तपाईको ग्रहदशा

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल आश्विन २० देखि २६ गते )

 

 

साताको शुरुमा बोलिको प्रभाव बढ्ने छ । अरुको विश्वास जितेर कूटनैतिक तथा सामाजिक काम गरी सम्मानका साथै धन मनग्य आर्जन हुने योग छ । मीत्र तथा आफन्तहरुको सहयोग पनि मिल्ने छ ।

 

इमान्दारिता लगनशीलताको प्रभाबले अरुलाई प्रभावित गर्न सकिनेछ । व्यापारमा सफलता सोचे जस्तै मिल्ने छ । यात्रा गर्ने अवसर मिल्ने छ । बैदेशीक कार्यमा सफलता मिल्नेछ । प्रेम गर्ने अवसर मिल्नुको साथै नोकरिमा पदोन्नति र राजनीतिमा उच्च स्थान प्राप्त हुने बलियो सम्भावना छ ।

 

बृहस्पति र शुक्रबार चिन्ता बढ्ने घरेलु समस्याले सताउने तथा चिन्ता बढ्ने भएकोले काम गर्दा घर वाहिर आफन्तहरुवाट टाढा रहेर गर्नु वेश होला । भाग्यले साथ दिने छैन । धर्ममा अरुचि बढ्ने छ । सफलताको लागि भने संयमता अपनाउनु पर्ला ।

 

 

 

साता राम्रो छ । शुरुमा मान सम्मान पाउनाले तपाइको मनोवल उच्च रहने छ । मध्यस्थताको काम गरेमा धेरै लाभ मिल्ने छ । आफ्नै प्रयासले नयाँ कार्य गर्न सकिने छ । इमान्दारिताको उचित स्थान पनि पाउनु होला ।

 

कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । विश्वास ठूला व्यक्तिले गर्ने छन् । धन मनग्य कमाउने अवसर मिल्ने छ । प्रेमको यात्रामा अरुको मन जित्न सफल हुनुहोला । सवारी साधन जोढ्ने अवसर मिल्ने छ । मित्रहरुबाट उचित सहयोग मिल्ने छ ।

 

पढाइमा सफलताले निरन्तरता पाउने छ । बुद्धिको प्रयोगमा धेरै काम हुने छन् । भाग्य बलीयो नभएको र कर्म पनि कमजोर भएकोले नोकरी तथा राजनीतिमा तथा सामाजिक कार्यमा जोड नदिनु होला । अन्य कार्यमा अघि बढ्ने भएकोले अरुको विश्वासमा काम गर्नु उचित हुने छ । आर्थिक कारोबारमा अघि नबढ्नु होला ।

 

 

 

 

समय समष्टिमा राम्रो छैन । शुरुमा खर्च बढ्ने छ । विबाद बढ्ने र अनावश्यक आफन्तहरुबाट आलोचित हुनु पर्ने भएकोले संयम हुनुहोला । नैराश्यता र उदासिनताले सताउने छ । कुरा काट्नेहरु सकृय हुनेछन् । धनमाल हराउन सक्ने भएकोले ढुकुटीमा कडा नजर लगाउनु होला । पढाइमा ह्राश आउने छ ।

 

समयमा निर्णय नहुँदा आफ्नु काममा अरुले अधिकार जमाउने छ । दाँत मुखमा पिडा हुने छ । शत्रु सकृय हुने भएकोले वोल्न विचार गर्नु पर्ला । सोमबार दिउसोदेखि बुधवार दिउसो सम्म पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ ।

 

व्यापारमा उन्नति राम्रै हुने छ । ढिलै भए पनि भाग्यले साथ दिने छ । धनार्जन मनग्य हुनेछ । अरुको मन जित्न सजिलै सकिने छ । ठूला व्यक्तिले मन पराउने छन् । महत्वपूर्ण जिम्वेवारी आफूमाथि आउने छ । पाएको जिम्वेवारी पूरा गर्न सकिने छ । काम गर्दा सजगता अपनाउनु उचित हुनेछ ।

 

 

 

 

साताका ग्रह राम्रो छ । शुरुमा मान सम्मान मिल्ने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । वौध्दिकताले पूर्ण सफलता पाउने योग छ । भेटघाटमा मन रमाउने छ ।

 

पहिलो भेटमा नै प्रभावित भइ सहयोग गर्ने तत्परता धेरैले देखाउने छन् । नाम कमाउने अवसर मिल्ने छ । बोलिको प्रभाब बढ्ने योग छ । नोकरी तथा राजनीतिमा गुमेको स्थान फर्काउन सकिने छ ।

 

पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने छ । मंगल र बुधबार खर्चका साथै शत्रु बढ्ने हुँदा मनमा चिन्ता बढ्ने छ । विबाद बढ्ने र काममा अवरोध आउने छ ।

 

गलत विचार बढ्ने छ । समयमा निर्णय नहुँदा आफ्नु काममा अरुले अधिकार जमाउने छ । कुरा काट्नेहरु बढ्ने छन् । लेनदेनमा विबादको सामना गर्नुपर्ला । विश्वासमा धोका हुने छ । परिबारबाट समेत आलोचित हुनु पर्ने छ ।

 

 

 

साता राम्रो छ । काम गर्दा विचार पु¥याउन सके सवै अप्ठ्याराहरुलाई सुल्झाउन सकिन्छ । राज्यमा आफ्नो स्थान उच्च हुनुको साथै अन्तर्राष्ट्रिय व्यक्तित्व बन्ने तथा कूटनैतिक क्षेत्रमा नयाँ स्थान पाउने योग छ । धन मनग्य कमाउने खालको व्यापार हात पर्नेछ ।

 

भाग्यले साथ दिनुको साथै कर्म पनि बलियो भएकोले राष्ट्रिय कार्यलाइ लिएर यात्रा हुने छ । भेटघाटमा मन रमाउने र मान सम्मान पाउने योग छ । अरुको मन जित्न सजिलै सकिने छ । ठूला व्यक्तिसित अन्तरसम्बाद गरेर अघि बढ्ने अवसर मिल्ने छ ।

 

बृहस्पति र शुक्रबार खर्च वढ्ने छ । विबाद बढ्ने छ । कुरा काट्नेहरु चलमलाउने र गलत विचार चुलिने योग छ । शरीरमा आलश्यता बढ्ने काममा अवरोध आउनाले मनोबल घट्ने छ । शत्रु बढ्ने समयमा निर्णय नहुँदा हात परेको काम फुत्कने छ । विश्वास गरेकाले धोका दिने भएकोले अरुको काम धेरै गर्नुपर्ला । जस पाउने सम्भावना एककमै रहने छ ।

 

 

 

साता राम्रो रहने छ । शुरुमा नैराश्यता र उदासिनता वढ्ने भए पनि आइतवारदेखि मनोवल बढ्ने छ । आफन्तहरुसंग सदभाव बढ्ने छ । मित्रहरु बढ्ने छन् । पढाइमा सफलता मिल्ने छ । दृढ विश्वस्त बनेर काम गर्दा पूर्ण सफल होइने छ । नोकरी तथा राजनीतिमा अपेक्षीत सुधार आउने छ । शत्रुको दवावसंगै रिषको बेग बढ्ने भएकोले धैर्यता अपनाउनु होला । व्यापार र वैदेशिक कार्यवाट प्रशस्त आम्दानी गर्ने अवसर मिल्ने छ ।

 

कूटनैतिक कार्यमा सफलता पाइने छ । भेटघाटमा मन रमाउने भएकोले यात्रा गर्नु उचित हुने छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । तपाइको लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेहरु धेरै हुनेछन् ।

 

पहिलो भेटमा नै प्रभावित भइ सहयोग गर्ने तत्परता धेरैले देखाउने छन् । भाग्य बलियो छ । अझ कर्ममा जोड दिए धेरै काममा सफलता मिल्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । ठूला व्यक्तिसित अन्तर सम्बाद गर्ने अवसर मिल्ने छ । महत्वपूर्ण काममा सफलता पाउनु होला ।

 

 

 

साताको पूर्बाध्र्द राम्रो छैन । शुरुमा स्वास्थ्यमा वाधा आउने र मनमा उदासिन्ता बढ्ने छ । आर्थिक कठिनाइले सताउने र शत्रु बढने छन् । विबाद चुलिने भएकोले मन उदास हुन सक्छ । शरीरमा चोटपटक पनि लाग्न सक्छ सवारि चढ्दा र चलाउँदा धैर्य गर्नु उचित हुने छ ।

 

मंगलवारदेखि आफन्तहरुसाथ बौद्धिक कार्यमा संलग्न भै मान सम्मान पाउने योग छ । कर्म बलियो हुने भएकोले काममा सफलता मिल्ने र मन प्रशन्न हुने छ । विश्वास गर्नेहरु पाइला पाइलामा फेला पर्ने छन् ।

 

कुरा काट्नेहरु प्रशम्सा गर्न थाल्ने भएकोले आफुले गरेको निर्णय सार्थक बन्ने छ । घरेलु कार्यहरु सकारात्मक रहनेछन् । पढाइमा राम्रै प्रगति हुने देखिन्छ । दाम हात पर्ने तथा व्यापारमा सुधार आउने र काममा सफलता पाउने योग छ । यात्रा पनि होला । सबै काम अगाडि बढाउनु उचित हुनेछ । ठूला व्यक्तिले भरोसा गर्ने छन् । महत्वपूर्ण जिम्वेवारि आफूमाथि आउने छ । पाएको जिम्मेवारी पूरा गर्न सकिने छ ।

 

 

शुरुमा ग्रह गोचर राम्रो छ । वैदेशिक क्षेत्रमा सबै काम सहज सरल हुने छ । खटपटमा पुगेको प्रेम सम्वन्धमा अपेक्षित सुधार आउनुको साथै मन प्रसन्न हुने छ । सहयोगीहरु प्रसस्तै हुने छन् । जोस र जाँगर प्रसस्त मात्रामा बढ्ने छ ।

 

विश्वास गरेकाले साथ दिने मित्र तथा परिबारहरुबाट पाउने सहयोगले नोकरि तथा राजनीतिमा सफल हुन सक्ने भएकोले त्यतैतिर नजर कडा लगाउनु होला । मंगलवारदेखि कुरा काट्नेहरु बढ्ने भएकोले बोल्दा विचार पु¥याउनु पर्ला ।

 

अरुको काममा संलग्न भै ठूला व्यक्तिका साथ गरिने कुराले सफलता नपाउँदा मन उदाश हुनेछ । आर्थिक कारोवारमा गरेका प्रयासहरु सकारात्मक रहने छैनन् । धार्मिक सामाजिक क्षेत्रमा गरेका कार्यहरु सकारात्मक हुने छैनन् । भाग्यले साथ दिने छैन । कर्म भने साता भरि नै बलियो छ । सोचेर अघि बढ्नु उचित हुने छ ।

 

 

साताको ग्रहगोचर राम्रो रहे पनि शनि र आइतबार, बृृहस्पति र शुक्रबार शत्रु बढने छन् । खर्च र विबाद बढने भएकोले बोल्दा विचार पु¥याउनु उचित हुने छ । लेनदेनमा अघि नबढ्नु उचित हुने छ । कुरा काट्नेहरुले तपाइको कमजोरि खोज्न थाल्ने छन् ।

 

गोपनीयतामा जोड दिनु उचित हुने छ । सानु सानु काममा पनि सफलता पाउन गाह्रो होला । विश्वास गेरकाले धोका दिने छन् । सोम, मंगल र बुधबार पराक्रम बढ्ने र अधुरा काम बन्ने तथा मान सम्मान पाउने योग छ । व्यापार र वैदेशिक कार्यबाट आमदानीको राम्रो लक्षण देखिन्छ । भाग्यले साथ दिने छ ।

 

बोलीको प्रभाब बढ्ने छ । यात्रा र भेटघाटमा मन रमाउने छ । पहिलो भेटमानै अरुसितको सम्वन्धमा सुधार आउनेछ । धर्ममा रुचि बढ्ने छ । गरेका कामहरु सफल हुने छन् । समयमा निर्णय गर्न सके आफ्नु काममा सफलता मिल्नुको साथैै अरुको काममा पनि आफूले अधिकार जमाउन सकिने छ ।

 

 

समय राम्रोछ । शुत्रु वढ्ने भएकोले संयम भने हुनु पर्ला विचार पुर्याउदा धेरैकाम बन्नेछन । बोलिको प्रभाब बढनेछ । पढाइमा सफलता पाउनेयोगछ । तपाइको लगन सिलता र इमान्दारिताको प्रसम्सा ठूलाव्यक्तिले गर्नेछन । आफन्तहरुको सहयोगमा भाग्य बृध्दि र धनलाभ हुनेछ । बुद्धिको उपयोग गरे अरुबाट प्रसम्सा पाउनुहोला । व्यापारमा राम्रैलाभ पाउनेयोगछ । यात्रा गर्ने अवसर पनि मिलनेछ ।

 

यात्रामा प्रसन्नता बढनेछ । कर्म बलियोछ नोकारि तथा राजनितीमा नाम कमाउने अवसर मिलनेछ । अरुको मन जित्न सजिलै सकिनेछ । प्रे्ममा सफलता मिल्नेछ कूटनैतिक कार्यमा माजोढदिनुपर्ला । भाग्य वलियो छ राज्यले तपाँइको लगनसिलता र इमान्दारिताको उचित सम्मान उचित स्थान पनि दिनेछ

 

 

 

 

समय बलियोछ ग्रह गोचर राम्रो छ शुरुमा मित्र तथा परिवारको राम्रो सहयोग मिल्नेछ पढाइमा प्रयाप्त सफलता मिलनेछ पढाइकै सिलसिलामा याात्रा रमाइलो हुनेछ यात्रामा हुने भेटघाटले मनोवल बढाउनेछ । पहिलो भेटमानै प्रभावितभै सहयोग गर्ने तत्परता धेरैले देखाउनेछन ।

 

सामाजिक क्षत्रमा मान सम्मान पाउनेयोगछ । सभा सम्मेलनमा सम्मान जनक उपस्थिती रहनेछ । बौध्दिक कार्यमा सम्लग्नभइ आनन्द लिनेअवसर मिलनेछ । अरुबाट प्रसम्सा पाउनुहोला । शत्रु पराजय हुनेछन पराक्रम बढनुकोसाथै अधुराकाम बन्ने तथा नयाकाम पाउने योगछ धन कमाउने कार्यमा सफलता मिलनेछ भाग्यले साथ दिनेछ धर्ममा रुचिबढनेछ सन्तान प्राप्तीको अवसर मिलनेछ । कुराकाटनेहरु प्रसम्सागर्न थालनेछन । राज्यले सम्मान गर्नेछ । स्वास्थको ख्याल गर्नु उचित हुनेछ ।

 

 

साता समष्ठि राम्रो छैन शुरुमा मित्र तथा परिवारको सहयोग हुने भएकोले परिश्रम गर्दा केहिकाम बन्नेछन । अरुलाइ आकर्षित गर्नसकिनेछ । शत्रु वढेपनि केहिले भरोसापनि गर्नेछन । मन पनि सान्त रनेछ ।

 

पराक्रम बढनुको साथै अधुराकाम बन्ने योगछ । बुधवार देखि गलत विचार बढ्ने नोकरि तथा राजनितीमा गरेका प्रयास हरु सकारात्मक रहनेछैनन । व्यापारमा सफलता पाउन अलि गारो पर्ला ।

 

पढाइमा सफलता मिलनेछैन अरुको मन जित्न सकिनेछैन योग भयपनि लेनदेनमा विबाद बढने अरुबाट तिब्रआलोचना हुनेविस्वास गरेका हरुबाट धोका हुने र सयमा निर्णय नहुदा आफ्नुकाममा अरुले अधिकार जमाउने भयकोले विचार पुर्याउनु पर्ला । सामाजिक क्षेत्रमा सम्मान र मासफलता पाउन कसरथ गर्नु पर्नेछ संकट प्रसस्थ मात्रााम बढनेछन ।