनि चासो दिएको देखिन्छ
दैनिक हजारौ तिर्थयात्रि आउने यस पाथिभरामा जाने मोटरबाटो सुकेटार सम्म कालोपत्रे भए पनि यस भन्दा माथि कच्ची र सानो बाटो हुँदा पिकप भ्यान बाहेक अन्य सवारी साधन सञ्चालन हुन सकेको छैन । पिकप भ्यान मात्र चल्दा भ्यान सञ्चालकहरुले मनोमानि रुपमा भाडा लिदा तिर्थयात्रि ठगिर्दै आएका छन् भने भनेको समयमा यातायातका साधन नपाउँदा उनिहरु ठगिदै आएका छन् ।